खेलकुद

राइजिङ स्टारलाई १-० ले पराजित गर्दै नेपाल आर्मि क्वार्टरफाइनलमा प्रवेश

पाेखरा, १० माघ । २३ औं संस्करणको आहा ! रारा पोखरा गोल्ड कपको दोश्रो दिनको खेलमा राईजिङ स्टारलाई १/० ले पराजित गर्दै नेपाल आर्मि क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बुधबार पोखरा रंगशालामा भएको खेलमा आर्मिका लागि कप्तान भरत खबासले गरेको एक गोल नै जितका लागि निर्णयक गोल बन्यो । खबासले खेलको २७ औं मिनेटमा पाएको क्रस बललाई पेनाल्टी एरियाबाट गोलमा परिणत गरेका थिए । पोखरामा आयोजना भएको प्रतियोगितामा नवलपुरको राईजिङ स्टार क्लयको पहिलो अनुभव हो । आर्मिलाई हम्मेहम्मे बनाए पनि… पुरा पढौ

प्रथम पुन हिल कप खुल्ला क्लबस्तरीय भलिबल प्रतियोगिता माघ १५ देखि १९ गतेसम्म हुने

पोखरा, १० माघ । पुन समाज नेपालले पुन दिवशको अवसर पारेर पहिलो पटक माघ १५ देखि १९ गतेसम्म प्रथम पुन हिल कप खुल्ला क्लबस्तरीय भलिबल प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको छ । पुन समाज नेपालको केन्द्रीय कार्यालय पोखरा रामघाटमा बुधबार पत्रकार सम्मेलन आयोजना गरेर प्रतियोगिताका बारेमा जानकारी दिईएको हो । भलिबल प्रतियोगिता पुन समाज नेपालको पोखरा रामघाटस्थित खेलमैदानमा हुनेछ । प्रथम पुन हिल कप खुल्ला क्लबस्तरीय भलिबल प्रतियोगितामा पुरुष, महिला तथा प्रौढ भलिबल खेल समाबेस गएिको समाजका महासचिव खिमन शेरपुजा… पुरा पढौ

प्रधानमन्त्री कप क्रिकेट : आर्मी क्लबद्वारा एपिएफ क्लब पराजित

भैरहवा (रुपन्देही), ९ माघ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले एपिएफ क्लबलाई पराजित गरेको छ । आर्मीले एपिएफलाई चार विकेटले हराएको हो । रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा आज टस जितेर आर्मीले पहिला फिल्डिङ रोजेको थियो । एपिएफ क्लबले आर्मीलाई जितका लागि एक सय एक सय २२ रनको लक्ष्य दिएको थियो । आर्मीले उक्त लक्ष्य २४औँ ओभरको तेस्रो बलमा ६ विकेट गुमाएर पूरा ग¥यो । आर्मीका लागि कप्तान विनोद भण्डारीले अविजित ३४ रन बनाए । उनले… पुरा पढौ

आयोजक सहारा क्लव थ्रीस्टारसंग २/१ ले पराजित

पोखरा, ९ माघ । २३ औं संस्करणको आहा ! रारा पोखरा गोल्ड कपको उद्घाटन खेलमा आज आयोजक सहारा क्लवलाई हराउँदै थ्रीस्टार क्लव क्वार्टर फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा भएको खेलमा थ्रीस्टारले आयोजक सहारालाई २/१ ले पराजित गरेको हो । खेल शुरु भएको ६ मिनेटमा थ्रीस्टारमा क्याप्टेन समेत रहेका योगेश गुरुङले प्रतियोगिताकै पहिलो गाेल गरेका थिए । थ्रस्टारको लागि दोश्रो गोल एञ्जल महर्जनले गरेका हुन् । पहिलो हाफको २३ औं मिनेटमा सहारा क्लवका आशिष गुरुङले लक्ष्मण रुचालले पास दिएको… पुरा पढौ

राष्ट्रपति रनिङ शिल्डमा पदक विजेता ८३ खेलाडी विद्यार्थी पुरस्कृत

चितवन, ९ माघ । राष्ट्रपति रनिङ शिल्डमा भरतपुरको तर्फबाट पदक विजेता ८३ खेलाडी विद्यार्थीलाई मंगलबार पुरस्कृत र सम्मान गरिएको छ । पुस २७ र २८ गते सञ्चालन भएको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा भरतपुरले ५० पदक हात पार्दै प्रथम स्थान हासिल गरेको थियो । भरतपुरले १५ स्वर्ण, १८ रजत र १७ कास्य पदक जित्न सफल भएको थियो । १६ औँ राष्ट्रपति रनिङ शिल्डमा पदक विजेता प्रथम, द्धितिय र तृतिय स्थान हासिल गर्ने विजेतालाई क्रमशः रु ५ हजार, ३ हजार र… पुरा पढौ

