समाचार

महाशिवरात्रि पर्व देशभर मनाइँदै, आठ लाख बढी दर्शनार्थीले पशुपति दर्शन गर्न सक्ने

काठमाडौं, २७ फागुन । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेकाे दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । बिहीबार दिउँसो २ः५२ बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ । चतुर्दशी तिथि शुक्रबार दिउँसो २ः५१ बजेसम्म छ । मध्यरातमा चतुर्दशी तिथि बिहीबार परेकाले यसै दिन महाशिवरात्रि पर्व मनाउने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । पर ब्रह्मले फाल्गुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन… पुरा पढौ

आज सेना दिवस : टुँडिखेलमा बढाइँ कवाजसहित विशेष समारोह

काठमाडौं, २७ फागुन । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले महाशिवरात्रि एवं सेना दिवस आज मुलुकभर विविध कार्यक्रम गरी मनाउँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसकै अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने बढाइँ कवाजसहितको विशेष समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी हुनेछिन । नागरिकको आस्था र भरोसाको केन्द्रबिन्दुका रुपमा रहेको नेपाली सेनाको उनी परमाधिपति हुन । समारोहमा राष्ट्रपतिबाट नेपाल एकीकरणको इतिहास, नेपालको ऐतिहासिक गढी, किल्ला तथा युद्धस्थलको परिचय र सिपाही वार्षिक–२०७७ लोकार्पणका साथै ‘फ्रि–फल जम्प’मा प्रथम… पुरा पढौ

असन्तुष्टलाई सम्मानजनक व्यवहार गरिन्छ : नेम्वाङ

काठमाडौं, २६ फागुन  । नेकपा (एमाले)का नेता सुवासचन्द्र नेम्वाङले पार्टीमा असन्तुष्ट पक्षलाई सम्मानजनक व्यवहार गरिने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा संसदीय दलका उपनेता नेम्वाङले एमाले र नेकपा(माओवादी केन्द्र)बीचको एकता भई बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अदालतको फैसलाबाट खारेज भएकाले एमालेमा फर्कने सबैका लागि सम्मानजनक व्यवहार गरिने स्पष्ट गरे । उनले जनता समाजवादी पार्टीसँग उसका मागका विषयमा छलफल भए पनि सत्ता साझेदारीबारे हाल कुरा नभएको प्रतिक्रिया दिए । सर्वाेच्च अदालतको यही फागुन २३ गतेको फैसलाबाट एमाले र माओवादी… पुरा पढौ

कुमुदिनी होम्सकी दीयालाई राष्ट्रियस्तरको वक्तृत्वकलामा वेष्ट अफ दि वेष्ट स्पीकर अवार्ड

पोखरा, २६ फागुन । कुमुदिनी होम्स्, पोखराकी दीया गुरुङलाई राष्ट्रियस्तरको ‘युथ स्पिक आउट–२०२१’ वक्तृत्वकला प्रतियोगितामा सफलता मिलेको छ। कुमुदिनी होम्सका संस्थापक अशाेक पालिखेका अनुसार वाल अफ होप क्याम्पियनको आयोजनामा देशका २ सय विद्यालयबाट २५ सय बढी विद्यार्थीहरुको सहभागिता रहेको सो प्रतियोगितामा कुमुदिनीकी दीया गुरुङले वेष्ट अफ दि वेष्ट स्पीकर अवार्ड जित्न सफल भएकी हुन् । पोखराको काजीपोखरी निवासी दिया कक्षा ८ मा पढ्छिन् । उनले नेपालमा छाउपडी प्रथा विषयबारे वक्तृत्व छानेकी थिइन्। आयोजकले देशैभरिबाट विभिन्न विद्यालय तथा विद्यार्थीहरुले पठाएका भिडियो… पुरा पढौ

बोलिरहेका मुहाराकृति…विशिष्ट १२ व्यक्तिको १८ मुहार चित्र बने

काठमाडौं, २६ फागुन । चेलीबेटी बेचबिखनविरुद्धको अभियानका मुख्य अभियन्ता वाग्मती प्रदेशकी पूर्वप्रमख अनुराधा कोइरालाका निधारमा मुजा देखिँदा पनि सामाजिक सक्रियतामा कुनै कमी देखिँदैन । पीडामा पनि हाँस्न जान्ने कोइरालाका मुहारभावलाई यसपालि कलाकार गजेन्द्र श्रेष्ठले क्यान्भासमा एक्रेलिक रङ दिए । माइती नेपालकी संस्थापक अनुराधा कोइराला बेचबिखनमा परेका महिलाको उद्धार, संरक्षण र उनीहरुको हक अधिकारमा सधैँ लड्दै आइन । कलाकार श्रेष्ठले उनको त्यो सक्रियता भाव र नौलो मुस्कानलाई चित्रमा पनि डगमगाउन दिएनन्। बरु उजिल्याए । कसैसँग संवाद गर्दै गरेको भान पर्ने कोइरालाको… पुरा पढौ

