Author Archive

‘कोइकालाई बसुन्धरा पार्क नदेऊ’: सरोकारवाला

पोखरा, ५ असोज । सरोकारवालाहरुले फेवाताल किनारको बसुन्धरा पार्कमा कुनै पनि वाहानामा कसैलाई संरचना बनाउन नदिन आग्रह गरेका छन् । पोखरा महानगरले कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) लाई पार्कको १० रोपनी जग्गा ग्रिन भेन्चर जोन स्थापनाका लागि दिएपछि स्थानीयले खबरदारी गरेका हुन् । राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपाल र स्थानीयको टोलीले शुक्रबार कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे र पोखरा महानगरकी उपमेयर मञ्जुदेवी गुरुङलाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा सार्वजनिक सम्पत्ति संरक्षणको दायित्व लिएकै सरकारी निकायबाट सिमसार क्षेत्रमा… पुरा पढौ

चौथो वर्षको खुड्किलोमा पाइला

ठूलो भय र सन्त्रास सिर्जना गरेको कोभिड १९ महामारीबीच पनि सकारात्मक सोच र आशा राखेर सुरु भएको राष्ट्रिय न्युज पोर्टल सफल आवाज डटकम (www.safalawaj.com) आजबाट चौथो वर्षमा प्रवेश गरेको छ । सफल आवाजको सञ्चालक संस्था सफल मिडिया हाउस प्रालि परिवार यो अमूल्य खुसी हाम्रा आदरणीय पाठक, दर्शक, स्रोता, शुभेच्छुक र विज्ञापनदातासँग साट्न पाउँदा हर्षविभोर भएको छ । प्रकोप वा महामारी हुन् वा अरु कुनै पनि प्रकारका चुनौती सामना गर्नुको विकल्प हामीसँग थिएन र त्यही चुनौती पार गर्नुमै सफलता निर्भर हुन्थ्यो… पुरा पढौ

राष्ट्रिय सम्पदाका सदस्यलाई मानवअधिकार तालिम

पोखरा, ११ चैत। राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालले संस्थाका सदस्यलाई मानवअधिकारका आधारभूत पक्षबारे तालिम दिएको छ । राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रदेशसँगको सहकार्यमा शनिबार कालावाङ होमस्टेमा भएको कार्यक्रममा ३० जना सहभागी भएका थिए । सहभागीलाई राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रमुख माया देवी शर्मा र मानवअधिकार अधिकृत मोहन काफ्लेले मानवअधिकारका विविध पक्ष, विश्वव्यापी मान्यता र अहिलेका चुनौतीबारे प्रशिक्षण दिए । सम्पदाका अध्यक्ष सुनिल पाण्डेले शासन व्यवस्था र समय परिवर्तन भए पनि मानवअधिकार र सम्पदाको क्षेत्रमा अनेक चुनौती विद्यमान रहेको… पुरा पढौ

प्रतिकूलतामा अनुकूलता खोज्दै गरिएको यात्रा

सफल आवाज डटकम सफलतापूर्वक पहिलो वर्ष पूरा गरी दोस्रो वर्षमा प्रवेश गरेको छ । यो खुसी आज हाम्रा समस्त पाठकसामु बाँड्न पाउँदा हामी धन्य भएका छौं । धन्यवाद तपाईं आदरणीय पाठक वर्गलाई जसले हामीलाई विश्वास गर्नुभयो । त्यही विश्वासको जगमा हामी उभियौं । पाठक वर्गले दिएको साथ हाम्रा लागि सुखद् अनुभव हो । कोभिडको त्राससँगै अनलाइन मिडियाको बाक्लो भिडमा हेलिनु आफैंमा चुनौतीपूर्ण थियो । यस्तो भिडमा उत्तिकै रफ्तारमा सुरुवाती जोस लिएर अघि बढ्न हामीलाई पाठक, विज्ञापनदाता र शुभेच्छुकबाट निकै ठूलो… पुरा पढौ

सार्वजनिक यातायात संचालन गर्दा कुन मापदण्ड अपनाउने ?

