आर्थिक 📈

चीनले नेपाललाई ११ अर्ब ४० करोड अनुदान सहयोग गर्ने

काठमाडाैं, १३ चैत । चीन सरकारले आर्थिक एवं प्राविधिक सहयोगअन्तर्गत नेपाल सरकारलाई ११ अर्ब ४० करोडभन्दा बढी अनुदान सहयोग उपलब्ध गराउने भएको छ । उक्त रकम दुवै देशको सहमतिमा निर्धारण गरिएका परियोजना कार्यान्वयन गर्न खर्च गरिने अर्थ मन्त्रालयले जनाएको छ । यसैबीच नेपालको भ्रमणमा रहेका चीनका विदेशमन्त्री वाङ यीले आफ्ना राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका बेला घोषणा भएको विकास सहायता रकम पनि उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । शनिबार राजधानीमा सम्पन्न नेपाल–चीन परराष्ट्र मन्त्रीस्तरीय वार्तामा उनले उक्त प्रतिबद्धता व्यक्त… पुरा पढौ

आईतबार सुनचाँदीको भाउ स्थिर

काठमाडौं, १३ चैत । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ । यसदिन सुनचाँदीकाे भाउ शुक्रबारकाे भाउमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन तोलाको १ लाख ९०० रुपैयाँमा खरिदबिक्री भईरहेको छ । यसअघि शुक्रबार छपावाला सुनको भाउ तोलाको १ लाख ९०० रुपैयाँ निर्धारण गरिएको थियो । तेजाबी सुन तोलाको १ लाख ४०० रुपैयाँमा करोबार भईरहेको छ । शुक्रबार तेजाबी सुनको भाउ तोलाको १ लाख ४०० रुपैयाँ तोकिएको थियो… पुरा पढौ

आइएमई जनरल इन्स्योरेन्सको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, १३ चैत । आइएमई जनरल इन्स्योरेन्सले निष्काशन गरेको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ । कम्पनीले हाल कायम १० कित्ता बराबर नयाँ ४ कित्ता सेयरको रेसियोमा फागुन २२ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्रीमा ल्याएको थियो । इन्स्योरेन्सले १०० रुपैयाँ मूल्य अंकित दरमा ४६ करोड ३० लाख ३४ हजार ४०० रुपैयाँ बराबरको ४६ लाख ३० हजार ३४४ कित्ता सेयर बिक्रीमा ल्याएको हो । कम्पनीले हकप्रद सेयर निष्काशनको प्रयोजनका लागि फागुन १ गते बुक क्लोज गरेको… पुरा पढौ

साढे ३ अर्बको मुद्धति निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

काठमाडौं, १३ चैत । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा ३ अर्ब ४५ करोड लगानी गर्न लागेको छ । बैंकका अनुसार उत्पादन तथा पेन्सन कोषको रकमलाई मुद्धती निक्षेपमा बैंक तथा वित्तीय संस्थाहरुमा लगानी गर्न लागेको हो । राष्ट्र बैंकले जनाए अनुसार वाणिज्य बैंकहरुको लागि २ अर्ब ७६ करोड रहेको छ । राष्ट्रिय स्तरका विकास बैंकहरुमा ५२ करोड ७५ लाख लगानी गरिने भएको हो । यस्तै फाइनान्सहरुमा १७ करोड २५ लाख रुपैयाँ मुद्धती निक्षेपमा लगानी गरिने छ । बैंक तथा… पुरा पढौ

पारस्परिक सहयोग र साझेदारी अभिवृद्धिका लागि नेपाल र चीनबीच ९ वटा समझदारीमा हस्ताक्षर

काठमाडौं, १३ चैत । नेपाल र चीनबीचको सहकार्यात्मक सम्बन्ध एवम् साझेदारीलाई अझ घनिभूत तुल्याउन दुवै देश सहमत भएका छन् । नेपाल–चीन परराष्ट्रमन्त्री स्तरीय वार्तामा त्यस्तो सहमति भएको हो । परराष्ट्रमन्त्री डा नारायण खड्का र चीनको राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यीबीच सम्पन्न द्विपक्षीय वार्तापछि दुवै देशका सम्बद्ध अधिकारीले पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी नौ वटा समझदारीमा हस्ताक्षर पनि गरेका छन् । आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारी, नेपालमा चीन–नेपाल अन्तरदेशीय रेलवे परियोजनाको सम्भाव्यता अध्ययनका लागि प्राविधिक सहायता योजना, नेपाल–चीन पावर ग्रिड इन्टरकनेक्सन… पुरा पढौ

प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट दुरुपयोग भयो : प्रवक्ता डा महत

