विचार / वार्ता

गणतान्त्रिक संस्कार र आचरणको आवश्यकता (विचार)

काठमाडौं, १३ जेठ । नेपाल यतिबेला सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल भएको छ । विसं २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकले एक ऐतिहासिक प्रस्ताव पारित गरी राजतन्त्रको अन्त र गणतन्त्रको घोषणा गरिएको थियो । यसरी गणतन्त्र घोषणा गर्ने प्रस्ताव अन्तरिम संविधानबमोजिम संविधानसभामा पेस भएको थियो । कुल उपस्थित सदस्यमध्ये पक्षमा ५६० मत, विपक्षमा जम्मा चार मत र १२ अनुपस्थित भई भारी मतले पारित भएको गणतन्त्र आज १६ वर्षे बालिग भएको छ । अढाइ सय वर्ष पुरानो परम्परागत राजतन्त्रको विधिवत् अन्त… पुरा पढौ

आर्थिक वर्ष २०८१-०८२ को वजेट र सम्भावित कार्यदिशा (बिचार)

काठमाडौं, ९ जेठ । नेपालको वर्तमान अर्थतन्त्र बारे विभिन्न कोणबाट टिप्पणीहरु भईरहेका पाउछौं । सत्तामा बस्नेहरु सुधारोन्मुख छ चिन्ता लिनु नपर्ने धारणा व्यक्त गर्छन् । वित्तीय संस्थाहरु आफूसंग भएको मौज्दात रकम एकातर्फ चलायमान हुन नसक्दा वित्तीय अवस्था के हुने हो त्यसबारे चिन्ता व्यक्त गर्छन् भने कर्जा प्रवाह भइरहेको साँवाव्याज किस्ता तिर्ने अवस्थामा अझैं प्रगति हुन नसकेको भनिरहेका छन् । प्रत्यक दिन समाचारहरुमा प्रकाशित हुने लिलामी सूचना र कर्जा चुक्ता गर्न आउने सूचनाहरुले हालकाे आर्थिक चित्रण स्पष्ट हुन्छ । नेपाल राष्ट्र… पुरा पढौ

अर्थतन्त्र पुनःरुत्थानका लागि लगानीमैत्री बजेट आवश्यक (विचार)

काठमाडौं, ७ जेठ । औद्योगिक उत्पादनमा कमी र लगानीकर्ताको विश्वासमा कमीका कारण नेपालमा आर्थिक शिथिलता गहिरिँदै गएको छ । माग र लगानीको कमीले उद्योगहरु पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । यसका पछाडि सरकार तथा उपभोक्ताको खर्च मुख्य रहेको छ । विशेष गरी कोभिड–१९ महामारी र त्यसयता लिइएका केही नीतिगत व्यवस्थाका कारण समस्या गहिरिएको हो । साथै देशबाट युवा वर्गको उच्च मात्रामा भइरहेको पलायनले पनि मुख्य भूमिका खेलेको छ भन्न सकिन्छ । कलकारखाना पूर्ण क्षमतामा नचल्दा रोजगारी र समग्र आर्थिक… पुरा पढौ

यसकारण बढ्दैछन् ब्लड प्रेसरका विरामी ( डा. मिलन प्रकाश श्रेष्ठकाे बिचार )

काठमाडाैं, ४ जेठ । बढ्दो आधुनिकिकरण सँगै विश्वमा नयाँ नयाँ समस्या एवं राेगहरू उत्पत्ति हुँदै गएका छन् । समयको गतीसँगै कुनैबेला आक्कल झुक्कल मात्र देखिने ब्लड प्रेसरको समस्या अहिले प्रशस्तै देखिन थालेका छन् । कतिपय २० देखि ३० बर्षका जवानहरुमा पनि यो समस्याको लागि नियमित औषधि खानुपर्ने अवस्था देखिएको छ । ब्लडप्रेसरको कारण मध्ये करीव २ देखि ३ प्रतिशतको मात्रै प्रष्ट थाहा भएको छ । बाँकी ९७ प्रतिशतको कारण पत्ता लागेको छैन । बदलिँदो जीवन शैलीसँगै मानिसहरु विलासी भएको महसुस… पुरा पढौ

नेपाल-कोरिया सम्बन्ध सगरमाथा जस्तै उच्च रहोस् (कोरियाली राजदूत पार्क थेयङकाे विचार)

काठमाडौं, १ जेठ । ५० वर्षअघि सन् १९७४ मे १५ तारिखमा गणतन्त्र कोरिया र नेपालबीच कुटनीतिक सम्बन्ध स्थापना हुँदै गर्दा कोरियाले आर्थिक विकासका खातिर पसिना बगाइरहेको अवस्था थियो । त्यतिबेला हामीले भोगेका अनेकौं पिडादायी क्षणहरुभन्दा नेपालको अवस्था हाम्रोभन्दा सहज थियो भन्ने लाग्छ । कुटनीतिक सम्बन्ध स्थापित भएका हामी दूरीका हिसाबले चार हजार किलोमिटर टाढा रहेका छौँ । आज हामी दुई देशबीचको मित्रता, जनस्तरको सम्बन्ध, सांस्कृतिक समन्वय, विकास साझेदारी कार्यक्रम, रोजगारी समन्वय आदिले नयाँ उचाइ चुमेको छ । कुटनीतिक सम्बन्ध स्थापना… पुरा पढौ

झापा विद्रोहको यथार्थमाथिकाे लेखन: ‘२८ साल’ (पुस्तक समीक्षा)

