अटाे 🚙

यात्री पी १ को २०२३ संस्करण आउँदै: रेन्ज बढ्ने, मूल्य नबढ्ने

काठमाडौं, १६ फागुन । नेपाली विद्युतीय मोटरसाइकल ब्राण्ड यात्रीले आफ्नो पी-१ मोडलको २०२३ संस्करण ल्याउने भएको छ । कम्पनीले यो मोटरसाइकला २०२१ को अन्तिम तिर सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो । अब भने कम्पनीले सोही पी-१ मोडललाई केही फिचर अपग्रेड गरेर बजारमा ल्याउने भएको हो । यसको मुख्य अपग्रेड एक पटकको चार्जमा यसले दिने रेन्जमा हुन लागेको बताइएको छ । यसअघि यो मोटरसाइकलले एक पटकको चार्जमा ११० किलोमिटर रेन्ज दिने गरेकोमा अब यसलाई बढाएर २०० किमि रेन्ज दिनेगरी ल्याउन… पुरा पढौ

७ महिनामा साढे ५ अर्बमाथिको विद्युतीय गाडी आयात

काठमाडौं, १५ फागुन । चालु आर्थिक वर्ष २०७९/८० को शुरुवाती ७ महिनामा नेपालमा साढे ५ अर्बभन्दा बढीको चारपाङ्ग्रे विद्युतीय सवारी साधन आयात भएको छ । विद्युतीय सवारी आयातबाट राज्यले यो अवधिमा १ अर्ब ५८ करोड ३६ लाख ३२ हजार राजस्व आम्दानी गरेको छ । भन्सार विभागले हालै अद्यावधिक गरेको आर्थिक वर्ष २०७९/८० को माघ मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार नेपालमा ५ अर्ब ६२ करोड ९९ लाख ८३ हजार रुपैयाँ बराबरका २ हजार ९ थान चारपाङ्ग्रे विद्युतीय सवारी भित्रिएका हुन् ।… पुरा पढौ

एक्सपल्सको ४०० सीसी संस्करणमा काम गर्दै ‘हिरो’

काठमाडौं । दुईपाङ्ग्रे सवारीका लागि चर्चित हिरो मोटोकर्पले आफ‍्नो एक्सपल्स सेगमेन्टको ४०० सीसी भेरियन्टमा काम गरिरहेको छ । हालै ‘इन्डियन नेशनल र्याली स्प्रिन्ट च्याम्पियनशिप’मा कम्पनीको नयाँ र्याली मोटरसाइकल देखिएको हो । उक्त ४०० सीसी सेग्मेन्टको च्याम्पियनशिपमा हिरोको नयाँ मोटरसाइक सहभागी भएको तस्बिर बाहिरिएपछि यस्तो आकलन गरिएको हो । उक्त मोटरसाइकल च्याम्पियनशिपको ४०० सीसीभन्दा माथिका मोटरसाइकल मात्र भाग लिन पाउने ए क्याटगोरीमा भाग लिएको र फ्याक्ट्री राइडले हालेको इन्टरनेटमा राखेको तस्बिर अनुसार यो मोटरसाइकलमा नयाँ इन्जिन तथा च्यासी देखिएको छ ।… पुरा पढौ

पोखराको यातायात व्यवस्थालाई प्रविधिमैत्री बनाइने

कास्की, १५ फागुन । देशकाे प्रमुख पर्यटकीय सहर पोखराको यातायात व्यवस्थालाई समयानुकूल परिमार्जित गरी प्रविधिमैत्री बनाइने भएको छ । पोखराको हरित यातायात प्रणाली विकास परियोजना र गणतन्त्र कोरियाको भूमि, पूर्वाधार र यातायात मन्त्रालयका प्रतिनिधिबीच यस सम्बन्धमा द्विपक्षीय सम्झौता भएको भएको हो । पोखराको अहिलेको यातायात व्यवस्थालाई प्रविधिमैत्री बनाउँदै हरियाली प्रवर्धन गर्ने सम्झौतामा उल्लेख छ । परियोजनाअन्तर्गत पोखराका ८४ बस रुटमा १ हजार २ सय ८६ स्थानमा बस बिसौनि निर्माण गरिनेछ । यस्तै ३ स्थानमा बस टर्मिनल बनाइनेछ । परियोजनाअन्तर्गत कोरियाले… पुरा पढौ

टिभिएसको पहिलो अन्तर्राष्ट्रिय एओजी राइड भारतमा

काठमाडौं, १४ फागुन । अपाचे ओनरस् ग्रुप (एओजी)को पहिलो अन्तर्राष्ट्रिय माक्र्यु राइडको बिहिबार बाट सुरुभएको छ । काठमाडौंको भृकुटीमण्डप स्थित नेपाल पर्यटन बोर्डको केन्द्रिय कार्यालयमा सम्पन्न भएको उद्घाटन कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मी र जगदम्बा मोटर्सका प्रमुख कार्यकारी अधिकृत दिपक कुमार अग्रवाल उपस्थित थिए। कार्यक्रमलाई सम्बोधन गर्दै रेग्मीले भने, “ यो कार्यक्रमले नेपालका विभिन्न पर्यटकीय गन्तव्यलाई भारतमा प्रवर्द्धन गर्ने र भारतीय राइडरहरुलाई नेपाल भ्रमण गर्न प्रोत्साहन गर्ने उद्देश्य राखेको छ । पर्यटन प्रवद्र्धनको यो अभिप्रायलाई मध्यनजर… पुरा पढौ

