अटाे 🚙

उपत्यकाबाट बाहिरिने गाडीको यान्त्रिक परीक्षण अनिवार्य

काठमाडौं, ९ असोज । आजदेखि काठमाडौं उपत्यकाबाट बाहिरिने गाडीहरुको परीक्षण अनिवार्य गरिएको छ । सरकारले दसैंको समयमा सम्भावित दुर्घटना रोक्ने उद्देश्यले उपत्यकाबाहट बाहिरिने लामो तथा छोटो दूरीका गाडीङ्को यान्त्रिक परीक्षण अनिवार्य गरेको हो । रुट परमिट लिने बेला यान्त्रिक परीक्षण अनिवार्य गरिएको गृह मन्त्रालयको भनाइ छ । यान्त्रिक परीक्षणको व्यवस्थापन सम्बन्धित सवारी साधनको आधिकारिक बिक्रेता, ट्राफिक प्रहरी र यातायात व्यवस्था विभाग र यातायात व्यवसायीहरुको समन्वयमा हुने मन्त्रालयले जनाएको छ । विशेषगरी चाडपर्वका बेला उपत्यका बाहिर जाने गाडीहरुमा अत्यधिक यात्रु हुने… पुरा पढौ

लिलाम नहुँदा भन्सारमा थन्किए करोडौँका गाडी

बेदकोट, ८ असोज । चोरी, तस्करी तथा विभिन्न घटनामा बरामद गरिएका सवारीसाधन चार वर्षयता कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा थन्किएका छन् । लिलाम गर्न ढिलाइ हुँदा गाडी भन्सार कार्यालयमै जीर्ण हुँदै गएका छन् । विगतमा कोरोना महामारीका कारण लिलाम प्रक्रिया अगाडि बढ्न सकेको थिएन । कञ्चनपुर भन्सार कार्यालयमा करिब चार सयको सङ्ख्यामा दुईपाङ्ग्रे र २० वटा चारपाङ्ग्रे सवारी तथा ढुवानी साधन छन् । जिल्लाका विभिन्न क्षेत्रबाट चोरी–पैठारी, भारतीय नम्बरको गाडीमा नेपाली नम्बर राखेकालगायतका सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाउने गरेको छ… पुरा पढौ

नाडा ईभी चौतारी : इन्धनबाट चल्ने सवारीसाधनलाई विद्युतीयमा रुपान्तरण गर्नुपर्नेमा जोड

काठमाडौं, ८ असोज । नेपालमा इन्धनबाट चल्ने सवारीसाधनलाई विद्युतीयमा रुपान्तरण गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । नेपालमा विद्युतीय सवारीलाई प्रोत्साहान र प्रवद्र्धन गर्न नाडा ईभी अटोमा आयोजना भएको ईभी चौतारी छलफलमा बोल्दै विज्ञहरुले विद्युतीय सवारीमा रुपन्तरण गर्नुपर्ने बताएका हुन्। सिप्रदी प्रालिका ईभी ट्रेनिङ हेड दिपेश पौडेलले नेपालमा विद्युतीय सवारीसाधन भित्रिदै गर्दा धेरै प्राविधिक अन्योलता देखिएको बताए । ‘टेक्निसियन वा सवारीधनीले इन्जिनमा आधारित भएर काम गरिरहेको मान्छे इलेक्ट्रिक तर्फ मोडिनुपर्दा प्रविधिक रुपमा कठिनाई व्यहोर्नुपरिरहेको छ’ पौडेलले भने । अन्य देशबाट इन्धनबाट… पुरा पढौ

नाडा इभि चौतारीमा आज ‘प्रविधि र इकोसिस्टम’ का बारेमा छलफल हुने

काठमाडौं, ७ असोज । बिहीबारदेखि शुरु ‘नाडा इभि एक्स्पो २०२२’ को 'नाडा इभि चौतारी' मा आज विद्युतीय सवारीका प्रविधि र इकोसिस्टमका बारेमा छलफल हुने भएको छ । नेपाल अटोमोबाइल डिलर्स एसोसियशन नाडाले बेला ‘नाडा इभि एक्स्पो २०२२’ चलिरहँदा दैनिक दिउँसो २ बजेदेखि ४ बजेसम्म नाडा इभि चौतारी सेमिनार गर्न लागेको हो । यो सेमिनार यूएसएआईडीको सहकार्यमा सञ्चालन हुने आयोजकले जनाएको छ । आजदेखि ९ गतेसम्म चल्ने सेमिनारमा प्रत्येक दिन अलग अलग विषयमा विज्ञहरुद्वारा छलफल हुने तालिका अनुसार आजको चौतारीको विषय… पुरा पढौ

छिटो लाइसेन्स लिन अब अनलाइन आवेदन दिन सकिने

काठमाडौं, ७ असोज । छिटो लाइसेन्स लिनका लागि अब अनलाइन आवेदन दिन सकिने भएकाे छ । यातायात व्यवस्था विभागले वैदेशिक रोजगारी र पढाईका लागि विदेश जानेहरुका लागि छिटो लाइसेन्स प्रिन्ट हुने व्यवस्था मिलाएको हाे । विभागले आज असोज ७ गतेदेखि लागू हुनेगरी अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपाली नागरिक, सेना नेपाल प्रहरी गैर आवासीय नेपाली नागरिकका लागि लाइसेन्स शीघ्र प्रिन्ट गराउनु परेमा अनलाइनमार्फत आवेदन दिने व्यवस्था मिलाएको बताएकाे छ । विभागले गत भदौ ३१ गते सार्वजनिक सूचना निकालेर आज… पुरा पढौ

