अटाे 🚙

८ महिनामा पाँच लाख ६१ हजार सवारीसाधन कारबाहीमा

काठमाडौं, ७ चैत । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने पाँच लाख ६१ हजार तीन सय ७५ सवारीसाधन कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा ट्राफिक नियम उल्लङ्घन गरेको अभियोगमा उक्त सवारीसाधनलाई कारबाही गरेको हो । कार्यालयका अनुसार सबैभन्दा बढी सवारी अड्याउन निषेध गरेको ठाउँमा सवारी राखेको कसुरमा ८८ हजार चार सय ७२ सवारीसाधन कारबाहीमा परेका छन् । यस्तै बढी भाडा लिने दुई हजार एक सय ९०, सवारीचालक अनुमतिपत्र प्राप्त नगरेका ३६ हजार… पुरा पढौ

रोयल एन्फिल्डले नक्सालमा खोल्यो अन्तरराष्ट्रिय स्तरको शोरुम

काठमाडौं, ७ चैत । रोयल एन्फिल्ड मोटरसाइकलको नयाँ शोरुम नक्सालमा खुलेको छ । त्रिवेणी ग्रुप अन्तर्गको अल्फा अटोमोबाइल्सले काठमाडौंको नक्साल नारायणचौरमा रोयल इनफिल्डको अन्तर्राष्ट्रिय स्तरको शोरुम हालै सञ्चालनमा ल्याएको हो । कम्पनीले हालै सञ्चालनमा ल्याएको रोयल एन्फिल्ड मोटरसाइकलको उक्त शोरुम ‘बाइकर्स होम’ अवधारणमा निर्माण भएको कम्पनीले जनाएको छ । कम्पनीको यो पहिलो प्रिमियम शोरुम त्रिवेणी ग्रुपका अध्यक्ष पुरुशोत्तम लाल संघाइले उदघाटन गरेका हुन् । यो शोरुम २ वटा तलामा रहेको छ । माथिल्लो तल्लामा मोटरसाइकल बिक्री कक्ष राखिएको छ भने… पुरा पढौ

कर्णाली प्रदेशमा इलेक्ट्रिक चार्जिङ स्टेशन

सुर्खेत, ५ चैत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित सिटी बसपार्कमा रहेको कर्णाली प्रदेशको एकमात्र इलेक्ट्रिक चार्जिङ स्टेशन । पछिल्लो समय वीरेन्द्रनगरमा इलेक्ट्रोनिक सवारीसाधनको सङ्ख्या बढेको छ । तस्बिरः सुरेश आचार्य-रासस पुरा पढौ

सुदूरपश्चिममा सवारी दुर्घटनाबाट ३ वर्षमा ५ सय बढीको मृत्यु

बैतडी, ५ चैत । सुदूरपश्चिम प्रदेशमा बर्सेनि सवारी दुर्घटना बढ्दै गएको छ ।  यसबाट ठूलो जनधनको क्षति हुने गरेको छ । ट्राफिक प्रहरीले आफ्नो सक्रियता बढाएको भनी दावी गरे पनि प्रदेशका ९ वटै जिल्लामा सवारी दुर्घटनामा भने कमी आउन सकेको छैन । विगत ३ वर्षयता यहाँ १ हजार २ सय ४६ सवारी दुर्घटना भएका सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।  दुर्घटनामा परेर ज्यान गुमाउनेको सङ्ख्या पनि बढेको देखिएको छ । उक्त सवारी दुर्घटनामा परेर यहाँ ५ सय… पुरा पढौ

काठमाडौं महानगरपालिकालाई सार्वजनिक बस व्यवस्थापनमा सकस

काठमाडौं, ४ चैत । मुलुकको सङ्घीय राजधानीमा रहेको काठमाडौँ महानगरपालिकालाई बस व्यवस्थापनमा सकस परेको छ । देशका अधिकांश जिल्लाबाट यात्रु बोकेर काठमाडौँ आउने सार्वजनिक यातायातलाई व्यवस्थापन गर्नका लागि गोङ्गबुस्थित नयाँबसपार्क र पुरानो बसपार्क सञ्चालनमा आए पनि सार्वजनिक बस बसपार्कभित्र छिर्न नमान्दा बस व्यवस्थापनमा सकस भएको हो । पुरानो बसपार्क भने अहिले सञ्चालनमा आएको छैन । काठमाडौँ उपत्यकाभित्र प्रवेश गर्ने सार्वजनिक सवारी साधनलाई व्यवस्थित तथा पार्किङ गर्नका लागि काठमाडौँ महानगरपालिकाले विसं २०५६ मा ल्होत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरी नयाँ बसपार्क सञ्चालनमा… पुरा पढौ

