समाचार

बडिगाड झडप घटनामा संलग्न ९ सार्वजनिक

बागलुङ, २० चैत । जिल्ला प्रहरी कार्यालय बागलुङले बडिगाड झडप घटनामा संलग्न ८ जनालाई सार्वजनिक गरेको छ । होली पूर्णिमाका दिन भएको झडप घटनामा संलग्न बडिगाड गाउँपालिका–१० का २३ वर्षीय मिलन बुढामगर, २४ वर्षीय रेशम भनिने भेषराज बुढामगर, २३ वर्षीय कुमार छन्त्याल, ३३ वर्षीय झनबहादुर बुढामगर, तीर्थलाल बुढामगर, ३१ वर्षीय सूर्य बुढामगर र ४६ वर्षीय ढालबहादुर बुढामगरलाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । बडिगाड गाउँपालिका–१० र निसीखोला गाउँपालिका–७ को सिमाना बल्देधुरीमा झडप हुँदा दुई जनाको मृत्यु भएको थियो… पुरा पढौ

सवारी दुर्घटना, १५ घाइते

सङ्खुवासभा, २० चैत । सङ्खुवासभाको मादी नगरपालिकाबाट धरानतर्फ जाँदै गरेको को१ख २८२४ नम्बरको शुभम डिलक्स गाडी धर्मदेवी नगरपालिका–४ को दोभान रिसोर्ट नजिक दुर्घटना हुँदा १५ यात्रु घाइते भएका छन् । बीस मिटरमाथिबाट गाडी पल्टिँदा दुर्घटना भएको हो । अहिले घटनास्थलमा गुल्म नम्बर ४ सशस्त्र प्रहरी बल चैनपुर र इलाका प्रहरी कार्यालय चैनपुरसहितको सुरक्षाकर्मीको सहयोगमा घाइतेलाई उपचारका लागि धरानस्थित बिपी मेमोरियल अस्पताल लैजाने तयारी भइरहेको सशस्त्र प्रहरी बल सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक विशाल सिलवालले जानकारी दिए। पुरा पढौ

बम विस्फोटमा १ को मृत्यु, १ घाइते

बागलुङ, २० चैत । बागलुङको बडिगाड गाउँपालिकामा बिहीबार भएको बम विष्फोटमा परी गम्भीर घाइते भएका १ युवकको मृत्यु भएको छ । बडिगाड गाउँपालिका–२, सिमलचौरमा माछा मार्नका लागि बम बनाउँदै गर्दा विस्फोट भएपछि गम्भीर घाइते भएका एक युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । गम्भीर घाइते गुल्मीको मुसिकोट नगरपालिका–७ स्थायी घर भई बडिगाड गाउँपालिका–२ सिमलचौर बस्ने ३१ वर्षीय मित्रबहादुर रानाको उपचारको लागि पाल्पा लैजाँदै गर्दा बटोमै बिहीबार साँझ मृत्यु भएको प्रहरी नायब उपरीक्षक इकबाल हवारीले बताए । विष्फोटमा… पुरा पढौ

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडा गणना

कंचनपुर, २० चैत । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बिहीबारदेखि दुर्लभ वन्यजन्तुको सूचीमा रहेको एक सिङ्गे गैँडा गणना कार्य शुरु भएको छ । गैँडा गणनका लागि १२ हात्तीसहित आठ प्राविधिक र १० व्यवस्थापकलाई परिचालन गरिएको छ । निकुञ्ज क्षेत्र, मालुमेला र बेल्डाँडी गरी तीन वटा ब्लकमा गैँडा गणनाको कार्य गरिने निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पूर्जामगरले बताए । “गणनाको कार्य एक हप्ताभित्रै सम्पन्न गर्ने गरी शुरु गरेका छौँ”, उनले भने “गणनाको कार्यसँगै गैँडाको बासस्थान र अवस्थाबारे समेत जानकारी लिइने छ ।” प्रत्येक… पुरा पढौ

पत्रकार महासंघ गण्डकीमा आरजु विष्टको उम्मेदवारी

पोखरा, २० चैत । नेपाल पत्रकार महासंघ गण्डकी अध्यक्षका सफल आवाज डटकमका उपसम्पादक आरजु बिस्ट सल्यानी (मोहनकुमार बिस्ट) को मनोनयन दर्ता भएको छ। महासंघको चैत २५ मा हुने महाधिवेशनअन्तर्गत बिहीबार प्रदेश राजधानी पोखरामा भएको मनोनयन दर्तामा उनीसहित दीपेन्द्र श्रेष्ठ, नारायणप्रसाद शर्मा र एलपी बञ्जाराको उम्मेदवारी परेको छ । यस्तै, खुला उपाध्यक्षमा इन्द्रप्रसाद पौडेल, दीपक भट्टराई र माधवप्रसाद पनेरु, महिला उपाध्यक्षमा शान्ति गुरुङ र सोनी शर्माको उम्मेदवारी परेको निर्वाचन समिति संयोजक कोमलनाथ बरालले जानकारी दिए । महासचिवमा दिल शिरीष, गोविन्द सुवेदी,… पुरा पढौ

