आर्थिक 📈

आज अन्तरराष्ट्रिय परिवार विप्रेषण दिवस मनाइँदै

काठमाडौं, ३ असार । आज अन्तरराष्ट्रिय परिवार विप्रेषण दिवस (आइडिएफआर) विश्वभर विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय महासभाद्वारा मान्यता प्राप्त यो दिवस हरेक वर्ष जुन १६ मा मनाइन्छ । विश्वका २० करोडभन्दा बढी आप्रवासी श्रमिकले आफ्नो परिवार र समुदायको जीवनस्तर उकास्न पु¥याएको योगदानको सम्मानमा दिवस मनाइँदै आइएको छ । यस वर्षको दिवसका अवसरमा आइडिएफआरले विप्रेषणलाई केवल पारिवारिक खर्च धान्ने माध्यमका रूपमा मात्र नभई ग्रामीण उद्यमशीलता, रोजगारी सिर्जना तथा स्थानीय आर्थिक रूपान्तरणको महत्वपूर्ण स्रोतका रूपमा उपयोग गर्न आह्वान गरेको… पुरा पढौ

जेठमा घर जग्गा कारोबारबाट ५ अर्ब २४ करोड राजस्व सङ्कलन

काठमाडौं, २ असार। देशभरका भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा रु पाँच अर्ब २४ करोड ४२ लाख ५१ हजार १०१ बराबर राजस्व सङ्कलन गरेका छन् । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार देशभरका १३८ भूमि प्रशासन कार्यालयले सेवाकरबाट रु २८ करोड ६६ लाख ३२ हजार ५६० सङ्कलन गरेको छ । यस्तै, रजिष्ट्रेसन दस्तुरबाट रु दुई अर्ब ७८ करोड ५१ लाख १६ हजार २२६, पुँजीगत लाभकरबाट रु दुई अर्ब १२ करोड ३१ लाख ४२ हजार ६४४ सङ्कलन गरेको छ । विभागका… पुरा पढौ

चालु आवको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन

काठमाडौं, २ असार। सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ १० खर्ब ७९ अर्ब ६३ करोड ४७ लाख राजस्व सङ्कलन गरेको छ । सरकारले चालु आर्थिक वर्षभरिमा राजस्व शीर्षकहरुमा १४ खर्ब ८० अर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य राखेता पनि चालु आवको ११ महिनामा सबै शीर्षकमा सङ्कलन गर्ने लक्ष्यको ७३ दशमलव ०६ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको महालेखा नियन्त्रक कार्यालयको दैनिक बजेटरी विवरणमा उल्लेख छ । सङ्घीय सरकारले कर राजस्व शीर्षकमा १३ खर्ब २५ अर्ब ५८ करोड ३९ लाख राजस्व… पुरा पढौ

लगातार नेप्सेमा गिरावट, कारोबार रु ४ अर्बमा खुम्चियो

काठमाडौं, २ असार। साताको दोस्रो कारोबार दिन मंगलबार पनि धितोपत्र बजार (नेप्से) परिसूचक घटेर बन्द भएको छ। पछिल्ला तीन कारोबार दिनदेखि लगातार ओरालो लागिरहेको नेप्सेले यस दिन पनि सोही गिरावटको क्रमलाई निरन्तरता दिएको हो। मंगलबार नेप्से परिसूचक ६.३१ अंकले घटेर २७०५.४५ विन्दुमा झरेको छ। नेप्सेसँगै यस दिन ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इण्डेक्स पनि १.४८ अंकले घटेको छ। यस्तै, फ्लोट इण्डेक्स ०.५३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५७ अंकले ओरालो लागेका छन्। कारोबार रकममा संकुचन परिसूचकसँगै यस दिन बजारमा कारोबार रकममा… पुरा पढौ

