समाचार

जङ्गली हात्ती आतङ्कः नयाँ सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग

झापा, २८ कात्तिक। जङ्गली हात्तीबाट भइरहेको जनधनको क्षति रोक्न नयाँ सौर्य विद्युतीय तारबार जडान गर्नुपर्ने र हात्ती धपाउन ट्याक्टरको प्रयोगलाई व्यापक बनाउनुपर्ने मेचीनगरका स्थानीयले माग गरेका छन् । हात्ती नियन्त्रणको प्रयासबारे अनुगमन तथा प्रभावित बासिन्दासँग अन्तरक्रिया गर्न शुक्रवार मेचीनगर–४ बाहुनडाँगी पुगेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलसहित सुरक्षा निकायका प्रमुखको टोलीसमक्ष स्थानीयले यस्तो माग राखेका हुन् । मानव–हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण समितिका अध्यक्ष हरिप्रसाद उप्रेतीले एक दशकअघि जडान गरिएको विद्युतीय तारबार जीर्ण भइसकेकाले दीर्घकालीन समाधानका लागि नयाँ तारबार आवश्यक… पुरा पढौ

पश्चिमी वायुको प्रभाव-हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, २८ कात्तिक। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ भने बाँकी हिमाली र पहाडी भागमा आंशिक बादल लाग्नेछ । मधेस प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बादल लाग्ने तथा बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका साथै… पुरा पढौ

भीमफेदी दुर्घटना-एकै गाउँका १३ जनाको मृत्यु, शवको पर्खाइमा आफन्त

सर्लाही, २७ कात्तिक। मकवानपुरको भीमफेदीमा भएको विद्युतीय गाडी (इभी) दुर्घटनामा एकै गाउँका १३ जनाको मृत्यु भएपछि सर्लाहीको चक्रघट्ट गाउँपालिका–४, सुन्दरपुर शोकमा डुबेको छ । दुर्घटनामा आफन्त गुमाएका परिवार शवको पर्खाइमा छन् भने गाउँका अधिकांश घरमा दुई दिनदेखि चुलो बलेको छैन । छठ पर्व मनाउन काठमाडौँबाट सर्लाही आउँदै गरेको इभी बिहीबार बिहान करिब ६ः०० बजे मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीमा दुर्घटनाग्रस्त भएको थियो । सडकबाट करिब ५०० मिटर तल खसेको उक्त गाडीमा सवार तीन बालिकासहित १४ जनाको मृत्यु भएको थियो । दुर्घटनाको… पुरा पढौ

जलवायुजन्य विपद्का आवाज विश्वसामु पुर्‍याउने थलो बन्यो नेपाल पेभेलियन

अन्ताल्या (टर्की), २७ कात्तिक। यही कात्तिक २३ गतेदेखि यहाँ जारी कोप–३१ मा नेपाल सरकारले स्थापना गरेको ‘नेपाल पेभेलियन’ जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेका विपद्, जलवायु अन्याय तथा अनुकूलनका प्रयास र सफल अभ्यासलाई अन्तरराष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्न प्रभावकारी देखिएको छ । टर्किएमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपालले आफ्नै पेभेलियनमार्फत जलवायु परिवर्तनका चुनौती, त्यसबाट प्रभावित समुदायका आवाज तथा नेपालले अवलम्बन गरेका अनुकूलनका उपायबारे विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । नेपालमा पछिल्लो समय भोटेकोसीलगायतका क्षेत्रमा… पुरा पढौ

‘पुराना घर सजाउँदै पर्यटक लोभ्याउँदै’(आलेख)

बागमती, २७ कात्तिक । त्रिभुवन राजपथअन्तर्गत भीमफेदी बजार क्षेत्रबाट करिब चार किलोमिटरको दूरीमा पर्छ सुुन्दर सुपिङ गाउँ । मकवानपुरको भीमफेदी गाउँपालिका–५ मा रहेको यो गाउँ पनि देशका अन्य गाउँ जस्तै बढ्दो बसाइँसराइको चपेटामा परेको छ । बढ्दो बसाइँसराइले घरहरू खाली हुँदै जान थालेको यो गाउँमा पछिल्लो एक वर्षयता भने पर्यटकीय चहलपहल बढ्दै गएको छ । बसाइँसराइका कारण खाली हुँदै गएका पुराना घरलाई पर्यटन व्यवसायीहरूको पहलमा साजसज्जासहित रिसोर्टकै स्वरुपमा घरवासको प्रत्यक्ष अनुभूति गर्न सकिने किसिमको सुपिङ गोर्ज क्याम्प सञ्चालन गरिएको हो… पुरा पढौ

