तस्बिर बोल्छ

स्वयम्भु परिसरबाट देखिएको काठमाडौं उपत्यकाको दृश्य

काठमाडौं, ७ असार । विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र स्वयम्भू स्तुपा मन्दिर परिसरबाट देखिएको काठमाडौँ उपत्यकाको बाक्लो बस्ती साथै भूकम्पपछि निर्माण गरिएको नयाँ धरहरा । तस्बिर: रत्न श्रेष्ठ, रासस पुरा पढौ

यस्ताे छ चोभारकाे सुक्खा बन्दरगाह

काठमाडौँ, ६ असार । अन्तर्राष्ट्रिय व्यापारको हब बनाउने उदेश्यले कीर्तिपुरमा निर्माण गरिएको चोभार सुक्खा बन्दरगाह । उक्त बन्दरगाहको तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले २०७८ चैत २२ गते उद्घाटन गरेका थिए । तस्बिर: विमलबहादुर विष्ट, रासस । पुरा पढौ

पृथ्वीचोकमा ‘हाइमास्ट’ लाइट

पाेखरा, ३ असार । पोखराको पृथ्वीचोकमा जडान गरिएको ‘हाइमास्ट’ बत्ती । नेपाल विद्युत् प्राधिकरण र पोखरा महानगरपालिकाको साझेदारीमा पोखराका मुख्य सहरी क्षेत्रमा ‘हाइमास्ट’ र ‘स्मार्ट’ सडकबत्ती जडानको काम भइरहेको छ । तस्बिर: रामबहादुर थापा / रासस पुरा पढौ

शुरू भयाे लुम्बिनी केबलकार

काठमाडाैं, २५ जेठ। आइएमई ग्रुपद्वारा प्रवर्धित तथा बुटवल हिल्सद्वारा बुटवलमा निर्मित लुम्बिनी केबलकारको उद्घाटन गर्दै प्रधानमन्त्री दाहाल। । तस्बिरः प्रदीपराज वन्त पुरा पढौ

पर्यटकको रोजाइमा बिसहजारी ताल

चितवन, २१ जेठ । रामसार क्षेत्रमा सूचीकृत चितवनको बिसहजारी ताल । चितवन सदरमुकाम भरतपुरबाट ६ किलोमिटर दक्षिणतर्फ चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने यो ताल आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेकाे छ । तस्बिर : सनद अधिकारी पुरा पढौ

मनमाेहक भूकम्प स्मारक, भृकुटी शान्ति पार्क

सिन्धुपाल्चोक, १२ जेठ । इन्द्रावती गाउँपालिका-४ नवलपुरमा रहेको भूकम्प स्मारक, भृकुटी शान्ति पार्क । तस्बिर : देवराज सुवेदी/रासस पुरा पढौ

नेपालमा लगानीका लागि अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहाल

काठमाडाैं, २९ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मङ्गलबार लगानी बोर्ड नेपाल र स्ट्याण्डर्ड चार्टर्ड बैङ्क नेपालद्वारा संयुक्त आयोजित नेपालमा लगानीका लागि अन्तर्राष्ट्रिय सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्बिर प्रदीपराज वन्त पुरा पढौ

पर्यटककाे पर्खाइमा फुङफुङे झरना

ताप्लेजुङ, २२ बैशाख । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ सावाँस्थित १८० मिटर उचाइमा रहेको फुङफुङे झरना । वर्खा लागेसँगै झरनामा पानीको मात्रा बढ्दै गएको छ । पानीको मात्रा बढ्दै जाँदा अवलोकनका लागि जाने को सङ्ख्या बढ्ने स्थानीयले अपेक्षा गरेका छन् । तस्बिर: सन्तोष पुर्कुटी, रासस पुरा पढौ

बुद्ध जयन्तीमा बुद्ध जन्मस्थलमा शान्ति र्याली

कपिलवस्तु २२ बैशाख । २५६७औँ बुद्ध जयन्तीका अवसरमा बैशाख २२ गते शुक्रबार बिहान बुद्ध जन्मस्थल लुम्बिनीमा निकालिएको शान्ति र्यालीमा सहभागीहरु । तस्बिरः भरत केसी पुरा पढौ

विदेशबाट फर्केका युवाकाे ‘नमुना अर्गानिक कृषि फार्म’

सिन्धुपाल्चोक, १३ बैशाख। सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाँउपालिका–४ खलंगाटारका युवाहरुले सञ्चालन गरेको अर्गानिक कृषि फर्म । रासायनिक मल र विषादीको प्रयोग भएको तरकारी बाली वृद्धि भइरहेको बेला पुरानै अवस्थामा फर्कने गरी अर्गानिक उत्पादनमा कृषकहरु उत्साहित भएर लागेका छन् । वैदेशिक रोजगारबाट फर्केपछि युवाहरु मिलेर पाँचपोखरी नमुना अर्गानिक कृषि फार्म सञ्चालन गर्दै आएका छन् । तस्बिर: देवराज सुवेदी, रासस पुरा पढौ