समाचार

संसदीय पत्रकार मञ्च गण्डकीमा कोइराला

पोखरा, २९ फागुन । संसदीय पत्रकार मञ्च गण्डकीको अध्यक्षमा भरत कोइराला सर्वसम्मत् चयन भएका छन् । मञ्चको शनिबार सम्पन्न अधिवेशनले कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको निर्वाचन समिति संयोजक अधिवक्ता सुरेन्द्र थापामगरले जानकारी दिए । मञ्च उपाध्यक्षमा अमृत सुवेदी, सचिव रोहितराज पराजुली, कोषाध्यक्ष तारा चापागाई दुवे, सहसचिव युवराज श्रेष्ठ तथा सदस्यमा प्रकाश ढकाल, बासुदेव पौडेल, विसन क्षेत्री, उमा आलेमगर, युवराज गुरुङ (युनिस) र उमेश पुन रहेका छन् । मञ्चको कार्यकाल २ वर्षको हुनेछ । मञ्चमा हाल २२ सदस्य आबद्ध छन्… पुरा पढौ

सरकार छाड्न माओवादीको निर्देशन

काठमाडौं, २९ फागुन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको सरकार छाड्न आफ्ना मन्त्रीलाई निर्देशन दिएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी समिति बैठकले पार्टीका तर्फबाट वर्तमान सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता हुन निर्देशन दिएको हो । नेकपा (एमाले) र माओवादी केन्द्रबीच एकता भई बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई बदर गर्ने सर्वोच्च अदालतको फैसलासँगै दुई पार्टी अलगअलग भएका छन् । माओवादी केन्द्रका तर्फबाट रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभू साह र… पुरा पढौ

जलवायु परिवर्तनका समस्यासँग जुध्न नवप्रवर्तनका परियोजना सञ्चालन गरिने

काठमाडौं, २९ फागुन । नेपाललगायत दक्षिण एशियाली मुलुकहरुमा जलवायु परिवर्तनको समस्या तीब्ररुपमा बढ्दै सन्दर्भमा ती चुनौतीहरुसँग जुध्न सामूहिक प्रयासबाट नवप्रवर्तनका परियोजनाहरु सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ । एशियाली विपद् पूर्वतयारी केन्द्र (एडिपिसी)द्वारा आयोजित दक्षिण एशियामा जलवायु अनुकूलन र उत्थानशीलताका लागि नवप्रवद्र्धनसम्बन्धी गोष्ठीका सहभागी वक्ताहरुले यस्ता परियोजनाहरु सञ्चालन गर्दा स्थानीय, राष्ट्रिय र क्षेत्रीयस्तरमा गर्नुपर्ने धारणा व्यक्त गरे । कार्यक्रममा एडिपिसीका उपकार्यकारी निर्देशक आस्लाम पर्वेजले विश्व बैंकको सहयोगमा नमूनाको रुपमा नेपाल, बङ्गलादेश र पाकिस्तानमा जलवायु अनुकूलन र उत्थानशीलतासम्बन्धी पाँच वर्षे नमूना परियोजना… पुरा पढौ

मेघ गर्जनसहित वर्षाको सम्भावना

काठमाडौं, २९ फागुन । पश्चिमी वायुको प्रभावले शनिबार देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा मेघगर्जनसहित वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको प्रभावले देशको अधिकांश भूभागमा बदली रही पहाडी भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहनुका साथै उच्चपहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको जनाएको छ । मौसमविद् गङ्गा नगरकोटीका अनुसार पश्चिमी वायुको प्रभाव आज रातिसम्म कायम रहने छ । आइतबारदेखि फेरि स्थानीय वायुको प्रभाव देखिने सम्भावना… पुरा पढौ

दूधमा आत्मनिर्भर बन्न वार्षिक प्रतिव्यक्ति १३ लिटर अपुग

कास्की, २९ फागुन नेपाल दुग्ध उत्पादनमा आत्मनिर्भर बन्न नसके पनि सोको नजिक रहेको पाइएको छ । देशभरि रहेका दुग्ध प्रशोधन उद्योगको छाता संस्था डेरी उद्योग सङ्घको पोखरामा भएको १२ औँ वार्षिक साधारणसभामा हालको दूधको उपलब्धता प्रतिव्यक्ति ७८ लिटर प्रतिवर्ष रहेको जानकारी दिइयो । दूधमा आत्मनिर्भर हुनको लागि विश्व खाद्य तथा कृषि सङ्गठनको सिफारिसअनुसार दैनिक २५२ मिलि प्रतिव्यक्ति वा वार्षिक ९१ लिटर प्रतिव्यक्ति आवश्यक पर्नेमा हाल नेपालमा सोअनुसार उपलब्ध नभएको र वार्षिक अझै प्रतिव्यक्ति प्रतिवर्ष १३ लिटर दूध अपुग रहेको सङ्घका केन्द्रीय… पुरा पढौ

