समाचार

त्रिदेशीय क्रिकेट सिरिज वैशाखकाे पहिलो सातादेखि

काठमाडौं, १४ चैत । नेपाल, मलेसिया र नेदरल्याण्ड सम्मिलित त्रिदेशीय बजाज पल्सर ट्राइ नेसन्स क्रिकेट सिरिज आगामी वैशाखको पहिलो सातादेखि हुने भएको छ । वैशाख ४ देखि ११ गतेसम्म उक्त प्रतियोगिता कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ । राउण्ड रोबिन लिगका आधारमा खेलाइने उक्त प्रतियोगिताका शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपालमा अन्तर्राष्ट्रिय सिरिज आयोजनाका लागि मलेसिया र नेदरल्याण्ड सहमत भएकामा खुशी व्यक्त गरे । कोरोना महामारीका कारण नेपाली… पुरा पढौ

प्रदेश १ का मन्त्रीको भयाे पद तथा गोपनीयताको शपथ

मोरङ, १३ चैत । प्रदेश–१ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले प्रदेशका नवनियुक्त मन्त्रीलाई आज पद तथा गोपनीयताको शपथ गराए । प्रदेश प्रमुख अधिकारीले प्रदेशका मुख्यमन्त्री शेरधन राईको नेतृत्वमा विसं २०७४ फागुन ३ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानबमोजिम मुख्यमन्त्रीको सिफारिसमा मन्त्री तथा राज्यमन्त्री पदमा आज नियुक्ति, हेरफेर कार्यविभाजन गरेका हुन । प्रदेश प्रमुख अधिकारीले नवनियुक्त मन्त्री आर्थिक मामिला तथा योजनामन्त्री टङ्क आङ्वुहाङ (लिम्बु), भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामबहादुर मगर, सामाजिक विकासमन्त्री उषाकला राई र भौतिक पूर्वाधार… पुरा पढौ

ग्यास सिलिन्डर पड्कँदा घाइते भएका बस्नेतको मृत्यु

भक्तपुर, १३ चैत । गत चैत ८ गते ग्यास सिलिन्डर पड्केर आगलागी हुँदा घाइते भएका छ मध्ये टीकाराम बस्नेतको उपचारका क्रममा आज मृत्यु भएको छ । सृजनानगरस्थित भीमेश्वर मःमः एन्ड चिकेन हाउसमा ग्यास सिलिन्डर पड्किएर भएको आगलागीमा घाइते टिकारामको कीर्तिपुरस्थित बर्न सेन्टर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । दोलखा सैलुङका घर भई हाल सूर्यविनायक नगरपालिका–४ दधिकोटमा बस्ने ३९ वर्षीय टीकाराम सोही होटेलका मालिक हुन् । ग्यास सिलिन्डर पड्कँदा घाइते… पुरा पढौ

विश्वकै लोकप्रिय धान मार्सी खेती शुरु

खलङ्गा, १३ चैत । जुम्लामा मात्र उत्पादन हुने विश्वकै लोकप्रिय धानमध्ये मार्सी खेती शुरु भएको छ । नेपाली र तेस्रो मुलुकको ठूलो बजारमा लोकप्रिय बन्दै गएको कालिमार्सी खेती यो वर्षको चैत १२ गतेदेखि आरम्भ भएको छ । यहाँका किसानले बिहीबारदेखि मार्सी धानको बीउ राखेका छन् । धानको बीउ बोराको पानीमा भिजाएर राख्ने दिनलाई यहाँ धान उत्पादनको शुरुआतीका रुपमा लिने गरेको तातोपानी गाउँपालिका–४ का स्थानीयवासी प्रेमराज पाण्डेले बताए । उनले भने, “यहाँको चलनअनुसार महिलाले मागल पुकारेसँगै सबैबाट चन्दननाथ, भैरवनाथ, मष्टो, कालिका,… पुरा पढौ

तरकारीमा विषादी बढेपछि किसानलाई सचेत गराइँदै

भरतपुर, १३ । चितवनमा उत्पादन हुने तरकारीमा अत्यधिक विषादी प्रयोग भएपछि किसानलाई सचेत बनाउन थालिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति काठमाडौँ र भरतपुर महानगर फलफूल तथा तरकारी थोक बजारमा गरिएको परीक्षणमा अत्यधिक विषादी भेटिएपछि किसानलाई सचेत बनाउन थालिएको हो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको आयोजनामा पूर्वी चितवनको राप्ती र भरतपुर महानगरपालिका–२५ का किसानसँग अन्तक्र्रिया गरिएको थियो । चितवनका किसानले उत्पादन गरेको तरकारी काठमाडौँको कालीमाटीमा विषादी परीक्षण गर्दा अत्यधिक विषादीको मात्रा भेटिएपछि जनचेतनामूलक कार्यक्रम… पुरा पढौ

