समाचार

एक करोड पचासी लाख जरिवाना भएका व्यक्ति पक्राउ

काठमाडौं, ४ चैतनेपाल प्रहरीले रु एक करोड ८५ लाख जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु एक करोड ८५ लाख जरिवाना गरेपछि फरार रहेका झापाका ५१ वर्षीय उपेन्द्रप्रसाद ढुङ्गानालाई मङ्गलबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक गङ्गा पन्तले उच्च अदालत पाटनको विसं २०७७ माघ ५ को फैसलापछि एक महीना कैद र बिगोबमोजिम रु एक करोड ८५ लाख जरिवाना ठहर गरेपछि… पुरा पढौ

पोखरामा रेस्लिङ प्रतियोगिता हुँदै

पोखरा, ४ चैत । नेपाल रिङ रेस्लिङ संघको आयोजनामा पोखरामा ‘सेकेण्ड आरडब्लु नेशनल च्याम्पियनसीप–२०२१’ हुने भएको छ । संघले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी आगामी २०–२१, चैतमा पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्डहलमा सो प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो । नेपालमा रिङ रेस्लिङ खेल विकास गर्दै अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको संघ महासचिव सुवर्ण श्रेष्ठले जनाइन् । उनका अनुसार प्रतियोगितामा नुवाकोटे टाइगर (कमल तामाङ), थागु, द युव, डेभिड, साइन, टुप्पी ग्याङ, एक्स हिरो, सोफी, दिलासा, चट्टान,… पुरा पढौ

नेपाल पत्रकार महासङ्घको निर्वाचन चैत २५ गते

काठमाडौं, ४ चैत । नेपाल पत्रकार महासङ्घको निर्वाचन यही चैत २५ गते हुने भएको छ । महासङ्घका उपलब्ध सदस्य सम्मिलित केन्द्रीय समितिको आजको बैठकले जिल्ला, प्रदेश, केन्द्र, प्रतिष्ठान र एशोसियट संरचनाको निर्वाचन तीन हप्तापछि एकै दिन गर्ने निर्णय गरेको सचिव प्रकाश थापाले जानकारी दिए । महासङ्घको संशोधित विधानानुसार केन्द्रीय साधारणसभा गत फागुन ४ र ५ गते सम्पन्न भइसकेको छ । चैत ७ गते सबै तहको निर्वाचन कार्यतालिका प्रकाशन हुने महासङ्घले जनाएको छ । निर्वाचनको मिति तय भएसँगै आजैदेखि पत्रकार कपिल… पुरा पढौ

मण्डनदेउपुरमा एक अर्बको खानेपानी आयोजना स्वीकृत

काभ्रेपलाञ्चोक, ४ चैत । मण्डनदेउपुर नगरपालिकामा रु एक अर्बको खानेपानी आयोजना स्वीकृत भएको छ । नगरको १२ वडामध्ये खानेपानीको समस्या झेलिरहेका नौ वटा वडाका लागि आयोजना सञ्चालन गर्न लागिएको हो । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर सुक्खा क्षेत्र बृहत् खानेपानी आयोजनाका लागि नेपाल सरकार खानेपानी तथा ढल व्यवस्थापन विभागको रु ९६ करोड, स्थानीय उपभोक्ताबाट सङ्कलित तथा नगरको लगानीसहित रु एक अर्बको आयोजना स्वीकृत गरिएको हो । यसका लागि स्थानीयवासीसँग उपभोक्ता समितिले प्रतिउपभोक्ता रु एक हजार व्यहोर्नुपर्ने नीति बनाएको छ । नगरसँग खानेपानी आयोजनाका… पुरा पढौ

सफल मिडिया हाउसका अध्यक्ष हुमागाईंलाई पितृशोक

काठमाडौं, ४ चैत । सफल मिडिया हाउस प्रालिका अध्यक्ष तथा सफल आवाज डटकमका प्रकाशक दुर्गाप्रसाद हुमागाईंलाई पितृशोक परेको छ । उनका पिता इन्द्रप्रसाद हुमागाईंको ७७ वर्षको उमेरमा आफ्नै निवास काभ्रेको पनौती नगरपालिका–२, कुशादेवीमा मंगलबार साँझ करिब ६ बजेतिर निधन भएको हो । केही वर्षयता नसा तथा उच्च रक्तचाप रोगबाट पीडित स्व. इन्द्रप्रसाद हुमागाई सहयोगी, समाजसेवीका रुपमा परिचित थिए । उनको मंगलबार राती नै पनौतिको त्रिवेणीघाटमा अन्त्येष्टि गरिएको परिवारजनले जनाएको छ । स्व. इन्द्रप्रसाद र चन्द्रमाया हुमागाईंका ४ छोरा र ३… पुरा पढौ

