अटाे 🚙

टोयोटाका बीजेड ४ एक्स विद्युतीय गाडी सार्वजनिक

काठमाडौं, ४ वैशाख । गाडी उत्पादक कम्पनीहरुको पछिल्लो ध्यान इलेक्ट्रिक गाडीको उत्पादन, बजार बिस्तार र प्रतिष्पर्धा रहेको छ । कयौं कम्पनीहरुले विद्युतीय गाडीहरु बजारमा बिक्री गरिरहेको यो बेलामा प्रतिष्ठित कम्पनी टोयोटाले पहिलो मोडलको गाडीलाई सार्वजनिक गरेको जनाएको छ । उसो त नेपाल टोयोटा गाडीका सौखिनहरु भएको देश पनि हो । यहाँका शहरमा टोयोटा गाडीहरु गुडिरहेका छन् । यही अवस्थामा अब नेपाली गाडी सौखिनहरुले टोयोटाको पहिलो विद्युतीय गाडी चढ्ने इच्छालाई पनि पूरा गर्न पाउने भएका छन् । यो गाडी एक वर्षभित्रमा… पुरा पढौ

नास्टले बनायो एक पटक चार्ज गर्दा ५० किलोमिटर गुड्ने विद्युतीय स्कुटर

काठमाडौं, २४ चत । नेपाल आयल निगमले निर्धारण गरेको मूल्य अनुसार हाल एक लिटर पेट्रोलको मूल्य रु १६० पर्छ । अन्तर्राष्ट्रिय बजारमा लगातार पेट्रोलियम पदार्थको मूल्य उकालो लागिरहेको छ । खासगरी रुस र युक्रेनबीचको सङ्घर्षको बाछिटाले लगातार इन्धनको मूल्यवृद्धि भइरहेको छ । यस्तो अवस्थामा राज्यको ठूलो धनराशि पेट्रोलियम पदार्थको खरिदमा खर्च भइरहेको छ । त्यसमाथि सहर तथा सहरोन्मुख क्षेत्रमा आफ्नै सवारीसाधन चलाउनेको सङ्ख्या पनि वर्सेनि बढ्दै गएको छ । हरेक १५ दिनमा इण्डियन आयल कर्पोरेशनले पठाउने मूल्यसूची र त्यसैका आधारमा… पुरा पढौ

ग्रेटवाल मोटर्सको हाभल एच ६ ले पायो फाइभ स्टार रेटिङ

काठमाडौं, १० चैत । अस्ट्रेलियन एनक्यापले गरेको क्रयास टेस्टमा ग्रेटवाल मोटर्सको हाभल एच ६ एसयूभीले ५ स्टार रेटिङ पाएको छ । यो ब्रान्डको पोअर पिक–अपपछि हाभल एच ६ ले दोस्रो पटक यस्तो रेटिङ पाएको हो । नेपाली बजारमा समेत उपलब्ध यो एसयुभीले एडल्ट अकुप्यान्ट प्रोटेक्सनमा ९० प्रतिशत, चाइल्ड अकुप्यान्ट प्रोटेक्सनमा ८८ प्रतिशत, भल्नरेबल रोड युजर प्रोटेक्सनमा ७३ प्रतिशत र सेफ्टी असिस्टमा ८१ प्रतिशतको स्कोर ल्याउँदै फाइभ–स्टार सुरक्षा मूल्याङ्कन प्राप्त गर्न सफल भएको जनाइएको छ । एएनक्यापका अनुसार हाभल एच ६… पुरा पढौ

बेनेलीको ‘२५००० क्यास डिस्काउन्ट’ अफर घोषणा

काठमाडौं ८ चैत । इटालीको उत्कृष्ट बाइक, बेनेलीले नयाँ क्याम्पेनअन्तर्गत ‘सोझै २५,००० क्यास डिस्काउन्ट,’ नो सेयर, नो लक, नो स्क्रयाच कुपन योजना ल्याएको छ । नयाँ वर्ष २०७९ को अवसरमा नेपालमा रहेका बेनेली बाइक र स्कुटरका सबै भेरियन्टका लागि २५ हजार सम्मको नगद छुटको घोषणा गरेको छ । बेनेली बाइकका सबै नयाँ ग्राहकहरुले यो नगद छुट प्राप्त गर्न सक्नेछन् । यो अफर नगद, फाइनान्स वा एक्सचेन्जबाट गरिएको कुनै पनि खरिदमा उपलब्ध रहेको छ । ईटालियन ब्राण्ड बेनेलीका प्रिमियम, प्रिमियम प्लस… पुरा पढौ

मलेसियन ब्राण्डको प्रोटोन एसयूभि ५० चैत ९ देखि बिक्रीमा ल्याईदै

काठमाडौं, ६ चैत । आकर्षक लुक्स भएको प्रोटोन एसयूभि एक्स ५० को गाडी अब केही दिनमै नेपालमा बिक्री शुरु गरिने भएको छ । मलेसियन ब्राण्डको सो गाडी नेपालमा यहि चैतको ९ गतेबाट बिक्री सुरुआत गर्न लागिएको हो । गाडीलाई नेपालका लागि अधिकृत बिक्रेता जगदम्बा मोटर्सले बिक्रीमा ल्याउन लागेको हो । प्रोटोन एक्स ५० नेपालमा तीन भेरियन्टमा उपलव्ध हुनेछ । यो गाडी स्टान्डर्ड, प्रिमियम र फ्ल्यागसिप भेरियन्टमा रहेको छ । प्रोटोन एक्स ५० मा १.५ लिटर टर्बोचार्ज, थ्री सिलिण्डर रहेको छ… पुरा पढौ

