समाचार

नागरिक एपबाटै सामाजिक सुरक्षा कोषको सेवा लिनसक्ने

काठमाडौं, २७ माघ । सामाजिक सुरक्षा कोषमा सूचीकृत भएर नियमित योगदान गरिरहेका योगदानकर्ताले नागरिक एपमार्फत कोषले प्रदान गर्ने सम्पूर्ण सेवा मोबाइलबाटै लिनसक्ने भएका छन् । सरकारले प्रवाह गर्ने सेवालाई ‘डिजिटलाइज’ गरी एकीकृत ‘प्लेटफर्म’मार्फत सेवा प्रवाह गर्ने लक्ष्यअनुसार नै कोषले प्रदान गर्ने सेवा मोबाइलबाट हातहातमै प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको कोषले जनाएको छ । कोषका प्रवक्ता विवेक पन्थीले योगदानकर्ताले एपमार्फत आफ्नो नाममा जम्मा भएको योगदान रकमलगायत विस्तृत विवरण हेर्न सक्ने बताए । “योगदानकर्ताले कुन महिनामा कति योगदान रकम जम्मा भयो, भएन,… पुरा पढौ

अझै पनि झण्डै पाँच लाख सुकुम्वासी भूमिविहीन

काठमाडौं, २७ माघ : सुकुम्वासीका समस्या समाधान गर्ने र उनीहरुलाई भूमिको मालिक बनाउन विगतका वर्षमा धेरै प्रयास भए । चुनाव आउँदा राजनीतिक दलले समस्या समाधान गरी भूमिमालिक बनाउने भन्दै ठूलै आश्वासन पनि बाँडेका थिए । तर अझै पनि झण्डै पाँच लाख सुकुम्वासी भूमिविहीन भएर बसिरहेका छन् । कूल गरेर १४ लाखको समस्या समाधान गर्नुपर्नै जिम्मेवारी छ । विगतमा रहेको सुकुम्वासी समस्या समाधन आयोगलाई अहिले नाम फेरेर भूमिसम्बन्धी समस्या समाधान आयोग बनाइएको छ । भूमिहीन नागरिकले नामले मात्रै नभइ व्यवहारतः काम… पुरा पढौ

अनियमितताका अनेक रुप

बलेवा, २७ माघ । “वर्षौंदेखि लिभिङ टुगेदर बसेको हुन्छ, चार पाँच महिना फोन उठेन भने एक वर्षअघिको शारीरिक सम्पर्कलाई बलात्कार जनाउँदै उजूरी लिएर आउँछन्, व्यवहारिकता हेर्दा बलात्कार जस्तो देखिँदैन तर कानूनले त्यसो भन्दैन् ।” जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख लोकेन्द्र श्रेष्ठ प्रस्तुति दिँदै थिए । उनले बलात्कार र आत्महत्या दुरुत्साहनका मुद्दाले अनियमितता बढाएको बताए । पछिल्लो समय उजूरी लिएर प्रहरीमा आउने कयौं त्यस्ता घटना कानूनको नजरमा जायज र व्यवहारिकता हेर्दा नाजायज हुने गरेका घटना उनले सुनाए । “कोही कसैसँग सामान्य… पुरा पढौ

नमोबुद्ध नगरपालिकाकाे एकै दिन दुई वडा भवन शिलान्यास,कति छ लागत ?

काभ्रे, २७ माघ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले एकै दिन दुई वडा कार्यालय भवनको शिलान्यास गरेसँगै निर्माण कार्य अगाडि बढाएको छ । सोमबार नगर प्रमुख टङ्कप्रसाद शर्मा तिमल्सिनाले नगरपालिकाकाे ८ र ९ को वडा कार्यालय भवन शिलान्यास गरेसँगै भवन निर्माण शुरु भएको हो । भवन शिलान्यास गर्दै नगर प्रमुख तिमल्सिनाले तोकिएको समयमा नै निर्माण कार्य सम्पन्न गरेर भवन हस्तान्तरण गर्न निर्माण व्यवसायीलाई निर्देशन दिए । दुबै वडाको कार्यालय भवन निर्माणको ठेक्का जानकी निर्माण सेवा पनौती–१० ले प्राप्त गरेको छ । वडा… पुरा पढौ

कारागार क्षमताभन्दा छ गुणा बढी कैदीबन्दी

फुङ्लिङ, २७ माघ । ताप्लेजुङ जिल्ला कारागारमा क्षमताभन्दा छ गुणा बढी कैदी बस्न बाध्य भएका छन् । जिल्ला कारागार २५ जना क्षमताको भौतिक संरचना हो । कारागारमा अहिले १४० कैदीबन्दी बस्दै आएका छन् । जिल्लामा महिलाका लागि कारागार नभएकाले महिला कैदीबन्दी भने छिमेकी जिल्ला पाँचथरको फिदिममा पठाउँदै आएको ताप्लेजुङ जिल्ला कारागार प्रमुख जेलर बुलेन्द्र खवासले बताए । जिल्ला कारागारमा कैदीबन्दी ३२ र थुनुवा दुई गरी कर्तव्य ज्यान मुद्दामा ३४ पुरुष कारागारमा रहेका छन् । नौ ज्यान मार्ने उद्योग मुद्दा, ३९… पुरा पढौ

