आर्थिक 📈

गण्डकी-ट्राफिक कारबाहीमा साढे १२ करोड राजस्व सङ्कलन

कास्की, ६ असार। गण्डकी प्रदेशमा चालु आर्थिक वर्षको हालसम्म ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधन माथि गरिएको कारबाहीबाट रु १२ करोड ६९ लाखभन्दा बढी राजस्व सङ्कलन भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पोखराका अनुसार चालु आवको जेठ मसान्तसम्म प्रदेशका ११ जिल्लामा विभिन्न ट्राफिक कसुरमा एक लाख ४१ हजार ६३० वटा कारबाही गरिएको जनाएको छ । कारबाहीबाट रु १२ करोड ६९ लाख ४९ हजार ६८ राजस्व सङ्कलन भएको कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिनुभयो… पुरा पढौ

मधेसमा ११ महिनामा ३० अर्ब १७ करोड राजस्व सङ्कलन

जनकपुरधाम, ६ असार। मधेस प्रदेश सरकारले चालु आर्थिक वर्षको ११ महिनामा रु ३० अर्ब १७ करोड १४ लाख ७३ हजार राजस्व सङ्कलन गरेको छ । प्रदेश सरकारको अर्थ मन्त्रालयका अनुसार चालु आवको हालसम्म आन्तरिक राजस्व सङ्कलन रु चार अर्ब ५९ करोड ३३ लाख ८४ हजार रहेको छ । प्रदेश सरकारको आन्तरिक राजस्व सङ्कलनको मुख्य आयस्रोतका रूपमा घरजग्गा रजिस्ट्रेशन र सवारीसाधन कर मानिन्छ । सो अवधिमा घरजग्गा रजिस्ट्रेशनबाट रु एक अर्ब १८ करोड १२ लाख ९५ र सवारीसाधन करबाट रु दुई… पुरा पढौ

राष्ट्र बैंकद्वारा सीईओको तलबभत्तामा अंकुश: जथाभाबी सुविधा बढाउन नपाइने

काठमाडौं, ६ असार। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूको मनलाग्दी तलब, भत्ता र सुविधा बढाउने प्रवृत्तीमा कडा अंकुश लगाएको छ। राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले एक नयाँ मार्गदर्शन जारी गर्दै सीईओको पारिश्रमिकलाई संस्थाको कुल सम्पत्ति र कर्मचारी खर्चसँग प्रत्यक्ष आबद्ध गरिदिएको हो। नयाँ व्यवस्था अनुसार अब बैंकिङ क्षेत्रका सीईओहरूको सेवा–सुविधा र कार्यसम्पादन मूल्यांकनमा व्यापक फेरबदल हुनेछ। CEO-salary-guidelineDownload सिफारिस समितिको अनिवार्य व्यवस्था अबदेखि सीईओको तलब, भत्ता तथा सुविधा निर्धारणका लागि सञ्चालक समिति… पुरा पढौ

पर्यटकीय शहर पोखरामा ‘बवाल वेयर्स’को आउटलेट सञ्चालन

पोखरा, ५ असार । पर्यटकीय शहर पोखरामा नेपाली कपडा ब्राण्ड ‘बवाल वेयर्स’को आउटलेट सञ्चालनमा आएको छ । राजधानी केन्द्रित कारोबार गर्दै आएको बवाल वेयर्सले पोखराको सभागृहमा नयाँ आउटलेट सञ्चालनमा ल्याएको हो । कम्पनीले पर्यटकीय शहर पोखरालाई प्रमुख बजारका रुपमा लिदै शाखा विस्तार गरेको हो । शुक्रबारदेखि सञ्चालनमा आएको उक्त आउटलेटको कम्पनीका सञ्चालकहरु सिसन बानियाँ ,बिराट गिरी र बेनदि भारतीले संयुक्त रुपमा उद्घाटन गरे । शुक्रबारदेखि सञ्चालनमा आएको आउटलेटको डिजाइन तथा उत्पादन संग्रह पोखरेली शैली, भाषा र स्थानीय पहिचानमा केन्द्रित रहेको छ… पुरा पढौ

अन्तिम समयमा नेप्सेमा सुधार, साढे ४ अर्बकाे काराेबार

काठमाडौं ५ असार। साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सकारात्मक भएर बन्द भएको छ। कारोबारको अधिकांश समय घटेको बजार अन्तिम समयमा सुधारिँदै १.६३ अंकले बढेर २७०२.११ विन्दुमा पुगेको हो। यस दिन सेन्सेटिभ इण्डेक्स ०.३१ अंकले वृद्धि भएको छ भने फ्लोट इण्डेक्स ०.११ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०९ अंकले बढेको छ। कारोबार रकममा उल्लेख्य वृद्धि बजारसँगै कारोबार रकममा पनि राम्रो सुधार देखिएको छ। अघिल्लो कारोबार दिन बिहीबार ३ अर्ब ४१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा… पुरा पढौ

