काठमाडौं, २ असोज । हिरो मोटोकर्पले आफ्नो पहिलो विद्युतीय स्कुटर आउँदो महिना सार्वजनिक गर्ने भएको छ । भारतीय ब्राण्ड हिरो मोटोकर्पले ल्याउन लागेको विद्युतीय स्कुटरको भिडा नामको सहायक ब्राण्ड मार्फत आउने भएको हो । प्राप्त जानकारी अनुसार कम्पनीले अक्टोबर ७ मा भिडा ब्राण्डको पहिलो स्कुटर सार्वजनिक गर्नेछ । हिरोले यसै वर्ष भिडा, भिडा मोटोकर्प, भिडा ईभी, भिडा इलेक्ट्रीक, भिडा स्कुटर र भिडा मोटरसाइकलको नाममा पेटेन्ट दर्ता गरेको थियो । हालै मात्र हिरो मोटोकर्पले हिरो इलेक्ट्रिकको नामको लागि लामो समयदेखि अड्किएको…
पुरा पढौ