खेलकुद

वाईवाई छनौंट क्रिकेटमा नवलपुर ३७ रनले विजयी

पोखरा, २७ कार्तिक । वाईवाई गण्डकी प्रदेश स्तरिय क्रिकट छनौंट प्रतियोगितामा नवलपुरले तनहुँलाई पराजित गरेको छ । प्रादेशिक क्रिकेट संघ, गण्डकीको आयोजनामा पोखरामा जारी खेल अन्तर्गत आइतबार भएको खेलमा नवलपुर ३७ रनले विजयी भएको हो । टस जितेर पहिला व्याटिङ गरेको नवलपुरले पुरा ५० ओभरको खेल्दै ९ विकेटको क्षतीमा २ सय १२ रनको विशाल योगफल तयार पा¥यो । खेलमा म्यान अफ द म्याच भएका नवलपुरका दिपक डुम्रेले ११५ बलमा ८५ रनको महत्वपूर्ण पारी खेले । टिमका लागि विज्ञान पाण्डेले ३८… पुरा पढौ

टी२० क्रिकेट विश्वकपको उपाधि इङ्ल्याण्डलाई

काठमाडौं, २७ कात्तिक । अस्ट्रेलियामा जारी आईसीसी टी२० क्रिकेट विश्वकपको उपाधि इङ्ल्याण्डले जितेको छ । मेलबर्नमा भएको फाइनल खेलमा पाकिस्तानले दिएको १३७ रनको विजय लक्ष्य १ ओभर बाँकी छँदै भेट्टाएर इङ्ल्याण्डले आईसीसी टी२० क्रिकेट विश्वकप २०२२ को उपाधि हात पारेको हो । इङ्ल्याण्डलाई उपाधि दिलाउने क्रममा बेन स्टोक्सले सर्वाधिक अविजित ५२ रनको महत्वपूर्ण योगदान गरे । उनले ४९ बलमा ५ चौका र १ छक्काको मद्दतले ५२ रन बनाए । जस बटलरले २६ तथा ह्यारी ब्रुकले २० रन बनाए । मोइन… पुरा पढौ

टी-२० विश्वकप फाइनल: उपाधिका लागि इङ्ल्याण्डलाई १३८ रन आवश्यक

काठमाडौं, २७ कात्तिक । अस्ट्रेलियामा जारी टी-२० विश्वकपको फाइनल खेलमा पाकिस्तानले इङ्ल्याण्डसामु १३८ रनको विजय लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३७ रन बनायो । पाकिस्तानका लागि सान मशुदले सर्वाधिक ३८ तथा कप्तान बाबर आजमले ३२ रनको योगदान दिए । यसैगरी शदाब खान २० रनमा आउट भए भने मोहम्मद रिजवानले १५ रनमात्र जोड्न सके । बलिङतर्फ इङ्ल्याडका साम कर्रनले ३ तथा आदिल रशिद र जोर्डनले समान २-२ विकेट हात पारे… पुरा पढौ

पहिलो पटक क्रिकेट विश्वकप आयोजना गर्दै नेपाल

काठमाडौं, २७ कात्तिक । नेपालले पहिलो पटक क्रिकेट विश्वकप आयोजना गर्ने भएको छ । आगामी सन् २०२७ मा हुने यू-१९ महिला टी२० विश्वकप नेपाल र बंगलादेशमा संयुक्त रुपमा आयोजना हुने भएको हो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आइतबार २०२७ मा हुने यू-१९ आयोजक राष्ट्रको आधिकारिक नाम सार्वजनिक गरेको हो । आइसीसीको सूची अनुसार २०२४ को यू-१९ पुरुष विश्वकप श्रीलंका, २०२६ को जिम्बावे र नामिबियाले आयोजना गर्नेछन् । २०२५ को यू-१९ महिला विश्वकप मलेसिया र थाईल्यान्डले संयुक्त रुपमा आयोजना गर्नेछन्… पुरा पढौ

प्रधानमन्त्री कप क्रिकेटको उपाधि एपीएफलाई, रु १० लाख पुरस्कार प्राप्त

काठमाडौं, २६ कात्तिक । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि एपीएफ क्लबले जितेको छ । दुई विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबबीच सम्पन्न फाइनल खेलमा एपीएफले साविक विजेता आर्मी क्लबलाई चार विकेटले हराउँदै उपाधि चुमेको हो । जितसँगै एपीएफले रु १० लाख पुरस्कार प्राप्त गरेको छ । उपविजेता आर्मीले रु पाँच लाख प्राप्त ग¥यो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर एपीएफले फिल्डिङ राजेपछि आर्मी क्लबले ब्याटिङ गर्ने क्रममा निर्धारित ४०… पुरा पढौ