गढीको ५ गाउँमा पहिलोपटक बिजुली बल्यो

उदयपुर, २० चैत । सधैँ अन्धकारमा रहँदै आएको जिल्लाको उदयपुर गढी गाउँपालिकाको दुर्गम पाँच गाउँमा पहिलोपटक बिजुली बलेपछि यतिखेर त्यस क्षेत्रका जनता हर्षित बनेका छन् । उदयपुर गढीको विकट गाउँ घ्याम्पे, भलायाडाँडा, मैनीटार, पात्ले र सत्यवतीमा पहिलोपटक बिहीबार बिजुली पुगेको हो । उदयपुर गढी गाउँपालिकाका उपाध्यक्ष सानुकुमारी राउतका अनुसार गाउँपालिकाको विकट पाँच गाउँ करिब १५० घरधुरीमा बिहीबार पहिलोपटक बिजुली पुगेको छ । प्रदेश सरकारको रु एक करोड २० लाख र बलान सामुदायिक वनको रु सात सात लाख गरेर कूल १… पुरा पढौ

आजदेखि बालाजु क्षेत्रमा मेलम्चीको पानी वितरण शुरु

काठमाडौं, २० चैत । उपत्यका खानेपानी लिमिटेडले बालाजु पोखरीमा मेलम्चीको पानी हालेर त्यस क्षेत्रमा पानी वितरण शुरु गरेको छ । बालाजु पोखरीमा बिहीबारदेखि पानी पठाउन थालिएकाेमा आज बिहान ५ बजेदेखि वितरण थालिएको लिमिटेडले जनाएको छ । आजदेखि नयाँबजार, सोह्रखुट्टेलगायतका स्थानमा पनि मेलम्चीको पानी वितरण शुरू भएकाे लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताए । अब उपत्यकामा रहेका पोखरीमध्ये बाँसबारीस्थित पोखरीमा मात्रै पानी पठाउन बाँकी छ । उनले भने, “केही समयभित्रै त्यहाँ पनि पठाउन सकिनेछ ।” लिमिटेडले पानी वितरण गर्ने क्षेत्र… पुरा पढौ

कृषि विकासका लागी नेपाल र इजरायलबीच सहकार्य हुने

काठमाडौं, २० चैत । सभामुख अग्निप्रसाद सापकोटाले कृषि विकासका क्षेत्रमा इजरायलले हासिल गरेको प्रगति नेपालका लागी उपयोगी हुने बताए। त्यसका लागि दुई देशबीच सघन सहकार्य अत्यावश्यक भएको विचार व्यक्त गरे । नेपालका लागि इजरायलका राजदूत हनान गोडेरसँग भएको शिष्टाचार भेटमा उनले नेपाल र इजरायलबीचको छ दशक पुरानो कूटनीतिक सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै दुई देशबीच कृषि, पर्यटन, सूचना–प्रविधिलगायत क्षेत्रमा सहकार्य र साझेदारीमा जोड दिए । सांसद सुरेन्द्र कार्कीको संयोजकत्वमा नेपाल–इजरायल संसदीय मैत्री समूह गठन गरिएको जानकारी दिँदै सभामुख सापकोटाले दुई… पुरा पढौ

आइएमई लुटपाट गर्ने प्रहरी फन्दामा

काठमाडौं, १९ चैत । काठमाडौँको खिचापोखरीस्थित एक आइएमई लुटपाट गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । स्थानीयवासी प्रवेश राजभण्डारीले सञ्चालन गरेको ग्लोबल जिपाङ टुर्स एण्ड ट्राभल्स नामक आइएमईबाट ६ लाख लुटपाट गरेको आरोपमा प्रहरीले दाङको तुलसीपुर घर भई हाल काठमाडौँको पुरानो बानेश्वर बस्ने १७ वर्षीय दिपुन श्रेष्ठ, रुकुम सानीभेरी घर भइ काठमाडौँ बस्ने तिलक रावत, कालीकोट घर भई ललितपुर बालकुमारी बस्ने २० वर्षीय नवीन केसी र सोही ठाउँका उमेश केसीलाई पक्राउ गरेको हो । प्रहरीमा बुधबार साँझ ५ बजे अपरिचित… पुरा पढौ

आहा रारामा आयोजक र एपीएफबीच उद्घाटन खेल

पोखरा, १९ चैत । १९ औं संस्करणको आहारारा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेल आयोजक सहारा क्लब पोखरा र नेपाल एपीएफ क्लबबीच हुने भएको छ । सहारा क्लब पोखराले आगामी चैत २१ देखि २८ सम्म पोखरा रंगशालामा सो प्रतियोगिता गर्दैछ । बिहीबार पोखरामा पत्रकार सम्मेलन गरी क्लब अध्यक्ष केशवबहादुर थापाले उद्घाटन खेल आयोजक र एपीएफबीच हुने जानकारी दिए । कुल ८ टिमको सहभागिता रहने प्रतियोगिताको दोस्रोदिन मन्छिन्द्र क्लब र अफ्रिकन रुट एसोसिएसन, क्यामरुन, तेस्रो दिन संकटा र मनाङ मस्र्याङ्दी, चौथो दिन… पुरा पढौ