आर्थिक 📈

सेबोनको पाइपलाइनमा १ करोड कित्ताभन्दा बढी आईपीओ (सूचीसहित)

काठमाडौं, ९ असार। नेपाली शेयर बजारमा प्राथमिक शेयर (IPO) पर्नु भनेको चिठ्ठा पर्नु वा भाग्यकै परीक्षा दिनु सरह बनेको छ। डिम्याट खाता खोल्नेहरूको संख्या ६० लाख नाघिसक्दा पनि बजारमा आउने आईपीओ भने केही लाख कित्तामा मात्र सीमित हुँदा आम सर्वसाधारणले जहिले पनि 'हात खाली' हुने सास्ती भोगिरहेका छन्। हालको 'दश कित्ते नीति' ले बजार धानिरहेको अवस्थामा सर्वसाधारण लगानीकर्तामा चरम निराशा छाएको छ। तर, यही निराशाका बीच प्राथमिक बजारमा एउटा ठूलो उत्साह थपिने बलियो संकेत देखिएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)… पुरा पढौ

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, ९ असार। सोमबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट आएको छ । सुन प्रतितोला रु एक हजार ६०० ले घटेको छ भने चाँदी रु १४० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु दुई लाख ८७ हजार १०० र चाँदीको मोल रु चार हजार ५९० निर्धारण भएको छ । हिजो सोमबार एक तोला सुन रु दुई लाख ८८ हजार ७०० मा कारोबार भएको थियो भने एक तोला चाँदी रु चार हजार… पुरा पढौ

समस्याग्रस्त सहकारी व्यवस्थापन तथा बचतकर्ताको हित संरक्षण गर्दै बागमती प्रदेश सरकार

बागमती, ९ असार। बागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन तथा बचतकर्ताको हित संरक्षण गर्ने भएको छ । सरकारको आर्थिक वर्ष २०८३ / ०८४ को बजेटमा समस्याग्रस्त सहकारी व्यवस्थापन तथा बचतकर्ताको हित संरक्षण गर्ने गरी कार्यक्रम अघि सारिएको हो । सहकारी संस्थाहरूको अनुगमन, सुपरीवेक्षण र वित्तीय अनुशासनका लागि बजेट व्यवस्था गरिएको आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले बताउनुभयो । सार्वजनिक स्थलहरूमा सिसीटिभी क्यामरा जडान गरी डिजिटल क्राइम ट्र्याकिङ सिस्टम विकास गरिने बजेटमा उल्लेख छ । लागुऔषध दुरूपयोग, मानव बेचबिखन र साइबर… पुरा पढौ

सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ

जानकी (बाँके), ९ असार। पर्याप्त वर्षा नहुँदा पनि सिक्टा सिँचाइ आयोजनाबाट नहरमा पानी प्रवाह भएपछि बाँकेका विभिन्न क्षेत्रमा धान रोपाइँ तीव्र बनेको छ । आयोजनाले नहर प्रणालीमार्फत पानी उपलब्ध गराएपछि किसानले आकाशे पानीको प्रतीक्षा नगरी खेतमा धान रोप्न थालेका छन् । राप्तीसोनारी गाउँपालिका–३ नवलपुरकी मेलिना चौधरीले नहरबाट आएको पानीको सदुपयोग गर्दै सोमबारदेखि धान रोपाइँ सुरु गर्नुभएको छ । उहाँले चार कट्ठा खेतमा धान रोप्नुभएको छ भने बाँकी नौ कट्ठा खेतमा आज रोपाइँ सक्ने तयारी रहेको बताउनुभयो । जलजला महिला समूहका… पुरा पढौ

यस्तो छ आजका लागि विदेशी मुद्राको भाउ

काठमाडौं, ९ असार। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ १९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७९ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ १४ पैसा र बिक्रीदर १७३ रुपैयाँ ८३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ १४ पैसा र बिक्रीदर २०० रुपैयाँ ९३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपैयाँ ०२ पैसा र बिक्रीदर १८७ रुपैयाँ ७७ पैसा… पुरा पढौ

