समाचार

पाेखरामा स्कुल बस दुर्घटना-५ को मृत्यु, १४ घाइते

पोखरा, २३ असाेज। पोखरामा विद्यार्थी लिएर स्कुलतर्फ जाँदै गरेको कालिका बोर्डिङ स्कुलको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ। दुर्घटनामा परी अन्य १४ जना घाइते भएका छन्। प्रहरीका अनुसार मृत्यु हुनेमा ३ जना छात्रा, १ जना छात्र र लिफ्ट मागेर बसमा चढेका १ जना अभिभावक रहेका छन्। गण्डकी प्रदेशका डीआईजी दीपेन्द्र जीसीले ४ जना विद्यार्थी र १ जना अभिभावकको मृत्यु भएको पुष्टि गरे। पोखरा–२८ स्थित विजयपुर सैनिक ब्यारेकबाट उत्तरतर्फ पर्ने माझथानानजिक विद्यार्थी बोकेर जाँदै गरेको ग २ ख… पुरा पढौ

धौवादी फलामखानी नजिक पेलेगा डाँडाको धुँवा किन पातलिदै छ ?

नवलपरासी, २३ असाेज । पूर्वी नवलपरासीको धौवादी फलामखानी नजिकै रहेको पेलेगा डाँडाको घाँघि भिरबाट निस्किरहेको धुँवा पछिल्लो समय क्रमशः पातलिँदै गएको छ। धुँवा निस्कने स्थानमा रहेका दहनशील पदार्थहरू जलेर सकिन लागेकाले धुँवाको मात्रा कम हुँदै गएको विज्ञहरूले बताएका छन्। धौवादी फलामखानी कम्पनी लिमिटेडको पहलमा खानी तथा भूगर्भ विभागका जियोलजिस्ट प्रकाश लुइँटेलको नेतृत्वमा चार जना विज्ञको टोलीले करिब तीन साताअघि उक्त स्थानको अनुसन्धान गरेको थियो। टोलीले त्यहाँको चट्टान र पानीको परीक्षण गरी प्रतिवेदन तयार पारिसकेको छ। अनुसन्धानका मुख्य निष्कर्षहरू: ग्यासको मिश्रण:… पुरा पढौ

पोखरामा कालिका बोर्डिङकाे बस दुर्घटना-३ को मृत्यु, १४ घाइते

पोखरा, २३ असाेज । पोखरामा आज बिहान कालिका बोर्डिङ स्कुलको बस दुर्घटना हुँदा २ बिद्यार्थी सहित ३ जनाको मृत्यु भएको छ । अन्य १४ जना घाइते छन्। गण्डकी प्रदेशका डिआइजि दिपेन्द्र जिशिका अनुसार २ बिद्यार्थी र एक गाडि स्टाफको मृत्यु भएको हो । अन्य सबै घाइतेलाई उद्धार गरेर अस्पताल पठाउने काम भैरहेको छ । पोखरा नगरपालिका वडा नम्बर २८ स्थित बिजयपुर सैनिक ब्यारेकबाट केहि उत्तर तर्फको बाटो स्कुल बस जादै गर्दा दुर्घटना भएको जिशिले बताए । ग २ ख १४१७… पुरा पढौ

दसैँका लागि टिकट बुकिङ आजदेखि खुला: टिकट लिन रातिदेखि नै यात्रुको बाक्लो लाइन

काठमाडौं, २३ असाेज। आगामी बडादसैँमा घर जानका लागि काठमाडौँको नयाँ बसपार्कमा यात्रुहरूको बाक्लो उपस्थिति र घुइँचो बढेको छ। सरकारले शुक्रबार (असोज २३ गते) देखि दसैँका लागि अग्रिम बस टिकट बुकिङ खुला गरेसँगै टिकट लिनका लागि काठमाडौँको नयाँ बसपार्कमा यात्रुहरूको लामो लाइन लागेको हो। विभाग, प्रहरी र यातायात व्यवसायीबीचको सहमति यसअघि यातायात व्यवस्था विभाग, नेपाल प्रहरी तथा यातायात व्यवसायी र मजदुर सङ्गठनका प्रतिनिधिहरूबीच गत असोज २० गते मंगलबार विभागमा बसेको बैठकले असोज २३ गतेदेखि दसैँ लक्षित अग्रिम टिकट बुकिङ खुला गर्ने… पुरा पढौ

पुलमा क्षति पुर्याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ, २३ असोज। चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक भरिभराउ हुन्थे । आर्थिक गतिविधि बढ्थ्यो । रोजगारी विस्तार भएको थियो । यस वर्ष पनि त्यस्तै अपेक्षामा रहेका व्यवसायी भने निरास र खिन्न छन् । मुख्य सडक सम्पर्कविच्छेद हुँदा पर्यटन र व्यापार व्यवसाय प्रभावित भएको छ । दसैँको समयमा कालिका मन्दिर, पञ्चकोट हुँदै ढोरपाटनसम्म घुम्न आउने पर्यटकले बागलुङका होटल भरिभराउ हुने गरे पनि यस वर्ष बजार तथा होटलमा अपेक्षित चहलपहल देखिएको छैन । बागलुङ प्रवेश गर्ने मुख्य नाका… पुरा पढौ