ट्रायलमा ७० अंकको व्यवस्थापछि उत्तिर्ण हुनेकाे संख्या बढ्याे

काठमाडौं, १४ फागुन । चालक अनुमतिपत्रका लागि लिइने प्रयोगात्मक परीक्षा (ट्रायल) मा ७० प्रतिशत ल्याउँदा पास हुने व्यवस्था लागू भएसँगै चालक अनुमतिपत्र पास हुनेको सङ्ख्या १० देखि २० प्रतिशतसम्म बढेको छ । बागमती प्रदेश सरकारले गरेको निर्णयका आधारमा काठमाडौं उपत्यकाका ४ वटै यातायात व्यवस्था कार्यालयले यो महिनाको सुरुदेखि नै ७० प्रतिशत ल्याउँदा पास हुने नियम लागू गराएका हुन् । नियम लागू भएपछि दुई पाङ्ग्रे सवारीसाधनमा २० प्रतिशतसम्म र ४ पाङ्ग्रेमा १० प्रतिशतसम्म पास हुने दर बढेको एकान्तकुनास्थित कार्यालयले जानकारी दिएको… पुरा पढौ

५ करोड लगानीमा खुल्यो ‘चितवन ड्राइभिङ स्कुल’

चितवन, १४ फागुन । सवारी चालक तालिम दिन आधुनिक सुविधासहित ‘चितवन ड्राइभिङ स्कुल’ सञ्चालनमा ल्याइएको छ । ५ करोडभन्दा बढीको लगानीमा चितवन ड्राइभिङ स्कुल प्रालिले भरतपुर महानगरपालिका–४ लङ्कुमा सो स्कुल शनिबारदेखि सञ्चालनमा ल्याएको हो । हालै बागमती प्रदेश यातायात व्यवस्था कार्यालयले चितवनबाट चालक अनुमतिपत्र (लाइसेन्स) वितरण प्रक्रिया सुरुआत गरेसँगै सो स्कुल सञ्चालनमा आएको जनाइएको छ । कार्यालयद्वारा जारी ‘सवारी चालक प्रशिक्षण केन्द्र सञ्चालन निर्देशिका, २०७४’ का अनुसार चितवनमा उक्त स्कुलले सञ्चालनको पहिलो अनुमति पाएको थियो । स्कुलमा फरक क्षमता (अपाङ्गता)… पुरा पढौ

निरन्तर उकालाे लाग्याे टेस्लाको सेयरमूल्य

काठमाडौं, १३ फागुन । टेस्लाको सेयरमूल्य निरन्तर उकालाे लागिरहेकाे छ । अमेरिकी कार निर्माता कम्पनी टेस्लाको सेयरमूल्य २०२३ को सुरुदेखि उकालाे लागेकाे हाे । यसले अहिले पनि निरन्तरता पाइरहेकाे छ । पछिल्लाे समयमा टेस्लाको सेयरमूल्य लगभग शतप्रतिशतले बढेको पाइएकाे छ। फेब्रुअरी महिनामा यसकाे प्रतिकित्ता सेयरमूल्य २०० डलर पुगेको छ । जनावरी महिनामा प्रतिकित्ता १०० डलरको हाराहारीमा रहेकाे थियाे । यस अघिकाे तथ्यलाइ हेर्ने हाे भने सन् २०२१ को नोभेम्बरमा सेयरमूल्य प्रतिकित्ता ४१४ डलर पुगेको थियो । त्यसपछि घटेकाे सेयरमूल्य १०१… पुरा पढौ

किन घट्यो दुईपाङ्ग्रे सवारीकाे आयात ?

काठमाडौं, १२ फागुन । चालु आर्थिक वर्षको शुरुवाती ७ महिनामा दुईपांग्रे सवारी साधन आयातमा उल्लेख्य कमी आएको छ । गत वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्ष २०७९/८० को माघ मसान्तसम्म मोटरसाइकल तथा स्कुटरको आयात ६३ प्रतिशतले घटेको पाइएको छ । भन्सार विभागले हालै अद्यावधिक गरेको ७ महिनाको वैदेशिक व्‍यापार विवरण अनुसार माघ मसान्तसम्म ७१ हजार २२५ थान मात्र दुईपांग्रे सवारी साधन नेपाल भित्रिएको छ । तुलनात्मक हिसाबले हेर्दा गत वर्षको सोही अवधिमा १ लाख ८९ हजार ९२७ थान यस्तो… पुरा पढौ

अब काठमाडौं उपत्यकामा सवारीको सीमा प्रति घन्टा ५० किमि

काठमाडौं, ११ फागुन । अबदेखि काठमाडौं उपत्यकामा प्रति घन्टा ५० किलोमिटर भन्दा बढीको गतिमा गाडी गुडाउन नपाइने भएको छ । ट्राफिक प्रहरी महाशाखाले आज एक सूचना जारी गर्दै यस्तो व्यवस्था लागू भएको जानकारी दिएको हो । यसबाट सामान्य हिसाबले सवारी चलाउने हरुलाई खासै असर पर्दैन भने सम्भाव्य सडक दुर्घटनाको जोखिम पनि कम गर्ने देखिन्छ । तर स्पोर्ट्स मोटरसाइकल तथा अन्य धेरै सीसीमा मोटरसाइकल भएकाहरुलाई भने यो नियमले खिन्न बनाउने निश्चित छ । केही समय अघिदेखि प्रहरीले चक्रपथलगायत बढी गतिमा सवारी… पुरा पढौ