काठमाडौं, १२ चैत । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट दुरुपयोग भएको बताएका छन् । आज शिवपुरी गाउँपालिकाद्वारा निर्मित भवन उद्घाटन कार्यक्रममा उनले भने, “यसअघिको ओली सरकारले ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रमको रु १९/२० अर्ब रकमको व्यापक दुरुपयोग भएको छ, यसबाट कुनै रोजगारी सिर्जना भएको छैन ।” ओली सरकारले आफ्ना कार्यकर्तालाई रकम बाँड्नलाई मात्र यो कार्यक्रम ल्याएको र मनपर्दाे ढङ्गबाट सो आयोजनाको रकम बाँडेर सकिएको उनको आरोप थियो । प्रवक्ता महतले सो आयोजनाको रकम बाँड्ने क्रममा तिमी… पुरा पढौ

राष्ट्रिय अर्थशास्त्री सम्मेलन : आत्मनिर्भर र समुन्नत अर्थव्यवस्था निर्माणमा चाल्नुपर्ने कदमलगायत ८ कार्यपत्र प्रस्तुत हुँदै

काठमाडौं, १२ चैत । सरकार, राजनीतिक नेतृत्व तथा अर्थशास्त्रीबीच महत्वपूर्ण आर्थिक मुद्दामा साझा धारणा बनाउने उद्देश्यले राजधानीमा प्रथम राष्ट्रिय अर्थशास्त्री सम्मेलन–२०७८ जारि छ । सम्मेलनमा आज आत्मनिर्भर र समुन्नत अर्थव्यवस्थाको निर्माण गर्न चाल्नुपर्ने कदमलगायत विभिन्न आठ शीर्षकमा कार्यपत्र प्रस्तुत हुँदैछन् । राष्ट्रिय आर्थिक सरोकार समाज नेपालको आयोजनामा भएको दुईदिने सो सम्मेलनमा मुलुकको वर्तमान आर्थिक परिदृश्य, आर्थिक समृद्धिका चुनौती तथा समाधानका उपायका सम्बन्धमा बृहङ्गम छलफल भइरहेकाे छ । साझा आर्थिक नीति निर्माणको पहलकदमी लिई आर्थिक समृद्धि तथा समुन्नत नेपाल निर्माणमा योगदान… पुरा पढौ

आयाे मुना बजार संचालनमा, किसानका समस्याप्रति सचेत छौं : मुख्यमन्त्री पोखरेल

पोखरा, ११ चैत । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उत्पादित कृषि बालीहरु बजारको समस्याले गर्दा किसानहरु मारमा परेको बताएका छन् । शुक्रबारदेखि पोखराको सृजनाचोकमा सञ्चानमा आएको मुना बजारको उद्घाटन गर्दै उनले उपभोक्ताहरुले मिसावट खाद्यन्नको प्रयोग गर्न बाध्य भएको बताए । उनले किसानका समस्याप्रति प्रदेश सरकार गम्भिर रहेको बताए । उनले मुनाबजारले किसानले उत्पादन गरेका स्थानीय तथा बिशुद्ध अर्गानिक खाद्य बस्तुहरुलाई उपभोक्तामाझ पु¥याउन गरेको प्रयास सराहनिय भएको बताए । मुख्यमन्त्री पोखरेललाई लिमिटेडका अध्यक्ष युवराज गुरुङले मुनाबजारमा उपलब्ध खाद्य वस्तुहरुको बारेमा… पुरा पढौ

नेपाल लाइफ इन्स्योरेन्सको ‘नेपाल लाइफ पाठशाला’ शुभारम्भ

काठमाडौं, ११ चैत । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कमलपोखरीस्थित नेपाल लाइफ भवन (सीटी सेन्टर)मा स्थापना गरेको ‘नेपाल लाइफ पाठशाला’ नामक प्रशिक्षण कक्षको शुभारम्भ गरेको छ । बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल तथा नेपाल लाइफ इन्स्योरेन्स सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघईले संयुक्त रुपमा उक्त उद्घाटन गरे । कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्सका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले स्वागत मन्तव्य व्यक्त गरे । कार्यक्रममा उनले यस्ता किसिमका गुणस्तरीय तालिमको पूर्वाधारहरुलाई क्षेत्रीय स्तरमा समेत विस्तार गरिने सोच रहेको बताए । उनले… पुरा पढौ

आगामी आवको बजेट कृषिमैत्री आउने अर्थसचिवको प्रतिवद्धता

काठमाडौं, ११ चैत । अर्थसचिव मधुकुमार मरासिनीले सरकारको आगामी आर्थिक वर्षको बजेट कृषिमैत्री आउने प्रतिवद्धता जनाएका छन् । चितवनको भरतपुरमा जारी नेपाल र एसियाकै पहिलो कृषि कर्जा मेलामा उनले साे कुरा बताएका हुन् । ‘अर्थ मन्त्रालय बजेट तयारीमा जुटेको छ । मन्त्रालयले आगामी आर्थिक वर्षको पहिलो छलफल कृषि क्षेत्रबाट सुरु गरेको छ, आगामी बजेटको पहिलो प्राथमिकता कृषि हुनेछ ।’ उनले भने, ‘कृषिप्रधान देश ६१ प्रतिशत कृषक रहेको भन्ने र वर्षमा अर्बौको कृषिजन्य वस्तु आयात हुने र युवाहरु रोजगारी नपाएको भन्दै… पुरा पढौ