तस्बिर बोल्छ

लकडाउन असर

फेवातालमा डुङगासँगै चालक । लामो समयदेखिको लकडाउनले फेवातालमा डुंगा चलाएर गुजारा गर्नेहरु मर्कामा परेका छन्। पुरा पढौ

डोकोमा मकै

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका ११, कालढुङ्गास्थित खेतमा पाकेको मकै घर लैजान डोकोमा राख्दै किसान । अहिले यहाँका किसानलाई पाकेको मकै बाली भित्र्याएर धान रोपाइँ गर्न चटारो परेको छ। पुरा पढौ

जोखिममा दरबाङ बजार

म्याग्दी नदीको कटानबाट जोखिममा परेको म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजार । नदीको बहाबले बजारतर्फ संरक्षणका लागि बनाइएको तटबन्ध बगाएर कटान थालेपछि बजार जोखिममा परेको छ। पुरा पढौ

राजमार्ग छेउमा तरकारी

भक्तपुरको साँगास्थित अरनिको राजमार्ग छेउमा तरकारी बेच्न बसेका किसान। पुरा पढौ

धान रोप्दै किसान

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको भकुण्डेबेंसी फाँटमा धान रोप्दै किसान । यहाँ सिँचाइको अभावका कारण खेती गर्न आकाशे पानीको भर पर्नुपर्ने कृषकलाई बाध्यता छ। पुरा पढौ

महादेवको मूर्ति

पोखरा २२ पुम्दीकोटमा निर्माण हुँदै गरेको महादेवको मूर्ति हेर्नका लागि आन्तरिक पर्यटकको चहलपल बढ्दै । पुरा पढौ

मेलम्ची कहर

लगातारको बर्षाले मेलम्ची वडा ११ मा एक घर बगाएको छ । स्थानीय बासी गोपाल दुलालको ३ तल्ले घर बिहान बाढिले ढालेको हो । अहिले खोलाको बहाव बढेको छ। पुरा पढौ

मनमाेहक सुनाखरी

बैतडीको दोगडाकेदार गाउँपालिका वडा ३ श्रीकोटस्थित एक रुखमा फुलेको सुनाखरी । सुनाखरी नेपालका सबैजसो पहाडी जिल्लामा फुलेको देख्न पाईन्छ । सुनाखरी अधिकांश रुख र पहरामा फुल्छ। पुरा पढौ

मानिसको चहलपहल

लकडाउन खुकुलो भएसँगै काठमाडाै वसन्तपुरमा देखिएको मानिसको चहलपहल। पुरा पढौ

आयका लागि बाख्रा वितरण

तनहुँको भानु ८ स्थित सिर्जना जैविक महिला समूहका विपन्न दलित महिलालाई बाख्रा वितरण गरिँदै । समूहमा आबद्ध १२ दलित महिलालाई आयआर्जनका लागि बाख्रा वितरण गरिएको छ। पुरा पढौ