समाचार

ढोरपाटनमा दोस्रो सिजनको शिकार शुरु

बलेवा, १२ चैत । विदेशी साहसी शिकारीको रोजाइमा पर्ने नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटनमा दोस्रो सिजनको शिकार शुरु हुने भएको छ । कात्तिक र चैतमा गरेर दुई सिजनमा यहाँ सिकार हुन्छ । अघिल्लो वर्षदेखि कोरोना सङ्क्रमण र लकडाउनले अलपत्र परेको शिकार यो वर्षको पहिलो सिजनमा पनि शुरु हुन सकेको थिएन । यो पटक आठ वटा नाउर र चार झारलको शिकार हुन लागेको आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले जानकारी दिए । हरेक वर्ष कात्तिक र चैतमा दुई सिजन शिकार… पुरा पढौ

शेरबहादुर देउवा सहित काँग्रेसका शीर्ष नेता पोखरा आउने

पोखरा, १२ चैत । नेपाल आदिवासी जनजाति संघ तथा आदिवासी जनजाति विभागको संयुक्त आयोजनामा पोखरामा चैत १७ र १८ गते भेलासहित प्रशिक्षण हुने भएको छ । भेलालाई नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री सशांक कोइराला लगायतका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाल आदिवासी जनजाति विभागका प्रमुख सीता गुरुङले जानकारी दिइन् । पोखरामा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार भेलामा गण्डकीका ११ वटै जिल्लाबाट सहभागिता रहने छ । देशभर ५९ जनजातिमध्ये गण्डकीमा हाल… पुरा पढौ

मोटरसाइकल दुर्घटनामा एककाे मृत्यु

दमक, १२ चैत । आफैँले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा झापा, शिवसताक्षी नगरपालिकामा आज बिहान एक जनाको मृत्यु भएको छ । शिवसताक्षी–१ धरमपुरको ढकाल चोकस्थित भित्री सडकखण्डमा मे १० प ३५६९ नं को मोटरसाइकल दुर्घटना हुँदा चालक सोही ठाउँका ४६ वर्षीय किशोर कार्कीको मृत्यु भएको हो । दुर्घटनामा टाउकामा चोट लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा आज बिहान सवा २ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । पुरा पढौ

विद्यार्थीलाई अभद्र व्यवहार गर्ने शिक्षक पक्राउ

वाग्मती, १२ चैत । मकवानपुर जिल्लाको मकवानपुरगढीबाट आफ्नै विद्यालयमा अध्ययनरत छात्रालाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ । मकवानपुरगढी गाउँपालिका–३ मक्रान्चुलीस्थित भानु माविका शिक्षक किरण पाण्डे विद्यार्थीलाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका हुन् । तीन छात्राले जिल्ला प्रहरी कार्यलय मकवानपुरमा अभद्र व्यवहार गरेको उजुरी दर्ता गराएपछि शिक्षक पाण्डेलाई पक्राउ गरेर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । पाण्डेलाई पक्राउ गरेर अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट अनुसन्धानका… पुरा पढौ

विदेशबाट आउने १० दिन एकान्तबास बस्नुपर्ने

म्याग्दी, १२ चैत । म्याग्दीमा छिमेकी देश तथा अन्य मुलुकबाट आउनेलाई अनिवार्य १० दिन दिन क्वारेन्टिन (एकान्तबास) मा राखिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको सर्वपक्षीय बैठकले कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन पूर्वतयारी, सतर्कता र व्यवस्थापनका लागि १५ बुँदे निर्णय र मापदण्ड तयार गरेको हो । बैठकले विदेशबाट जिल्ला भित्रिनेलाई अनिवार्य १० दिन क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गरेको छ । प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले भारतमा कोरोनाको दोस्रो लहर शुरु भएकाले यसको प्रभाव नेपालमा पनि पर्ने भएका कारण विदेशबाट… पुरा पढौ

थुनेको पाटेबाघ भागेपछि निकुञ्जभित्र प्रवेश निषेध

नेपालगञ्ज, १२ चैत । लुम्बिनी प्रदेशको बाँके राष्ट्रिय निकुञ्जले खोरमा थुनेर राखेको पाटेबाघ भागेपछि उच्च सतर्कता अपनाइएको छ । नरभक्षी बाघ खोरबाट भागेपछि निकुञ्जले उच्च सर्तकता अपनाएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले सुरक्षित रूपले खोरमा राखिएको बाघ आफैँ निस्केपछि निकुञ्ज अन्तर्गत पर्ने राजमार्ग र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन सूचित गरिएको बताए । मध्यवर्ती क्षेत्रका स्थानीय बासिन्दालाई अत्यावश्यक कामबाहेक जङ्गलभित्र प्रवेश नगर्न उनले आग्रह गरे । निकुञ्ज कार्यालयले पूर्वपश्चिम राजमार्गको शिवखोलादेखि प्रगतिनगरसम्मको क्षेत्रमा रातको समयमा पैदल, साइकल र… पुरा पढौ