बागलुङ नगरलाई ६० करोड अनुदान

बागलुङ, ४ चैत । बागलुङ नगरपालिकाले चार वर्षयता ठूला भौतिक पूर्वाधारमा महत्वाकांक्षी योजना ल्याउँदै आएको छ । नगरपालिकाले आफ्नै बजेट, साझेदारी, समपूरक तथा अनुदानमा आएको बजेटले ठूला पूर्वाधारमा करोडौँ लगानी गरिसकेको छ । नगरपालिकाले चार वर्षमा ल्याएको महत्वाकांक्षी योजनामध्ये विश्वकै लामो दाबी गरिएको झोलुङ्गे पुल निर्माण सम्पन्न गरेको छ भने आधुनिक बागलुङ बसपार्क र बलेवा विमानस्थलको कालोपत्रेको काम अन्तिम चरणमा पुर्याएको छ । नगरपालिकाले लगानी गरेको र लगानीका लागि पहल गर्दै आएको ठूला योजनामा केही सकारात्मक कामसमेत भएको छ ।… पुरा पढौ

दलित छात्रवृत्तिका लागि पर्याप्त निवेदन पेश भएन

सिमकोट, ४ चैत, कर्णाली प्रदेशअन्तर्गत रहेको सामाजिक विकास कार्यालय सिमकोटले प्रकाशन गरेको दलित छात्रवृत्तिमा पर्याप्त निवेदन पेश नभएको पाइएको छ । कार्यालयले २०७७ साल फागुन २९ गते प्रकाशन गरेको दलित छात्रवृत्ति र उच्च शिक्षा तथा अपाङ्ग छात्रवृत्तिमा कसैले पनि आवेदन पेश नगरेको निमित्त सामाजिक विकास अधिकृत रेशमबहादुर खत्रीले जानकारी दिए । दलित समुदायको मानव अधिकारको सम्मान तथा हक, हितको संरक्षण र संवद्र्धन तथा सो समुदायको सशक्तीकरणका लागि सरकारले दलित समुदायका बालबालिकालाई छात्रवृत्ति दिने कार्यक्रम ल्याए पनि कसैको निवेदन पेश नभएका कारण… पुरा पढौ

सवारी दुर्घटनामा एकको मृत्यु, तीन घाइते

कास्की, ३ चैत । पोखरामा आज भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा परी एकको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । पोखरा–सराङकोट सडकखण्डस्थित गुम्बा नजिक सराङकोटबाट पोखरातर्फ आउँदै गरेको ग१८प ४८१४ नम्बरको मोटरसाइकल दुर्र्घटनामा परी मोटरसाइकल चालक पर्वत कुश्मा नगरपालिका–७ चुवा बस्ने ३२ वर्षीय माधव गिरीको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । दिउँसो करीब १ बजेको समयमा भएको सो दुर्घटनामा मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर खस्दा घाइते हुनुभएका गिरीको सहारा अस्पतालमा उपचारका क्रममा साँझ… पुरा पढौ

दोहोरो नागरिकता बनाएर दुरुपयोग गर्ने पक्राउ

काठमाडौं, ३ चैत । नेपाल प्रहरीले दोहोरो नागरिकता बनाएर दुरुपयोग गर्ने एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले बाग्लुङ गलकोट नगरपालिका–२ का कमल सुनारले एउटै नागरिकता नम्बरमा दुईवटा नाम राखी सरकारी कार्यालयमा पेश गरेर दुरुपयोग गरी सेवा लिएको आरोपमा आज काठमाडौंको सुकेधाराबाट पक्राउ गरेको हो । ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक गङ्गा पन्तले बाग्लुङ जिल्ला प्रशासन कार्यालयबाट एउटै मितिमा एउटै नागरिकता नम्बरमा एउटामा कमल सुनार र अर्कामा कमल थापा नाम राखी दोहोरो नागरिकता लिएर दुरुपयोग गरेकाले पक्राउ… पुरा पढौ

म्यान्मारको विरोध प्रदर्शनमा कम्तीमा १३८ जनाको मृत्यु

न्यापिटअ, ३ चैत । म्यान्मारमा सेनाले गत फेब्रुअरी १ मा सत्ता लिएपश्चात् त्यसको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि सेनाले चलाएको गोली लागेर सोमबारसम्म कम्तीमा १३८ जनाको मृत्यु भएको राष्ट्रसङ्घले जनाएको छ । राष्ट्रसंघ महासचिवका प्रवक्ता स्टिफेन डुजारिकले गरेको नियमित पत्रकार सम्मेलनमा सेनाको गोली लागेर आइतबार एकै दिन ३८ जनाको मृत्यु भएको जानकारी दिए । उनले यी हत्याकाण्ड याङ्गुनको हाइलाङ थायेर क्षेत्रमा भएको पनि राष्ट्रसंघीय मानव अधिकारी कार्यालयको भनाई उद्धृत गर्दै बताए । म्यान्मारमा शनिबार पनि १८ जनाको ज्यान गएको थियो । उनले… पुरा पढौ