समाचार

निर्वाचनको विकल्प जोख्न हुन्न’

पर्वत, २२ माघ । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीले आगामी वैशाख १७ र २७ गतेको निर्वाचनको विकल्प खोज्न नहुने बताएका छन् । मुलुकको स्थायित्व र समृद्धिको कार्यभार पूरा गर्न नयाँ जनादेश अपरिहार्य भएको तर्क गरे । कुश्मा नगरपालिका वडा नं २ खुर्कोटमा आज आयोजित कालीगण्डकी प्रशारण करिडोरको सवस्टेशन उद्घाटन समारोहमा नेकपा स्थायी समिति सदस्य रायमाझीले मुलुकको समृद्धि र स्थायित्वका लागि निर्वाचनमा जानुपर्नेमा जोड दिए । उनले ऊर्जामा मुलुक आत्मनिर्भर बन्दै गएको बताउँदै निर्माणाधिन सबै विद्युत् आयोजनाहरु सम्पन्न भएपछि निर्यात… पुरा पढौ

धान खरिद जारी

वीरगञ्ज, २२ माघ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले चालू आर्थिक वर्षमा धान खरिदको लक्ष्य भेट्टाउन नसकेपछि धान खरिद कार्य जारी राखेको छ । सङ्घीय सरकारले सो कार्यालयलाई चालू आर्थिक वर्षमा सोना मन्सुली धान ३० हजार क्वीन्टल र जिरा मसिनो धान पाँच हजार क्वीन्टल खरीद गर्न लक्ष्य दिएकोमा माघको तेस्रो सातासम्म रु ६ करोड ३७ लाख ५९ हजार ७९८ मूल्य बराबरको २२ हजार १.४५ क्वीन्टल सोना मन्सुली र तीन लाख चार हजार ५०० मूल्य बराबरको १०५… पुरा पढौ

शहीदका शालिक चोरी

जलेश्वर, २२ माघ । महोत्तरी जिल्लाको जलेश्वर–जनकपुर सडकखण्डको परिकौली चौकमा स्थापना गरिएको मधेश आन्दोलनका दुई शहीदको शालिक चोरी भएको छ । मधेश आन्दोलन २०७२÷७३ मा महोत्तरी जिल्लामा सुरक्षाकर्मीको गोली लागि शहीद भएका जलेश्वर नगरपालिका– ११ का वीरेन्द्र विच्छा र वडा नं ९ का राजेश ठाकुर दुवै जनाको शालिक चोरी भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए । वडा नं ११ र वडा नं ९ को साझा चोकको रुपमा रहेको परिकौली चौकमा ५÷७ फिट अग्लो बुर्जामाथि राखिएको… पुरा पढौ

पर्यटकीय नगरी पोखरामा बन्दको पूर्ण प्रभाव

पोखरा, २२ माघ । पर्यटकीय नगरी पोखरामा पनि बन्दको प्रभाव परेको छ । शिक्षण संघसंस्था, कलकारखाना, विद्यालय, व्यापारिक प्रतिष्ठान, पसल, यातायात बन्द छन् । बन्दका कारण सर्वसाधारणले दुःख बेहोर्नुपरेको छ । गन्तव्य पुग्न मानिसहरुले सडकमा पैदल हिडेको देख्न सकिन्छ । बन्द आह्वानकर्ताहरुले सडकका चोकचोकमा बसेर बन्द सफल पार्न नाराबाजी गरिरहेका छन् । उनीहरुले कोही व्यक्ति मोटरसाइकल, स्कुटरमा चढेको देखेमा एक्कासी बाटोमै रोकेर केराकार गर्ने गरेका छन् । नेकपाको प्रचण्ड–नेपाल पक्षधरका नेता तथा कार्यकर्ता ठूलो संख्यामा चोकचोकमा खटिएका छन् । गण्डकी… पुरा पढौ

नेकपाका सर्लाही इञ्चार्ज वाग्लेको मृत्यु

मलङ्गवा, २२ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं सर्लाही इञ्चार्ज डाचाराज वाग्लेको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । बरहथबाबाट नयाँरोडतर्फ जाँदै गर्दा बुधबार राति मूर्तिया चोकबाट उत्तर वन कार्यालय नजिक नयाँरोड–बरहथवा सडकखण्डमा लडिरहेको अवस्थामा वाग्लेलाई स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलबाट वाग्लेलाई बरहथवा प्राथमिक स्वास्थ्य केन्द्रमा पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको थियो । बुधबार साँझ नेकपा प्रचण्ड–नेपाल समूहले आयोजना गरेको मसाल जुलुसको नेतृत्व गरेर ज१०प ३२०६ नम्बरको मोटरसाइकलले बरहथवाबाट नयाँरोडतर्फ जाँदै गरेका वाग्ले दुर्घटनामा… पुरा पढौ