नक्कली नोट र नोट छाप्ने प्रिन्टर सहित दुई पक्राउ

काठमाडौं, १३ चैत । प्रहरीले नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरीवृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले नक्कली नोटसहित रौतहटका ३५ वर्षीय गनबहादुर लोप्चन र मकवानपुरकी ३९ वर्षीया माया तामाङलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशबहादुर बस्नेतले नक्कली नोट बोकेका व्यक्ति कलङ्की तरकारी बजारमा तरकारी किन्न आएको सुराकीका आधारमा पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका व्यक्तिले कीर्तिपुरको एक घरमा प्रिन्टर मेसिनसमेत राखेर नक्कली पैसा छाप्ने गरेको अनुसन्धानमा… पुरा पढौ

नेपाल र ओमानका विश्वविद्यालयबीच सहकार्य गर्ने सहमति

काठमाडौ, १२ चैत । नेपाल र ओमानका विश्वविद्यालयबीच सहकार्य गर्ने विषयमा सहमति भएको छ । ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली र त्यहाँका सुल्तान काबुस विश्वविद्यालयका उपकुलपति डा फहाद अलजुलन्दा अल साइदिबीच उनको कार्यकक्षमा भएको भेटघाटमा सहकार्यको शुरूआत कृषि र पर्यटन क्षेत्रका विद्यार्थी आदानप्रदान गर्ने गरी कार्य अगाडि बढाउने सहमति भएको मस्कटस्थित नेपाली दूतावास ओमानले जनाएको छ । अनुसन्धान तथा प्राज्ञिक विषयमा समेत थप सहकार्यका लागि छलफल नियमित गर्ने सहमतिसमेत भएको जनाइएको छ । सो अवसरमा विश्वविद्यालयका अन्तरराष्ट्रिय सहयोगसम्बन्धी सहायक… पुरा पढौ

पिस चौतारी लायन्समा भरत गिरी

पोखरा, १२ चैत । लायन्स क्लब अफ पोखरा पिस चौतारीको लायन वर्ष २०२१/२२ को लागि अध्यक्षमा भरत गिरी निर्विरोध निर्वाचित भएका छन् । क्लबको निर्वाचनबाट गिरीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको निर्वाचन संयोजक निवर्तमान अध्यक्ष मगनलाल श्रेष्ठले सफल आवाजलाई जानकारी दिए । क्लबको प्रथम उपाध्यक्षमा किरणप्रसाद बन्जारा, द्वितीय उपाध्यक्षमा विनायक रञ्जित, तृतीय उपाध्यक्षमा रामकुमार लामिछाने, प्रमुख निर्देशकमा प्रदीप श्रेष्ठ, सचिवमा टीआर काफ्ले, क्लब एडमिनिस्ट्रेर विजयराज त्रिपाठी र कोषाध्यक्ष फणीन्द्रप्रसाद तिमिल्सिना चयन भए । अध्यक्ष भरत गिरी त्यस्तै, मेम्बरसीप चियरपर्सनमा… पुरा पढौ

कास्कीमा अनावश्यक सभा, समारोह, सम्मेलन भेला नगर्न प्रशासनको आग्रह

पोखरा, १२ चैत । कोभिड–१९ संक्रमणको पुनः जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले सूचना जारी गर्दै जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको छ । प्रशासनले बिहीबार सूचना जारी गरी फागु पूर्णिमा (होली) लगायत चाडपर्व मनाउँदा र अत्यावश्यक गोष्ठी, भेला, कार्यक्रम संचालन गर्दा भीडभाड नगरी अनिवार्य रुपमा जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेका छन् । यस्तै अनावश्यक सभा, समारोह, सम्मेलन भेला नगर्न पनि आग्रह गरिएको छ । सबै किसिमका आवागमन, जमघटमा मास्कको अनिवार्य तथा उचित प्रयोग गर्दै सामाजिक दूरी कायम गर्नुपर्ने, संक्रमणको जोखिमलाई… पुरा पढौ

जर्मनीबाट १ अर्ब ४० करोड अनुदान प्राप्त हुँदै

काठमाडौं, १२ चैत । सङ्घीय गणतन्त्र जर्मनीले नेपालको हरित पुनःप्राप्ति प्रोत्साहन तथा समावेशी विकासका लागि रु एक अर्ब चालीस करोड अनुदान सहयोग गर्ने भएको छ । अनुदान सहयोगसम्बन्धी सम्झौतापत्रमा नेपालका लागि जर्मनीका राजदूत रोलान्ड शेफेर र अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले बुधबार हस्ताक्षर गर्नुभएको यहाँस्थित सङ्घीय गणतन्त्र जर्मनीको राजदूतावासले आज जनाएको छ । नेपालका नगरोन्मुख भेगका निजी तथा सार्वजनिक क्षेत्रमा कृषिभूमि सौर्य ‘ग्रिड’ विस्तार, सौर्य ऊर्जाको उपयोगबाट सिँचाइको व्यवस्था तथा समावेशी आर्थिक विकासका लागि अनुदान सहयोग खर्च गरिनेछ । साथै… पुरा पढौ