काठमाडौं, ५ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत दोस्रो खेलमा नेपालले स्कटल्यान्डबाट २७५ रनको विजय लक्ष्य पाएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका थिए । टस हारेर ब्याटिङ गरेको स्कटल्यान्डले नेपालविरुद्ध निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २७४ रन बनाएको छ । स्कटल्याण्डलाई २७४ को योगफलमा लैजान माइकल लिस्कले १०७ रनको अविजित पारी खेले । यसैगरी ज्याक जार्भिसले २६, क्रिस्टोफर म्याकब्राइड र ब्रान्डेन म्याक्कुलेनले समान २२-२२,…
पुरा पढौ