समाचार

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

पर्वत, ११ फागुन । पर्वतकाे जलजला गाउँपालिका ८ खनियाँघाटमा ध१प ८९५८ नं को मोटरसाइकल दुर्घटना हुँदा सोमबार साँझ एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार साँघुरो सडकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा परी बागलुङ नगरपालिका–२ का ३७ वर्षीय बाबुराम केसीको मृत्यु भएको छ । दुर्घटनामा परेका केसीको तत्काल उद्धार गरी प्रहरीले बागलुङ अस्पतालमा पुर्याएको थियो । अस्पतालले केसीलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक मनिषकुमार श्रेष्ठले जानकारी दिए । मोटरसाइकल… पुरा पढौ

मिर्मिरेको सचेतना बोर्ड ट्राफिक प्रहरीलाई हस्तान्तरण

बाँके ११ फागुन । काभ्रेको बनेपा स्थित प्रधान कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्था लि.ले बाँकेको बैजनाथ गाउँपालिकास्थित अस्थायी ट्राफिक प्रहरी पोष्टको लागि जनचेतनामूलक बोर्ड सहयोग गरेको छ । एक कार्यक्रमकाबिच बैजनाथ गाउँपालिका वडा नं. ६ का अध्यक्ष भद्र बहादुर बस्नेतमार्फत प्रहरी सहायक निरिक्षक मदन सिंह महतारालाई उक्त बोर्ड हस्तान्तरण गरिएको हो । बढि दुर्घटनाग्रस्त क्षेत्रमा सचेतनामूलक बोर्डले दुर्घटना न्युनिकरणमा ठूलो सहयोग हुने र उक्त कार्यको लागि सहयोग गरेकोमा सहायक निरिक्षक महताराले मिर्मिरे लघुवित्तलाई धन्यवाद र आभार व्यक्त गरे ।… पुरा पढौ

शिवरात्री यसरी मान्दैछ पशुपति, धूनी जगाउन ३४ हजार किलो दाउरा

काठमाडौ, १० फागुन । गुठी संस्थानले महाशिवरात्रिमा पशुपति क्षेत्रमा आउने साधुसन्तका लागि खाने, बस्ने, धुनी जगाउनेलगायत स्वागत सत्कार व्यवस्थापनको तयारी शुरु गरेको छ । तयारीस्वरुप पशुपतिनाथका दर्शनार्थी साधुसन्तका लागि धुनी जगाउन ३४ हजार ८०० किलो दाउराको व्यवस्था गरिएको छ । पशुपतिनाथ दर्शनका लागि आउने साधु सन्तको स्तरअनुसार दक्षिणा दिन केन्द्रीय कार्यालयमा बजेट माग गरी पत्र पठाइएको गुठी संस्थान पशुपति गोश्वारा कार्यालयका प्रमुख उमा आचार्यले बताइन् । यस वर्ष रु ९५१, रु ७५१, रु ५५१, रु ३५१, रु २५१ र रु… पुरा पढौ

कुमुदिनी होम्सका विद्यार्थीलाई प्रतिष्ठित अवार्ड

पोखरा, १० फागुन । पोखराको कुमुदिनी होम्सका विद्यार्थीले विश्वको प्रतिष्ठित ड्युक अफ एडिनवर्गको अन्तर्राष्ट्रिय अवार्ड अन्तर्गत ब्रोन्ज सेक्सन पूरा गरेका छन् । विद्यालयको कक्षा ९ मा अध्ययनरत १४ जना विद्यार्थीले भाग लिएको सो प्रतियोगितामा झण्डै १ वर्ष अवधिसम्मको सहभागितामा उनीहरुले आवश्यक मापदण्ड पुरा गरेका हुन् । उनीहरुले सोको लागि ७ घण्टा साहसिक यात्रा, १२ घण्टा शारीरिक मनोरञ्जन, १२ घण्टा कौशल र २६ घण्टासम्म स्वयंसेवा गरी सक्रिय सहभागिता जनाएका थिए । विद्यालयका निर्देशक कुशल पालिखेले पोखराबाट प्रतिष्ठित सो अवार्डमा ब्रोन्ज सेक्सन… पुरा पढौ

सरकारले निर्वाचन आयोग र सर्वोच्च अदालतलाई दवाव दिँदैनः उपप्रम पोखरेल

चितवन, १० फागुन । उपप्रधानमन्त्री ईश्वर पोखरेलले निर्वाचनसँंग सम्बन्धित सबै पक्ष निर्वाचनको तयारीमा जुटेको बताएका छन्भ । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उनले निर्वाचन आयोग र सुरक्षा निकाय निर्वाचनको तयारीमा लागेको तथा अर्थ मन्त्रालयले आवश्यक बजेट निकासा गरिसकेको जानकारी दिए । प्रतिनिधिसभा निर्वाचन निर्धारित समयमा नै हुने र यसमा आशङ्का गर्नुपर्ने कुनै कुरा नरहेको स्पष्ट गर्दै उहाँले भन्नुभयो, “निर्वाचन हुन्छ कि हुँदैन भनेर आशङ्का गर्नुपर्ने कामै छैन, बिल्कुल हुन्छ । निर्धारित समयमा नै हुन्छ ।” कहीँकतै कोहीकोही व्यक्ति, पक्षहरुले… पुरा पढौ

