Uncategorized

संविधान संशोधन अग्रगमनका लागि हुनुपर्छः रेखा शर्मा

काठमाडौं, २४ माघ। पछिल्लो समय संसद्को प्रभावकारिताबारे प्रश्न उठ्न थालेको छ । । संसद्लाई कति सक्रिय र प्रभावकारी बनाउने भन्ने कुरा सरकारले संसदलाई दिने ‘बिजनेस’मा निर्भर हुन्छ । कुनै पनि विषयमा सदनमा पर्याप्त छलफल गरी उचित निर्णयमा पुग्न सकियो भने त्यसको नतिजा पनि देखिन्छ । प्रतिनिधिसभाको समग्र नेतृत्व सभामुखले गर्ने भएकाले उनले पनि आवश्यक छलफल, पूर्वतयारी र कार्यसूची बनाएर संसद्लाई गतिशील एवं प्रभावकारी बनाउनतर्फ ध्यान दिनुपर्दछ । संसद्को हिउँदे अधिवेशन विधेयक अधिवेशन पनि हो । यसलाई मूल रुपमा सरकारले पर्याप्त… पुरा पढौ

गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको २३ औं वार्षिक साधारण सम्पन्न

काठमाण्डौं, २८ पुष । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लि.को २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज षौष २८ गते आइतबार हरिहर भवन, ललितपुरमा संस्थाको संचालक समिति अध्यक्ष युवराज भण्डारीको अध्यक्षतामा उक्त सभा सम्पन्न भएको हो । संचालक समितिको तर्फबाट अध्यक्ष युवराज भण्डारीले पेश गरेको आ.ब. २०८०/८१ को वार्षिक प्रतिवेदन उक्त सभाले परित गरेको छ । हाल संस्थाको कूल निक्षेप रु.८ अर्व ३५ करोड र कर्जा रु.५ अर्व ८४ करोड रहेको बताइएको छ . यस संस्थाले हाल… पुरा पढौ

गरिमा विकास बैंक र जोय स्टोरबीच छुट सम्झौता

काठमाडौं, २६ मंसिर। नेपालका लागि आईफोनको आधिकारीक बिक्रेता जोय स्टोर र गरिमा विकास बैंक लिमिटेडबीच सम्झौता भएको छ। नेपालामा आईफोन निर्माता कम्पनी एप्पल ब्रान्डका उत्पादन खरिदबिक्री सम्बन्धमा दुई संस्थाबीच सम्झौता भएको हो । उक्त सम्झौतामा जोय स्टोरका तर्फबाट प्रबन्ध निर्देशक गुरु शर्मा र गरिमा विकास बैंक लिमिटेडका तर्फबाट पुतलीसडकका शाखा प्रबन्धक सुजित नेपालले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार नेपालको आईफोनको आधिकारीक बिक्रेता जोय स्टोरबाट एप्पलका सामान खरिदमा गरिमा विकास बैंक लिमिटेडका कर्मचारी तथा ग्राहकहरुले २० प्रतिशतसम्म छुट पाउने बताइएकाे… पुरा पढौ

ग्लोबल आइएमई लघुवित्तको कर्जा सुरक्षण सम्झौता

पाेखरा, १८ मंसिर । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोष बीच लघुवित्त तथा विपन्न वर्ग कर्जा कार्यक्रममा प्रदान गरिने कर्जा सुरक्षण गर्ने/गराउने सम्झौता भएको छ । वित्तीय संस्थाको केन्द्रीय कार्यालय पोखरा–२६, विजयपुरमा आज भएको एक कार्यक्रममा कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीले सहमती पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार वित्तीय संस्थाबाट ऋण लिएका ऋणीहरुको मृत्यू भएमा वा व्यवसाय विफल भएमा समेत कोषबाट सुविधा लिन सकिने… पुरा पढौ

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला, १३ भदौ . अविरल वर्षाले पहिरो खस्दा कर्णाली राजमार्गमा यातायात सञ्चालनमा रोकिएको छ । सुर्खेत–जुम्ला सडकअन्तर्गत कालिकोटको गगनेखोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिए। उनले पहिरो पन्छाउने काम भइरहेको बताए । वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालिकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा बारम्बार पहिरो जाने गरेको छ । पुरा पढौ

सहकर्मी हत्याको विरोधमा भारतीय चिकित्सकहरु देशव्यापी हडतालमा

नयाँदिल्ली, १ भदौ । सहकर्मीको बलात्कार र हत्यापछि भारतीय चिकित्सकहरुले शनिबार राष्ट्रव्यापी विरोध र हडताल गरेका छन् । पूर्वी सहर कोलकाताको एक सरकारी अस्पतालमा अगस्ट ९ मा ३१ वर्षीया डाक्टरको रगतले लतपतिएको शव प्राप्त भएपछि देशव्यापी विरोध प्रदर्शन सुरु भएको हो । स्वास्थ्यकर्मीहरुले हड्तालको नेतृत्व गरेका छन् भने दोषीलाई कारबाहीको माग गर्दै दशौँ हजार सर्वसाधारण पनि हडतालमा सहभागी भएका छन् । प्रदर्शनकारीहरु “निको हुने हातबाट रगत बग्न हुँदैन”, “इनफ इज इनफ” “बलात्कारीलाई फाँसी दे “ आदि लेखिएको प्लेकार्डसहित विरोधमा उत्रिएका छन्… पुरा पढौ

