समाचार

विश्व उपभोक्ता अधिकार दिवस: ढक-तराजुको प्रयोग र मूल्यमा असमानताले ठगिँदै उपभोक्ता

म्याग्दी, २ चैत । आज मार्च १५ अर्थात् विश्व उपभोक्ता अधिकार दिवस । आज नेपालमा पनि ‘प्लाष्टिक प्रयोगमा निरुत्साहन, वातावरण संरक्षणमा योगदान’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । सन् १९६२ मार्च १५ का दिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले प्रस्तुत गरेको सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका रूपमा घोषणा गरिएपछि यसैको सम्झनामा यो दिवस मनाइँदै आइएको हो । त्यसपछि सन् १९८५ मा संयुक्त राष्ट्रसङ्घको साधारणसभाबाट थप आठ अधिकारसहितको अनुबन्ध पारित भएको थियो ।… पुरा पढौ

सामुदायिक वन गण्डकी प्रदेश परिषद् काहुँमा हुने

पोखरा, २ चैत । सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशको प्रथम परिषद चैत ७ मा पर्यटकीय स्थल काहुँडाँडामा हुने भएको छ । काहुँ अन्तर्गतका १० वटा सामुदायिक बन समूह एवम् विभिन्न संघसंस्थाको आज सम्पन्न संयुक्त बैठकले काहुँको प्रचार प्रसारमा सहयोग पुग्ने विश्वासका साथ प्रदेश परिषद गर्ने निर्णय गरेको हो । परिषद भव्य, सभ्य र व्यवस्थित रुपमा सम्पन्न गर्न नारायण प्रसाद आचार्य संयोजक तथा सोमनाथ आचार्य, खेमराज आचार्य, हिराबहादुर के.सी., नन्दलाल आचार्य र गिरधारी बराल सदस्य रहनु भएको भोजन तथा आवास… पुरा पढौ

खानेपानीकाे महत्वाकांक्षी आयोजना: पाेखरेलीले पिउनेछन्, सिधैं धाराको पानी

पोखरा, २ चैत । पोखराको सडक छेउमा घेरो लगाइन्छ । खटिएका कामदार सबैले सुरक्षा विधि अपनाउँछन् । र, अत्याधुनिक मेसिन सहयोगमा शारीरिक परिश्रम खन्याउँछन् । यस्तो कार्य तपाईले पोखरा सहरमा विभिन्न १५ स्थानमा देख्न सक्नुहुनेछ । हरेक स्थानमा इञ्जिनियर, सेफ्टी, फोरमेन लगायत गरी कम्तीमा १५ जना छन् । यसरी कुल २ सय २५ जना बढीले एकै पटक धमाधम काम गरिररहेका छन् । यो हो–पोखरेलीलाई शुद्ध खानेपानी खुवाउने महत्वाकांक्षी ८ अर्बको खानेपानी आयोजना । यही गतिमा काम भयो भने अबको १८… पुरा पढौ

काष्ठमण्डप पुनःनिर्माण तीव्र, १० प्रतिशत मात्र काम बाँकी

काठमाडौं, २ चैत । काष्ठमण्डप पुनःनिर्माणको काम ९० प्रतिशत सम्पन्न भएको छ । आगामी वैशाख महिनामा नै सक्ने गरी तीव्ररूपमा निर्माण भइरहेको छ । निर्माणअन्तर्गत अहिले काठ, माटो र झिङ्गटीबाट छानो छाउने काम भइरहेको छ । निर्माणका लागि अहिले दैनिक ३५ कामदार नियमितरूपमा खटिइरहेका छन् । छानोमा प्रयोग भइरहेको माटो अरुभन्दा अलि विशेष किसिमको हुने हुँदा पानीले भिज्दा पनि असर नगर्ने किसिमको हुन्छ । पुनःनिर्माणको शुरुको समयमा निर्माणका लागि आवश्यक पर्ने काठ, इँटाजस्ता निर्माण सामग्री समयमा उपलब्ध गराउन नसक्दा पनि… पुरा पढौ

ढोरपाटन शिकार आरक्षको १८५ हेक्टर जमिन अतिक्रमण

बागलुङ, २ चैत । नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्षको संरक्षणमा चुनौती थपिँदै गएको छ । आरक्षणमा नेपाली सेनाको उपस्थिति पछि चोरी शिकारीमा उल्लेख्य कमी आए पनि जग्गा अतिक्रमण भने रोकिएको छैन । ढोरपाटन शिकार आरक्ष कार्यालयले आरक्षको १८५ हेक्टर जमिन अतिक्रमण भएको जनाएको छ । कार्यालयले निकालेको वार्षिक प्रतिवेदन २०७६/०७७ मा शिकार आरक्षको विभिन्न ३४ स्थानमा करिब १८५ हेक्टर जमिन अतिक्रमण भएको उल्लेख छ । अतिक्रमित जग्गामा ३११ घरधुरी रहेको आरक्षले जनाएको छ । कार्यालयले बेलाबेलामा स्थानीयवासीलाई भेला… पुरा पढौ