लामो समयको लकडाउनपछि सार्वजनिक यातायात खुलेको छ | सार्वजनिक यातायात प्रयोग गर्दा पर्याप्त सतर्कता अपनाउन सकिएन भने कोरोना संक्रमण फैलिने डर हुन्छ | सार्वजनिक यातायात संचालन गरेका विश्वका अधिकांश सहरमा संक्रमण ब्यापक फैलिएको तथ्यलाई नजरअन्दाज गर्नु हुँदैन | यो विषम परिस्थितिमा सार्वजनिक यातायात सेवामुखी बन्नु जरुरी छ | यसको लागि निम्न लिखित सुरक्षा सतर्कता अपनाउनु जरुरी छ |१. ड्राइभर, कन्डक्टर तथा हेल्परको कोरोना परीक्षण गर्ने |२. यातायातका साधनलाई बाहिर तथा भित्र दैनिक धुने, स्प्रे गर्ने तथा ढोका, ह्यान्डल, सिट आदिलाई… पुरा पढौ

बैंकको सहायक कर्मचारीदेखि सफल उद्योगीसम्म

भनिन्छ, सपना देख्नेले मात्रै समाजमा ठूलो मानप्रतिष्ठा र पैसा कमाउन सक्छन । तर केही पात्रहरु यस्ता पनि छन्, जसले धेरै महत्वाकांक्षी सपना नदेखी सफल भएका छन् । मिहिनेतमा कमी नगर्नेहरु नै सफल भएका छन् । निरन्तरता, इमान्दारिता र लगनशीलता । यी तीन शब्दलाई सफलताको सूत्र भनिन्छ । यिनै तीन सूत्र जीवनमा लागू गरेर सफल भएका व्यक्ति हुन् अहिलेका स्थापित उद्योगी चन्द्र ढकाल । बागलुङ जिल्लाको सामान्य परिवारमा जन्मिएर सुरुवाती समयमा निकै कष्टपूर्ण जीवन गुजारेका चन्द्र ढकाल अहिले देशकै चर्चित व्यावसायिक… पुरा पढौ

प्रकाशकीय

हामी सबै अहिले विषम परिस्थितिमा छौं । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीले नेपाल पनि विगत ४ महिनादेखि लकडाउनमा गुज्रिरहेको छ । प्रतिकूल परिस्थितिमा पनि अनुकूल लक्ष्य लिएर अघि बढ्न सकिन्छ भन्ने सोचअनुरुप हामी सफलआवाज डटकम (www.safalawaj.com) न्यूज पोर्टलमार्फत् तपाईँहरुमाझ आएका छौं । सूचना पाउने नागरिकको संविधान प्रदत्त नैसर्गिक अधिकार हो । यस्तो सूचना सत्य र तथ्यमा आधारित मात्रै हुनु पर्दछ भन्ने हाम्रो अटल मान्यता रहेको छ । यही मान्यतामा रही सन्तुलित समाचार, उत्कृष्ट विचार, मार्गदर्शक लेख र प्रेरणादायी… पुरा पढौ

परिस्थिति होइन, मनस्थिति बदलौं

मानिसको जिन्दगीमा राम्रा–नराम्रा विभिन्न परिस्थिति आइपर्छन् । अधिकांश मानिसहरु राम्रा परिस्थितिमा खुसी हुने र नराम्रा परिस्थितिमा दुःखी हुने गर्दछन् । स्वभावले नै मानिसहरु राम्रा परिस्थितिको लागि कामना गर्दछन् । मलाई नराम्रो परिस्थिति सामना गर्नु परोस् भनेर सायदै कसैले भन्दैनन् । त्यसमा पनि अधिकांश मानिसहरु राम्रा परिस्थितिको लागि आफ्नो मेहनत तथा लगनलाई जस दिन्छन् भने नराम्रा परिस्थितिलाई आफ्नो भाग्यलाई दोष दिन्छन् । राम्रो भयो भने मेरो मेहनत अर्थात नराम्रो भयो भने मेरो भाग्य नै खराब अर्थात राम्रो भाग्य (Good Luck) र… पुरा पढौ

गोरखा दरबार

चार सय वर्ष पुरानो गोरखा दरबार २०७२ को भूकम्पले ध्वस्त बनाएको थियो । हाल पुनःनिर्माण गरिएको गोरखा दरबारको ऐतिहासिक महत्व छ । राजा राम शाहदेखि पृथ्वीनारायण शाहसम्मका राजाहरुले राज्य गरेका थिए । यहाँ राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म भएको थियो । पुरा पढौ

पशुपतिनाथ मन्दिर

रातको समयमा खिचिएको हिन्दूहरुको आराध्यदेव पशुपतिनाथ मन्दिरको चित्ताकर्षक दृश्य । यहाँ साउन सोमबार भगवान् शिवको पूजाआराजाधनाका लागि ब्रतालुको ठूलो भीड लाग्ने गरेको छ । पुरा पढौ