तीन दशकअघि रेखाङ्कन भएको सडकमा बल्ल कालोपत्र

दमौली (तनहुँ), १२ साउन । करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि लमजुङको कुन्छा जोड्ने सडकमा बल्ल कालोपत्र गर्न थालिएको छ । भानु–११ मानेचौका बजारदेखि आयुर्वेदचोकसम्म पहिलो चरणमा कालोपत्र गर्ने कार्य सुरु भएको हो । तीन दशक अगाडि ट्र्याक खुलेको उक्त सडकखण्डमा पहिलो चरणमा रु ९८ लाख बराबरको काम भइरहेको नगरप्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए। आर्थिक वर्ष २०८०÷८१ मा विनियोजित उक्त बजेटबाट अहिले कालोपत्र गर्न थालिएको हो । यो सडकले तनहुँको भानुसँगै लमजुङको कुन्छालाई जोड्ने छ । नगरपालिकाले… पुरा पढौ

मजेष्टिक लेक फ्रण्ट होटलले मनायाे फेवाताल सरसफाई गरेर प्रथम वार्षिकोत्सव

पोखरा, साउन ८ । पोखराको लेकसाईडमा रहेको मजेष्टिक लेक फ्रण्ट होटल एण्ड सुईट्स प्रालिले प्रथम वार्षिकोत्सव मनाएको छ । अघिल्लो वर्षदेखि सञ्चालनमा आएको पोखरा–६ लेकसाईडको खहरेस्थित फेवाताल किनारमा रहेको मजेष्टिक लेक फ्रण्ट होटलले आफ्नो प्रथम वार्षिकोत्सव फेवाताल सरसफाई, कर्मचारी पुरस्कृतलगायतका कार्यक्रम गरेर मनाएको हो । होटलको वार्षिकोत्सवको अवसरमा फेवाताल सरसफाई गरिएको होटलका सञ्चालक सुनिलबहादुर भट्टराईले जानकारी दिए । ‘तालमा रहेको जलकुम्भी झार, प्लाष्टिक, बोतललगायत बाहिर निकाल्यौं र संकलन गरेर डिस्पोज गर्नका लागि पठायौं’–उनले भने । ताल सरसफाईमा होटल सञ्चालक भट्टराई,… पुरा पढौ

वीरगञ्ज महानगरको नीति तथा कार्यक्रम सार्वजनिक

वीरगञ्ज, ८ असार । वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रममा ‘वैभव वीरगञ्ज’को परिकल्पनालाई साकार पार्ने योजना अघि सारेको छ । महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले १५औँ नगरसभाको अधिवेशनमा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ‘वैभव वीरगञ्ज’ को परिकल्पनालाई साकार पार्न वीरगञ्जलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकसित गर्दै यहाँको ऐतिहासक तथा मौलिकतालाई ध्यानमा राखी नगरवासीको उत्कट चाहनाबमोजिम वीरगञ्जलाई सुन्दर, समुन्नत र समृद्ध बनाइने घोषणा गरे। “वैभव वीरगञ्ज बनाउने अभियानबमोजिम यहाँ रहेका धार्मिक तथा पर्यटकीयस्थलहरु विन्दवासिनीमाई मन्दिर, पिपराको नर्सिङ… पुरा पढौ

एनएमबि लघुवित्तले बाेलायाे असार २१ मा एजिएम

काठमाडौं, ४ असार । एनएमबि लघुवित्त वित्तीय संस्थाले असार २१ गते साधारण सभा डाकेकाे छ । संस्थाकाे ११ औं वार्षिक साधारण सभा होटल बाराही पोखरामा बिहान साढे ११:३० बजे डाकिएकाे छ । सभाले संस्थापक सेयरधनीहरुको तर्फबाट १ जना र सर्वसाधारण सेयरधनीहरुको तर्फबाट २ जना सञ्चालकको चयन गर्नेछ । सभाले स्वतन्त्र सञ्चालकको र एमएबि बैंकबाट प्रतिनिधित्व गर्ने सञ्चालकको चयन पनि हुने भएकाे छ । सभाले अन्य उपयुक्त लागेका वित्तीय संस्थासँग मर्जरका लागि कार्य गर्ने अख्तियारी, प्रबन्धपत्र तथा नियमावली संशोधनकाे जिममेवारी सञ्चालक… पुरा पढौ