Uncategorized

प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी मोदीबीच भेटवार्ता सुरु

नयाँदिल्ली, १८ जेठ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालय हैदरावाद हाउसमा भेटवार्ता सुरु भएको हो । सुरुमा प्रधानमन्त्रीस्तरमा छलफल हुने र त्यसपछि प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता हुनेछ । त्यसलगत्तै विभिन्न सहमति तथा सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ । दुई देशका प्रधानमन्त्रीले संयुक्तरुपमा पत्रकार सम्मेलन आयोजना गर्नेछन्। प्रधानमन्त्री दाहालको सम्मानमा भारतीय प्रधानमन्त्रीले हैदरावाद हाउसमै दिवा भोज आयोजना गर्नेछन् । पुरा पढौ

भन्सार अधिकारीलाई अर्थमन्त्रीद्वारा नतिजा दिने काम गर्न निर्देशन

काठमाडौं, २७ चैत । अर्थमन्त्री डा प्रकाशशरण महतले कर्तव्यनिष्ठ भएर काम गर्न र नतिजा देखाउन भन्सारका अधिकारीहरुलाई निर्देशन दिएका छन् । भन्सार विभागद्वारा आज आयोजित भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै उनले आफ्नो जिम्मेवारीलाई उच्च प्राथमिकता दिन निर्देशन दिए। “आयात निर्यातमा संलग्न व्यवसायीलाई अनावश्यक दुःख दिने भनेको होइन, जायज कुराहरु के हुन् तपाईंहरुलाई नै थाहा छ, तर कार्यान्वयन भइरहेको छैन, म यहाँहरुलाई त्यतातर्फ ध्यानाकर्षण गराउन चाहन्छु ।” आफ्नो नेतृत्वमा अर्थ मन्त्रालय पारदर्शी ढङ्गबाट काम गर्न लागिपरेको उल्लेख गर्दै उनले जिम्मेवार पदाधिकारीलाई… पुरा पढौ

लयमा फर्किँदै मनाङको पर्यटन व्यवसाय

मनाङ, २६ चैत । मनाङमा यस वर्षको पर्यटक आउने दोस्रो सिजन सुरुआत भएको छ। सिजन सुरु भएसँगै जिल्लामा आन्तरिक तथा वाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । विश्वकै दशौं स्थानमा पर्ने अन्नपूर्ण पदमार्गको यात्राका लागि बाह्य पर्यटकको आगमन हुने गर्दछ भने जोखिमयुक्त मानिने पदमार्गको यात्रा पर्यटकको प्रमुख गन्तव्यका रूपमा मानिन्छ । २ वर्षको कोभिड सङ्क्रमणको जोखिम र बाढीपहिराका कारण ठप्पजस्तै रहेको पर्यटक आगमन यस याममा पर्यटक उल्लेख्यरूपमा वृद्धि भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मनाङले जनाएको छ। कार्यालयका अनुसार यस जिल्लामा… पुरा पढौ

आइएमई जनरल इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न

काठमाडौं, २२ चैत । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको विशेष साधारण सभा आज (बुधबार) लैनचौरस्थित लैनचौर बैङक्वेट्समा सम्पन्न भएको छ । विशेष साधारण सभामा सम्पूर्ण सेयरधनीहरुलाई स्वागत गर्दै अध्यक्ष हेमराज ढकालले कम्पनीले निर्जीवन बीमा बजारको हालको अवस्था र भविष्यमा कम्पनीले खेल्ने रणनीतिको बारेमा बैठकलाई जानकारी गराए । सभामा अध्यक्ष ढकालले हालको बीमा बजार तथा सोमा नियमन निकायबाट चुक्ता पूँजी सम्बन्धी प्राप्त निर्देशनलाई मध्येनजर गरी आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड गाभ्ने–गाभिने (मर्जर) सम्बन्धी अन्तिम सम्झौता भई सोही बमोजिम… पुरा पढौ

मानुषी र श्रृजनशील लघुवित्त मर्जरमा जाने सम्झौता

काठमाडौं, ३ चैत । मानुषी लघुवित्त र श्रृजनशील लघुवित्त मर्जरमा जाने सम्झौता भएको छ । २ संस्थाबीच २ चैतमा मर्जरमा जाने सहमति भएको हो । बराबरी हैसियतमा मर्जर भएको संस्थाले जनाएको छ । मर्जर पश्चात 'मानुषी श्रृजनशील लघुवित्त वित्तीय संस्था' नाम रहने सहमति भएको छ । मानुषी लघुवित्तका तर्फबाट सञ्चालक समिति अध्यक्ष पद्माशना शाक्य र श्रृजनशील लघुवित्तका तर्फबाट सञ्चालक समिति अध्यक्ष राजकुमार श्रेष्ठले सहमति पत्रमा हस्ताक्षर गरेका हुन । मानुषी लघुवित्तको केन्द्रिय कार्यालय काभ्रेको बनेपामा छ भने श्रृजनशीलको सिरहाको गोलबजारमा… पुरा पढौ