माघ ९ देखि शुरु हुने आहा ! रारा पोखरा गोल्ड कपको तयारी पूरा, विजेतालाई रू १२ लाख १ हजार

पोखरा, ७ माघ । माघ ९ गतेदेखि २० गतेसम्म पाेखरा रंगशालामा आयोजना हुने कुल रूपैयाँ २८ लाख ३२ हजार ५५५ को पुरस्कार राशि भएकाे बहुप्रतिष्ठित आहा ! रारा पोखरा गोल्ड कप २०८० काे सम्पूर्ण तयारी पूरा भएकाे क्लवले जनाएकाे छ । निरन्तरताको प्रतिकको रुपमा रहेको संघीय राजधानी काठमाडौं बाहिर हुने फुटबल प्रतियोगिताहरुमध्ये अब्बल मानिएको २३ औं संस्करणको आहा ! रारा पोखरा गोल्ड कप २०८० बारे आज पाेखरामा पत्ररकार सम्मेलन गरेर क्लवले साे जानकारी दिएकाे हाे । हिमश्री फुड्स प्रा.लि.को मुख्य… पुरा पढौ

क्रिकेट खेलाडीलाई एनआरएनएको १० लाख सहयोग

काठमाडौं, ७ माघ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले टी–२० विश्वकपमा सहभागी नेपाली क्रिकेट टोलीलाई रु १० लाख सहयोग गरेको छ । एनआरएनएको मुख्यालय बालुवाटारमा आयोजित कार्यक्रममा नेपाल क्रिकेट एसोसिएसन (क्यान) मार्फत् उक्त रकम प्रदान गरिएको हो । सङ्घले नेपाली भलिबल राष्ट्रिय टिमलाई रु आठ लाख, छैटौँ एनआरएनए सुदूरपश्चिम फुटबल प्रतियोगिताका लागि रु दुई लाख ५० हजार, पोखरा म्याराथनका लागि रु सात लाख ५० हजार र एनआरएनए इलाम गोल्ड कपका लागि रु पाँच लाख आर्थिक सहयोग गरेको सङ्घका अध्यक्ष बद्री केसीले… पुरा पढौ

टाइगरकप महिलातर्फ एपिएफद्वारा उपाधिमा ह्याट्रिक, पुरुषतर्फ हेल्प नेपाल च्याम्पियन

पोखरा, ६ माघ । पोखरामा सम्पन्न चौथो टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फ विभागिय टोली सशस्त्र प्रहरीको एपीएफले उपाधिमा ह्याट्रीक गरेको छ भने पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोर्टस क्लबले उपाधि जितेको छ । शनिबार सम्पन्न महिलातर्फको फाइनलमा चन्द्रागिरी न्यु डायमण्ड क्लबलाई ३–० को सोझो सेटमा हराउँदै तेस्रो पटक लगातार उपाधि जितेको हो । यो जित संगै एपिएफले उपाधिमा ह्याट्रिक गरेको हो । पहिलो सेट एपीएफले २५–२० र दोस्रो सेट २५–१८ तथा तेस्रो सेट २५–२१ ले जित्दै एपिएफले नगद रु ५लाख ५५… पुरा पढौ

टाइगर कप भलिबलकाे महिलातर्फ त्रिभुबन आर्मी क्लब तेश्रो स्थानमा

पोखरा, ५ माघ । पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगिता २०८० मा नेपाल पुसिल क्लबलाई पराजित गर्दै नेपाल आर्मीको त्रिभुबन क्लबले तेश्रो स्थान प्राप्त गरेको छ। टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी प्रतियोगितामा त्रिभुबन आर्मीले पुलिस क्लबलाई ३–१ ले पराजित गर्दै तेश्रो स्थान प्राप्त गरेको हो । सम्पन्न खेलमा आर्मीले पहिलो सेट २५–१७ ले आफ्नो पक्षमा पार्न सफल भयो भने दोश्रो सेट १८–२५ ले पुलिसलाई बुभाउन पुग्यो । तर तेश्रो सेट २५–२० र चौथो सेट २५– १९ ले जित्दै… पुरा पढौ

टाइगर कप भलिबल : महिलातर्फ न्यू डायमण्ड र एपिएफको उपाधि भिडन्त पक्का

पोखरा, ४ माघ । पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगिता २०८० मा डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरीको एपिएफ क्लब र चन्द्रागिरी न्यू डायमण्डका बिच उपाधि भिडन्त पक्का भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजना जारी प्रतियोगिताको दोश्रो सेमीफाइनलमा विभागिय टोली नेपाल पुलिस क्लबलाई सोझो ३–० को सेटमा पराजित गर्दै न्यू डायमण्डले फाइनलमा स्थात बनाउँदै एपिएफ क्लब संग भिडन्त पक्का गरेको छ । सम्पन्न खेलमा पहिलो सेट २५–१९ ले दोस्रो सेट २५–१८ र तेस्रो सेट समान २५–१८ ले आफ्नो… पुरा पढौ