पोखरा, १८ पुस । पश्चिमाञ्चल अटोमोबाईल डिलर्स एशोसिएसन (वाडा) अध्यक्षमा मोहनबाबु खड्का निर्विरोध निर्वाचित भएका छन् । एशोसिएसनको आज शनिबार सम्पन्न आठौं अधिवेशनले खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको निर्वाचन समिति संयोजक कालीदास पौडेलले सफल आवाजलाई जानकारी दिए । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद श्रेष्ठ, उपाध्यक्षमा राघव सिलवाल, महासचिवमा दीपेन्द्र कोइराला, कोषाध्यक्षमा शिव श्रेष्ठ र सचिवमा नीरन केसी चयन भएका छन् । यस्तै, सदस्यहरूमा विनय थापा, टीकाकुमारी गुरुङ, अशोककुमार कार्की, दीपेन्द्र भण्डारी, छविलाल सुवेदी, अशोक चालिसे, महदत्त भट्टराई, हरिप्रसाद तिवारी र…
पुरा पढौ