खुङ्गाका वडाध्यक्ष रु ८० हजार धरौटीमा पुन रिहा

बलेवा, २२ माघ । जिल्ला अदालत बागलुङले ढोरपाटन नगरपालिका–४ खुङ्गाका अध्यक्ष तिलक पुनलाई रु ८० हजार धरौटीमा रिहा गरेको छ । ज्यान मार्ने उद्योगका आरोपमा उहाँ पक्राउ पर्नुभएको थियो । विसं २०७६ कात्तिकमा खुङगामा भएको कुटपिटका घटनामा पुनसहितका युवाले कुटपिट गरेर ज्यान मार्ने उद्देश्य राखेको जनाउँदै स्थानीयवासी लालबहादुर विक र श्यामबहादुर विकले पुन विरुद्ध जाहेरी दिएका थिए । जाहेरीमा पुनसहित कोपिल बुढाथोकी, दिलीप बुढाथोकी, गनबहादुर फगामी, हर्कबहादुर बुढाथोकी र उमेश बुढाथोकी विरुद्ध मुद्दा दिएका थिए । उनीहरुमध्ये २१ दिनदेखि न्यायिक… पुरा पढौ

सार्वजनिक यातायात, पेशा, व्यवसाय निर्धक्क सञ्चालन गर्न गृह मन्त्रालयको आग्रह

काठमाडौं, २२ माघ । सरकारले पूर्ववत् रुपमै सार्वजनिक यातायातलगायत आ-आफ्नो उद्योगधन्दा, पेशा, व्यवसाय सञ्चालन गर्न उद्यमी व्यवसायीहरुलाई आग्रह गरेको छ । गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले आज आह्वान गरेको भनिएको आमहडतालका क्रममा संविधान तथा प्रचलित कानूनविपरीत शान्ति सुरक्षामा खलल पुग्ने गतिविधि नगर्न अनुरोध गरेको छ । मन्त्रालयले आमहडतालका क्रममा शान्ति सुरक्षामा खलल पुग्ने, सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, आगजनी, आम सर्वसाधारण नागरिकले प्रयोग गर्ने सार्वजनिक यातायात सञ्चालनमा अवरोधलगायत ध्वंशात्मक एवं अवाञ्छिनीय गतिविधि नगर्न… पुरा पढौ

बीचैमा प्रदेश छाडेर जान्न : मुख्यमन्त्री गुरुङ

पोखरा, २१ माघ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जनताका लागि काम गर्ने प्रतिबद्धतासहित जिम्मेवारी सम्हालेकाले आफू बीचमै छोडेर कुनै अवसर खोज्न नजाने बताएका छन् । बाह्रखरी अनलाइनले पोखरामा आयोजना गरेको ‘कोभिड–१९ को असरबाट पर्यटनलाई उकास्ने प्रयास’ विषयक कार्यक्रममा पत्रकार प्रतिक प्रधानसँगको भलाकुसारीमा मुख्मन्त्री गुरूङले प्रदेशको विकासमा आफूले पूरा समय काम गर्ने बताए । “मुलुक चुनावको तयारीमा छ, अहिले मलाई प्रतिनिधिसभाको टिकट दिए पनि म लिन्न किनकी मैले जनतासँग पाँच वर्ष काम गर्छु भन्ने प्रतिबद्धता लिएर जिम्मेवारी सम्हालेको हुँ ।… पुरा पढौ

राज्यमन्त्री मानन्धरलाई विश्व कीर्तिमानीको प्रमाणपत्र हस्तान्तरण

काठमाडौं, २१ माघ । लगातार चार घण्टा पाँच मिनेट २० सेकेण्डसम्म गीत गाएर गिनिज वल्र्ड रेकर्डस कायम गर्नुभएका शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरलाई उक्त कीर्तिमानीको प्रमाणपत्र हस्तान्तरण गरिएको छ । भारतको नयाँ दिल्लीमा आयोजित कार्यक्रममा राज्यमन्त्री मानन्धरलाई भारतका सामाजिक न्याय तथा अधिकारिकता राज्यमन्त्री रामदास आठवलेले उक्त प्रमाणपत्र हस्तान्तरण गरे । मन्त्री मानन्धरले गत पुस १० गते सो अवधिमा गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा श्हरी विकास राज्यमन्त्री मानन्धरले नेपाल भारतबीच पौराणिक कालदेखि सम्बन्ध रहेको बताउँदै दुई देशबीचको सम्बन्ध थप सुमधुर… पुरा पढौ

नेपालमा हाइड्रोजन इन्धन उत्पादन, कति सम्भव ?

काठमाडौं २१ माघ । नेपालमा हाइड्रोज इन्धन उत्पादन हुने भएको छ । खेर गइरहेको बिजुली प्रयोगरी हाइड्रोजन इन्धन बनाउन लागिएको हो । नेपालका लागि हाइड्रोजन इन्धन नौलाे हो । तर यूरोप तथा अमेरिकामा यसको परीक्षण उत्पादन तथा प्रयोग सुरु भइसकेको छ । नेपाल आयल निगम र काठमाडौं विश्वविद्यालय (केयू)को सहकार्यमा नेपालमा हाइड्रोजन इन्धन उत्पादन गर्ने कार्य सुरु भएको छ । यो विषयमा निगम र केयूबीच इन्धन र ऊर्जा क्षेत्रमा सहकार्य गरी हालै द्विपक्षीय सम्झौता भएको छ । सम्झौतापत्रमा केयूका तर्फबाट… पुरा पढौ