काठमाडौं, ३१ वैशाख । इतिहासका घटनालाई आधार बनाएर नाटक, खण्डकाव्य, उपन्यास आदि साहित्यिक कृति लेखिने तथा चलचित्र निर्माण गरिने चलन कायमै छ । बालकृष्ण सम, डायमनशमशेर, भीमनिधि तिवारी, माधवप्रसाद घिमिरे, एसपी आशा, श्रीकृष्ण श्रेष्ठ, नारायण ढकाल, योगेशराज, निलम कार्की निहारिका, नगेन्द्र न्यौपाने, चन्द्रप्रकाश बानियाँ, केशव दाहाल, गोविन्दप्रसाद कुसुम, राजव, चिरञ्जीवी वाग्ले आदिले ‘अमरसिंह’, ‘सेतो बाघ’, ‘शिलान्यास’, ‘राष्ट्रनिर्माता’, ‘राजराजेश्वरी’, ‘जङ्गबहादुर’, ‘वृषभ वध’, ‘रणहार’, ‘योगमाया’, ‘दरबार बाहिरकी महारानी’, ‘महारानी’, ‘मोक्षभूमि’, ‘भृकुटी’, ‘क्रूर पृष्ठमा जो थिए’, ‘बहादुर शाह’ आदि उपन्यास, नाटक, काव्यकृतिमा इतिहासका… पुरा पढौ

नेतृत्वले जनविश्वास बढ्ने काम गर्नुपर्छ : सांसद गुरुङ

काठमाडौं, २६ वैशाख । मुलुकको वर्तमान संसदीय अभ्यासका सकारात्मक एवं नकारात्मक पक्ष छन् । नकारात्मक पक्षमा सुधारको ठूलो खाँचो छ । आगामी दिनमा सुधार्दै अघिबढ्नुपर्छ । राजनीतिलाई स्थायित्व प्रदान गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासलाई सुदृढ गर्दै देशलाई समृद्धितर्फको यात्रामा लैजानुपर्ने विषयमा केही ढिलासुस्ती र कमीकमजोरी भएको छ । राजनीतिक परिवर्तनपछि पनि जनअपेक्षाअनुरुप सुशासन कायम हुन भएको छैन । जनताले राज्यबाट प्रदान गरिने सेवासुविधा सहज रूपमा प्राप्त गर्न कठिनाइ अनुभव गरिरहेका छन् । कानुन निर्माणका निम्ति सरकार, संसद् र सांसदहरूको जति… पुरा पढौ

लैङ्गिक र समावेशी बजेटको खोजी (विचार)

काठमाडौं, २५ वैशाख । अहिले वैशाख महिना चलिरहेको छ । नेपालको संविधान २०७२ ले आगामी वर्षका लागि जेठ १५ भित्र सङ्घ, असार १ गतेभित्र प्रदेश र असार १० गतेभित्र स्थानीय तहको बजेट ल्याइसक्नुपर्ने मादण्ड तोकेको छ । त्यही मापदण्डअनुसार तीन तहकै सरकारले आउँदो आर्थिक वर्षका लागि नीति कार्यक्रम र बजेट बनाउन योजना तर्जुमाको काम सुरु गरेका छन् । सरकारहरुले कस्ता नीति कार्यक्रम ल्याउँदैछन् ? तिनका आधारमा कस्तो बजेट बनाउँदैछन् ? परम्परागत छन् कि केही फरक ? लैङ्गिक उत्तरदायी र समावेशी… पुरा पढौ

देखेकोभन्दा प्रवृत्तिगत भ्रष्टाचार खतरनाक हुन्छ : सांसद बडू (अन्तर्वार्ता)

काठमाडौं, २४ वैशाख । नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले राजनीतिक दलले चुनावी घोषणापत्रमा उल्लेख गरेको भ्रष्टाचारका प्रति शून्य सहनशीलताको नीति व्यवहारमा लागू गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । उनले निर्वाचनका बेलामा जनतासामु गरेको वाचाअनुरुप विकास, समृद्धि, भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवद्र्धनमा काम गर्न नसकेको प्रतिक्रिया दिए । पूर्व कानुन, न्याय तथा संसदीय मामिलामन्त्री बडूले भने, “आँखाले देखेकोभन्दा प्रवृत्तिगत भ्रष्टाचार ठूलो र खतरनाक हुन्छ ।” विसं २०३६ देखि बहुदलीय व्यवस्था पुनःस्थापनासम्म सक्रिय नेता बडू भारतको कुमायुँ विश्वविद्यालय नैनीतालअन्तर्गतको पिजीआई कलेज पिथौरागढमा नेपाली… पुरा पढौ

लगानी सम्मेलनले दिएकाे सन्देश

काठमाडौँ, १९ वैशाख । नेपालले लगानी सम्मेलनको आयोजना गरेको होटल सोल्टीको मञ्चमा आइतबार प्रमुख अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँसँगै बस्नुभएको थियो संसद्मा प्रमुख प्रतिपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवा । मञ्चमै थिए मुलुकको अर्थतन्त्रको इन्जिनका रुपमा रहेको निजी क्षेत्रका प्रतिनिधिहरू। अनि हालमा उपस्थित थिए सबै राजनीतिक दलका नेता, ५० भन्दा बढी देश तथा दातृ निकाय एवं राष्ट्रका सहभागी । यी सहभागी र प्रतिनिधिबीच नेपालको एउटै आवाज आयो, ‘नेपालमा लगानीको राम्रो वातावरण छ, लगानीका लागि… पुरा पढौ