समाचार

साविकअनुसार नै पशुपतिनाथ मन्दिर खुला

काठमाडौं, २८ फागुन । महाशिवरात्रिदेखि पशुपतिनाथ मन्दिर बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म खुला हुने भएको छ । कोरोना सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि गत वर्ष चैत ११ गते लागू गरिएको बन्दाबन्दीअघिकै समयानुसार मन्दीर खुला हुने पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताए । विसं २०७६ चैत ११ गते कोरोना सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि बन्दाबन्दी जारी गरिएपछि पशुपतिनाथ मन्दिरमा भक्तजनलाई दर्शन गर्न पनि रोक लगाइएको थियो । कोरोनाको जोखिम कम हुँदै गएपछि पुस १ गतेदेखि बिहान… पुरा पढौ

सर्वोच्च अदालतका न्यायाधीशमा चुडाल र सुवेदीका नाम सिफारिश

काठमाडौं, २८ फागुन । न्याय परिषद्को आजको बैठकले सर्वोच्च अदालतका न्यायाधीशमा डा कुमार चुडाल र नहकुल सुवेदीका नाम सिफारिश गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराका अध्यक्षतामा आज बसेको परिषद् बैठकले उच्च अदालत पाटनमा कार्यरत डा चुडाल र उच्च अदालत सुर्खेतमा कार्यरत सुवेदीलाई न्यायाधीशमा सिफारिश गर्ने निर्णय गरेको हो । बैठकले उच्च अदालतका न्यायाधीशमा १८ जना सिफारिश गरेको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए । न्याय सेवा विशिष्ट श्रेणीका अधिकृतबाट नारायणप्रसाद पौडेल र ऋषि राजभण्डारीका नाम सिफारिश गरिएको छ । नायब… पुरा पढौ

राष्ट्रपतिसमक्ष मुस्लिम आयोग र महान्यायाधिवक्ताको प्रतिवेदन पेश

काठमाडौं, २८ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मुस्लिम आयोगका अध्यक्ष समिममियाँ अन्सारीबाट नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको आर्थिक वर्ष २०७६/०७७ को प्रतिवेदन आज पेश गरिएकाे छ । राष्ट्रपतिसमक्ष आजै महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले संविधानको धारा १५९ बमोजिम महान्यायाधिवक्ताको आव २०७६/०७७ को वार्षिक प्रतिवेदन पेश गरेकाे राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिए । पुरा पढौ

रुपा गाउँपालिकामा महिला अधिकार तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

पाेखरा, २८ फागुन । १११ औं अन्तराष्ट्रिय महिला दिवसको सन्दर्भमा रुपा गाउँपालिकाको आयोजनामा इन्सेक गण्डकी प्रदेश कार्यालय र सगोल कास्कीको सहकार्यमा महिला अधिकार तथा क्षमता अभिवृद्धी कार्यक्रम सम्पन्न भएको छ । रुपा गाउँपालिका–६ भिरचोकमा आयोजना गरिएको कार्यक्रममा बोल्ने वक्ता तथा सहभागीहरुले महिलाले आफ्नाे अधिकारलाई उपयोग गर्न अगाडी बढ्नुपर्ने धारणा राखे । अखिल नेपाल महिला संघकी नेतृ तथा पूर्व माननीय टुका हमालले नेपालको राजनितिक आन्दोलनको परिर्वतनमा महिलाहरुको भुमिका महत्वपूर्ण रहेको बताइन । उनले अहिले हरेक तहमा महिलाको सहभागीता बढेको बताउँदै नेतृत्व… पुरा पढौ

यसरी पक्राउ परिन् भारतमा कोठी सञ्चालन गर्ने चमेली

काठमाडौं, २८ फागुन । नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई लैजाने र वेश्यावृत्तिमा लगाउने गरेको खुल्न आएको छ । प्रहरीले भारतमा कोठी सञ्चालन गर्ने मानव बेचबिखन अपराधमा संलग्न रही फरार रहेकी नुवाकोटको साविक गाउँखर्क गाविस–९ की ६२ वर्षीया रुकमाया तामाङ (चमेली) लाई पक्राउ गरेको छ । उनले सीता तामाङका नाममा मानव बेचबिखन गर्ने गरेको खुल्न आएको छ । उनले भारतको नयाँ दिल्लीस्थित जिबी रोडको ५६ नम्बर गल्लीमा कोठी सञ्चालन गरेर बस्ने गरेको पत्ता… पुरा पढौ