प्रम कृषि आधुनिकीकरण परियोजनाद्वारा बाली छनोट

काभ्रेपलाञ्चोक, २ चैत । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ काभ्रेपलाञ्चोकले जिल्लामा राष्ट्रिय महत्वका प्राथमिकता प्राप्त बालीको छनोट गरेको छ । जिल्ला परियोजना समन्वय तथा अनुगमन समितिको बैठकले खाद्यान्न, पशुपालन तथा तरकारीजन्य बालीलाई प्राथमिकतामा राखेको हो । छनोट गरिएकामा धान, मकै, गहुँ, तरकारी, आलु, सुन्तला, स्याउ, आँप, केरा, दूध (गाई–भैँसी), माछा, मासु (बाख्रा, बङ्गुर), मौरी तथा निर्यात प्रवद्र्धनबाली (कफी, अलैँची, अदुवा, बेसार) दलहन–तेलहनबाली रहेका छन् । परियोजनाका वरिष्ठ कृषि अधिकृत प्रकाश पौडेलका अनुसार प्रदेश सरकारका जिल्लास्थित कृषि ज्ञान केन्द्र र भेटेरिनरी… पुरा पढौ

सत्ता होइन व्यवस्था जोगाउनतिर लाग्नुपर्छ : वरिष्ठ नेता पौडेल

बेनी, १ चैत । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले व्यवस्था जोगाउनतिर भूमिका खेल्नुपर्ने बताएका छन् । कांग्रेस म्याग्दीका पूर्वसभापति डा भूपेन्द्रबहादुर खड्काको छैटौँ पुन्यतिथिमा आज जिल्ला सदरमुकाम बेनीमा आयोजित श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै उनले भने, ‘‘लामो सङ्घर्षबाट अहिलेको व्यवस्था परिवर्तन भएको हो, यसमा कांग्रेसको ठूलो योगदान छ, हाम्रो पार्टीले सत्ता होइन, व्यवस्था जोगानुपर्छ ।” कांग्रेसले आफ्नो सिद्धान्त र एजेण्डालाई जनताले बुझ्ने गरी लैजान नसक्दा बिपी कोइरालाकै एजेण्डा बोकेर कम्युनिष्टले दुई तिहाइ नजिकको मत ल्याएको नेता पौडेलले जिकिर गरे… पुरा पढौ

दिगो विकास मापदण्ड लक्ष्यअघि पूरा गर्छौं : प्रधानमन्त्री ओली

कर्णाली, १ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले दिगो विकास लक्ष्यका मापदण्ड सन् २०३० अघि नै पूरा गरिने बताएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा आज आयोजित ‘प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम’ शुभारम्भ समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लक्ष्यअघि नै दिगो विकास पूरा हुने प्रचुर सम्भावना रहेको बताए । नेपाल अहिले विकासशील देशमा सिफारिश भइसकेको छ । नेपालको विकासको गतिलाई तीव्र बनाइएको बताउँदै उनले भने, “यो शुभारम्भ कार्यक्रम राष्ट्रिय अभियान हो, ऐतिहासिक क्षण र… पुरा पढौ

एमाले भोजपुर–काठमाडौं सम्पर्क मञ्चमा श्रीकृष्ण

काठमाडौं, १ चैत । नेकपा (एमाले) भोजपुर–काठमाडौं सम्पर्क मञ्चका अध्यक्षमा श्रीकृष्ण श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । काठमाडौंमा सम्पन्न भेलाले उपाध्यक्षमा कृष्ण गिरी, सचिवमा फुर्वातेञ्जिङ शेर्पा, सहसचिवमा ईश्वर आचार्य र कोषाध्यक्षमा ढोकल आलेलाई चयन गरेको छ । यसैगरी सदस्यमा तुलबहादुर राई, रेश्मा खत्री, ऐश्वर्य श्रेष्ठ, देवकुमार राई, सुनिता घिमिरे, फुर्लाक्पा शेर्पा, इन्दिरा भट्टराई, पर्शुराम रोक्का, खगेन्द्र विक, महेन्द्र घिमिरे, नारायण कार्की, विक्रम राई, ओमबहादुर श्रेष्ठ, फुर्तेञ्जी शेर्पा, गङ्गाबहादुर श्रेष्ठ, कमल प्रधान, दीपेन्द्र कार्की, गोविन्द राई, अशोक कार्की, प्रिन्स अधिकारी, पेम्नुरी… पुरा पढौ

झुटा कुरा गरेर मेलमिलाप हुँदैन : नेता जोशी

दमौली, १ चैत । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले झुटा कुरा गरेर मेलमिलाप हुन नसक्ने बताएका छन् । तनहुँको व्यास नगरपालिका–१२ गोल्लामा निर्मित बिपी विचार समाजको भवन आज उद्घाटन गर्दै नेता जोशीले कार्यकर्तालाई सम्मान गर्न नजानेसम्म मेलमिलापको अर्थ नरहने स्पष्ट गरे । “नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षको टिकट दिँदा पनि कार्यकर्ताको के राय छ भनी बुझेर टिकट दिनुपर्छ”, अर्काे प्रसङ्गमा पूर्वमन्त्री जोशीले भने, “त्यसो नगरी आफूले मनपरी गर्ने हो भने अहिलेका कार्यकर्ताले मान्ने अवस्था रहँदैन ।” नेता जोशीले अबको… पुरा पढौ