अटाे 🚙

दुई वर्षपछि ‘नाडा अटो एक्स्पो-२०२२’ गरिँदै

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले यसवर्षको ‘नाडा अटो शो’ भदौमा आयोजना गर्ने भएको छ । नाडा अटो एक्स्पो समितिका सभापति अनुपकुमार बरालले यसअघि दुई वर्षसम्म कोभिड–१९ को सङ्क्रमणका कारण गर्न नसकिएको १५औँ संस्करण ‘नाडा अटो एक्स्पो–२०२२’ आयोजना गर्न लागिएको जानकारी दिए । उनका अनुसार आगामी भदौ ७ गतेदेखि १२ गतेसम्म काठमाडौँको भृकृटीमण्डपमा आयोजना गर्न लागिएको हो । सवारी साधनका विभिन्न मोडल, स्पेयर पार्टस्सहितको अटो शोको १५औँ संस्करणका लागि जेठ २६ देखि ३० गतेसम्म स्टल बुकिङ रजिष्ट्रेशन खुलाइने जनाइएको छ ।… पुरा पढौ

विद्युतीय सवारी साधनको आयातमा किन बढ्याे कर ?

काठमाडौं, २० जेठ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विद्युतीय सवारी साधनमा भन्सार र अन्तशुल्क बढाएको भन्दै चर्को आलोचना भइरहेको छ । वर्षायाममा बिजुली खेर जाने भएकाले त्यसको आन्तरिक खपतका लागि पनि विद्युतीय सवारी साधनको प्रवर्धन गर्नुपर्ने आवश्यकता र बाध्यतामा सरकार छ । उता अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको अत्याधिक मूल्यवृद्धि भएकाले पनि त्यसको विकल्प खोज्नुपर्ने अवस्था सिर्जना भएको छ । रुस र युक्रेन संघर्षको बाछिटा अन्तर्राष्ट्रिय बजारमा पर्दा इन्धनको मूल्यमा भएको अत्याधिक मूल्यवृद्धिका कारण त्यसको विकल्पमा विद्युतीय सवारी साधनको प्रयोगमा… पुरा पढौ

असार मसान्तसम्म सवारी साधनमा इम्बोस्ड नम्बर नराखे कारबाहि गर्ने विभागको चेतावनी

काठमाडौं, २० जेठ । यातायात व्यवश्था विभागले बागमती र गण्डकी प्रदेशमा दर्ता भएका सवारी साधनहरुमा इम्बोस्ड नम्बर अनिवार्य राख्न आज सूचना जारि गरेको छ । विभागले सूचना जारि गर्दै असार मसान्तसम्ममा इम्बोस्ड नम्बर अनिवार्य राख्न भनेको हो । बागमती र गण्डकी प्रदेशका यातायात कार्यालयबाट इम्बोस्ड नम्बर प्लेट राख्नका लागि आवश्यक कार्यहरुको तयारी गरिएको विभागले जनाएको छ । इम्बोस्ड नम्बर राखे नराखेको बारेमा ट्राफिक प्रहरीले निगरानी गर्ने र नराखेको खण्डमा कानुन अनुसार कारबाहि गर्ने चेतावनि दिएको छ । विभागले सवारी साधनमा… पुरा पढौ

चालक अनुमतिपत्रकाे परीक्षाकाे मिति अब सेवाग्राहीले नै राेज्न पाउने

काठमाडौँ, ९ जेठ । चालक अनुमतिपत्रको परीक्षाका लागि वषौँ कुरेर पनि कार्यालयले भनेकै दिनमा दिनुपर्ने बाध्यता अन्त्य हुने भएको छ । यातायात व्यवस्था विभागले विगतका बाँकी परीक्षा सकिएपछि सेवाग्राहीले छानेको दिन र फारम भरेको केही दिनमा परीक्षा दिन पाउने व्यवस्था मिलाउने तयारी अघि बढाएको छ । चालक अनुमतिपत्रको परीक्षाका लागि सेवाग्राहीले आफ्नो अनुकूलको दिन छान्न सक्ने व्यवस्था मिलाउन लागिएको विभागले जनाएको छ । अहिले यातायात व्यवस्था कार्यालय विगतमा सेवाग्राहीले भरेका फारमबाट परीक्षा सञ्चालन गरिरहेका छन् । विभागले भने अनुमतिपत्र छपाइसँगै… पुरा पढौ

रारा किनारमा नाडा अटोमोबाइल्स एसोसिएसनको बैठक सम्पन्न, पर्यटन प्रवर्धनमा टेवा : अध्यक्ष थापा

काठमाडौं, ९ जेठ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले २ हजार ९९० मिटर उचाईमा अवश्थित रारातालकाे किनारमा कार्यसमितिको बैठक सम्पन्न गरेको छ । संघीय राजधानी काठमाडौं तथा देशका मुख्य शहरहरुबाट नाडा यसपालि दुर्गम कर्णालीको रारामा किन पुग्यो त ? नाडा अध्यक्ष ध्रुव थापाले भने, पर्यटनको महत्वपूर्ण क्षेत्र रारामा बैठक गर्नु आन्तरीक पर्यटनलाई बढावा दिनलाई नै हो । पर्यटनको बिस्तारका लागि आन्तरीक भ्रमण गरेर प्रवर्धनको सन्देश दिन खोजिएको हो थापाले भने । प्राकृतिक रुपमा सुन्दर राराको लागि आवश्यक पूर्वाधार निर्माणमा जोड… पुरा पढौ

