समाचार

‘वैद्य, डाक्टरले बचाएनन्, झाक्रिसंग गएका छन्, बचाउनेवाला छैनन्’ : ओली

काठमाडौं, ८ फागुन । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड-माधव नेपालको समूह भिर खोज्दै भिरतिरै गएकोले उहाँहरुलाई रामराम मात्रै भन्न सकिने तर कसैले बचाउन नसक्ने ठोकुवा गरेका छन् । आज प्रदेश नं १ को विराटनगरमा आयोजना गरिएको कार्यकर्ता भेलालाई सम्वोधन गर्दै ओलीले भने, उहिले उहाँहरु वैद्यकहाँ जानुभयो वैद्यले बचाउन सकेनन् । फेरी डाक्टरसंग जानुभयो डाक्टरले पनि बचाएनन् । अहिले झाक्रिसंग जानु भएको छ, उहाँहरुलाई झाक्रिले पनि बचाउनेवाला छैनन् । मलाई त उहाँको माया पाे लागेर आउँछ । मैले… पुरा पढौ

जस्तोसुकै प्रतिकूल अवस्थामा पनि रोकिएको छैन वाग्मती सफाइ अभियान

काठमाडौं, ८ फागुन । वाग्मती सफाइ महाअभियानको ४०६ औं हप्तामा आलोकनगर आँखा अस्पताल केन्द्रको बीचमा रहेको फलामेपुल वाग्मती नदीको पुर्वी किनारमा सफाइ गरिएको छ । सफाइबाट तीन मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिं शाहीले जानकारी दिए । सफाइमा राष्ट्रिय सभा सदस्य कोमल ओली, पुर्व मुख्यसचिव लीलामणि पौडेल, काठमाडौँ महानगरपालिका वडा नं ११ का अध्यक्ष हीरालाल तन्डुकार, एकीकृत उपभोक्ता सङ्घका सदस्य मदनकुमार शिवाकोटी, सुविधानगर सामुदायिक विकास समितिका अध्यक्ष सुमित्रा कडरिया एवं अन्य पदाधिकारी, आलोकनगर समुदायका पदाधिकारी, पहिलो पाइला, मक्कै घर,… पुरा पढौ

फलेवासमा नागरिक निवृत्तिभरण योजना शुरु

पर्वत, ८ फागुन । फलेवास नगरपालिकामा श्रमिक कल्याणकारी कोष तथा नागरिक पेन्सन योजना शुरु भएको छ । नगरापालिकाभित्रका असङ्गठित मजदूर तथा बेरोजगार नागरिकलाई ६० वर्षको उमेरपछि आर्थिक समस्या नहोस् भनेर नगरपालिकाले नागरिक पेन्सन कार्यक्रम शुरु गरेको हो । साठी वर्षको उमेरसम्म मानिस नियमित कामकाज गर्न सक्छन् तर बुढेसकाल लागेपछि श्रम गर्न पनि नसक्ने र आर्थिक समस्या पर्दै जाने भएकाले यस्तो कार्यक्रम शुरु गरिएको हो । असङ्गठित मजदूरले काम गर्न सक्ने उमेरसम्म मासिक रुपमा नगरपालिकामा रु ५०० का दरले जम्मा गर्ने… पुरा पढौ

राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन अभियान

फुङ्लिङ, ८ फागुन । फागुन अन्तिमदेखि ताप्लेजुङका सबै स्थानीय तहमा राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन अभियान सञ्चालन गरिने भएको छ । ताप्लेजुङमा गत १३ साउनबाट जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन कार्य भइरहेको छ । प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईंका अनुसार अहिलेसम्म एक हजार ३५२ पुरुष र एक हजार १० महिला गरी दुई हजार ३६२ ले राष्ट्रिय परिचयपत्रको विवरण भरेका छन् । फागुन मसान्तबाट एउटा पालिकाका बढीमा १५ दिन बस्ने गरी राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन कार्य शुरु गर्ने कार्ययोजना तयार… पुरा पढौ

सियारीमा गुठीका जग्गा संरक्षण हुँदै

बुटवल, ८ फागुन । रुपन्देहीको सियारी गाउँपालिकाले सार्वजनिक र गुठीका जग्गा संरक्षण शुरु गरेको छ । सबै जग्गाको लगत सङ्कलन गर्दै समुदायको सहकार्यमा ऐतिहासिक र पुरानो गुठीका रुपमा रहेको सियारी गाउँपालिका–३ भैसाखादरस्थित रामजानकी मठमन्दिरको नाममा रहेको जग्गामा केही भूमाफियाले चलखेल गरेपछि पालिकाले समुदायसमेत गुहारेको छ । उक्त जग्गा करिब २०० वर्ष पुरानो इतिहास बोकेको गुठी र मन्दिर क्षेत्र मानिने स्थानीयले जनाएका छन् । उक्त वडामा मात्रै गुठी तथा मन्दिरको नाममा करिब ६० बिघा जमिन रहेको बताइएको छ । सोमध्येको जमिनमा… पुरा पढौ