गभर्नर पौडेलद्वारा बैंक वित्तीय संकट समाधान गर्न ‘विशेष र निर्णायक’ अधिकार माग

काठमाडौं, ५ असार। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले मुलुकमा आइपर्ने सम्भावित बैंक तथा वित्तीय संकटको तत्काल समाधानका लागि केन्द्रीय बैंकलाई विशेष र निर्णायक अधिकार दिनुपर्ने माग गरेका छन्। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै गभर्नर पौडेलले वित्तीय प्रणालीको संवेदनशीलता र निक्षेपकर्ताहरूको सुरक्षाका लागि राष्ट्र बैंकलाई द्रुत निर्णय लिन सक्ने कानुनी आधार आवश्यक रहेको बताएका हुन्। हालको बहु-तहगत नियामक प्रक्रिया र नियमहरूको अस्पष्टताका कारण समयमै निर्णय लिन राष्ट्र बैंकलाई समस्या भइरहेको तर्फ उनले सङ्केत गरे। "कुनै बैंक संकटमा… पुरा पढौ

गण्डकी प्रदेशसभा : बजेटको प्रभावकारी कार्यान्वयनमा जोड

गण्डकी, ५ असार । गण्डकी प्रदेशसभा सदस्यहरुले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३÷०८४ को बजेटको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको छ । प्रदेशसभाको आजको बैठकमा प्रदेशसभा सदस्य सुनिता थापाले बजेटले नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउनुपर्ने बताउनुभयो । बजेट सही ढङ्गले कार्यान्वयन भएमा मात्र सरकारले घोषणा गरेका आकर्षक कार्यक्रम र योजनाको औचित्य रहने उहाँको भनाइ छ । प्रदेशसभा सदस्य जितप्रकाश आले मगरले बजेट यथार्थपरक नभई बढी नारामा आधारित रहेको बताउनुभयो । बजेट तथा कार्यक्रम कार्यान्वयनमुखी हुनुपर्ने उहाँको भनाइ छ । रोजगारी… पुरा पढौ

एडिबीद्वारा साढे ११ करोड अमेरिकी डलरको ऋण स्वीकृत

काठमाडौं, ५ असार। एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र सरसफाइ सुधारका लागि ११ करोड ५० लाख अमेरिकी डलर बराबरको सहुलियत ऋण स्वीकृत गरेको छ । एडिबीले एकीकृत खानेपानी आपूर्ति तथा ढल व्यवस्थापन परियोजनाबाट १३ जिल्लाका आठलाख ५० हजारभन्दा धेरै नागरिक लाभान्वित हुने जनाएको छ । एडिबीका अनुसार उक्त परियोजनाले खानेपानीको पहुँच विस्तार र ढल तथा फोहरपानी व्यवस्थापनमा भूमिका खेल्ने बताइएको छ । “नेपालमा तीव्र सहरीकरणका कारणले सहरी क्षेत्रमा अत्यधिक चाप बढ्दै गइरहेका छन् । जसले गर्दा धेरेजसो समुदायमा… पुरा पढौ

मधेसमा ११ महिनामा पुँजीगत खर्च १३ .७६ प्रतिशत मात्रै

जनकपुरधाम, ५ असार। चालु आर्थिक वर्ष २०८२/८३ सकिन एक महिना मात्र बाँकी रहँदा मधेश प्रदेश सरकारको पुँजीगत खर्च निराशाजनक देखिएको छ । प्रदेश अर्थ मन्त्रालयका अनुसार प्रदेश सरकारले साउनदेखि जेठसम्ममा कूल बजेटको २१ दशमलव २४ प्रतिशत खर्च गरेको छ । जसमध्ये चालुतर्फ ३६ दशमलव २२ प्रतिशत र पुँजीगततर्फ १३ दशमलव ७६ प्रतिशत बजेट खर्च गरेको प्रदेश सरकारको अर्थ मन्त्रालयका सूचना अधिकारी अंशुकुमार झाले जानकारी दिनुभयो । चालु आवका लागि प्रदेश सरकारले रु ४६ अर्ब ९८ करोड ३३ लाख ५१ हजारको… पुरा पढौ

ट्राफिक कारबाहीबाट २४ घण्टामा २२ लाख ३९ हजार राजस्व दाखिला

काठमाडौं, ५ असार। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ५५६ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २२ लाख ३९ हजार राजस्व दाखिला भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कारबाहीमा परेकाहरुमा मादकपदार्थ सेवन गरेका १०६, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १५४, सङ्केत बत्ती उल्लङ्घनकर्ता १०७ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १८३ जनालाई कारबाही ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार ‘लेन’ अनुशासन पालना नगर्ने ९७, निषेधित क्षेत्रमा… पुरा पढौ