विश्वकप क्रिकेट लिग टू: नेपालले यूएईलाई दियो २३० रनको लक्ष्य

काठमाडौं, २२ फागुन । विश्वकप क्रिकेट लिग टू अन्तर्गकतको खेलमा नेपालले यूएईसामु २३० रनको विजय लक्ष्य प्रस्तुत गरेको छ । यूएई भएको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ८ विकेट गुमाउँदै २२९ रन बनाएको हो । टोलीको रन थोरै हुँदा नै ५ विकेट गए पनि भीम सार्कीको ७० रनको महत्वपूर्ण पारीसँगै नेपालले यूएईसमक्ष सम्मानजनक योगफल तयार पारेको हो । सार्कीलाई सन्दीप लामिछाने र आरिफ शेखले एक छेउबाट महत्वपूर्ण साथ दिइरहे । १८ ओभरको खेल सकिँदा ६८ रनमा ४ विकेट… पुरा पढौ

मालीमा रहेको राष्ट्रसङ्घीय मिसनले अनुसन्धान गर्ने

संयुक्त राष्ट्रसङ्घ, १६ फागुन। गत हप्ता मालीमा भएको हिंसात्मक आक्रमण र यसमा परी केही व्यक्तिको ज्यान गएको विषयमा संयुक्त राष्ट्रसङ्घीय मिसनले अनुसन्धान गर्ने जनाएको छ । मालीमा रहेको संयुक्त राष्ट्रसङ्घीय मिसनले सो कुराको अनुसन्धान गर्ने जनाएको संयुक्त राष्ट्रसङ्घका एकजना प्रवक्ताले जनाएका छन् । ती प्रवक्ताका अनुसार गत हप्ता मालीमा संयुक्त राष्ट्रसङ्घीय मिसनमाथि नै हमला भएको थियो र त्यसमा परेर कम्तीमा पनि १२ जनाले ज्यान गुमाएका थिए । मालीको बान्डियागारा भन्ने स्थानमा यहाँका आतङ्ककारी सशस्त्र समूहले आक्रमण गरी १२ जना सर्वसाधारणको… पुरा पढौ

पर्यटन प्रवर्द्धनका लागि चेम्बरले आयोजना गर्यो कर्पोरेट गल्फ

माघ १५, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले पर्यटन प्रवर्द्धनका लागि कर्पोरेट गल्फ प्रतियोगिता सम्पन्न गरेको छ । काठमाडौंको सिनामंगलस्थित रोयल नेपाल गल्फ क्लबमा निजी क्षेत्रका उद्योगी व्यवसायीको सहभागितामा कर्पोरेट गल्फ प्रतियोगिता आयोजना गरिएको हो । सो प्रतियोगिताको समापन कार्यक्रमलाई सम्बोधन गर्दै चेम्बर अध्यक्ष राजेन्द्र मल्लले गल्फ प्रतियोगितालाई व्यवस्थित बनाएर मुलुकको पर्यटन प्रर्वद्धन गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘कर्पोरेट गल्फ मार्फत मुलुकका उद्यमी व्यवसायीलाई एकै ठाउँमा जोड्न सकिन्छ । गल्फ मार्फत आन्तरिक र बाह्य पर्यटन वृद्धि गर्न पनि महत्वपूर्ण… पुरा पढौ

रवि लामिछानेले लिए नेपाली नागरिकता

काठमाडौं, १५ माघ । रवि लामिछानेले नेपाली नागरिकता लिएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट आज दिउँसो नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन्। काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले नागरिकता पुनः प्राप्तिका लागि दर्ता गरेको र उनले आज दिउँसो नागरिकता लिएको जानकारी दिइन । साढे ११ बजेतिर कार्यालय पुगेका उनले दिउँसो सवा २ बजेतिर नागरिकताको प्रमाणपत्र लिए । सर्वोच्च अदालतले शुक्रबार नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया पूरा नगरेको भन्दै सांसद पद बदर गरेको थियो । सो फैसलासँगै उनले… पुरा पढौ

नयाँ हुन्डाई भेन्यू नेपाली बजारमा सार्वजनिक, मूल्य कति छ ?

काठमाडौं, ९ माघ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ कार हुन्डाई भेन्यू सार्वजनिक गरेको छ। याे कार ‘न्यु स्टाइल न्यु स्टेटमेन्ट’ नाराकासहित सार्वजिनक भएकाे हाे । हुन्डाई भेन्यू नयाँ र परिष्कृत रुपमा रहेकाे छ । यस गाडीका साैखिन ग्राहकहरुकाे मन अब यस कारतर्फ जाने विश्वास गरिएकाे छ। नयाँ हुन्डाई भेन्यू कार आकर्षक डिजाइनमा रहेकाे छ । कम्पनीले यसमा विशिष्ट किसिमका सुविधा रहेकाे जनाएकाे छ । सुरक्षाका हिसाबले पनि कार उत्तम मानिएकाे छ । यसमा भएकाे साेहि गुणकाे कारणले पनि विश्वचर यसकाे… पुरा पढौ