अटाे 🚙

बिएमडब्ल्यूको वार्षिक आम्दानी १४२.६ अर्ब युरो

फ्रैङ्कफर्ट, जर्मनी, २६ फागुन । जर्मन कार निर्माण कम्पनी बीएमडब्ल्यूले सन् २०२२ मा वार्षिक मुनाफामा तीव्र वृद्धि भएको छ । आरामदायी गाडीको उच्च मूल्यले आपूर्ति शृङ्खला अवरोधको कारण आपूर्तिमा गिरावटको पूर्ति गर्न मद्दत पु¥याएको छ । म्युनिखस्थित समूहले गत वर्ष १८ अर्ब ६० करोड युरो (१९ अर्ब ६० करोड अमेरिकी डलर) खुद नाफा कमाएको थियो, जुन सन् २०२१ को तुलनामा ४९ प्रतिशतले बढी हो । समूहको आम्दानी २८ प्रतिशतले बढेर १४२.६ अर्ब युरो पुगेको छ । बीएमडब्लूले भनेको ‘ठोस’ आँकडा,… पुरा पढौ

लाइसेन्स छाप्ने ‘मास प्रिन्टर’ खरिदका लागि फेरि टेण्डर खुलाइने

काठमाडौं, २५ फागुन । यातायात व्यवस्था विभागले ठूलो क्षमताको छपाइ उपकरण (मास प्रिन्टर) खरिदका लागि पुनः बोलपत्र आह्वान गर्ने भएको छ । केही महिना पहिले बोलपत्र आह्वान गरिएकामा कसैको पनि आवेदन नपरेकाले पुनः खुलाउन लागिएको हो । मागअनुसारको प्रिन्टर किन्न कसैको पनि निवेदन नपरेको विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले जानकारी दिए । आवेदन परोस् भनेर बोलपत्र आह्वान गरिए पनि नपरेकाले पुनः खुलाउनु परेको उनले बताए । प्रवक्ता पनेरुले भने, “आवेदन किन परेन भन्ने हामीलाई पनि थाहा छैन ।” हाल सञ्चालनमा रहेको… पुरा पढौ

यातायात कार्यालयको सेवा बिहान ८ बजेदेखि सुरु गर्ने तयारी

देशभरिमा सेवाग्राहीको बढी चाप हुने यातायात कार्यालयमा पर्ने एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय, चालक अनुमतिपत्र कार्यालयले बिहान ८ बजेदेखि नै सेवा सुरु गर्ने तयारी गरेको छ । कार्यालयमा सधैँ कार्यालय समयभन्दा घण्टौँ पहिले नै सेवाग्राही लाममा हुने गरेकाले भीडभाड व्यवस्थापनका लागि बिहान चाँडै सेवा सुरु गर्ने योजना बनाइएको कार्यालयले जनाएको छ । बिहान ८ बजेदेखि खुल्दा सेवाग्राही लाममा बस्नु नपर्ने र उनीहरुले थोरै समयमा काम गरिसक्ने कार्यालयका प्रमुख राजकुमार कपालीले बताए। उनले भने, “लाममा बस्न नपरेपछि बिचौलियाले पनि ठग्न पाउँदैनन् ।… पुरा पढौ

७ महिनामा भित्रियो ७ अर्बभन्दा बढीको मोटरसाइकल र स्कुटर

काठमाडौं, २४ फागुन । चालु आर्थिक वर्षको शुरुवाती ७ महिनामा नेपालमा ७ अर्बभन्दा बढीको मोटरसाइलक तथा स्कुटर भित्रिएको छ । यो आँकडा अघिल्लो आर्थिक वर्षको तुलनामा ६३ प्रतिशत हाराहारीले कम हो । हालै भन्सार विभागले सार्वजनिक गरेको माघ मसान्तसम्मको वैदेशिक व्यापारको वित्तीय विवरण अनुसार यो अवधिमा गत वर्षको सोही अवधिको तुलनामा मोटरसाइकल तथा स्कुटर आयातमा ६२.४९ प्रतिशतले कमी आएको पाइएको छ । सार्वजनिक भएको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको माघ महिनासम्ममा ७ अर्ब ३३ करोड ६० लाख रुपैयाँ बराबरको मोटरसाइल… पुरा पढौ

सर्लाहीमा सञ्चालनमा आयो चार्जिङ स्टेशन

सर्लाही, २३ फागुन । पूर्व-पश्चिम लोकमार्गअन्तर्गत सर्लाहीको हरिवनमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको छ । विद्युतीय सवारीसाधनको सङ्ख्या बढेसँगै पहिलो चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको हो । ऊर्जा मन्त्रालयको स्वीकृतिमा विद्युत् प्राधिकरणले एक सय ४२ किलोवाट क्षमताको दुई प्रकारका चार्जिङ उपकरण जडान गरिएको हो । दिगो कम्पनीका इञ्जिनियर सुजित पौडेलले चार्जिङ स्टेशनमा जिबीटी र सिसीएम चार्जिङ उपकरण जडान गरिएको भन्दै पहिलो मेसिनबाट ठूला र व्यावसायिक गाडी र दोस्रो उपकरणबाट जीप, कारजस्ता साना सवारी चार्ज गर्न मिल्ने जानकारी दिए । नेपाल… पुरा पढौ