उपभोक्ता मूल्य सूचकाङ्क सङ्कलन राष्ट्रिय तथ्याङ्क कार्यालयले गर्ने

काठमाडौं, ८ असार । नेपाल राष्ट्र बैंकले देशव्यापी रुपमा सङ्कलन गर्दै आएको उपभोक्ता मूल्य सूचकांक (सिपिआई) अब राष्ट्रिय तथ्याङ्क कार्यालयले सङ्कलन गर्ने भएको छ । मुद्रास्फीति मापन, आर्थिक नीति निर्माण, तलब तथा भक्ता समायेजन, जीवनयापन लागत मापन गर्न उक्त विवरण महत्वपूर्ण रहँदै आएको छ । केन्द्रीय बैंकले नियमित रुपमा उपभोक्ता मूल्य सूचकाङ्क तथा मुद्रास्फीतिसम्बन्धी तथ्याङ्क सार्वजनिक गर्दै आएको छ । राष्ट्रिय तथ्याङ्क परिषद्को आजको बैठकले राष्ट्रिय तथ्याङ्क कार्यालयलाई नै उक्त जिम्मेवारी प्रदान गरेको प्रमुख तथ्याङ्क अधिकारी डा कमलप्रसाद पोख्रेलले जानकारी… पुरा पढौ

नेप्से सामान्य घट्याे, दुई नयाँ हाइड्रोपावरमा सकारात्मक सर्किट

काठमाडौं, ८ असार। साताको पहिलो कारोबार दिन सोमबार धितोपत्र बजार (नेप्से) परिसूचक सामान्य अंकले नकारात्मक भएर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात् गत शुक्रबार सामान्य अंकले सुधारिएको बजारमा यस दिन भने संकुचन देखिएको हो। सोमबार नेप्से परिसूचक १.४६ अंकले घटेर २७००.६५ विन्दुमा झरेको छ। त्यस्तै, ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इण्डेक्स ०.१७ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१० अंकले बढेको छ। यस दिन फ्लोट इण्डेक्स भने स्थिर रहेको छ। कारोबार रकममा पनि गिरावट नेप्से परिसूचकसँगै यस दिन कारोबार… पुरा पढौ

नेपाल अझै एफएटिएफको खैरो सूचीमा, सुधार आवश्यक

काठमाडौं, ८ असार । सम्पत्ति शुद्धीकरण मामिलाको निगरानी गर्ने अन्तरराष्ट्रिय निकाय ‘वित्तीय कारबाही कार्यदल’ (फाइनान्सियल एक्सन टास्कफोर्स (एफएटिएफ) ले नेपाललाई अझै निगरानी सूची अर्थात् ‘ग्रे लिस्ट’ मा नै रहेको जनाएको छ । नेपालले सुधारका प्रयास जारी राखे पनि अझै अपर्याप्त रहेको र थप सुधार आवश्यक रहेको एफएटिएफले जनाएको छ । एफएटिएफले यही असार ५ गते अर्थात् (१९ जुन) मा सोसम्बन्धी निर्णय भएको उल्लेख गरेको छ । एफएटिएफले आफ्ना कमजोरी सम्बोधन गर्ने गरी कार्ययोजना तयार पारी गर्नुपर्ने कार्यान्वयनलाई निरन्तरता दिन नेपाललाई… पुरा पढौ

एघार महिनामा व्यापार घाटा १६ खर्ब १६ अर्ब नाघ्यो

काठमाडौं, ८ असार। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिना (साउन–जेठ) मा नेपालको वैदेशिक व्यापारमा आयात र निर्यात दुवै तर्फ वृद्धि देखिए पनि व्यापार घाटाको आकार झन् फराकिलो बन्दै गएको छ। भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार समीक्षा अवधिमा नेपालको कुल व्यापार घाटा १५.६७ प्रतिशतले बढेर १६ खर्ब १६ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ। गत आर्थिक वर्ष २०८१/८२ को पहिलो ११ महिनामा नेपालको व्यापार घाटा १३ खर्ब ९७ अर्ब २२ करोड ७३ लाख ७३ हजार रुपैयाँ रहेकोमा चालु… पुरा पढौ

बेसारको ‘ब्रान्डिङ’ गर्न सुरुआत

तम्घास, ८ असार। गुल्मीको मालिका गाउँपालिकामा बेसारको ‘ब्रान्डिङ’ गर्न सुरुआत गरिएको छ । मालिका –२ दर्लिङमा बेसारको ‘प्याकेटिङ’ गरी बिक्रीवितरण गर्न थालिएकोे हो । जनविकास केन्द्रद्वारा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता विकास परियोजनाअन्तर्गत गठन भएको दिदीबहिनी कृषि तथा पशु विकास महिला सहकारीले बेसारको उत्पादन गरी बिक्री वितरण गरिएको हो । परियोजनाले उपकरण र अन्य उपकरण सहयोग गरेपछि महिलाहरुले बेसार उद्योग सञ्चालन गरेका हुन् । अहिले बेसारको मूल्य प्रतिकेजी रु ४०० रहेको परियोजना संयोजक बाबुराम… पुरा पढौ