आर्थिक 📈

कामपामा आगामी आवका लागि बहाल करको दर हेरफेर

काठमाडौं, ५ असार । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि बहाल करको दर हेरफेर गरेको छ । कामपाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले आगामी आवका लागि बिहीबार बजेट प्रस्तुत गर्दै बहाल करमा दर हेरफेर गरेको जानकारी दिनुभएको हो । त्यसैगरी, करको दायरामा नआएका करदातालाई करको दायरामा ल्याउन असोज मसान्तभित्र कर बुझाउने करदातालाई १० प्रतिशत छुट दिने, असोज मसान्तभित्र बक्यौता कर चुक्ता गर्ने करदातालाई जरिवाना मिनाहा दिने कार्यक्रमसमेत कामपाले ल्याउने भएको छ । आवासीय प्रयोजनका लागि बहालमा लगाइएका घरजग्गाको बहाल आम्दानी वार्षिक… पुरा पढौ

संस्थापक शेयर खरिदबिक्रीमा राष्ट्र बैंकको कडाइ: १० बुँदे विवरण बुझाउनुपर्ने

काठमाडौं, ५ असार। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको संस्थापक शेयर खरिदबिक्री तथा नामसारी प्रक्रियालाई थप पारदर्शी र कसिलो बनाएको छ। पछिल्लो समय बैंकहरूको वित्तीय सुशासनमाथि प्रश्न उठिरहेका बेला केन्द्रीय बैंकले इजाजतपत्रप्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरूका लागि जारी गरिएको एकीकृत निर्देशन, २०८२ मा संशोधन र परिमार्जन गर्दै नयाँ सर्कुलर जारी गरेको हो। नयाँ व्यवस्था अनुसार अब ठूलो परिमाणमा संस्थापक शेयर किन्ने वास्तविक धनीको पारिवारिक पृष्ठभूमिदेखि स्वदेश तथा विदेशमा रहेको वित्तीय आचरणसम्मका १० बुँदे कडा… पुरा पढौ

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो

म्याग्दी, ५ असार। अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको उदीयमान ‘हाइड्रो हब’का रूपमा स्थापित हुँदै गएको छ । कालीगण्डकी, मिस्त्री, निलगिरी, रेले, घलेम्दी र घारखोला नदीहरू ऊर्जा उत्पादनका स्रोतमा रूपान्तरण भएसँगै यहाँ आर्थिक, सामाजिक र भौतिक विकासले तीव्रता पाएको छ । तर जलविद्युत् विकाससँगै वातावरणीय प्रभाव, जैविक विविधताको संरक्षण र प्राकृतिक तातोपानीका मुहानको भविष्यलाई लिएर चिन्ता पनि बढ्न थालेको छ । गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनका अनुसार अन्नपूर्णमा हाल १७६ मेगावाट क्षमताका छवटा जलविद्युत् आयोजना सञ्चालनमा छन् भने २५५.५ मेगावाट क्षमताका… पुरा पढौ

यस्तो छ आजका लागि विदेशी मुद्राको भाउ

काठमाडौं, ५ असार। नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ६४ पैसा र बिक्रीदर १५१ रुपैयाँ २४ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ६७ पैसा र बिक्रीदर १७३ रुपैयाँ ३६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९९ रुपैयाँ १५ पैसा र बिक्रीदर १९९ रुपैयाँ ९५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपैयाँ ३४ पैसा र बिक्रीदर १८८ रुपैयाँ… पुरा पढौ

