विचार / वार्ता

‘शब्दविम्बमा सत्यमोहन’ का बहुआयाम (पुस्तक समीक्षा)

काठमाडौं,। ‘हितोपदेश’ सुभाषित श्लोकको संस्कृतमा एउटा उक्ति छ, ‘एकश्चन्द्रस्तमो हन्ति न च तारागणोकपि च’ अर्थात् “आकाशमा करोडौ ताराहरू छन् । तिनले राति उज्यालो दिन सकेका हुँदैनन, करोडौँ भएर पनि के गर्नू तर एक्लो चन्द्रमाले रातको अन्धकारमा उज्यालो दिन सक्छ, अँध्यारालाई नाश गरिदिन्छ र त्यसमा पनि त्यो प्रकाश सूर्यको रापजस्तो होइन ।” हो, यस्तै चन्द्रमा हुनुहुन्थ्यो सत्यमोहन जोशी । वाङ्मय शताब्दी पुरुष जोशीले भाषा, साहित्य, कला, संस्कृति, इतिहास, दर्शन र पुरातत्त्वका क्षेत्रमा पुर्‍ययाएको योगदान अतुलनीय छ । फलेको वृक्षको हाँगो निहुरिए… पुरा पढौ

राजधानी हराएको शहरको यात्रा

काठमाडाैं, २० असाेज । त्यसो त हामी घुम्ने मात्रै शिलशिलामा थिएनौं । खातका खात समस्याहरु बोकेर ल्याउनुपर्ने जिम्मेवारी थियो । जिम्मेवारीको भारी बोकेकी थिईन् रास्वपाका सांसद तथा पुर्व स्वास्थ्य राज्यमन्त्री माननीय डा. तोसिमा कार्कीले । उनकाे भारी हलुका बनाउन खोज्ने हामी तीन जना थियौँ , माननीयकै स्वकीय सचिव रिता थापा , युवा नेता जगदीश खरेल र म । २०८० असोज ३ गते रास्वपा नेता तथा कमेडि च्याम्पियन सिजन एकका विजेता हिमेश पन्तले विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान गेटमा लगेर… पुरा पढौ

चीन सरकार सम्झौताको कार्यान्वयन चाहन्छ: प्रा डा राजीव झा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको हालैको भ्रमणमा भएका द्विपक्षीय सम्झौता एवं समझदारीको कार्यान्वयनको पर्खाइमा रहेका चीनस्थित एकजना नेपाली प्राध्यापक राजीवकुमार झाले बताएका छन् । “प्रधानमन्त्री दाहालको हालैको चीन भ्रमणका क्रममा नेपाल र चीनबीच भएका सम्झौता एवं समझदारीका साथै संयुक्त प्रेस वक्तव्यमा आएका साझा प्रतिबद्धता नेपालको हित र विकासका पक्षमा छन्, राम्रा छन् । तर विगतमा भएका यस्तै सम्झौताको पनि कार्यान्वयन हुन नसकिरहेकाले चीन यी सम्झौताको कार्यान्वयनको पर्खाइमा रहेको छ”, प्रा डा झाको टिप्पणी छ । यो भ्रमणका क्रममा भएको ‘क्रस… पुरा पढौ

विश्व मुटु दिवस: ‘मन लगाऔं मुटु बचाऔं’-डा. अवनिभूषण उपाध्यायकाे विचार

काठमाडौं । विश्वमा हरेक वर्ष २ करोड मानिसको मृत्यु मुटुरोग र सम्बन्धित आर्टरीहरूको कारणले हुने गर्दछ । यो संसारको मृत्युको कारणमध्ये पहिलो हो । कुनै पनि महामारी, कुनै दुर्घटना, कुनै एड्स या कुनै अरू सरुवा रोगबाट भन्दा यो बढी हो । यो एउटा महामारीको रूपमा देखापरेको छ । यो रोगबाट बच्न र बचाउन सबैजना लागिनपर्ने हो भने कल्पना पनि गर्न नसकिने अवस्थाको सिर्जना हुने देखिन्छ । हामीले मुटु रोग भन्दै गर्दा हृदयघात बुझ्नु पर्दछ । यो रोग ठूलो भएपछि लाग्ने… पुरा पढौ

डा ओम मूर्तिकाे कृति ‘जीवन्त सम्बन्ध’ को गहिराइमा पुग्दा (पुस्तक समीक्षा)

काठमाडौं। जीवनको अर्थ के हो, कसरी जीवनमा उद्देश्य, पूर्णता र सन्तुष्टि पाउन सकिन्छ, जीवनमा सम्बन्धले कस्तो प्रभाव पार्छ ? धेरै मानिसले यी र यस्तै प्रश्नका खोजीमा आफ्नो सम्पूर्ण जीवन केलाउन खोज्छन् तर कमैले मात्रै त्यसका गहिराइमा पुगेर वास्तविक अर्थ पहिल्याउँछन् । कतिले जीवनको अन्तिम क्षणमा मात्रै त्यसको अर्थको भेउ पाउँछन् तर त्यतिबेला उनीहरूको सम्बन्ध टुटिसकेको हुन्छ र ती आफूलाई रित्तिएको महसुस गर्छन् । हाम्रो समाजमा मानिसहरू अनेकाैं कुराको पछि लाग्छन्, लोभलालच, ईष्र्या, प्रतिस्पर्धाले उनीहरूभित्रको जीवनको रहस्यलाई विकृत बनाएको हुन्छ ।… पुरा पढौ

