आर्थिक 📈

आरम्भ चौतारीमा देउराली गाभियो,एकीकृत कारोबार सुरु

काभ्रेपलाञ्चोक, १ मङ्सिर । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकास्थित आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडसँग रुपेन्देहीको बुटवल उपमहानगरपालिकामा अवस्थित देउराली लघुवित्त वित्तीय संस्था गाभिएको छ । दुई वित्तीय संस्था गाभिएर मङ्गलबारदेखि आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडकै नाममा एकीकृत कारोबार सुरु भएको छ । एकीकृत कारोबार सुरु भएपश्चात संस्थाको चुक्ता पूँजी रु ३० करोड ६९ लाख २३ हजार र सदस्य संख्या ५२ हजार ४१९ पुगेको संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद शर्माले जानकारी दिए। संस्थामा ९२ हजार ९५२ ऋणी छन् । यसमा आवद्ध… पुरा पढौ

नेपाल टेलिकमको नाफामा ४८.९० प्रतिशतले वृद्धि

काठमाडौं, १ मंसिर । नेपाल टेलिकमले फोरजी आयोजनाको कार्यान्वयनसँगै यसको पहुँच विस्तार भएपछि गत आर्थिक वर्षको तुलनामा झण्डै ५० प्रतिशतले मुनाफा वृद्धि गरेको छ । गत आवको प्रथम त्रैमासिक अवधि (२०७७ असोज मसान्त) मा खुद मुनाफा रु एक अर्ब ५१ करोड ७७ लाख ६९ हजार रहेकामा चालु आवको सोही अवधि (२०७८ असोज मसान्त) मा रु ७४ करोड २१ लाख ३४ हजार (अर्थात् ४८.९० प्रतिशत) ले वृद्धि भई रु दुई अर्ब २५ करोड ९९ लाख चार हजार रहेको सो संस्थाले जनाएको… पुरा पढौ

गौरादहमा कृषि बजारको तयारी

पाँच साना किसान सहकारी संस्थाले संयुक्त रुपमा गौरादह नगरपालिका–१ मा रु १५ लाख लगानी गरेर कृषि बजार सञ्चालनमा ल्याउने तयारी गरेका छन् । सहकारीमा आवद्ध शेयर सदस्य तथा स्थानीय किसानले उत्पादन गरेका अग्र्यानिक कृषिजन्य वस्तु खरिद गरेर सहकारीले बिक्री गर्ने उद्देश्यले कृषि बजार सञ्चालनमा ल्याउन लागिएको हो । स्थानीय लक्ष्मी उप्रेतीको १ कठ्ठा जमिन मासिक रु १२ हजार भाडा तिर्ने सर्तमा सहकारीले पाँच वर्षका लागि भाडामा लिएको महारानी झोडा साना किसान सहकारी संस्थाका व्यवस्थापक चीरञ्जीवी भण्डारीले जानकारी दिए। ती सहकारी… पुरा पढौ

ब्याजदर बृद्धिले नेप्सेमा परेन असर, सर्वत्र छायाे हरियाली

कठमाडौं, ३० कात्तिक । साताको कारोबार हुने तेश्रो दिन मंगलबार शेयर बजारमा सर्वत्र हरियाली छाएको छ । शेयर बजारको उकालोको यात्रा देखेर लगानीकर्ताहरु उत्साहित भएका छन् । नेप्सेमा उच्च अंकको बढोत्तरी हुँदा १३ वटै उपसमूहहरुले पनि उकालोको सुखद् यात्रा गरेका छन् । कारोबार रकममा पनि बृद्धि भएको छ । विशेष गरी पछिल्लो समय अर्थमन्त्री जनार्दन शर्माले चालेको सकारात्मक कदम र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसंगको छलफलपछि शेयर बजार सकारात्मक लयमा फर्किएको देखिएको छ । राष्ट्र बैंकले सर्कुलर जारि गरेपछि… पुरा पढौ

उत्पादन बढेपछि किबीको मूल्य घट्यो

गलकोट, ३० कात्तिक । बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले वार्षिक १० हजार केजी किबी उत्पादन गरेर बजार पठाउछन् । जिल्लामा पहिलो पटक किबीको व्यावसायिक उत्पादन थालेका उनले जिल्लामा किबी जागरणनै ल्याएका छन् । अहिले जिल्लाको पालिकास्तरमा मात्रै हैन प्रत्येक गाउँगाउँमा किबीखेती भइरहेको छ । नगदेबालीको रुपमा रहेको किबीलाई फलको राजासमेत भनिँदै आइएको छ । जिल्लामा एक दशकदेखि व्यावसायिक खेतीगर्न थालिएको किबीको अहिले लहर नै चलेको छ तर जिल्लामा हचुवाको भरमा खेती गर्नाले फल भने सानो लाग्ने गरेको छ… पुरा पढौ

ह्वात्तै बढ्यो सुनचाँदीको भाउ, तोलाको कति पुग्यो ?