पुलिसले आर्मीलाई जितका लागि तीन सय पाँच रनको लक्ष्य दियो

काठमाडौं, २५ कात्तिक । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल प्रहरी क्लबले त्रिभुवन आर्मी क्लबलाई जितको लागि तीन सय पाँच रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको दोस्रो सेमिफाइनल खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पुलिसले ५० ओभरमा चार विकेट गुमाएर तीन सय चार रनको योगफल बनायो । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले शतकीय इनिङ खेले । उनले एक सय ४० रनको योगदान दिए । यसैगरी आरिफ शेखले अविजित रहँदै ९१ रनको योगदान गरे… पुरा पढौ

टी२० विश्वकपको उपाधि यात्राबाट भारतको लज्जास्पद बहिर्गमन

काठमाडौं, २४ कात्तिक । आइसीसी टी२० विश्वकपको दोस्रो सेमिफाइनलमा भारत १० विकेटले पराजित भएको छ । इंग्ल्यान्डले भारतले दिएको १६९ रनको विजय लक्ष्य १६ ओभरमा कुनै विकेट नगुमाई भेट्टाउँदै फाइनलमा प्रवेश गरेको हो । योसँगै भारतको टी२० विश्वकप यात्रा टुंगिएको छ । अब उपाधिको लागि आइतबार पाकिस्तान र इङ्ल्याण्डले प्रतिस्पर्धा गर्नेछन् । इंग्ल्यान्डको जितमा ओपनर एलेक्स हेल्सले ४७ बलमा ४ चौका र ७ छक्कासहित अविजित ८६ रन बनाए । यसैगरी कप्तान जस बटलरले ४९ बलमा ९ चौका र ३ छक्कासहित… पुरा पढौ

प्रधानमन्त्री कप क्रिकेट : एपिएफ फाइनलमा

काठमाडौं, २४ कात्तिक । शसस्त्र प्रहरी बलको एपिएफ क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो सेमिफाइनल खेलमा एपिएफले मधेश प्रदेशलाई सात विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो । मधेश प्रदेशले एपिएफलाई जितका लागि १२३ रनको लक्ष्य दिएको थियो । जवाफमा एपिएफले २१ दशमलव तीन ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो । एपिएफका लागि लोकेश बमले सर्वाधिक ३५ रनको योगदान दिए भने प्रदीप ऐरीले ३३ तथा आशिफा शेखले… पुरा पढौ

टि२० विश्वकप: दोस्रो सेमिफाइनलमा टस जितेर फिल्डिङ गर्दै इङ्ल्याण्ड

काठमाडौं, २४ कात्तिक । आइसीसी टी-२० विश्वकपको दोस्रो सेमिफाइनलमा इङ्ल्याण्डले टस जितेर फिल्डिङ रोजेको छ । यो खेल नेपाली समय अनुसार अहिले १:४५ मा एडिलेड ओभलमा सुरु हुनेछ । भारत सुपर १२ को समूह बी को विजेता टोली हो भने इंग्ल्यान्ड सुपर १२ को समूह ए को उपविजेता टोली हो । यसअघि हिजो भएको पहिलो सेमि फाइनल खेलमा पाकिस्तानले न्युजिल्याण्डलाई ७ विकेटले हराएर फाइनलमा पुगिसकेको छ । आजको खेल जित्ने टिमले पाकिस्तानसँग उपाधिका लागि फाइनल खेल खेल्नेछ । पुरा पढौ

न्युजिल्याण्डलाई हराउँदै पाकिस्तान टी-२० विश्वकपको फाइनलमा

काठमाडौँ, २३ कात्तिक । न्युजिल्याण्डलाई ७ विकेटले पराजित गर्दै पाकिस्तान आईसीसी टी–२० विश्वकपको फाइनलमा पुगेको छ । २००९ यता फाइनलमा नपुगेको पाकिस्तानले आज न्युजिल्याण्डलाई ७ विकेटले पराजित गर्दै १३ वर्षपछि फाइनलमा प्रवेश गरेको हो । जितका लागि न्युजिल्याण्डले दिएको १ सय ५३ रनको लक्ष्य पाकिस्तानले अन्तिम ओभरमा ३ विकेट गुमाउँदै भेट्टायो। पाकिस्तानका लागि दुवै ओपनर मोहम्मद रिजवान र बाबर आजमले अर्धशतक बनाए । पहिलो विकेटका लागि ओपनर रिजवान र कप्तान बाबर अजामले उत्कृष्ट साझेदारी गर्दै क्रमश: ५७ र ५३ रन… पुरा पढौ