टाटा टियागोले बेच्याे ४ लाख वटा गाडी

काठमाडाैं, १ जेठ । भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सको टाटा टियागो ४ लाख वटा बिक्री भएकाे छ । टाटा मोटर्सको भारतको गुजरातस्थित सनान्द प्लान्टबाट बिहीबारसम्म ४ लाख औं टियागो बिक्रीको लागि बाहिरिएको थियो। टियागो एक मानक हृयाचब्याग हो, जसले ग्लोबल एनक्याप सुरक्षा परीक्षणमा चार स्टार रेटिङ पाएको छ । टाटा मोटर्सको उत्पादनमध्ये यो कोशेढुंगा पार गर्ने टियागो पहिलो गाडी हो । टाटा टियागो पहिलो पटक सन् २०१६ मा सार्वजनिक भएको थियो । सार्वजनिक भएदेखि नै गाडीले राम्रो बजार पायो ।… पुरा पढौ

अर्बौंको टायर तथा ट्युब आयात,स्वदेशी रबर उद्योग भने बन्द

काठमाडाैं, १५ चैत । कुनै समय मुलुककै पहिलो र एकमात्र रबर उद्योग गोरखकाली रबर उद्योगले नेपाली बजारमा राम्रै हिस्सा ओगटेको थियो । त्यतिमात्र नभएर यसको उपस्थिति विदेशी बजारसम्म नै पुगेको थियो । अहिले भने कंपनी बन्द छ । वर्षमा करिब १ लाख २० हजार थान उत्पादन क्षमता भएको स्वदेशी रबर उद्योगले सो समयमा बर्सेनि ८८ हजार थान टायर तथा ट्युब उत्पादन गर्थ्याे र यहाँको बजारसहित तेस्रो मुलुकमा समेत निर्यात हुने गरेको थियो । विसं २०४१ मा शिलान्यास भएर २०५१ देखि… पुरा पढौ

विद्युतीय स्कुटर निर्माणमा नास्टको सफलता, एकपटक चार्ज गर्दा ५० किलोमिटरको यात्रा

काठमाडाैं, ८ वैशाख । पेट्रोलियम पदार्थ प्रयोग हुने सवारीसाधनको विकल्प खोज्नुपर्ने विचार लामो समयदेखि देशभित्र उठ्दै आए पनि वास्तविकतामा परिणत हुनसकेको थिएन । नीति, नियम र कार्यक्रम बन्ने तर कार्यान्वयन नहुने अवस्था नेपालका लागि नयाँ नभएर चर्चामा मात्रै सीमित हुँदै आए पनि विद्युतीय सवारीसाधनको उत्पादन र त्यसलाई प्रयोगमा ल्याउने उद्देश्यका साथ नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले लुम्बिनी प्रदेश सरकारको सहयोगमा विद्युतीय स्कुटर निर्माण गरेर देखाएको छ । नास्टले नमूनाका रूपमा तयार पारेको सो स्कुटर नेपालको बाटो र माटो… पुरा पढौ

विद्युतीय सवारीकाे प्रयाेग बढ्याे, ८ महिनामै भित्रिए १ हजार भन्दा बढी सवारी

काठमाडौँ, ५ वैशाख । नेपाल विद्युत् प्राधिकरणले टाटा कम्पनीको २० वटा विद्युतीय सवारी (इभी) साधन खरिद गर्यो । नेपालमा विद्युतीय सवारी साधनको प्रयोगमा उदाहरण पेस गर्ने लक्ष्यका साथ प्राधिकरणले एकै पटक ठूलो परिमाणमा त्यस्ता सवारी साधन भित्र्याएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार ती सवारी साधन काठमाडौँ उपत्यकामा प्रयोग गर्ने प्रयोजनका लागि आयात गरिएको हो । विद्युतीय सवारी साधन प्रयोग गर्दा वार्षिक १ करोड बराबरको बचत हुने प्रारम्भिक अनुमान गरिएको छ । सरकारी निकायले पनि क्रमशः विद्युतीय सवारी… पुरा पढौ

नाडा प्रतिनिधिमण्डललाई अर्थमन्त्रीले भने- आयातमा कडाइ केही समयका लागि मात्रै हो, नआत्तिनुस्

काठमाडौं, ५ बैशाख । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले निजी सवारी साधन आयातमा गरिएको कडाई खुकुलो बनाउन माग गरेको छ ।  नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री जनार्दन शर्मालाई भेटी यस्तो माग गरेको हो ।  अर्थमन्त्री शर्माले निजी सवारी साधन आयातमा केही समयका लागि मात्रै कडाई गरिएकाले नअत्तालिन सुझाव दिए ।  उनले भने, 'अहिले देशको अर्थतन्त्र अलि दबाबमा छ । यो बेला सबैले मिलेर अर्थतन्त्र विकासको काम गर्नुपर्ने बेला हो । निजी सवारी साधन आयातमा गरिएको कडाइप्रति… पुरा पढौ