आर्थिक 📈

साताको शेयर बजार : १६ अर्बको कारोबार

काठमाडौं, २७ कात्तिक । बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव, दीपावली तथा छठजस्ता महत्वपूर्ण चाडपर्वको अवसरलगायत कारण धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ओरोलो लाग्ने क्रम यस साता पनि जारी रह्यो । साताभर तीन दिन मात्रै धितोपत्र बजारमा शेयरको कारोबार भयो । दुई दिन बिदा परेकाले साताभर पूर्णरुपमा कारोबार हुन पाएन । तीन कारोबार दिनमा नेप्से परिसूचक हरेक दिनजसो ओरालो नै लाग्यो । बैंक तथा वित्तीय संस्थाले शेयर धितो कर्जामा गरेको कडाइका कारण पनि बजारमा मानसिक प्रभाव परेको अनुमान… पुरा पढौ

गण्डकी प्रदेश सरकारद्वारा बजेट थपिदिन सङ्घीय सरकारको पुनः ध्यानाकर्षण

पाेखरा, २७ कात्तिक । अभावका कारण योजना कार्यान्वयनमा समस्या आएको भन्दै गण्डकी प्रदेश सरकारले बजेट थपिदिन सङ्घीय सरकारको पुनः ध्यानाकर्षण गराएको छ । अर्थमन्त्री जनार्दन शर्मा पोखरा आएका अवसरमा भएको भेटघाटका क्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित मन्त्रीहरूले सरकारको ध्यानाकर्षण गराएका हुन । प्रदेशमा आम्दानीको स्रोत सीमित तर नागरिकका अपेक्षा अत्यधिक भएकाले त्यसैअनुसार बजेट विनियोजन गरिदिन मुख्यमन्त्री पोखरेलले अर्थमन्त्रीसँग आग्रह गरे । सङ्घीय शासन व्यवस्थासँगै सङ्घबाट प्रदेशमा स्वतः अधिकारहरू हस्तान्तरण भएको बताउँदै उनले ती अधिकार कार्यान्वयन र नागरिकका जनअपेक्षा… पुरा पढौ

१४ प्रतिशत लाभांश अनुमोदन गर्दै सकियो माछापुच्छ्रे बैंकको साधारण सभा

काठमाडौं, २७ कात्तिक । माछापुच्छ्रे बैंकको २३ औं वार्षिक साधारण सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित १४ प्रतिशत लाभांशको प्रस्तावलाई अनुमोदन गरेको छ । जस्मा १३.३ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ०.७ प्रतिशत नगद लाभांश रहेको छ । पोखराको पार्दीस्थित होटल ग्राण्डमा आयोजना गरिएको साधारण सभाले आर्थिक वर्ष २०७८, ०७९ को संचालन समितिको वार्षिक प्रतिवेदन, लेखा परिक्षकको प्रतिवेदन, २०७८ साल असार अन्त्यसम्मको वासलात, नाफा नोक्सान बाँडफाँड, नगद प्रवाह लगायतका एजेण्डाहरु पारित गरेको छ । सभाबाट रिक्त रहेको संचालक… पुरा पढौ

पर्वतका २२ सय कोभिड प्रभावितले सरकारको राहत पाउने

पर्वत, २७ कात्तिक । पर्वतका झण्डै दुई हजार २०० कोभिड–१९ प्रभावित परिवारले सरकारको सहयोग पाउने भएका छन् । जिल्लाका सातवटा स्थानीय तहका दुई हजार १८८ कोरोना प्रभावित परिवारले सरकारबाट राहत रकम पाउने भएका हुन् । कोभिड–१९ का कारण रोजगारी तथा आम्दानीका स्रोत गुमाएका परिवारलाई रु १० हजार नगद दिने सरकारको निर्णयअनुसार पर्वतका दुई हजार १८८ परिवारले राहत पाउने भएका हुन् । जिल्लाका स्थानीय तहहरुबाट वितरण हुने उक्त सहयोगका लागि आवेदन दिन सूचनासमेत प्रकाशन भएको छ । पर्वत जिल्लाको जलजला गाउँपालिकाका… पुरा पढौ

सुनको कोटा दैनिक ३० किलो बनाउन ब्यवसायीको माग

काठमाडौं, २७ कात्तिक । नेपाल सुनचाँदी ब्यवसायी महासंघले सुनको कोटा दैनिक ३० किलो बनाउन नेपाल राष्ट्र बैंकसँग आग्रह गरेको छ । महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले हालको आपूर्ति ब्यवस्थाले बजारको माग धान्न नसकेको भन्दै तत्त्काल आपूर्ति ब्यवस्था बढाउन राष्ट्र बैंक सँग आग्रह गरेको हो । राष्ट्र बैंकको बिदेशी बिनिमय ब्यवस्थापन बिभागका कार्यकारी निर्देशक रामु पौडेल समक्ष मुलुकभर रहेका सुनचाँदी ब्यवसायीको संख्या, यो ब्यवसायमार्फत प्राप्त रोजगारी, राज्यलाई प्राप्त राजस्व लगायतका बिषय समेटिएको प्रतिबेदन बुझाउँदै महासंघले हाल हुँदै… पुरा पढौ

