काठमाडाैं, १४ चैत । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले पोखरामा दुई दिने गोष्ठी सम्पन्न गरेको छ । महासंघले विगतको समीक्षा र आगामी कार्यदिशा, व्यवसायीको हकहित र नीतिगत प्रक्रियाको सन्दर्भमा गोष्ठी सम्पन्न गरेको हो । गोष्ठीको उद्घाटन गर्दै गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री मणिभद्र शर्माले व्यवसायीसमक्ष स्वदेशी कालीगढ उत्पादन गर्नुपर्ने धारणा राखे । मन्त्री शर्माले आफ्नो गृह जिल्ला बाग्लुङमा अधिकांश कालीगढहरु भारतीय रहेको उल्लेख गर्दै स्वदेशी नागरिक नै कलाकौशलमा लाग्नुपर्ने सुझाव दिए । ‘बाग्लुङमा मैले देखेका कालीगढहरु प्रायः…
पुरा पढौ