आजदेखि तेस्रो राष्ट्रिय बेटी सम्मेलन हेटौँडामा

वाग्मती, २७ माघ । वाग्मती प्रदेशको राजधानी हेटौँडामा आजदेखि तेस्रो राष्ट्रिय बेटी सम्मेलन हुँदैछ । मेचीदेखि महाकाली, हिमाल, पहाड तराईका छोरीबेटी तथा महिला अधिकारकर्मीहरुको एकता गर्ने उद्देश्यले हेटौँडामा माघ २९ गतेसम्म तीनदिने तेस्रो राष्ट्रिय बेटी सम्मेलन गरिएकाे हाे । समाजमा हुने महिला हिंसालगायत विभिन्न कूप्रथाविरुद्ध र लैङ्गिक समानता र समावेशी अधिकारका लागि ‘आसनमा महिला, भाषणमा महिला र शासनमा महिला’ भन्ने मूल नाराका साथ सम्मेलन आयोजना गरिएको सम्मेलन मूल आयोजक कमिटीका संयोजक नजबुल खानले जानकारी दिए । सम्मेलनमा देशभरबाट १०० जनाको… पुरा पढौ

चौथोपटक सिजरिङबाट प्रसूति, नेपालकै दुर्लभ घटना

काठमाडौ, २६ माघ । निकै जटिल मानिने चौथो सिजरिङबाट नर्भिक अस्पतालमा बैतडीकी एक महिलाले स्वस्थ बच्चा जन्माएकी छन् । बरिष्ठ प्रशुति तथा स्त्री रोग बिशेषज्ञ एवम् ल्याप्रस्कोपिक सर्जन डा.नुतन शर्माले शुक्रबार नर्भिक अस्पतालमा बैतडीकी ३७ वर्षिय निरा बोहोराको चौथौ शल्यक्रियामार्फत प्रसूति गराएकी हुन् । पहिलो र दोश्रो पटक प्रसुती गृहमा सिजरिङबाट जन्मिएका बच्चाहरू खेर गएका थिए । बोहराको तेस्रो पटक पनि सिजरिङबाट बच्चा जन्मिएको थियो । तेश्रो पटक बच्चा जन्माउँदा पनि डा. शर्माले नै बोहोराको शल्यक्रिया गरेकी थिइन् । सामान्यतः… पुरा पढौ

बन्दूक सहित युवक पक्राउ

पोखरा, २६ माघ । स्याङ्जाको हरिनासमा भरुवा बन्दूकसहित १ युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा हरिनास ३, बलाम्दीका ४० वर्षीय तुलबहादुर राना हुन् । उनको घरमा अवैध भरुवा बन्दूक रहेको सूचना आधारमा प्रहरीले खानतलासी गर्दा घरको भुइँकोठाबाट १ थान भरुवा बन्दूक, बन्दूुकमा प्रयोग गरिने सिसाको छर्रा ३१ थान, हतियारमा प्रयोग गरिने राउन्ड १ थान बरामत गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायव उपरीक्षक राजकुमार थिङले घटनाको अनुसन्धान भइरहेको जनाएका छन् । पुरा पढौ

बुधबारदेखि पश्चिमी वायु फेरि प्रवेश

काठमाडौं, २६ । यस वर्ष हिउँद याममा करीब पाँच महिनापछि गत शनिबार राजधानी काठमाडौँसहित देशभर हल्का वर्षा भयो । मौसमविद्हरुले पनि मौसम पूर्वानुमान गर्दै वर्षातपछि क्रमशः तापक्रम वृद्धि भई गर्मी बढ्ने पूर्वानुमान गरेका थिए । नेपालमा पश्चिमी वायु प्रवेश गरी गत बिहीबारदेखि शनिबारसम्म मौसम बद्ली हुनका साथै शनिबार अपरान्ह हल्का वर्षा पनि भएको थियो । आइतबार बिहानैदेखि साँझसम्म पारिलो घाम लागे पनि बिहान र साँझ पख चिसो बढेको थियो । मौसमी प्रणालीमा केही परिवर्तन आउने भएकाले अझै केही दिन चिसो… पुरा पढौ

सुर्खेतमा श्री एयरलायन्सको परीक्षण उडान शुरु

कर्णाली, २६ माघ । निजी वायु सेवा कम्पनी श्री एयरलाइन्सले काठमाडौं–सुर्खेत विमानस्थलमा परीक्षण उडान शुरुआत गरेको छ । काठमाडौं–सुर्खेत सिधा परीक्षण उडान शुरु गरेको श्री एयरलाइन्सको ८० सिट क्षमताको क्युआर–८०० जहाजले आज बिहान १०ः३५ मिनेटमा धावनमार्गमा अवतरण गरेको नागरिक उड्डयन कार्यालय सुर्खेतका प्रमुख उमेश पन्थीले जानकारी दिए । “चालक भरतसिंह थापाको नेतृत्वमा जहाज सुर्खेत विमानस्थलमा अवतरण गरेको हो”, उनले भने, “अब नियमित उडान गर्दा कतिसम्म भार बहन गर्न सकिन्छ भन्नेबारे एयरलाइन्सका प्राविधिकले अध्ययन गर्छन् होला ।” उनले २० देखि २२… पुरा पढौ