अटाे 🚙

टीभीएसको चाडपर्वलक्षित ‘कायापलट’ अफर

काठमाडौं, २१ भदौ । टीभीएस मोटररसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले चाडपर्वलक्षित 'कायापलट' अफर सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत २० प्रतिशत डाउन पेमेन्ट वा ४२०० रुपैयाँ मासिक किस्तामा मोटरसाइकल र स्कुटर किन्न पाइने कम्पनीले जनाएको छ । यसबाहेक टीभीएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा पाँच पटकसम्म आकर्षक उपहार जित्न सक्ने सुविधा पनि यो अफरमा समावेश छ । भदौ २० गते सोमबारबाट सुरु भएको यो योजनामा मोटरसाइकल किन्ने ग्राहकले कम्पनीको वेबसाइटमा लगइन गरेर १ लाखसम्म र मोटरसाइकल खरिद… पुरा पढौ

चार्जिङ स्टेसनको जानकारी दिने ‘एनईए चार्ज’ मोबाइल एप सार्वजनिक

काठमाडौं, २० भदौ । नेपाल विद्युत् प्राधिकरणको ‘एनईए चार्ज’ मोबाइल एप सार्वजनिक भएको छ । यो एपमार्फत् विद्युतीय सवारीधनीहरुले चार्ज गर्नका लागि चार्जिङ स्टेसन कहाँ उपलब्ध छ भनेर जानकारी पाउन सक्छन् । प्राधिकरणले केही दिनअघि रत्नपार्कस्थित आफ्नै कार्यालय हातामा नयाँ चार्जिङ्ग स्टेशन सञ्चालनमा ल्याएको थियो । विद्युतीय सवारी धनीहरुलाई सहज होस् भन्ने हिसाबले स्थानमा ठाउँमा रहेका चार्जिङ स्टेसनहरुको जानकारीका लागि यो एप सञ्चालनमा ल्याएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका कार्यकारी अध्यक्ष कुलमान घिसिङका अनुसार यस्ता चार्जिङ स्टेशनमा मानिस नहुने र… पुरा पढौ

मोटरहेडको ‘४ को चमत्कार, बाइक पनि बचत पनि’ अफर

काठमाडौं, १९ भदौ मोटरहेडको ‘४ को चमत्कार, बाइक पनि बचत पनि’ अफर सार्वजनिक भएको छ । नेपालका लागि मोटरहेड ब्रान्डको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेडले चाडपर्वको अवसर पारेर उक्त अफर सार्वजनिक गरेको हो । कम्पनीका अनुसार यो अफर आज भाद्र १९ देखि शुरु हुने र आगामी कात्तिक १५ सम्म लागू हुनेछ । अफर अनुसार कम्पनीले मोटरहेड ब्रान्डका बाइक खरिद गर्ने ग्राहकहरुलाई स्क्रयाच कार्ड मार्फत ७ हजार ९ सय देखि १ लाख रुपैयाँ सम्म जित्न सकिने तथा बम्परमा १ जना… पुरा पढौ

अब चालकसहित विद्युतीय गाडी भाडामा पाइने

काठमाडौं, १६ भदौ । विद्युतीय सवारी बिक्रेता दिगो ग्रुप अन्तर्गतको ‘सृबिट’ कम्पनीले चालकसहित विद्युतीय गाडी भाडामा उपलब्ध गराउन थालेको छ । कम्पनीले चालकसहित र आफैँ चलाउनेको लागि छुट्टाछुट्टै प्याकेजसहित भाडामा गाडी उपलब्ध गराउँदै आएको छ । चालकसहित गाडी चाहिनेले भ्याटसहित ४ हजार रुपैयाँ तिरेर एक दिनको लागि कार भाडामा लिन सक्ने कम्पनीले जनाएको छ । ४ हजार रुपैयाँमा ८ घण्टाको लागि मात्र गाडी उपलब्ध हुने र ८ घण्टाभन्दा माथि प्रयोग गर्नुपरेमा प्रतिघण्टा ३५० थपिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार… पुरा पढौ

अब मोटरसाइकलमा मोबाइल होल्डर राखेर चलाए कारबाही

काठमाडौं, १५ भदौ । अब दुईपाङ्ग्रे सवारीसाधनमा मोबाइल ‘होल्डर’ अथवा मोबाइल ‘स्ट्यान्ड’ राखेर चलाएको खण्डमा कारबाही हुने भएको छ । महानगरीय ट्राफिक महाशाखाका अनुसार मोटरसाइकल कम्पनीबाट बनेर आएको भन्दा बाहेक पाटपूर्जा परिवर्तन गर्नेर थप्ने क्रम बढेको र यो नियम विपरीत भएकोले कारबाही गर्ने निर्णय भएको हो । अहिले राइड सेवा दिने दुईपाङ्ग्रे सवारीसाधनले विभिन्न किसिमका मोबाइल स्ट्यान्ड राख्दै सेवा दिँदै आएका छन् । यसबाहेक भ्लग बनाउने हिसाबले पनि युवा वर्गमा मोटरसाइकलमा मोबाइल होल्डर तथा क्यामरा होल्डर राख्ने चलन बढेको छ… पुरा पढौ