स्कोडाको ‘युरोपियन-क्लास’को सर्भिस काठमाडौंमा

काठमाडौं, ३० फागुनन । नेपालका लागि स्कोडा कारको आधिकारिक विक्रेता एमएडब्लु स्कोडाले काठमाडौंको सीतापाइलामा नयाँ ‘स्टेट-अफ-द-आर्ट’ ‘युरोपियन-क्लास’को सर्भिस सेन्टर सुरु गरेको छ । नयाँ सर्भिस सेन्टरको उद्घाटन स्कोडाका ग्राहक अर्थोपेडिक डा. चक्रराज पाण्डे र कलाकार अनुपविक्रम शाहीले संयुक्त रुपमा गरेका हुन् । नयाँ ‘स्टेट-अफ-द-आर्ट’ सर्भिसको निर्माण स्कोडाको नयाँ ‘कर्पोरेट आइडेन्टिटी’ र डिजाइनमा गरिएको हो । काठमाडौंस्थित आधुनिक वर्कसप नेपाली बजारमा स्कोडाको स्थानलाई अझ बलियो बनाउने उद्देश्यले निर्माण गरिएको हो । यो सर्भिसबाट स्कोडाका ग्राहकले अद्वितीय युरापियन गुणस्तरको सर्भिस पाउनेछन् । पुरा पढौ

टीभीएस रेडर १२५ लाई आईएमओटीवाईको उपाधि

काठमाडौं, २७ फागुन । टीभीएस रेडर १२५ लाई प्रतिष्ठित भारतीय अवार्ड, इण्डियन मोटरसाइकल अफ दि इयर (आइएमओटीवाई) उपाधिद्वारा सम्मानित गरिएको छ । टीभीएस रेडर १२५, आफ्नो आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि, इन्धन मितव्ययिता, उत्कृष्ट कार्य सम्पादन क्षमता र भारतीय महाद्विपीय सवारी अवस्थाहरुमा स्थिरताका लागि परिचित छ । कार्यक्रममा टीभीएस रेडारले मनोनयनमा परेका अन्य ५ कडा प्रतिस्पर्धी मोटरसाइकललाई पछि पार्दै उपाधि हात पारेको हो । इण्डियन मोटरसाइकल अफ दि इयर (आइएमओटीवाई) उपाधिको छनोट तथा घोषणाका लागि फिनालेमा १४ सदस्यीय निर्णायक मण्डलको गठन… पुरा पढौ

भारतमा सर्वाधिक बिक्री हुने टाटा नेक्सन

काठमाडौं, २३ फागुन । सन् २०२२ को फेब्रुअरीमा टाटा नेक्सन भारतमा सर्वाधिक बिक्री हुने एसयूभी बनेको छ । कम्पनीका अनुसार यसले हुन्डाई, किया र महिन्द्राका एसयूभीलाई पछि पार्दै शीर्ष स्थान ओगट्न सफल भएको हो । टाटा मोटर्सले गत जनवरीमा मात्रै हुन्डाई, किया र मारुती सुजुकीलाई पछाडि पार्दै शीर्ष स्थानमा आउन सफल भएको थियो । टाटाले जनवरीमा १३ हजार ८१६ वटा नेक्सन बिक्री गरेको थियो । फेब्रुअरीमा भने कम्पनीले १२ हजार २५९ वटा नेक्सन एसयूभी बिक्री गरेको छ । कम्पनीका अनुसार… पुरा पढौ

फोर्स गुर्खाको टेष्ट ड्राईभ क्याम्पियनमा पहिलो दिनमै २६ जना सहभागी

काठमाडौं, १९ फागुन । फोर्स गुर्खा ४४४ को टेष्ट ड्राईभ क्याम्पियन पोखरामा उत्साहजनक सहभागिता भएको छ । नेपालमा हिमालय अर्गनाईजेशनअन्तर्गत फोर्स मोटर्सको आधिकारिक आयातकर्ता तथा विक्रेता रहेको आयाम ईन्टरकन्टिनेन्टल प्रालिले पोखरा चाउथेमा आफ्नै सोरुमबाट टेष्ट ड्राईभ क्याम्पियन सुरु गरेको पहिलो दिनमै उत्साहजनक रुपमा २६ जना सहभागी रहेको थियो । टेष्ट ड्राईभ क्याम्पियनमा उत्साहजनक सहभागी ग्राहकहरुको फोर्स गुर्खाप्रतिको आकर्षण देखाएका थिए । टेष्ट ड्राइभका लागि इच्छुकहरुले यहि फाल्गुन २० गतेसम्म पोखरामा टेष्ट ड्रईभ गरी गाडीमा रहेका विभिन्न फिचरहरुको अनुभव गर्न पाउने… पुरा पढौ

टाटा मोटर्सको नयाँ आउटलेट बनेपामा

काठमाडौं, ९ फागुन । टाटा मोटर्सले काभ्रे जिल्लाको बनेपामा आफ्नो नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ । नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले फागुनभित्रै सेवा पुर्‍याउने योजनासहित बनेपामा नयाँ आउटलेट विस्तार गरेको हो । बनेपामा सञ्चालित नयाँ आउटलेटको बिक्रेताको रूपमा लक्ष्मी अटो रहेको छ । बनेपामा कम्पनीको यो पहिलो आउटलेट हो । योसँगै नेपालभर टाटा मोटर्सको १९ वटा आउटलेट भएको छ । पुरा पढौ