छठका अवसरमा सोमबार सार्वजनिक बिदा

काठमाडौं, २७ कात्तिक। सरकारले छठ पर्वका अवसरमा सोमबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आज सूचना जारी गर्दै सो जानकारी दिएको हो । यसअघि छठका दिन कात्तिक २९ गते आइतबार सार्वजनिक घोषणा भइसकेको थियो । छठ पर्वमा अघिल्लो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ्य यदिई ब्रत समापन गर्ने परम्परा रही आएकाे छ। छठको भोलिपल्ट सोमबारका दिन पनि सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जानकारी दिनुभयो । पुरा पढौ

जलवायु नेतृत्वलाई पहिचान गर्न नेट-जिरो रिकग्निसन फ्रेमवर्क’ सार्वजनिक

अन्ताल्या, (टर्किए) २७ कात्तिक। ‘नेट–जिरो रिकग्निसन फ्रेमवर्क’ (एनजेडआरएफ) आज कोप–३१ सम्मेलनमा सार्वजनिक गरिएको छ । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सचिवालयले गैरराज्य पक्षका निकायको जलवायु नेतृत्वलाई पहिचान तथा प्रोत्साहन गर्न सार्वजनिक भएको हो । गैरराज्य पक्षका निकायले शून्य खुद कार्बन उत्सर्जन (नेट–जिरो) हासिल गर्न अघि बढाएका विविध प्रयासलाई पारदर्शी बनाउने र उनीहरूको नेतृत्वलाई पहिचान गर्ने उद्देश्यले यो ढाँचा ल्याइएको सचिवालयले जनाएको छ । उक्त स्वेच्छिक ढाँचाले व्यवसाय, वित्तीय संस्था, सहर, क्षेत्रीय सरकार तथा अन्य गैरराज्य पक्षका निकायलाई नेट–जिरो प्रतिबद्धताका आधारमा तय… पुरा पढौ

राष्ट्र बैंकमा ८५ पदका लागि दरखास्त आह्वान

काठमाडाैं, २७ मंसिर । नेपाल राष्ट्र बैंकले कार्यक्षमता मूल्याङ्कन र आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा विभिन्न पदपूर्ति गर्न दरखास्त आह्वान गरेको छ। बैंकको मानव संसाधन व्यवस्थापन विभागले कात्तिक २७ गते एक सूचना जारी गर्दै प्रशासन तथा प्राविधिक सेवातर्फका कुल ८५ पदका लागि आवेदन माग गरेको हो। नेपाल राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली, २०६८ (संशोधन समेत) को विनियम ५२ बमोजिम २०८३ असार मसान्तसम्म बढुवाका लागि सम्भाव्य भएका उम्मेदवारहरूले आवेदन दिन सक्नेछन्। योग्य उम्मेदवारहरूले आगामी मङ्सिर १७ गतेभित्र बैंकको वेबसाइटमा रहेको 'CAREER' भित्रको अनलाइन… पुरा पढौ

सञ्चारमन्त्रीद्वारा कतार र इस्टोनियाका समकक्षीसँग सूचना प्रविधिमा सहकार्य गर्ने विषयमा छलफल

काठमाडौं, २७ कात्तिक। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले कतार र इस्टोनियाका समकक्षीसँग सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तार गर्ने विषयमा छलफल गर्नुभएको छ । अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियु) को सन् २०२६ को महासम्मेलन (आइटियु पीपी–२६) मा सहभागी हुन कतारको दोहा पुग्नुभएका मन्त्री तिमिल्सिनाले कतारका सञ्चार तथा सूचना प्रविधिमन्त्री मोहम्मद बिन अली अल मन्नाईसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको नेपाली राजदूतावास, दोहाद्वारा बिहीबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । दोहा एक्जिबिसन एन्ड कन्भेन्सन सेन्टरमा आयोजित सम्मेलनका अवसरमा भएको भेटमा मन्त्री… पुरा पढौ

नेपालद्वारा पर्वतीय क्षेत्र तथा जलवायु परिवर्तनको मुद्दालाई संस्थागत एजेन्डा बनाउन आग्रह

अन्ताल्या (टर्किए), २७ कात्तिक। नेपालले पर्वतीय क्षेत्र र जलवायु परिवर्तनका मुद्दालाई संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि (यूएनएफसीसीसी) अन्तर्गतको वार्तामा स्थायी तथा संस्थागत एजेन्डाका रूपमा स्थापित गर्न आग्रह गरेको छ । जलवायु परिवर्तनका कारण पर्वतीय क्षेत्रमा बढ्दै गएको जोखिम, हिमताल विस्फोटजन्य विपद्, जनधनको क्षति र पारिस्थितिक प्रणालीमा परेको असर सम्बोधन गर्न छुट्टै कार्ययोजना, नियमित सं वाद र उच्चस्तरीय राजनीतिक प्रतिबद्धता आवश्यक रहेको नेपालले जनाएको छ । कोप–३१ अन्तर्गत यहाँ आयोजित पर्वतीय क्षेत्र तथा जलवायु परिवर्तनसम्बन्धी अध्यक्षस्तरीय परामर्शमा नेपालको धारणा प्रस्तुत गर्दै… पुरा पढौ