बजाजको पल्सर ‘पी-१५०’ नेपाल भित्रिदैं

काठमाडौं, २२ फागुन । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंशराज हुलास चन्द एण्ड कम्पनीले पल्सर पी १५० सिरिज नेपाल ल्याउने भएको छ । केही समय अघि बजाज कम्‍पनीले आफ्नो पल्सर १५० सिरिजको उत्पादन बन्द गरेर अब पल्सर पी १५० सिरिज अगाडि बढाउने बताए अनुसार भारतमा पल्सर १५० बिक्री वितरण हुँदै आएको छ । यसले उच्च माइलेज दिने र नयाँ आकर्षक डिजाइन भएकाले बन्द गरिएको पल्सरको ठाउँ लिने कम्पनीको अपेक्षा रहेको छ । यो मोटरसाइकल नेपाली नयाँ वर्ष २०८० लाई… पुरा पढौ

टाटा मोटर्सद्वारा ५० लाख थान कार उत्पादन पूरा

काठमाडौं, २१ फागुन । भारतीक कम्पनी टाटा मोटर्सले ५० लाख थान कार उत्पादन पूरा गरेको छ । ५० लाख थान कार उत्पादन भएको कोसेढुंगो तय गरेको खुसियालीमा कम्पनीले आफ्नो प्लान्टमा महिनौंसम्म विभिन्न उत्सव गर्ने जनाएको छ। सन् २०२१ यता टाटाले आफ्नो नयाँ मोडलहरुको उत्पादन बढाउँदै निरन्तर भारतको तेस्रो ठूलो उत्पादकको रुपमा आफूलाई स्थापित गर्दै आएको छ । यसबाहेक विगत ५/६ वर्षदेखि आफ्नो सवारीको बिक्री सङ्ख्यामा पनि निकै बढोत्तरी गर्दै आएको छ । सन् १९९१ बाट टाटाले कार उत्पादन शुरु गरेको… पुरा पढौ

‘स्मार्ट’ चालक अनुमतिपत्रमा समस्या, सेवाग्राही मर्कामा

काठमाडौं, २० फागुन। विधिमैत्री बनाउन ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण सुरु भए पनि प्रविधिका कारण सेवाग्राही समस्या भोग्न बाध्य छन् । अनुमतिपत्रमा भएका कतिपय सूचना यातायात व्यवस्था कार्यालयसँग फरक पर्ने गरेको छ । चालक अनुमतिपत्रसम्बन्धी सेवा पूर्णरूपमा प्रविधिमैत्री बन्न सकिरहेको छैन भने सुरु भएको सेवामा समेत समस्या देखिएको छ । दश वर्ष पुरानो अनुमतिपत्रमा विभिन्न समस्या रहेको यातायात व्यवस्था कार्यालय एकान्तकुनाका प्रमुख राजकुमार कपालीले बताए । “खासगरी पुरानो अनुमतिपत्रमा समस्या पाइएको छ, सर्भरका कारणले रेकर्ड बिग्रिएर यस्तो भएको हुनसक्छ”, उनले भने।… पुरा पढौ

विराटनगर महानगरपालिकाले नगर बस सञ्चालन गर्ने

विराटनगर, १९ फागुन । विराटनगर महानगरपालिकाले नगर क्षेत्रमा सिटी बस सञ्चालनमा ल्याउने भएको छ । महानगरको सडक र मोडमा कति यात्रु क्षमताका बस सञ्चालन गर्नु उपयुक्त्त हुन्छ भन्ने जानकारी लिन रुट परीक्षणसमेत गरिएको छ । महानगरकी कार्यबाहक प्रमुख शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालालगायत टोलीले यसबारे जानकारी लिएको थियो । महानगरले सिटी बस सञ्चालनका लागि कार्यपालिका बैठकबाट निर्णय गरिसकेको छ । लगानी बोर्डको सौजन्यमा महानगरले सिटी बस सञ्चालन गर्न लागेको कार्की बताउछिन्। “कुन–कुन रुटमा कति साइज र क्षमताका… पुरा पढौ

ट्राफिकद्वारा सडकमै सडक सुरक्षा सचेतना कार्यक्रम

काठमाडौं, १७ फागुन । ट्राफिक प्रहरीले सडकमै पुगेर सडक सुरक्षा सचेतना कार्यक्रम सञ्चालन गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानमा छ सय ८२ चालकसँग सडक सुरक्षा सचेतना कार्यक्रम सञ्चालन गरेको हो । कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले ट्राफिक प्रहरी कार्यालयमै बोलाएर कार्यक्रम गर्दा चालकको समय अभाव हुने भएकाले सडकै गएर सडक सुरक्षा सचेतना कक्षा सञ्चालन गरिएको जानकारी दिए। ट्राफिक प्रहरीले नयाँ बसपार्कमा एक सय ५०, बौद्धमा एक सय १९, नागढुङ्गामा ९२, न्युरोडमा ७०, सुकेधारामा… पुरा पढौ