Uncategorized

गाजामा हवाई आक्रमण : दुई हमास नेतासहित पाँच लडाकूको मृत्यु

तेल अभिभ, ९ जेठ । हमासको ट्याङ्क प्रतिरोधी मिसाइल अभियानका प्रमुख नेतामध्ये एक व्यक्ति अहमद् यासेर अलकारासहित पाँच व्यक्ति खान युनूसमा आईडीएफको हवाई आक्रमणमा मारिएका छन् । उनले गाजा युद्धमा इजरायली रक्षा बल (आईडीएफ) विरुद्ध आक्रमण र आतङ्कवादी षड्यन्त्रको नेतृत्व गरेका थिए। इजरायलको आतङ्कवाद विरोधी सामान्य सुरक्षा सेवा शिन बेटको गुप्तचर सहयोगमा गरिएको कारबाहीमा अलकारा र गाजा डिभिजनका सूचना प्रणाली प्रमुख फदी सलिमसहित पाँच हमास लडाकू मारिएका छन् । लक्ष्य निर्देशित गर्न सकिने र अधिक विस्फोटक शक्ति भएकाले एन्टी–ट्याङ्क मिसाइलहरू… पुरा पढौ

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भने, ‘मैले कुनै ठगी गरेकाे छैन, म बहुला हाेईन्’ ‘(Live)

काठमाडौं, ६ जेठ । प्रतिनिधिसभाको बैठक शुरू भएकाे छ । आज बिहान ११ बजे बस्नेगरी तय भएको बैठक २ बजेका लागि सारिएकामा फेरि साढे ४ बजेका लागि निर्धारण गरिएपनि बेलुकी साढे ६ बजेपछि शुरू भएकाे हाे । https://youtu.be/ztk3FqfKeh8 प्रतिनिधि सभामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफुलाइ नेपाली कांग्रेसले लगाएकाे आराेपका विषयमा मन्तव्य व्यक्त गरिरहेका छन् । साे क्रममा लामिछानेले भने, 'मैले कुनै ठगी गरेकाे छैन । तिनिहरूले जे सुकै भने पनि म बहुला हाेइन ।' प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले… पुरा पढौ

दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाखसहित दुईजना पक्राउ

काठमाडौं, २८ वैशाख । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको टोलीले गए राति दरबारमार्गबाट स्रोत नखुलेको रु ९८ लाखसहित दुईजनालाई पक्राउ गरेको छ । उक्त कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले यस सम्बन्धमा आजै पत्रकार सम्मेलन गरेर विस्तृत विवरण सार्वजनिक गरिने जानकारी दिए। पुरा पढौ

लगानीकर्ताको रकम नडुब्ने गरी काम गर्नुपर्छ : अर्थमन्त्री पुन

काठमाडौं, ४ चैत । अर्थमन्त्री वर्षमान पुनले मनग्य आर्थिक वृद्धि हुने क्षेत्रहरुमा लगानीकाे बिस्तार हुनुपर्ने बताएका छन् । आज नागरिक लगानी कोषको ३४ औं वार्षिकोत्सव कार्यक्रममा बाेल्दै उनले साे कुरा बताएका हुन्। अर्थमन्त्री पुनले भने, कोषबाट दीर्घकालीन महत्वका पूर्वाधार निर्माणमा लगानी हुनुपर्छ । ठूला आर्थिक वृद्धि हुने खालका क्षेत्रका साथै रोजगारी दिन सकिने क्षेत्रमा लगानी गर्नुपर्छ । कार्यक्रममा अर्थमन्त्री पुनले लगानी कर्ताको पैसा डुब्न नदिनेगरी काम गर्नुपर्ने र त्यसकाे जिम्मेवारी कोषले लिनुपर्ने बताए । अर्थ क्षेत्रमा भएका समस्याहरुकाे बारेमा जानकार… पुरा पढौ

नेपाल ‘वाफ च्याम्पियनसिप’को फाइनलमा

काठमाडौं, फागुन १६ । साउदी अरेबियामा भएको वेष्ट एसियन फुटबल महासङ्घ (वाफ) महिला च्याम्पियनसिपमा नेपालले लेबनानलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । साउदी अरेबियाको जेद्दाहस्थित किङ अब्दुल्लाह स्पोर्टस् सिटी स्टेडिययमा गए राति सम्पन्न सेमिफाइनल खेलमा नेपालले लेबनानलाई २–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनमा प्रवेश गरेको हो । नेपालले पहिलोपटक वाफ च्याम्पियनसिपमा सहभागिता जनाएको हो । नेपालको जितमा सावित्रा भण्डारी र प्रीति राईले समान एक–एक गोल गरे । खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा प्रीतिले गोल गरेपछि नेपालको जित सुनिश्चित… पुरा पढौ