सेगवेको नयाँ स्कुटर सार्वजनिक

काठमाडौं, ३ चैत । सेगवेले आफ्नो नयाँ मोडलको स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले सेगवे ई-३०० एसई प्रिमियम नामको नयाँ इलेक्ट्रिक स्कुटर अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक गरेको हो । १२५ सीसी बराबरको क्षमता भएको यो विद्युतीय स्कुटरले आकर्षक रेन्ज प्रदान गर्ने कम्पनीङ्को दावी छ । यो स्कुटर कम्पनीको यसअघि आएका ई-११० र ई-१२५ मोडलहरुभन्दा अब्बल स्तरको रहेको छ । यो नयाँ स्कुटरलाई मोपेडका रुपमा वर्गीकरण गरिएकाले मोपेडको लाइसेन्स मात्र हुनेले पनि यसलाई चलाउन सक्छन् । कम्पनीले यसमा हब माउन्टेड इलेक्ट्रिक मोटर… पुरा पढौ

होण्डाले सार्वजनिक गर्यो १०० सीसीको साइन मोटरसाइकल

काठमाडौं, २ चैत । होन्डा इन्डियाले आफ्नो साइन मोटरसाइकलको १०० सीसी संस्करण सार्वजनिक गरेको छ । कम्पनी सिधा प्रतिस्पर्धा हिरो स्प्लेन्डरको १०० सीसी मोटरसाइकलसँग गर्ने गरी यसलाई सार्वजनिक गरेको हो । यो संस्करणको मूल्य होन्डाले भारु ६४ हजार ९ सय तोकेको छ । होन्डा साइन १०० को भारतीय बजारमा आजदेखि बुकिङ खुला गरिएको छ । कम्पनीले बुकिङ गर्नेलाई आगामी मे महिनादेखि डेलिभरी दिन थाल्ने जनाएको छ । साइनको नयाँ १०० सीसी इन्जिनले ८ हर्सपावर तथा ८.५ एनएम टर्क जेनेरेट गर्ने… पुरा पढौ

दुगड ग्रुपले भित्र्यायो ‘गेसिट्स’ ब्राण्डको इलेक्ट्रिक स्कुटर

काठमाडौं, ३० फागुन । नेपालमा गेसिट्स ब्राण्‍डको इण्डोनेसियाली इलेक्ट्रिक स्कुटर भित्रिएको छ । यसलाई दुगड ग्रुप अन्तर्गतको विवेक अटोमोबाइल्सले नेपालमा सार्वजनिक गरेको हो । नेपालमा उपलब्ध मोनोशक सस्पेन्सन भएको पहिलो दावी गरिएको यो इलेक्ट्रिक स्कुटर कम्पनीको नक्साल शोरुममा नेपाल विद्युत प्राधिकरणका महानिर्देशक कुलमान घिसिंङले हालै सार्वजनिक गरेका हुन् । नेपालमा यो ब्राण्डको गेसिट्स जी १ र राया जी गरी दुई मोडलमध्ये जी १ मात्र उपलब्ध गराइएको छ । यसमा २ किलोवाट क्षमताको मोटर रहेको छ भने यसले ६.७ हर्सपावर तथा… पुरा पढौ

लुम्बिनीमा २ बर्षदेखि विद्युतीय सवारीहरु अलपत्र

लुम्बिनी २७, फागुन । बुद्ध जन्मस्थल लुम्बिनीस्थित लुम्बिनी विकास कोषको केन्द्रीय कार्यालय परिसर बाहिर पार्किङमा दुई वर्षभन्दा बढी समयदेखि बस र भ्यान राखिएका छन् । ती बस र भ्यान जो कोहिले पनि देख्दा निक्कै आकर्षक छन् । अत्याधुनिक सेवा सुविधासहितका ती विद्युतीय (बिजुली बस) सवारी विगत दुई वर्षभन्दा बढी समयदेखि यत्तिकै अलपत्रजस्तै बनेका छन् । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्ध जन्मस्थल लुम्बिनी र बुद्धस्थल तिलौराकोट, रामग्राम र देवदहसँगलगायतका बुद्धसँग सम्बन्धित क्षेत्रलाई जोड्न र ती क्षेत्रमा पर्यटक आवतजावत सहज बनाउन विदेशी… पुरा पढौ

सुजुकीका ‘द ग्राण्ड भिटारा’ र नयाँ ‘ब्रेजा’ गाडी सार्वजनिक

काठमाडौं, २६ फागुन । सुजुकी ब्राण्डका दुई नयाँ एसयूभि “द ग्राण्ड भिटारा” र नयाँ “ब्रेजा” गाडी पोखरामा सार्वजनिक गरिएको छ । नेपालका लागि सुजुकी ब्राण्डका चारपाङ्ग्रे गाडीको गण्डकी, धौलागिरीको आधिकारीक वितरक बतास ब्रदर्स प्रा.लि.ले शुक्रबार नयाँजबारस्थित सोरुममा पत्रकार सम्मेलन आयोजना गरी गाडीलाई सार्वजनिक गरेको हो । समारोहका प्रमुख अतिथि पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एशोसिएशनका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ तथा विशेष अतिथि गण्डकी यातायात कार्यालयका प्रमुख डिल्लिराम रिजालले सार्वजनिक गरेका हुन् । कर्याक्रममा दुबै गाडीको मूल्य पनि सार्वजनिक गरिएको छ । शुभारम्भको… पुरा पढौ