उत्पादनमूलक उद्योगलाई प्राथमिकता दिन्छौं : अर्थमन्त्री शर्मा

पाेखरा, २७ कात्तिक । अर्थमन्त्री जनार्दन शर्माले उत्पादनमूलक उद्योग सरकारको प्राथमिकतामा रहेको बताएका छन् । पोखरा उद्योग वाणिज्य सङ्घद्वारा आयोजित अन्तरक्रियामा उनले उत्पादनमूलक अर्थतन्त्र निर्माणनै आफ्नो लक्ष्य भएको बताए । उत्पादनमूलक उद्योगलाई राज्यले आवश्यक पर्ने सबै सुविधा दिने प्रतिबद्धता व्यक्त गर्दै उनले भने, “भन्सार छुट चाहियो कि, विद्युत् वा कर छुट के चाहिन्छ, त्यो तत्काल दिइन्छ ।” उनले उत्पादित बिजुली स्वदेशमै खपत हुने अवस्था सिर्जना गर्नेतर्फ सरकार लागिरहेको दाबी गरे । हालसम्म ४.७ प्रतिशत मात्रै पूँजीगत खर्च हुनु दुःखको विषय भएको… पुरा पढौ

भृकुटीमण्डपमा मङ्सिर १३ गतेसम्म जुत्ता चप्पलको व्यापार मेला सुरु

काठमाडौं, २७ कात्तिक । फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएशन अफ नेपालले प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा व्यापार मेला सुरु गरेको छ । आगामी मङ्सिर १३ गतेसम्म चल्ने उक्त मेलामा विभिन्न ३० वटा जुता चप्पल कम्पनीका ६० वटाभन्दा बढी बिक्री कक्ष राखिएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले मेलको उद्घाटन गर्दै मुलुकको विकास निर्माणमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने हुँदा स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न सरकारले लगानी बढाउनुपर्ने बताए। एशोसिएशनका अध्यक्ष कृष्ण फुयालले स्वदेशी उत्पादनलाई प्रवद्र्धन तथा विस्तार गर्ने उद्देश्यले मेला गर्न लागिएको… पुरा पढौ

बैंकिङ क्षेत्रकाे तरलता अभावको समस्या तत्काल समाधान गर्न उपाध्यक्ष ढकालकाे आग्रह

भक्तपुर, २६ कात्तिक । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावको समस्या तत्काल समाधन गर्न नेपाल सरकार र नेपाल राष्ट्र बैंकलाई आग्रह गरेका छन् । उनले भने, “विगत दुई वर्षभन्दा लामो समयदेखि कोभिड–१९ को महामारीबाट थला परेको अर्थतन्त्र विस्तारै उठ्दैछ, मुलुकको उद्योग व्यवसाय विस्तारै सुधार हुने अवस्थामा देखिएको छ । यही समयमा बैंकिङ क्षेत्रमा देखिएको तरलता समस्याले यसलाई थप मारमा पार्न सक्छ, त्यसैले यो समस्या हल गर्न सरकार गम्भीर हुनुपर्छ ।” आज भक्तपुर उद्योग… पुरा पढौ

सुनचाँदीको भाउ निरन्तर उकालो लाग्दै

काठमाडौं, २६ कात्तिक । सुनचाँदीको भाउ आज पनि उकालो लागेको छ । साताको कारोबार हुने छैटौं दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ उकालो लागेको हो । छपावाला सुनमा रुपैयाँ ४०० तथा चाँदीमा रुपैयाँ १५ ले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा रुपैयाँ ४०० ले बृद्धि भएर प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन बिहिबार छापावाला सुनमा रुपैयाँ १३०० ले बृद्धि भएर प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन… पुरा पढौ

साना किसान लघुवित्तको वित्तीय अवस्था सुधार, नाफामा बृद्धि

काठमाडौं, २६ कात्तिक । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको वित्तीय अवस्थामा सुधार देखिएको छ । संस्थाको सार्वजनिक भएको यस आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार वित्तीय सूचकहरुमा सुधार देखिएको हो । लघुवित्तको यस आर्थिक वर्षको असोज महिनाको अन्त्यसम्म १६ करोड ५४ लाख ७ हजार खुद नाफा भएको छ । गत वर्ष सोहि अवधिमा संस्थाको नाफा १४ करोड ३० हजार रहेको थियो । साना किसान लघुवित्तको खुद ब्याज आम्दानी तथा संचालन मुनाफामा बृद्धि भएपछि खुद नाफामा बृद्धि हुन टेवा… पुरा पढौ