नेप्से सामान्य गिरावट: काराेबार ३ अर्ब ४१ करोडमा खुम्चियो

काठमाडौं, ४ असार । अघिल्लो कारोबार दिन बुधबार सकारात्मक गतिमा बन्द भएको धितोपत्र बजार (नेप्से) मा बिहीबार भने सामान्य गिरावट आएको छ। यस दिन नेप्से परिसूचक ५.०६ अंकले ओरालो लागेर २७००.४७ विन्दुमा अडिएको छ। नेप्से सूचकसँगै ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इण्डेक्स पनि ०.७७ अंकले घटेको छ। यस्तै, फ्लोट इण्डेक्स ०.३३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३४ अंकले ऋणात्मक रहे। सूचकसँगै यस दिन कारोबार रकममा पनि केही सुस्ती देखिएको छ। बुधबार ३ अर्ब ६३ करोड रुपैयाँको सेयर कारोबार भएकोमा बिहीबार ३४७… पुरा पढौ

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं, ४ असार । नेपाली बजारमा आज (बिहीबार) सुन र चाँदी दुबैको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँ र चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको हो। महासंघले निर्धारण गरेको नयाँ मूल्य सूची अनुसार आज बजारमा सुन प्रतितोला दुई लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बुधबार सुन प्रतितोला दुई लाख ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, चाँदीको मूल्यमा पनि आज केही गिरावट आएको छ। बुधबार प्रतितोला… पुरा पढौ

एभरेष्ट कलर लिमिटेडको आईपीओ बाँडफाँट

काठमाडौं, ४ असार । एभरेष्ट कलर लिमिटेडको सर्वसाधारणका लागि निष्काशन गरिएको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) असार ४ गते, बिहीबार बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा एक कार्यक्रमका बीच सो आईपीओ बाँडफाँट गरिएको हो। कम्पनीले गत जेठ २२ गतेदेखि २७ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६ करोड ५५ लाख ७० हजार रुपैयाँ बराबरको ६ लाख ५५ हजार ७०० कित्ता शेयर निष्काशन गरेको थियो। मागभन्दा ४३ गुणा बढी आवेदन एभरेष्ट कलरको आईपीओमा… पुरा पढौ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौं, ४ असार। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३८, आलु रातो (लाम्चो) प्रतिकिलो रु ३८, आलु रातो (गोलो) प्रतिकिलो रु ३५, आलु रातो (मुढे) प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ३०, सेतो आलु प्रतिकेजी ३०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४७ रहेको छ । यसैगरी, गाजर (लोकल)… पुरा पढौ

पत्रकार सामाजिक सुरक्षा कोष र बिमामा जोडिदै

बागमती, ४ असार। बागमती प्रदेश सरकारले प्रदेशभित्रका पत्रकारलाई सामाजिक सुरक्षा कोष र बिमामा जोड्ने तयारी गरेको छ । सरकारले आर्थिक वर्ष २०८३÷०८४ को बजेटमा स्वतन्त्र प्रेसको सम्मानका लागि प्रदेशका पत्रकारलाई सामाजिक सुरक्षा कोष र बिमामा जोड्नका लागि रु एक करोड विनियोजन गरेको छ । तेह्र वटा जिल्लामा समेटिएको बागमती प्रदेशमा क्रियाशील पत्रकारको सङ्ख्या दुुई हजार ५०० भन्दा बढी रहेको नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगरले जानकारी दिनुभयो । सरकारले पत्रकारहरूका लागि समाजिक सुरक्षा कोष र बिमामा जोड्नका… पुरा पढौ

बजेटको आकारभन्दा ऋणको भार ९ खर्ब बढी, ११ महिनामा थपियो पौने ३ खर्ब

काठमाडौं, ४ असार। मुलुकको सार्वजनिक ऋणको भार चालू आर्थिक वर्ष २०८२/८३ को बजेटको आकारभन्दा करिब ९ खर्ब ९७ अर्ब रुपैयाँले बढी पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको जेठ मसान्तसम्मको तथ्याङ्क अनुसार देशको कुल सार्वजनिक ऋण दायित्व २९ खर्ब ६१ अर्ब १९ करोड रुपैयाँ पुगेको हो । सरकारले चालू आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको थियो (जुन अर्धवार्षिक समीक्षामार्फत घटाइएको समेत थियो) । यस आधारमा नेपालको कुल ऋण बजेटको आकारभन्दा ९… पुरा पढौ