इभिलाई मात्रै प्राथमिकतामा राखेर नीति बन्दैछ : अर्थमन्त्री शर्मा

काठमाडौं, ६ असोज । अर्थमन्त्री जनार्दन शर्माले केही वर्षमा विश्व ग्रीन हाइड्रोजनबाट चल्ने गाडीको युगमा जाने बताएका छन् । आजबाट शुरु भएको नाडा इभि एक्स्पो २०२२ को उद्घाटनका क्रममा मन्त्री शर्माले अब पेट्रोलियम इन्धनको युग समाप्त भएकोले हामीहरु पनि केही वर्षपछि हाइड्रोजन गाडीको युगमा प्रवेश गर्न तयार हुनुपर्ने बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथि शर्माले डिजेल र पेट्रोलको युग समाप्त भएकाले इभिमा अगाडि बढ्दै बिस्तारै हाइड्रोजन इन्धनयुक्त सवारीतर्फ उन्मुख हुने तयारी गर्न नाडालाई आग्रहसमेत गरे । पेट्रोल इन्धनयुक्त गाडीलाई छोडेर… पुरा पढौ

४० हजारले अवलोकन गर्ने अपेक्षासहित ‘नाडा इभि एक्स्पो २०२२’ शुरु

काठमाडौं, ६ असोज । ‘नाडा इभि एक्स्पो २०२२’ आजबाट भृकुटीमण्डपमा शुरु भएको छ । एक्स्पोको उद्घाटन अर्थमन्त्री जनार्दन शर्माले गरेका हुन् । नाडाले प्रत्येक वर्ष गर्दै आइरहेको अटो एक्स्पोकाे यो संस्करणमा पहिलोपटक विद्युतीय सवारीमात्र समेटेर आयोजना गरिएको हो । सन् १९९८ देखि नै नेपालमा नाडा अटो शो आयोजना हुँदै आएको छ । नाडाका अध्यक्ष ध्रुव थापाले स्वागत मन्तव्य राख्दै आर्थिक वर्ष २०७८/७९ मा अटोमोबाइल क्षेत्रले सरकारलाई ९० अर्बभन्दा बढी राजस्व तिरेको बताए । देशको कुल राजस्वमा २५ प्रतिशतको योगदान पुर्याउने… पुरा पढौ

नाडा इभि एक्स्पोमा ‘इभि चौतारी सेमिनार’ हुने

काठमाडौं, ५ असोज । 'नाडा इभि एक्स्पो २०२२' का बेला दैनिक दिउँसो २ बजेदेखि ५ बजेसम्म नाडा इभि चौतारी सेमिनार सञ्चालन हुने भएको छ । यो सेमिनार नाडाले यूएसएआईडीको सहकार्यमा सञ्चालन गर्ने बताइएको छ । नेपाल अटोमोबाइल डिलर्स एसोसियशन नाडाले यही असोज ७ देखि ९ गतेसम्म आयोजना गर्ने 'नाडा इभि एक्स्पो २०२२' चलिरहँदा नाडा इभि चौतारी सेमिनार पनि सञ्चालन हुने नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले जानकारी दिएका छन् । नाडा इभि चौतारी सेमिनार विशुद्ध विद्युतीय सवारी, ऊर्जा, सरकारी नीति, विद्युतीय सवारी… पुरा पढौ

यस्ताे छ नाडा ईभी एक्सपोमा नबिल बैंकको इलेक्ट्रिक गाडी कर्जा सम्बन्धी विशेष योजना

काठमाडौं, ४ असाेज । नबिल बैंकले चाडपर्वकाे अवसर पारेर इलेक्ट्रिक गाडीकाे कर्जा सम्बन्धी विशेष योजना ल्याएको छ।  बैंकले याे याेजना अनुसारकाे सुविधा नाडा ईभी एक्सपो-२०२२ मा उपलव्ध गराउने भएकाे छ । नाडाले असोज ६ गतेदेखि असोज ९ गतेसम्म काठमाडौंस्थित भृकुटीमण्डपमा आयोजना गर्न लागेकाे छ । बैंक नाडा ईभी एक्सपो–२०२२ मा सहभागी भएर ग्राहकका लागि निःशुल्क क्रेडिट कार्ड र विशेष छुट दिने भएकाे छ। बैंकले वातावरण तथा दिगो विकासका लागि विद्युतीय सवारीसाधनको आवश्यकता रहेको बताउँदै विशेष छुटकाे अफर ल्याएकाे बताएकाे छ… पुरा पढौ

ट्राफिक प्रहरीले चाडपर्व लक्षित विशेष जाँच गर्दै

काठमाडौं, ४ असोज । ट्राफिक प्रहरीले चाडपर्वमा लामो दूरीका सवारीसाधनलाई लक्षित गरी उपत्यकाका सबै नाकामा विशेष जाँच गर्ने भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले चाडपर्वको अवसरमा सवारी साधनबाट हुनसक्ने ठगी र यात्रुलाई सहजै गन्तव्यस्थलसम्म पुग्ने वातावरण निर्माण गर्न नाकाहरूमा विशेष ‘चेकिङ’को व्यवस्था गर्न लागेको हो । कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले थानकोट, नागढुङ्गा, जगाति, फर्पिङ, बाइपास, बालाजुलगायतका स्थानमा लामो दूरीका सवारीसाधनलाई विशेष जाँचको व्यवस्था गरिएको जानकारी दिए। ट्राफिक प्रहरीले चाडपर्वका अवसरमा उपत्यकाका विभिन्न ३५ स्थानमा… पुरा पढौ