नेपाली विद्युतीय मोटरसाइकल कम्पनी यात्रीले माग्यो २५ कर्मचारी

काठमाडौं, १५ भदौ । नेपाली विद्युतीय मोटठरसाइकल उत्पादक कम्पनी यात्रीले उत्पादनलाई आक्रमक रुपले अगाडि बढाउने भएको छ । यसका लागि कम्पनीले हालै २५ जना कर्मचारीका लागि दरखास्त खुलाएको छ । नेपालमै विद्युतीय मोटरसाइकल उत्पादन गर्ने कम्पनी यात्री स्टुडियोले इन्जिनियर, टेक्निसियन, म्यानेजर, फाइनान्स हेड जस्ता २५ जनाका लागि दरखास्त आह्वान गरेको हो । कम्पनीका अनुसार इच्छुक र विभिन्न पदका लागि योग्यता भएकाहरुले कम्पनीको आधिकारिक वेवसाइटमा गएर आवेदन दिन सक्नेछन् ।२०१९ मा पहिलो पटक यात्री ‘पी-०’ को प्रोटोटाइप सार्वजनिक गरेको कम्पनीले त्यसपपछि… पुरा पढौ

सेगवेको ‘दशैं तिहार सेगवेको साथ, उपहार ७’ योजना

काठमाडौं, १४ भदौ । आइ हब प्रालिले ‘दशैं तिहार सेगवेको साथ, उपहार ७’ नामक स्कीम ल्याएको हो । आइ हब सेगवे विद्युतीय मोटरसाइकलको नेपाललका लागि आधिकारिक बिक्रेता कम्पनी हो भने यसले नाइनवटका दुई प्रिमियम इलेक्ट्रीक स्कुटर ई १०० र ई १२५ नेपाली बजारमा बिक्री गर्दै आएको छ । यो योजना अन्तर्गत ग्राहकले सेगवेका स्कुटर खरिद गर्दा स्मार्ट ब्यान्ड, १० हजार नगद छुट, एक वर्षको इन्स्योरेन्स र वार्षिक कर उपहारमा पाउन सक्नेछन् । यसका साथै लक्की ड्रमार्फत सेगवेका किक स्कुटर, स्मार्ट… पुरा पढौ

साेमबार मात्रै ३ हजार बढी सवारीचालक परे कारबाहीमा

काठमाडौं, १४ भदाै । उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियमको उल्लङ्घन गर्ने ३ हजार १ सय १६ जनालाई कारबाही गरेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँको विभिन्न स्थानमा सोमबार गरेको जाँचका क्रममा ती सवारी चालक कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार कारबाहीम पर्नेमा मादकपदार्थ सेवन गरी सवारी चलाउने एक सय ७६, लेन मिचेर सवारी चलाउने एक सय १७, रातो बत्तीको पालना नगर्ने दुई सय ३०, हर्न निषेध क्षेत्रमा हर्न बजाउने तीन सय १२, नम्बर प्लेट नबुझिने तथा स्वरुप परिवर्तन… पुरा पढौ

हिरोले ल्यायाे ‘आहा दशैं चाडपर्वको उमङ्ग, हिरो चढी दंङ्ग’ योजना

काठमाडौं, १३ भदौ । नेपालका लागि हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ्ग प्रालीले बडा दशैं २०७९ को उपलक्ष्यमा 'आहा दशैं चाडपर्वको उमङ्ग, हिरो चढी दंङ्ग' भन्ने नयाँ योजना ल्याएको छ । यस योजना अन्तर्गत हिरो मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकले ७ हजार ५ सय पक्का डिस्काउन्ट तथा स्क्रयाच कार्ड मार्फत १ लाखसम्म पाउन सक्ने र बम्पर लक्की ड्र मार्फत एक जनाले १ लाख नगद पाउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सबै सेग्मेन्टका हिरो मोटरसाइकल तथा स्कुटर शून्य प्रतिशत… पुरा पढौ

विश्वकै सबैभन्दा सानो विद्युतीय सवारी चार्जर नेपालमा उपलब्ध

काठमाडौं, १३ भदौ । विश्वकै सबैभन्दा सानो र स्मार्ट इलेक्ट्रिक भेहिकल चार्जर अर्थात विद्युतीय सवारी चार्जर नेपाली बजारमा उपलब्ध भएको छ । एमजी मोटर्स नेपालका लागि आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्रा।लि।ले नेपालमा पहिलो पटक विश्वको सबैभन्दा सानो स्मार्ट इलेक्ट्रिक भेहिकल चार्जर सार्वजनिक गरेको हो । ईओ चार्जिङ नाम गरेको यो चार्जर विशेष गरी विश्वभरिका ऊर्जा सचेत विद्युतीय सवारी प्रयोगकर्ताका लागि डिजाइन गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ईओ चार्जिङ (ईओ) ब्रिटिश प्रदायकको बिजुलीबाट चल्ने सवारी साधनको प्राविधिक रुपमा सक्षम… पुरा पढौ