स्थानीय तहले गरेका केही नमूना कार्य- नेत्र सुवेदीकाे विचार

काठमाडौं, ६ असोज । केन्द्रिकृत विकाससम्बन्धी दृष्टकोण राख्ने एकात्मक शासन प्रणालीलाई विस्थापित गर्दै नेपालको संविधानले तीन तहको सरकारको व्यवस्था गरेको छ । संघीय संरचनामा रहेका तीन तहमध्ये नागरिकको नजिक रहेर विकास, सेवाप्रवाह र जीविकामा सुधार ल्याउने खालका गतिविधि गर्ने जिम्मेवारी स्थानीय तहको हुन आउँछ । स्थानीय तहलाई संविधानले सुम्पिएका अधिकारहरुको सन्दर्भमा प्रदेश तह वा संघीय तहले हस्तक्षेप भने गर्नु हुँदैन । स्थानीय परिवेश र आवश्यकतालाई हेरी समग्र मुलुकले विधि, व्यवहार र प्रयत्नबाट जराधरको तहलाई बलियो बनाउनुपर्ने हो । स्थानीय तहमा… पुरा पढौ

‘संविधानको सकारात्मक पक्षको रक्षा र अपूर्णता पूरा गरौं’: पूर्वप्रधानमन्त्री डा. भट्टराई(वार्ता)

काठमाडौं । नेपालको राजनीतिक फाँटमा बौद्धिक छविका रुपमा परिचित डा बाबुराम भट्टराई संविधानसभाको पहिलो निर्वाचनमा भारी मतका साथ गृह जिल्ला गोरखाबाट निर्वाचित हुनुभएको थियो । प्रवेशिका (एसएससी) र प्रमाणपत्र तह (आइएससी) मा सर्वाेत्कृष्ट अङ्कसहित उत्तीर्ण भट्टराईले छात्रवृत्ति कार्यक्रमअन्तर्गत भारतको चण्डीगढबाट आर्किटेक्चरल इन्जिनियरिङमा स्नातक, दिल्लीको स्कुल अफ प्लानिङ एन्ड आर्किटेक्चरबाट स्नातकोत्तर र जवाहरलाल नेहरु विश्वविद्यालयबाट रिजनल डेभलपमेन्ट एन्ड प्लानिङ विषयमा विद्यावारिधि गर्नुभएको छ । उच्च शिक्षा अध्ययनका क्रममा वामपन्थी झुकाव राख्नुभएका डा भट्टराईले अध्ययन समाप्त भएपछि तत्कालीन पञ्चायती व्यवस्था विरोधी गतिविधिमा… पुरा पढौ

संविधान कार्यान्वयनका चुनौती : खिमलाल देवकोटा(विचार)

काठमाडौं, २ असोज । झण्डै सात दशकको अथक सङ्घर्ष त्याग र बलिदानको परिणाम संविधानसभाबाट संविधान प्राप्त भएको आज आठ वर्ष भएको छ । संविधानसभाबाट प्राप्त संविधान केवल संविधानको दर्जामा र सङ्ख्यामा गणना हुने सातौँ संविधानमात्र होइन, संविधानसभाबाट प्राप्त भएको पहिलो संविधान पनि हो । यो संविधानका आठ वर्षका बारेमा चर्चा गर्ने प्रयास गरिएको छ । यसका साथै यो आलेखमा संविधान निर्माणको ऐतिहासिक सन्दर्भ, संविधान निर्माणको प्रक्रिया र संविधानको अपेक्षाका बारेमा समेत संक्षेपमा चर्चा गरिनेछ । ऐतिहासिक सन्दर्भ विसं २००४ को… पुरा पढौ

राजनीतिक संस्कारका धरोहर थिए सुवास (विचार)

काठमाडौं । नेपालको राष्ट्रिय राजनीतिमा छुट्टै संस्कार, छवि, पहिचान र प्रभाव बनाउनुभएका नेता सुवासचन्द्र नेम्वाङको निधनले देशलाई ठूलो क्षति भएको छ । विसं २००९ फागुन २८ गते इलाममा जन्मिनुभएका नेम्वाङको राजनीतिक प्रारम्भ २०२८ सालमा महेन्द्ररत्न बहुमुखी क्याम्पस, इलामको स्ववियु सभापतिमा निर्वाचित भएसँगै भएको हो । नेम्वाङ मन्त्री, सांसद, सभामुख र संविधानसभाको अध्यक्ष हुनुभयो । इलाम निर्वाचन क्षेत्र नम्बर २ बाट २०५६ सालदेखि निरन्तर निर्वाचित भएर उहाँले नेपालको राष्ट्रिय राजनीतिमा आफ्नो बलियो उपस्थिति देखाउन सक्षम बन्नु भएको छ । उहाँले आफूलाई… पुरा पढौ

स्वर्ण युगलाई नेपालले नै उपयोग गरिरहेको छ कि अरु कसैले ? चेतन अधिकारीकाे विचार

काठमाडौं, २३ भदाै । हिमाल पहाड तराईको सङ्गमस्थल नेपाल । पर्यटकीय दृष्टिकोण संसारकै अब्बलमध्येको एक देश नेपाल । सगरमाथादेखि केचनासम्मको देश नेपाल । यस्तो सुन्दर देशमा बस्ने नेपाली पनि सुन्दर हुने नै भए । त्यसमाथि हाम्रो देशको जनसङ्ख्याको बनावट यतिबेला झन् सुन्दर देखिन्छ । ‘कन्ट्री अफ युथ’ अर्थात् युवाको देश नेपाल भनिने नेपाल अहिले सुनौलो युगमा छ । तथापि स्वर्ण युगलाई नेपालले नै उपयोग गरिरहेको छ कि अरु कसैले ? अहिलेको अह प्रश्न हो यो । प्राकृतिक स्रोतको सीमितताका कारण… पुरा पढौ