तोकिएकाे मितिमा निर्वाचन सम्पन्न गर्छाैं-थपलिया

काठमाडौं, ८ फागनु । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्ने आयोगको अर्जुनदृष्टि रहेको बताएका छन् । पाँचौ निर्वाचन दिवसका अवसरमा उनले इतिहासको विरासत र साखलाई खुम्चन नदिइ उत्कृष्ट निर्वाचन व्यवस्थापन निकायको रुपमा आयोगलाई पहिचान दिलाउन कृतसङ्कल्पित भइ निरन्तर प्रयासरत रहने प्रतिवद्वता व्यक्त गरे। आयोगले विक्रम सम्वत् २०१५ मा पहिलो पटक मतदान भएको दिनलाई स्मरण गर्दै सम्वत् २०७३ सालदेखि प्रत्येक वर्षको फागुन ७ गते निर्वाचन दिवस मनाउँदै आएको छ । यस बर्षको निर्वाचन दिवसको… पुरा पढौ

इन्सेक मानवअधिकार वर्ष पुस्तक २०२१ सार्वजनिक, मानवअधिकार रक्षाका लागि दृढः डा घिमिरे

पोखरा, ७ फागुन । इन्सेक गण्डकी प्रदेशले 'मानवअधिकार वर्ष पुस्तक २०२१' आज पोखरामा सार्वजनिक गरेको छ । नेपाल मानवअधिकार वर्ष पुस्तक सन २०२१ सार्वजनिकीकरण तथा सन् २०२० को समग्र मानवअधिकारको अवस्था विषयक अन्तर्क्रिया कार्यक्रममा गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता डा.राजेन्द्र घिमिरेले पुस्तक सार्वजनिक गरेका हुन । सन् १९९२ देखि नेपाल मानवअधिकार वर्ष पुस्तक प्रकाशन गर्दै आएकोमा सन् २०२१ सम्म आउदा २९औं संस्करण पूरा गरेको इन्सेकले बताएको छ । मानवअधिकार अभिलेखिकरणको कार्यलाई समयानुसार सधार गर्दै आईरहेको इन्सेकले यस वर्षदेखि मोबाइल एप तथा… पुरा पढौ

चरक मेमोरियलमा मेगाको एटिएम काउन्टर

पोखरा, ७ फागुन । मेगा बैंक लि. ले पोखराको चरक मेमोरियल हस्पिटलमा एटिएम काउन्टर खोलेको छ । काउन्टरको शुक्रबार एक समारोहबीच बैंकका गण्डकी प्रदेश प्रमुख ज्ञानेन्द्र पन्त र अस्पतालका प्रबन्ध निर्देशक कपिल पोखरेलले उद्घाटन गरेका हुन् । एटिएम काउन्टर स्थापनासँगै अस्पतालमा उपचारार्थ आउने बिरामीहरुको लागि सुविधा हुने विश्वास गरिएको छ । चरक मेमोरियल निजी स्तरबाट संचालित अस्पतालमध्ये गण्डकी प्रदेशकै ठूलो अस्पतालको रुपमा परिचित छ । यसैबीच गत असारमा गण्डकी विकास बैंकलाई गाभेर बृहत् बनेको मेगा बैंक नेपालमा बाणिज्य बैंकहरुमा उत्कृष्टमध्ये… पुरा पढौ

असन्तुष्ट पक्षलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा आउन प्रमकाे आग्रह

काठमाडौं, ७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र प्राप्तिपछि शान्तिपूर्ण राजनीतिभन्दा अर्को बाटो हुन नसक्ने भएकाले असन्तुष्ट पक्षलाई संवादका माध्यमबाट मूलधारमा आउन आग्रह गरेका छन् । ७१ औँ प्रजातन्त्र दिवसका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले शान्तिपूर्ण लोकतान्त्रिक प्रणालीप्रतिको आफ्नो आस्था एवं विश्वास बढाउन र त्यस अभ्यासलाई आत्मसात गरी इमान्दारिताका साथ अगाडि बढ्न आग्रह गरे। लोकतन्त्र आइसकेपछि पनि अन्य बाटोबाट अघि बढ्न सकिन्छ भन्ने तथा रोज्ने प्रवृत्ति कायम रहेको उल्लेख गर्दै उहाँले नेपाली जनता त्यस्ता… पुरा पढौ

गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ गतेको क्रान्ति नै हो : सभापति देउवा

काठमाडौं, ७ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विसं २००७ फागुन ७ गते कांग्रेसको नेतृत्वमा नेपालको आधुनिक इतिहास प्रारम्भ भएको गौरवमय दिनका अवसरमा सबै नेपालीमा शुभकामना व्यक्त गरेका छन् । देउवालेे आज विज्ञप्तिमार्फत ७० वर्षअघि विसं २००७ कात्तिक २६ देखि प्रारम्भ ऐतिहासिक जनक्रान्तिले आजकै दिन १०४ वर्षको एकतन्त्रीय निरंकुश राणा शासनलाई समाप्त पारेर देशमा प्रजातन्त्रको स्थापना गरेको बताएका छन् । “राजनीतिक परिवर्तन मात्र होइन, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक हरेक क्षेत्रमा यसले अग्रगामी परिवर्तनको मार्गप्रशस्त गरेको थियो । मध्ययुगीन सामन्ती… पुरा पढौ