सात महिनामा पन्ध्र सय उद्योग दर्ता

महेनद्रनगर, २६ फागुन । कोरोना कहर सामान्य बन्दै गएपछि मजदुरीका लागि भारतलगायत तेस्रो मुलुक जाने युवा स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न थालेका छन् । स्थानीयस्तरमै कृषि, पशुपक्षी र व्यापारमा युवाको आकर्षण बढेसँगै यहाँ व्यवसाय दर्ता पनि गत वर्षभन्दा दोब्बरले वृद्धि भएको छ । घरेलु तथा साना उद्योग कार्यालय कञ्चनपुरका अनुसार उद्योग दर्ता विगत वर्षको भन्दा ह्वात्तै बढेको छ । चालु आर्थिक वर्षको सात महिना (माघ मसान्तसम्म) यहाँ एक हजार ५३८ उद्योग घरेलु कार्यालयमा दर्ता भएका छन् । गत चालु आवमा… पुरा पढौ

भरतपुर महानगरपालिकामा मुटु अस्पताल सञ्चालनमा

चितवन, २६ फागुन । जिल्लामा चितवन मुटु अस्पताल सञ्चालनमा आएको छ । मुटुसँग सम्बन्धित सबै खालका उपचार गर्ने गरी अस्पताल सञ्चालनमा ल्याइएको हो । भरतपुर महानगरपालिका–१० दूरसञ्चार रोडमा मुटुरोग विशेषज्ञसहितको समूहले अस्पताल सञ्चालनमा ल्याएको हो । अस्पतालका अध्यक्ष मुटुरोग विशेषज्ञ डा शङ्कर लौडारीका अनुसार अस्पतालमा चौबीसै घण्टा मुटुको भिडियो एक्सरे, इको कार्डियोग्राफी, होल्टर मनिटर, एबीपिएम, इसिजी सेवा उपलब्ध छ । यसैगरी मुटुको मांसपेशीमा पर्ने असरको इकोबाट अध्ययन गरिने स्टेन इमेजिङ इको, डोबुस्टेस इको, टिएमटीलगायतका सेवा अस्पतालले दिँदै आएको छ । अस्पतालमा… पुरा पढौ

जङ्गलमै पुरिए म्याग्दीका तामाखानी

गलेश्वर, २६ फागुन । म्याग्दीका विभिन्न स्थानमा रहेका तामाखानी जङ्गलमै पुरिएर खेर गइरहेका छन् । जिल्लाका धवलागिरि, मालिका, रघुगङ्गा गाउँपालिका र बेनी नगरपालिकाका विभिन्न ठाउँमा रहेका १७ वटा ठूला तामाका खानीहरु राज्यको झन्झटिलो कानूनी प्रावधान र आधुनिक उपकरणको अभावका कारण सञ्चालनमा आउन नसक्दा वनपाखामै खेर गएका हुन् । रघुगङ्गा–६ मा पर्ने ठाडाखानी गाउँको सिरानमा पर्ने रुमले भिर, धौलागिरि–५ मल्कबाङको मल्काबाङे भिर र मालिका गाउँपालिकाको ओखरबोटका साथै बेनी–३ को चिनाखेत भिरमा रहेका तामाखानी प्रयोगविहीन हुँदा स्थानीय सरकारले करोडौँ राजस्व गुमाउनुपरेको छ… पुरा पढौ

निर्वाचन आयोगले भन्यो: ओलीको एमाले र प्रचण्डको माओवादी केन्द्र

काठमाडौं, २५ फागुन । निर्वाचन आयोगले सर्वोच्च अदालतको फैसलालाई कार्यान्वयन गर्नका लागि आफ्ना ६ बुँदे निर्णय आज सार्वजनिक गरेको छ । सर्वोच्च अदालतको फागुन २३ को फैसलाका सम्बन्धमा आज बसेको निर्वाचन आयोगको बैठकले फैसला कार्यान्वयनको लागि ६ बुँदे निर्णय सार्वजनिक गरेको हो । एमाले र माओवादी केन्द्र एकिकरण भएर बनेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नामक राजनीतिक दल उत्प्रेषणको आदेशबाट बदर भएको आयोगले जनाएको छ । आयोगमा दर्ता नंबर १४५ मा दर्ता रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नामको दल खारेज… पुरा पढौ

महिलाहरू आयआर्जनसँग जोडिनु पर्छ-उपसभामुख शर्मा

पाेखरा, २५ फागुन । गण्डकी प्रदेशका उपसभामुख श्रृजना शर्माले महिलाहरू संविधान प्रदत्त हक अधिकारको उपयोग गर्दै आयआर्जनतर्फ लाग्नुपर्ने बताएकी छन् । १११ औं अन्तरािष्ट्रय नारी दिवसको अवसरमा मस्र्याङदी गाउँपालिका एवम् महिला सञ्जालद्वारा संयुक्त रुपमा आयोजित अन्तरकृया कार्यक्रममा उनले सशक्तिकरण कार्यक्रमलाई अघि बढाउनुपर्नेमा जोड दिइन । राजनीतिक, आर्थिक र सामाजिक रुपान्तरण आवश्यक रहेको बताउँदै उपसभामुख शर्माले मुलुकबाट सबै खाले हिंसा र गरिबीपनको अन्त्यका लागि उत्पादनसँग जोडिनुको विकल्प नरहेको बताइन । गण्डकी प्रदेश सभाले हालसम्म ४६ वटा कानून निर्माण गरेको जानकारी दिँदै… पुरा पढौ