तस्बिर बोल्छ

जाेखिममा पुल

लगातारको बर्षाले पक्की र अन्य झोलुङ्गेपुल बगाएपछि मेलम्चीका वडा ७, ८, ९ र १० तथा पाँचपोखरी र इन्द्रावतीवासीले प्रयोग गर्ने दुवाचौर जाने पुल । यो पुल बाढीको जोखिममा छ। पुरा पढौ

बन्जी पुलमा पर्यटक

पर्वतको कुस्मा र बागलुङ जोड्ने गरी कालीगण्डकी नदीको खोँचमाथि द क्लिफ प्रालिले निर्माण गरेको बन्जी पुलबाट स्विङ गर्दै युवा । निषेधाज्ञा खुकुलो भएसँगै बन्जी पुलमा पर्यटक बढेका छन्। पुरा पढौ

व्यवसायिक गोलभेंडा खेतीमा

पोखरा महानगरपालिका– २७ स्थित लेखनाथको अघौंमा आफूले लगाएको व्यवसायिक गोलभेंडा खेतीमा रमाउँदै शिवमाया मगर । पुरा पढौ

काेराेना खाेप

पोखराको तालबाराही माविमा बिहीबार कोरोनाविरुद्धको खोप लगाउन सर्वसाधारणको भिड । पुरा पढौ

प्रतिनिधिसभा बैठक

प्रतिनिधिसभाको मङ्गलबार बसेको बैठकमा उपस्थित सांसदहरु । पुरा पढौ

पर्यटकीयस्थल रुईसे

म्याग्दीको रघुगङ्गा गाउँपालिकाको प्रमुख पर्यटकीयस्थल रुईसेमा निर्माण भएको भ्यू टावर र अन्नपूर्ण हिमशृङ्खलालाई ड्रोन क्यामेराबाट लिइएको मनोरम दृश्य । पुरा पढौ

माछा मार्न जाल हान्दै

सङ्खुवासभाको खाँदबारी नगरपालिका –९ स्थित सभाखोलामा माछा मार्न जाल हान्दै तुम्लिङ्टारवासी सोमबहादुर कुमाल । सुकुटी पारिएको असला माछाले राम्रो बजार मूल्य पाउने हुँदा स्थानीयवासी माछा मार्ने काम गर्छन् । पुरा पढौ

चौरमा चौपाया

शुक्लाफाँटा नगरपालिका–९, गौशालामा व्यवस्थापन गरी राखिएका छाडा चौपाया चौरमा चर्दै । गौशाला निर्माण गरी छाडा चौपाया व्यवस्थापन गरेपछि स्थानीयवासीले खेप्दै आएको सास्ती हटेको छ । पुरा पढौ

साउनका तीर्थालु

पवित्र तीर्थस्थल देवघाटधाममा स्थानपश्चात् नारायणी नदीकिनारमा रहेको शिवलिङ्गमा बेलपत्र चढाउँदै तीर्थालु । पुरा पढौ

बिरामी परे मेयर

पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीलाई मणिपाल शिक्षण अस्पतालबाट थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ लैजाने तयारी । पुरा पढौ