‘लमजुङ दरबार’सँगै बाँचेको माया

लमजुङ, २३ असोज । ‘गाउँसहरमा लमजुङ दरबार...’ गीतका यी शब्दसँगै लमजुङको साङ्गीतिक पहिचानका रूपमा सम्झिने नाम हो– वरिष्ठ लोकगायिका माया गुरुङ । लामो समयदेखि लोकगीत, सङ्गीतको यात्रामा रहनुभएकी गुरुङका लागि गीत मनोरञ्जनको माध्यममात्रै बनेन, जीवन जिउने आधार र पहिचानको हिस्सा पनि बन्यो । बेँसीसहर नगरपालिका–५ नाल्मामा जन्मनुभएकी गुरुङले करिब १२ वर्षको उमेरदेखि गाउँघरका रोदी, मेलापात, विवाह तथा पूजापर्वमा गीत गाउन थाल्नुभएको थियो । त्यतिबेला गीत गाएबापत पारिश्रमिक पाइँदैनथ्यो । कतिपय ठाउँमा आवातजावत खर्चसमेत नपुग्ने अवस्था थियो । परिवार र आफन्तको… पुरा पढौ

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु

कास्की, २२ असोज। पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर दुई जना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वतको महाशिला गाउँपालिका-६ फलामखानी घर भएका २९ वर्षीय विक्रम सुनार र गोरखाको पालुङटार नगरपालिका-७ बस्ने ३७ वर्षीय राजु कुमाल रहेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक दीपकप्रसाद रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार आज दिउँसो घरको जग खन्ने क्रममा करिब सात फिट गहिरो खाल्डोमा काम गरिरहेका दुई जना मजदुर माथिबाट माटोको ढिस्को खसेर पुरिएका थिए । घटनाको… पुरा पढौ

धौवादी फलामखानी नजिकैको पेलेगा डाँडामा धुवाँ घट्दै, आत्तिनुपर्ने अवस्था नरहेको भूगर्भविद्को भनाइ

नवलपरासी, २२ असाेज । पूर्वी नवलपरासीको दुर्गम क्षेत्र धौवादी फलामखानी नजिकै रहेको पेलेगा डाँडाको घाँघी भीरमा केही दिनदेखि पुत्ताइरहेको धुवाँको मुस्लो घट्दै गएको छ। स्थानिय वडा अध्यक्ष छामबहादुर सोमैका अनुसार केही दिनअघिसम्म बाक्लो रूपमा निस्किएको धुवाँ अहिले निकै कम भएको छ। "पहिलाको जस्तो धुवाँ छैन, हेर्न जाने मान्छे पनि घटेका छन्," वडा अध्यक्ष सोमैले भने, "धुवाँ हराउँदै गएको जस्तो देखिन्छ।" धुवाँको वस्तुस्थिति परीक्षणका लागि खानी तथा भूगर्भ विभागबाट खटिएका भूगर्भविद् (विज्ञ) प्रकाश लुइँटेलका अनुसार धुवाँ निकाल्ने तत्त्व (भित्रको सल्किने पदार्थ)… पुरा पढौ

विन्ध्यवासिनी नवदुर्गा महोत्सव २०८३ को तयारी पूरा, घटस्थापनामा शोभायात्रा र महायज्ञ हुने

पोखरा, २२ असाेज । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले यस वर्षको बडादसैँको अवसरमा आयोजना गर्न लागेको 'विन्ध्यवासिनी नवदुर्गा महोत्सव २०८३' को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। समितिले पोखरामा पत्रकार भेटघाट (पत्रकार सम्मेलन) को आयोजना गर्दै महोत्सवबारे विस्तृत जानकारी गराएको हो। वि.सं. २०६४ सालदेखि निरन्तर आयोजना हुँदै आएको यो महोत्सव विगत दुई वर्ष (वि.सं. २०८१ मा राष्ट्रिय शोक र २०८२ मा विषम परिस्थितिका कारण) शोभायात्रा स्थगित भएकोमा यस वर्ष भने भव्य रूपमा आयोजना गर्न लागिएको समितिका अध्यक्ष गणेश बहादुर श्रेष्ठले… पुरा पढौ

समृद्ध नेपाल निर्माणमा राज्य, निजी क्षेत्र र समाजको साझा सङ्कल्प आवश्यक छः राष्ट्रपति पौडेल

काठमाडाैं, २२ असाेज । राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा कुनै एक क्षेत्रको प्रयासबाट मात्र सम्भव नभई राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय सङ्कल्पबाट मात्र सम्भव हुने बताउनुभएको छ। नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीहरूसँग आज राष्ट्रपति भवनमा भएको भेटघाटका क्रममा राष्ट्रपति पौडेलले समृद्धिको सङ्कल्पलाई व्यवहारमा रूपान्तरण गर्न निजी क्षेत्र अझ जिम्मेवार, सिर्जनशील र अग्रणी भूमिकामा प्रस्तुत हुनुपर्नेमा जोड दिनुभयो। नेपालको आर्थिक विकासमा निजी क्षेत्रले पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै राष्ट्रपति पौडेलले अर्थतन्त्रलाई गतिशील, उत्पादनमुखी र प्रतिस्पर्धी… पुरा पढौ