समाचार

सफल मिडिया हाउसले गर्‍यो कर्मचारीको कोरोना बीमा

सफल मिडिया हाउस प्रालि र सफल विज लिंक पोखराले आफ्ना सबै कर्मचारीहरुको कोरोना बीमा गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढिरहेको अवस्थामा कर्मचारीहरुको स्वास्थ्य सुरक्षामा ध्यान राख्दै प्रतिकर्मचारी १ लाख बराबरको कोरोना बीमा गरिएको सफल मिडिया हाउसका अध्यक्ष तथा कार्यकारी निर्देशक दुर्गाप्रसाद हुमागाईले बताए । सफल र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड पोखरा शाखाबीच सम्झौता अनुसार मिडिया हाउसमा कार्यरत कुनै पनि कर्मचारीहरुको पिसिआर टेष्ट पोजेटिभ देखिए बीमा कम्पनीले सम्झौता बमोजिमको रकम तत्काल उपलब्ध गराउने छ । यो बीमाको अवधि… पुरा पढौ

बालबालिकाको स्थितिपत्र सार्वजनिक

पोखरा वडा–९ का बालबालिकाको अवस्था समेटिएको पुस्तक बालबालिका स्थितिपत्र विमोचन गरिएको छ । बालमैत्री स्थानीय शासन वडा समन्वय समिति वडा ९ ले प्रकाशन गरेको पुस्तकको पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसी, उपप्रमुख मञ्जुदेवी गुरुङ र वडा ९ अध्यक्ष रामराज लामिछानेले सोमबार विमोचन गरेका हुन्। महानगर प्रमुख जिसीले प्रत्येक अभिभावकले आफ्नो घरमा बालमैत्री वातावरण बनाउनु पर्ने बताए । उनले अभिभावकको आनीबानी, आचारणलाई बालबालिकाले पछ्याउने हुँदा बालबालिकासँग राम्रो व्यवहार गर्नुपर्ने बताए। उपप्रमुख गुरुङले बालबालिका राष्ट्रको भविश्य भएको उल्लेख गर्दै उनीहरुलाई सही तरिकाले लगानी… पुरा पढौ

भुम्दीकोट समाजको राहत

पोखरा, २३ असार । पोखरा वडा २२, भुम्दी क्षेत्रका १४० घर परिवारलाई खाद्यान्न राहत वितरण गरिएको छ। भुम्दीकोट समाज हङकङद्वारा संकलित ३ लाख ३७ हजार २ सय रुपैयाँको राहत भुम्दीकोट समाज पोखराले कार्यक्रम आयोजना गरी राहत वितरण गरेको हो। कोभिड–१९ कोरोना भाइरसका कारण लकडाउनले प्रभावित पोखरा–२२ का उल्लेरी, ढावा, भुम्दी, तारेभीर, पलाइचे, देउरालीस्वाँरा, काब्रे, चिसापानी, देरस्वाँरा गाउँलेहरु र उक्त गाउँबाट पोखरा आई बसोवास गरेका १० घरपरिवारलाई खाद्यान्न वितरण गरिएको हो। भुम्दीकोट समाज हङकङका अध्यक्ष चित्रबहादुर गुरुङ र सल्लाहकार क्या.चेतबहादुर गुरुङको… पुरा पढौ