निर्माण क्षेत्रमा वैशाखसम्म २ खर्ब २८ अर्ब कर्जा प्रवाह, नबिल बैंक अग्रस्थानमा

काठमाडौं, २ जेठ। नेपालका वाणिज्य बैंकहरूले निर्माण क्षेत्रतर्फको कर्जा लगानीमा उल्लेख्य वृद्धि गरेका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको वैशाख मसान्तसम्मको तथ्यांकअनुसार सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले निर्माण क्षेत्रमा कुल २ खर्ब २८ अर्ब ७९ करोड २५ लाख रुपैयाँ ऋण प्रवाह गरेका छन्। यो लगानी गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा १०.५१ प्रतिशतले बढी हो। गत वर्षको यसै अवधिमा बैंकहरूले यस क्षेत्रमा २ खर्ब ७ अर्ब ४ करोड २३ लाख रुपैयाँ लगानी गरेका थिए।… पुरा पढौ

यस्तो छ आज सुनचाँदीको भाउ

काठमाडौं, २ असार । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु तीन सयले बढेको छ । यस्तै, चाँदीको मूल्य तोलामा रु २५ ले घटेको छ । सोमबार प्रतितोला रु दुई लाख ९८ हजार २०० मा कारोबार भएको छापावाला सुन आजका लागि भने रु दुई लाख ९८ हजार पाँच सय निर्धारण भएको छ । यस्तै, सोमबार प्रतितोला रु पाँच हजार १५ मा कारोबार भएको चाँदी आजका लागि भने रु चार हजार ९९० निर्धारण भएको छ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य… पुरा पढौ

सर्वोत्तम पेन्ट्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, २ असार । सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि निष्काशन गरेकाे आईपीओमा आवेदन दिने आज (असार २ गते) अन्तिम दिन बाँकी रहेकाे रहेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन गरेको हो। शेयर निष्काशनको विवरण कम्पनीले आफ्नो जारी पूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशतले हुन आउने कुल ८ लाख ५० हजार कित्ता (८ करोड ५० लाख रुपैयाँ बराबरको) शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। कुल कित्तामध्ये शेयर बाँडफाँटको… पुरा पढौ

जलजलाको लुप्राङमा अङ्गुरखेतीकाे परीक्षण सफल

म्याग्दी, २ असार। म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–८ लुप्राङमा अङ्गुरखेतीको परीक्षण सफल भएको छ । समुद्री सतहदेखि करिब एक हजार आठ सय मिटर उचाइमा अवस्थित लुप्राङमा रहेको श्रीहरी कृषि तथा पशुपन्छी फार्मका सञ्चालक ताराकुमारी रेग्मीले अङ्गुरखेतीको परीक्षण गर्नुभएको हो । “चार वर्षअघि भारतबाट ल्याएर प्लास्टिकको टनेलभित्र रोपेको अङ्गुरका दुई वटा बोटले उत्पादन दिन थालेका छन्”, उहाँले भन्नुभयो, “गत वर्ष प्रतिकिलो रु चार सय ५० देखि पाँच सयका दरले रु ३५ हजारको अङ्गुर घरबाटै बेचेको थिए । यसपालि… पुरा पढौ

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौं, २ असार। कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका लागि नेपाल सरकारद्वारा निर्धारित चैते धानको न्यूनतम समर्थन मूल्य प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरोकारवाला निकायसँग आग्रह गरेको छ । मन्त्रालयको कृषि तथा पशुपन्छी व्यवसाय प्रवद्र्धन महाशाखाले सोमबार विज्ञप्ति जारी गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि आधुनिकीकरण कार्यक्रम, नेपाल चामल, तेल, दाल उत्पादन सङ्घ र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय लगायतलाई चैते धानको न्यूनतम समर्थन मूल्य प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरेको हो । चालु आर्थिक वर्ष २०८२/८३ का… पुरा पढौ

यस्तो छ आज ताेकिएकाे विदेशी मुद्राको भाउ

काठमाडौं, २ असार। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ २४ पैसा र बिक्रीदर १५१ रुपैयाँ ८८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ५४ पैसा र बिक्रीदर १७६ रुपैयाँ २४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ०२ पैसा र बिक्रीदर २०३ रुपैयाँ ८२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९० रुपैयाँ ६७ पैसा र बिक्रीदर १९१ रुपैयाँ ४३ पैसा… पुरा पढौ