यती एअरलाइन्सको काठमाडौं-बनारस-काठमाडौं प्रुभिङ फ्लाइट सम्पन्न

काठमाडौं, १२ चैत । विगत २३ वर्षदेखि नेपाली आकाशमा अनवरत उडान सेवा गर्दै आएको निजी क्षेत्रको अग्रणी हवाई संस्था यती एअरलाइन्सले काठमाडौं–बनारस–काठमाडौंको परीक्षण उडान (प्रुभिङ फ्लाइट) सफलतापूर्वक सम्पन्न गरेको छ । दक्षिण पूर्वी एशिया र दक्षिण एशियाका मुलुकमा चार्टरनन् सेड्युल फ्लाइट गर्ने उद्देश्यले नेपाल नागरिक उड्डयन प्राधिकरणमा केही महीनाअघि यतीले निवेदन दिएसँगै अन्तरराष्ट्रिय उडानका लागि प्राधिकरणबाट गरिएको चरणबद्ध प्रक्रियाअन्तर्गत यो उडान गरिएको यती एअरलाइन्सका प्रमुख सुरक्षा अधिकृत तथा प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । यससँगै नेपाल नागरिक उड्डयन प्राधिकरणबाट यतीले… पुरा पढौ

आँधीखोला चिलाउनेबासमा संचालनमा आयाे नागरिक आरोग्य सेवा केन्द्र

स्याङ्जा, ११ चैत । स्याङ्जाको आँधीखोला गाउँपालिका वडा नं २ चिलाउनेबासमा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा आएको छ । गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले उद्घाटन गरेसँगै गाउँपालिकामा आयुर्वेद पद्धतिको उपचार सेवा पाइने भएको हो। चिलाउनेबास स्वास्थ्य कार्यालयको पुरानो भवनमा केन्द्र सञ्चालन भएको छ। आयुर्वेदिक औषधि, योग, ध्यान लगायत क्रियाकलापप्रति नागरिकको बढ्दो चासोलाई ध्यानमा राखेर चिलाउनेबासमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र स्याङ्जाको सहयोगमा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको हो । ‘कोरोना महामारीले एक पटक पुनः आयुर्वेद औषधिको सेवन तथा सेवा सुविधाबारे नागरिकमा धेरै उत्सुकता बढाएको छ, अहिले पनि कोरोना संक्रमित अधिकांश नागरिकले… पुरा पढौ

वालिङ नगरपालिका सर्वोत्कृष्ट घोषित

काठमाडाैं, ११ चैत । स्मार्ट सिटीकोरुपमा घोषित भई कार्यान्वयनको चरणमा रहेको स्याङ्जाको वालिङ नगरपालिका सर्वोत्कृष्ट नगरकोरुपमा घोषित भएको छ । नेपाल नगरपालिका संघको २८ औं वार्षिकोत्सवका अवसरमा बुधबार काठमाडौंमा आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले वालिङ नगरपालिकाका नगर प्रमुख दिलीपप्रताप खाँणलाई पुरस्कार प्रदान गरे । वालिङ नगरपालिका शहरी योजना, वातावरण, विपद जोखिम ब्यवस्थापन र उत्थानशिलतामा देशकै सर्वोत्कृष्ट नगर घोषित भएको हो । नगरपालिका सर्वोत्कृष्ट घोषित भएसँगै नगर प्रमुख खाँणले आगामी दिनमा काम गर्नका लागि थप उर्जा तथा प्रेरणा मिलेको… पुरा पढौ

जनगणनाका लागि प्रशिक्षक प्रशिक्षण तालीम शुरु

झापा, ११ चैत । राष्ट्रिय जनगणना २०७८ का लागि प्रदेश नं १ स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम शुरु गरिएको छ । इलाम, पाँचथर, ताप्लेजुङ र झापाका गरी ८५ जनालाई प्रदेश नं १ कै भद्रपुर नगरपालिकास्थित कलबलगुडी प्रशिक्षण केन्द्रमा तालीम शुरु गरिएको हो । तालीममा झापाका ४३, इलाम, पाँचथर र ताप्लेजुङका ४२ उच्च मावि, माविका शिक्षक, स्थानीय तहका शिक्षा अधिकारीहरू र अन्य अधिकृतहरू सहभागी रहेको जिल्ला जनगणना कार्यालय चन्द्रगढीका प्रमुख चुडामणि लुइँटेलले बताए । तालीम संयोजक केन्द्रीय तथ्याङ्क विभागका निर्देशक तथा जनगणना… पुरा पढौ