महाशिवरात्रिमा साधुसन्तको स्वागत सत्कारको तयारी

काठमाडौं, १० फागुन । गुठी संस्थानले महाशिवरात्रिमा पशुपति क्षेत्रमा आउने साधुसन्तका लागि खाने, बस्ने, धुनी जगाउनेलगायत स्वागत सत्कार व्यवस्थापनको तयारी शुरु गरेको छ । तयारीस्वरुप पशुपतिनाथका दर्शनार्थी साधुसन्तका लागि धुनी जगाउन ३४ हजार ८०० किलो दाउराको व्यवस्था गरिएको छ । पशुपतिनाथ दर्शनका लागि आउने साधु सन्तको स्तरअनुसार दक्षिणा दिन केन्द्रीय कार्यालयमा बजेट माग गरी पत्र पठाइएको गुठी संस्थान पशुपति गोश्वारा कार्यालयका प्रमुख उमा आचार्यले राससलाई जानकारी दिए । यस वर्ष रु ९५१, रु ७५१, रु ५५१, रु ३५१, रु २५१… पुरा पढौ

दश कृषि परियोजनाका कृषकलाई आठ करोड अनुदान

गलकोट, १० फागुन । कृषि ज्ञान केन्द्र बागलुङमा स्थापना भएसँगै योजना कार्यान्वयन शुरु गरेको छ । एक महिनाअघि मात्रै बागलुङमा स्थापना भएको कृषि ज्ञान केन्द्र बागलुङले २२१ साना ठूला कृषि फर्मलाई अनुदान दिनका लागि प्रस्ताव स्वीकृत गरेको छ । केन्द्रले बागलुङमा आर्थिक वर्ष २०७७÷७८ का लागि अनुदानका लागि प्रस्ताव आह्वान गरेको थियो । अनुदानका लागि आएको ५८७ प्रस्तावनामा विगतका वर्षमा अनुदान नपाएका, लगानी गर्न सक्ने तथा दुर्गमतालाई आधार मानेर २२१ कृषि फर्म स्वीकृत गरेको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त… पुरा पढौ

नेकपाका नेताको गाडी तोडफोड, कार्यक्रम नगर्न धम्की

काभ्रेपलाञ्चोक, १० फागुन । काभे्रपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–५ मा नेकपाका केन्द्रीय नेता चढेको गाडी गएराति तोडफोड गरी आगजनीको प्रयास गरिएको छ । गाउँपालिकाको ५ नम्बर वडा कमिटी विस्तार गर्ने आजको कार्यक्रमका लागि त्यहाँ गएका नेता बास बसेको घर नजिकै रोकिराखिएको बा१५च ७८२१ नम्बरको गाडी तोडफोड भएको हो । करिब एक दर्जन मोटरसाइकलमा आएको समूहले नेता बास बसेको नेकपाका जिल्ला सदस्य शिव गौतमको घर नजिकै पार्किङ गर्ने क्रममा राति १०ः३० बजे गाडी तोडफोड गर्न शुरु गरेको थियो । गौतमका अनुसार चालकले पार्किङ गर्न… पुरा पढौ

झुटा विवरण पेश गरेर परिचयपत्र बनाउन खोज्ने पक्राउ

म्याग्दी, ९ फागुन । म्याग्दीमा झुटा विवरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्ने आज पक्राउ परेका छन् । अर्कैको छोरीलाई आफ्नो छोरी भएको नक्कली कागजात बनाएर नाबालक परिचयपत्र बनाउन खोज्ने धवलागिरि गाउँपालिका–३ का ५५ वर्षीय रेशमबहादुर भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले दीपक भण्डारीकी १५ वर्षीया छोरी दिवा भण्डारीको नाबालक परिचयपत्र बनाउन आफ्नो छोरी भएको नक्कली कागजात पेश गरेका रेशमबहादुरलाई नियन्त्रणमा लिएको जानकारी दिए । “रेशमबहादुरले पेश गरेका कागजात शङ्कास्पद भेटिएपछि… पुरा पढौ

झापामा एकै दिन पाँचवटा बिओपी उद्घाटन

झापा, ९ फागुन । सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न र सीमा सुरक्षालाई बलियो बनाउने उद्देश्यले झापामा आज एकै दिन पाँचवटा सशस्त्र प्रहरीको बोडर आउट पोस्ट (बिओपी) उद्घाटन गरिएको छ । पाँचवटै बिओपीको मेचीनगर नगरपालिका–५ स्थित नकबलबन्दामा मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य र सशस्त्र प्रहरी बल नं १ बराहवाहिनी पकलीका वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक वंशीराज दाहालले संयुक्तरुपमा उद्घाटन गरे । मेचीनगर—१ स्थित तिरिङ, भद्रपुर–३ स्थित महेशपुर, झापा गाउँपालिकाको पन्थापाडा र गौरीगञ्जको आमगाछीमा स्थापना गरिएका बिओपीको एकै ठाउँबाट उद्घाटन… पुरा पढौ