साङ्केतिक भाषामा ट्राफिक नियमको जानकारी

सिमकोट, २९ फागुन  । हुम्लाको सदरमुकाम सिमकोटमा साङ्केतिक भाषाका आधारमा ट्राफिक प्रहरी कार्यालयले शुक्रबा ट्राफिकसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । सिमकोट गाउँपालिका–५ को तल्लो बजारमा रहेको हिमाली बहिरा तथा बौद्धिक अपाङ्गता विद्यालयका विद्यार्थीलाई ट्राफिक प्रहरी कार्यालय हुम्लाले ट्राफिक नियमसम्बन्धी सचेतनामूलक जानकारी दिएको छ । सिमकोट तल्लो बजारमा रहेको सो विद्यालयमा ट्राफिक प्रहरीको टोलीले उक्त विद्यालयका शिक्षिका हीरा बोहराको सहायतामा साङ्केतिक भाषाको माध्यमले २२ विद्यार्थीलाई सचेतनामूलक प्रशिक्षण गराएको ट्राफिक सहायक प्रहरी निरीक्षक लोकबहादुर चन्दले जानकारी दिए । सदरमुकाम सिमकोटमा रहेका… पुरा पढौ

मनहरी गाउँपालिकामा दुर्घटनामा तीनको मृत्यु

मकवानपुर, २९ फागुन । झापाको काँकडभिट्टाबाट काठमाडौं जाँदै गरेको ना४अ ५१४९ नम्बरको यात्रुबाहक बस र विपरीत दिशातर्फ जाँदै गरेको ना६ख ८९ नम्बरको ट्रक आज बिहान हेटौंडा नारायणगढ सडकखण्डमा पर्ने मनहरी गाउँपालिका–६ सुनाचुरीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बसका चालक वीरगञ्ज महानगरपालिका–१५ बस्ने ३५ वर्षीय मदनकुमार थापा क्षेत्री, बसमा सवार भारत सिस्वा बस्ने अभयलाल कुसुवाह र भारतको विहार बस्ने सुनिल कुमार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । दुर्घटनामा परी… पुरा पढौ

सरकारलाई विस्थापित गर्ने प्रयास विफल : प्रधानमन्त्री ओली

काठमाडौं, २८ फागुन । सत्तारुढ नेकपा (एमाले) को सम्पन्न केन्द्रीय कमिटीको विशेष बैठकले विभिन्न प्रदेशसभामा पार्टीका सांसदहरुले आफ्नै पार्टीका मुख्यमन्त्री विरुद्ध दिएको अविश्वासको प्रस्ताव फिर्ता लिन निर्देशन दिएको छ । पार्टी संसदीय दलका नेता र सदस्यलाई अनुशासित र एकताबद्ध भएर परिचालित गर्न विशेष भूमिका खेल्न आह्वान गर्दै बैठकले प्रदेशसभामा पार्टीबाट प्रतिनिधित्व गर्ने सदस्यलाई पार्टी निर्णयअनुरुप सञ्चालित हुन र अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको भए फिर्ता लिन निर्देशित गरेको हो । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र वाग्मती प्रदेशका मुख्यमन्त्री… पुरा पढौ

रहेनन् अग्रज पत्रकार शर्मा

काठमाडौं, २८ फागुन । अग्रज पत्रकार सुशील शर्माको ६३ वर्षका उमेरमा चावहिलस्थित ओम अस्पतालमा निधन भएको छ । उनले एक वर्षअघि फिस्टुलाको शल्यक्रिया गराएका थिए । रोग पूर्णरुपमा निको नभई समस्या भोगिरहेका उनको आज निधन भएको पारिवारिक स्रोतले जनाएको छ । तीनदिनदेखि उनी सोही अस्पतालमा उपचाररत् थिए । राइजिङ नेपाल, काठमाडौं पोष्ट, स्पोटलाइट र बीबीसी नेपाली सेवामा लामो समयसम्म पत्रकारिता गरेका वरिष्ठ पत्रकार शर्माले नेपाल वातावरण पत्रकार समूहकाे कार्यसमितिमा रही केही समय योगदान पुर्याएका थिए । आफूमात्र होइन, पत्रकारिता क्षेत्रमा… पुरा पढौ

राजनीतिबाट विश्राम लिएपछि यात्रा संस्मरण लेख्छु: नेपाल

काठमाडौं, २८ फागुन । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिबाट विश्राम लिएपछि आफूले यात्रा संस्मरण लेख्ने जानकारी दिएका छन् । मदन लामा (लामाखुले) को यात्रा संस्मरण ‘युरोप यात्राका सम्झनाहरु’ को आज लोकार्पण गर्दै उgले आफूले चाहँदा राजनीतिबाट विश्राम लिन नपाएको बताए । आफूले विश्राम चाहँदा यस्तो बेलामा भाग्ने भनेर रोकिने गरेको उनको भनाइ थियो । पद नछाड्दा पनि कहिल्यै नछाडेको आरोप लाग्ने उनले बताए । उनले भने, “नछाड्दा कहिले छाड्ने भन्ने र छाड्न लाग्दा भाग्यो भन्ने छ ।” पुस्तकका लेखक राईले आफूले युरोप… पुरा पढौ