इराकी राष्ट्रपतिद्वारा सद्रवादी कार्यकर्ता हत्याको निन्दा

बग्दाद, ८ फागुन । इराकी राष्ट्रपति अब्दुल लतिफ रशिदले शिया धर्मगुरु मुक्तादा अल-सद्रप्रति वफादार एक जना प्रमुख कार्यकर्ताको अपहरण र हत्याको निन्दा गरेका छन् । उनले यस घटनालाई सुरक्षा, स्थिरता र शान्तिपूर्ण सहअस्तित्वका लागि खतरा भएको बताए। रशिदले विज्ञप्ति जारी गर्दै प्रसिद्ध ब्लगर आयसेर अल-खाफाजीको हत्या कानूनको उल्लङ्घन हो भन्दै सुरक्षा बलहरूलाई नागरिकको सुरक्षाका लागि सुरक्षा उपायहरू कडा पार्न निर्देशन दिए । उहाँले उक्त घटनाको छानबिन गरी दोषीलाई कानुनी कठघरामा ल्याउन पनि उनले सम्बन्धित पक्षलाई आग्रह गरे। अल-खाफाजी सोमबार बिहान… पुरा पढौ

विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च, नेपालको वार्षिक बजेटको आकारभन्दा ठूलो

काठमाडौं, २३ माघ । चालु आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा अवधिमा अर्थतन्त्रको बाह्य क्षेत्रमा उल्लेख्य सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु आवको पुस मसान्तसम्म एक वर्षको वस्तु तथा सेवाको आयात धान्नसक्ने विदेशी मुद्रा सञ्चिति रहेको छ । गत असार मसान्तसम्ममा रु १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति छ महिना अवधिमा १८ प्रतिशतले वृद्धि भई पुस मसान्त सम्ममा रु १८ खर्ब १६… पुरा पढौ

सुनचाँदी व्यवसायी विश्वकर्मामाथि गोली प्रहार

नवलपरासी, २१ माघ । बर्दघाट नगरपालिका-४ का सुनचाँदी व्यवसायी ६२ वर्षिय गजेन्द्र विश्वकर्मामाथि गोली प्रहार भएको छ । सुस्ता गाउँपालिका-१ बरुवमा रहेको पसल बन्द गरेर घर फर्कने क्रममा बर्दघाट नगरपालिका-१६ स्थित कुकुरमारा नजिकै हिजो साँझ ७ बजे आसपासमा अज्ञात समूहले विश्वकर्मामाथि एक राउण्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए । गोली लागेर घाइते हुनुभएका विश्वकर्माको अहिले भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा उपचार भइरहेको उनको भनाइ… पुरा पढौ

गरिमा क्यापिटलको आठौं वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौं, २७ पुष । गरिमा क्यापिटल लिमिटेडले यहि पौष २५ गते बुधबार आठौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले आ.व. २०७९/८० को वार्षिक प्रतिबेदन पारित गरी आ.व. २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु पारित गरेको छ । क्यापिटलका सञ्चालक समितिका अध्यक्ष दिपक पाण्डेयकाे अध्यक्षतामा सम्पन्न आठौं वार्षिक साधारण सभामा आ.व. २०७९/८० को वार्षिक प्रतिवेदन उपर सहभागी शेयरधनीहरुले राख्नुभएका जिज्ञासाहरुको अध्यक्ष दिपक पाण्डेय एवं प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराईले स्पष्ट पारेका थिए । गरिमा क्यापिटल लिमिटेड नेपाल… पुरा पढौ

इजरायलको गोलान हाइट्समा ड्रोन दुर्घटना

जेरुसेलम, १२ पुस । इजरायली सेनाले बिहीबार इजरायलमा रहेको गोलान हाइट्सको एलियाड नजिकै ड्रोन दुर्घटना भएको जनाएको छ । आक्रमणको हमास लडाकूसमूहसँग सम्बन्ध रहेको इराकी सशस्त्र समूहले आक्रमणको जिम्मेवारी लिएको छ । इजरायली सञ्चारमाध्यमका अनुसार सिरियाबाट प्रक्षेपण गरिएको विस्फोटक पदार्थ बोकेको ड्रोन बुधबार साँझ एलियाड बस्तीको दक्षिणमा खसालिएको थियो । इरान समर्थक सशस्त्र समूहहरूको कमजोर समूह इस्लामिक रेजिस्टेन्स इन इराकले वक्तव्य जारी गर्दै एलियाडको दक्षिणमा रहेको ‘महत्वपूर्ण लक्ष्य’ मा ‘उपयुक्त हतियार’ प्रहार गरेको जनाएको छ । इजरायलले अक्टोबर ७ मा… पुरा पढौ