दार्चुलामा १०० मेगावाट विद्युत् उत्पादनकाे तयारी तीब्र

दार्चुला, २८ फागुन । निजी क्षेत्रबाट विद्युत् निर्माणको क्रम तीव्ररुपमा भइरहेको छ । जलविद्युत्को निकै सम्भावना बोकेकोले विद्युत् निर्माणको कार्य तीव्र भइरहेको हो । आगामी दुई वर्षभित्र जिल्लाबाटै १०० मेगावाट विद्युत् उत्पादन हुने गरी तयारी तीव्र पारिएको छ । जिल्लामा आधा दर्जन आयोजना निर्माणाधीन अवस्थामा छन् भने कतिपय आयोजना निमार्ण सम्पन्न भई विद्युत् उत्पादनसमेत भइरहेको छ । केहीले आयोजनाको काम शुरु गर्ने तयारी गरेका छन् । बाह्रैमहिना अटुटरुपमा बगिरहने चमेलिया नदी र चमेलियाका सहायक नदी, मकरिगाड, नौगाड, क्षतिगाडलगायतका खोलाबाट अहिले… पुरा पढौ

कोरियामा औद्योगिक दुर्घटनामा परी एक नेपालीको मृत्यु

सउल, २८ फागुन । दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा परी एक नेपालीको ज्यान गएको छ । बागलुङ जिल्ला गलकोट नगरपालिका–११ घर भई हाल कोरियाको थेगु शहरस्थित एक राइसमिल कम्पनीमा कार्यरत ४५ वर्षीय जयराम भनिने अशोक श्रीषमगरको दुर्घटनामा परी गत सोमबार मृत्यु भएको हो । घटनालाई नेपाल मगर सङ्घ दक्षिण कोरियाका अध्यक्ष टेक पुनले पुष्टि गरे । दुई वर्षअघि कोरिया आएका अशोक कम्पनीमा काम गर्ने क्रममा सोमबार साँझ करिब ६ बजे लडेका थिए । लडेपछि बेहोस भएका उनलाई नजिककै अस्पताल पुर्याइएको थियो… पुरा पढौ

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

त्रिशूली, २८ फागुन । नुवाकोटको बेलकोटगढी नगरपालिका–७ स्थित ‘गल्छी–देवीघाट’ सडकखण्डको गैरीगाउँमा गए राति मोटरसाइकलले ठक्कर दिँदा स्थानीय वीरमान श्रेष्ठको मृत्यु भएको छ । पैदल हिँडिरहेका सोही स्थानका ४५ वर्षीय श्रेष्ठलाई मोटरसाइकलले ठक्कर दिँदा उनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए । उनका अनुसार ठक्कर दिने वा प्र.०२–०१९प ६०७९ नंको मोटरसाइकल र चालक विदुर नगरपालिका–३ का ३१ वर्षीय यमबहादुर राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तारुकाबाट महादेवफाँटतर्फ तीव्रगतिमा आउँदै गरेको मोटरसाइकलले करिब ८ बजेतिर… पुरा पढौ

प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको छलफल सकारात्मक : जसपा

काठमाडौं, २७ फागुन । जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज भएको छलफल सकारात्मक रहेको प्रतिक्रिया दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ प्रधानमन्त्री ओली र जसपाका शीर्ष नेताबीच छलफल भएको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै जसपा नेता लक्ष्मणलाल कर्णले आजको छलफल सकारात्मक दिशामा केन्द्रित रहेको र आइतबार कार्यदल तहमा थप विचार विमर्श हुने जानकारी दिए । जसपाले कैदीबन्दीको रिहाइ, मुद्दा फिर्ता एवं संविधान संशोधनको माग राख्दै आएको छ । आजको छलफलमा प्रधानमन्त्रीले ती मागका विषयमा… पुरा पढौ

भरुवा बन्दुकसहित एक पक्राउ

इनरुवा, २७ फागुन । सुनसरीको बराहक्षेत्र नगरपालिका–२ स्थित कोसीको पूर्वी किनारको खयरघारीबाट आज एक जनालाई भरुवा बन्दुकसहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा उदयपुर बेलका नगरपालिका–९ का २२ वर्षीय सुमन राई रहेको सशस्त्र प्रहरीले जनाएको छ । वन्यजन्तुको सिकार गर्ने क्रममा राईलाई एकथान भरुवा बन्दुकसहित सशस्त्र प्रहरी बलको टोलीले पक्राउ गरेको छ भने अन्य चार जना फरार भएको सशस्त्र प्रहरी निरीक्षक जसबहादुर राईले बताउनुभयो । पक्राउ परेकाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पुरा पढौ