काठमाडौं, ३० कात्तिक । अन्तराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा भईरहेको आरोह अवरोहको कारण नेपाली बजारमा पनि त्यसको प्रभाव पर्ने गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छपावाला सुनमा रुपैयाँ ५०० ले बृद्धि भएको छ । चाँदीमा रुपैयाँ १० ले बृद्धि भएको छ । छपावाला सुन प्रतितोला ९४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सोमबार छपावाला सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको छ… पुरा पढौ

राष्ट्रिय वाणिज्य बैंकको नयाँ ब्याजदर सार्वजनिक, मंसिर १ बाट लागू हुँदै

कठमाडौं, ३० कात्तिक । राष्ट्रिय वाणिज्य बैंकले मंसिर १ गते बुधबारबाट लागू हुने गरेर नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले बचत खातामा न्यूनतम ४.११ प्रतिशत र अधिकतम ६.५५ प्रतिशत सम्मको ब्याज दिने भएको छ । मुद्धति निक्षेपमा न्यूनतम ८.११ प्रतिशत देखि १०.११ प्रतिशतसम्म रहेको छ । यसअघि मुद्धति निक्षेपको ब्याजदर ९.५५ प्रतिशत रहेको थियो । बैंकले पछिल्लो क्रममा निक्षेपमा ०.५६ प्रतिशत ब्याजदर बढाएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म बैंकको ब्याजको आधारदर ५.५१ प्रतिशत कायम गरिएको छ ।… पुरा पढौ

सांग्रिला बैंकको नयाँ शाखा दमक र नारायणपुरमा थपियो

काठमाडाैं, २९ कार्तिक । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडलले एकै दिन दुई नयाँ शाखाबाट बैंकिङ्ग कारोवार शुरु गरेको छ । बैंकले ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रम सँगै झापाको दमक नगरपालिका वडा नं. ६ दमक बजार तथा दाङ्ग जिल्ला घोराही उपमहानगरपालिका वडा नं. १०, नारायणपुरमा शाखा संचालनमा ल्याएको हाे । दमक र नारायणपुर शाखा कार्यालय संचालनमा आए सँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको बताइएको छ । यो सँगै सांग्रिला डेभलपमेन्ट बैंकको… पुरा पढौ

प्रभु क्यापिटल सुपर मादी हाईड्रोपावर कम्पनीको शेयर प्रत्याभूतिमा नियुक्त

काठमाडौं, २९ कात्तिक । सुपर मादी हाईड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणलाई ३१ लाख ५० हजार कित्ता शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने कार्य अगाडी बढाउनको लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर प्रत्याभूतिमा नियुक्त गरेको छ । यसका बारेमा सम्झौता कार्तिक २८ गते आईतबार सम्पन्न पनि भइसकेकाे छ । सम्झौतामा सुपर मादी हाईड्रोपावर कम्पनी लिमिटेडकाे तर्फबाट कार्यकारी अध्यक्ष पुष्प ज्योति ढुंगाना तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरे। कम्पनीले कास्की जिल्लाको मादी नदीमा ४४ मेगावाट क्षमताको हाइड्रोपावर आयोजना निर्माण गरीरहेको… पुरा पढौ

अर्थमन्त्री शर्माले चासो लिएपछि शेयर बजारमा छायो हरियाली

काठमाडौं, २९ कात्तिक । साताको शेयर कारोबार हुने दोश्रो दिन सोमबार झण्डै एक सातापछि शेयर बजारमा हरियाली छाएको छ । यसरी हरियाली छाएपछि अब उकालो चढ्लाकि भन्ने लख काट्न थालिएको छ । आज छाएको हरियालीले लगानीकर्तामा अब शेयर बजार सुध्रिने आशा जगाएको छ । अर्थमन्त्री जनार्दन शर्माले 'क' वर्गका वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत र प्रतिनिधिलाई बोलाएर तरलताको समस्या समाधानका बारेमा छलफल गरेपछि हरियाली छाएको छ । शर्माले यही बिषयमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग पनि छलफल गरेका थिए… पुरा पढौ