आर्थिक 📈

घट्यो सुनचाँदीकाे मूल्य, काराेबार कतिमा हुँदैछ ?

काठमाडौं, २९ कात्तिक । नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ३०० ले ओरालो लागेर रु ९४ हजार ३०० तोकिएकोे छ । पहेँलो धातु आइतबार प्रतितोला रु ९४ हजार ६००मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९३ हजार ८०० तोकिएको छ जसको मूल्य आइतबार प्रतितोला रु ९४ हजार १०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले घटेर रु एक हजार २८०… पुरा पढौ

पुस २ देखि ४ गतेसम्म चितवनमा अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने

काठमाडौं, २९ कात्तिक । चितवनमा अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने भएको छ । आगामी पुस २ देखि ४ गतेसम्म नेपाल उद्योग परिसंघ र चितवन उद्योग संघको आयोजनामा उक्त प्रदर्शनी हुने भएको हो । प्रदर्शनी मिडिया स्पेस सोलुसन्स र फ्युचर ट्रेड फेयर एन्ड इभेन्ट्सको व्यवस्थापकीय साझेदारीमा तीन दिनसम्म हुने भएको छ । लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र तथा राष्ट्रिय आविष्कार केन्द्रको सहभागिता हुने प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियसहित २०० बढी स्टलहरू राखिने भएको छ । लघु, घरेलु तथा साना उद्यमी र… पुरा पढौ

नेपाल प्रज्ञा प्रतिष्ठानको बजेट २५ करोड ४६ लाख

काठमाडौं, २९ कात्तिक । नेपाल प्रज्ञा प्रतिष्ठानको आज सम्पन्न ३६ औँ प्राज्ञसभाले चालु आर्थिक वर्षका लागि रु २५ करोड ४६ लाखको बजेट तथा कार्यक्रम तर्जुमा गरेको छ । कोभिड–१९ महामारीका कारण नेपाल सरकारको बजेट कटौती तथा प्रतिष्ठानको आन्तरिक आम्दानीमा कमी आएका कारण उक्त रकम मात्रको बजेट तथा कार्यक्रम पारित गरिएको हो । प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको अध्यक्षतामा भएको सभामा सदस्य सचिव प्रा जगत्प्रसाद उपाध्यायले सो बजेट तथा कार्यक्रम प्रस्तुत गरेका थिए । सभामा गत आवको यथार्थ आय रु १७ करोड ५७… पुरा पढौ

इन्धनको मूल्य वृद्धि भएसँगै हवाई भाडा बढ्यो

काठमाडौं, २९ कात्तिक । इन्धनको मूल्य वृद्धि भएसँगै हवाई सेवा प्रदायक कम्पनीले हवाई भाडा बढाएका छन् । वायुसेवा सञ्चालकहरुको छाता सङ्गठन वायु सेवा सञ्चालक सङ्घले हवाई भाडामा जोड्ने इन्धनको शुल्कमा अधिकतममा रु २२० वृद्धि गरिएको जनाएको छ । निगमले हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर रु ५ मूल्य बढाएको थियो । सोही अनुरुप वायुसेवा कम्पनीले हवाई भाडा बढाएका हुन् । यसरी बृद्धि भएको भाडादरअनुरुप अब काठमाडौँबाट सबैभन्दा लामो दूरीको धनगढी गन्तव्यका लागि रु २२० बढेको छ । सङ्घका अनुसार नेपाल नागरिक उड्डयन… पुरा पढौ

नेप्सेमा सामान्य गिरावट, ७ वटा उपसमूह परे हरियो सूचीमा

काठमाडौं, २८ कात्तिक । साताको कारोबार हुने पहिलो दिन आईतबार नेप्से ओरालो लागेको छ । अघिल्लो सातामा पनि लगातार ओरालो लागेको शेयर बजारमा आज पनि ओरालोको यात्राले निरन्तरता पाएको छ । नेप्सेमा सामान्य गिरावट देखिएको छ । नेप्से परिसूचक १.३८ अंकले घटेको छ । यसरी घटेको नेप्से २६८८.९२ विन्दुमा झरेको छ । नेप्सेमा ०.०५ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स भने ०.२५ अंकले बढेर ५०२.४४ विन्दुमा रहेको छ । कुल २३० वटा कम्पनीको कारोबार भएको छ । उनीहरुको ७४ लाख ३४… पुरा पढौ

निरन्तर उकालो लाग्दै सुन र चाँदीको भाउ

काठमाडौं, २८ कात्तिक । सुुनचाँदीको भाउ निरन्तर उकालो लागेको छ । साताको कारोबार हुने पहिलो दिन आईतबार पनि नेपाली बजारमा सुनचाँदीको भाउ उकालो लागेको छ। छापावाला सुनमा रुपैयाँ २०० तथा चाँदीमा रुपैयाँ १० ले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा रुपैयाँ २०० ले बृद्धि भएर प्रतितोला ९४ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । साे दिन पनि सुनकाे भाउ बढेकाे थियाे… पुरा पढौ

अरुण काबेली पावरको नाफामा १९.३५ प्रतिशतले बृद्धि

काठमाडौं, २८ कात्तिक । अरुण काबेली पावर लिमिटेडले यस आर्थिक वर्षको पहिलो त्रैमासमा १३ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको सार्वजनिक भएको वित्तीय विवरणका अनुसार समिक्षा अवधिमा गत वर्षकोभन्दा १९.३५ प्रतिशतले नाफा बढेको छ । अघिल्ला आर्थिक वर्षको सोहि समयमा कम्पनीको नाफा ११ करोड ३५ लाख रुपैयाँ मात्रै थियो । सार्वजनिक वित्तीय विवरणका अनुसार विद्युतकाे बिक्रीबाट भएको आम्दानी १८.४९ प्रतिशतले बढेको छ । यसरी बढेको रकम २६ करोड ६९ लाख रुपैयाँ भएको छ । अघिल्लो वर्षमा… पुरा पढौ

वृद्ध सेवा केन्द्रमा व्यावसायिक च्याउ खेतीबाट मनग्य आम्दानी

महेन्द्रनगर, २८ कात्तिक । मनकारी दाताका सहयोगबाट सञ्चालित कञ्चनपुरको महेन्द्रनगरस्थित महिला तथा वृद्ध सेवा केन्द्रमा व्यावसायिक च्याउ खेतीबाट मनग्य आम्दानी गर्न थालिएको छ ।वृद्धाश्रमको आयस्रोत बढाउनुका साथै आश्रित जेष्ठ नागरिकका पालपोषणमा सहयोग पुगोस् भन्ने उद्देश्यले लामो समयदेखि यहाँको बनखेतमा रहेको सो केन्द्रमा च्याउँखेती गरिँदै आएको छ । केन्द्रका अध्यक्ष शारदा चन्दले वृद्धाश्रम सञ्चालनमा आर्थिक रुपले टेवा पुगोस् भन्ने ध्येयले आफूहरु विगत एक दशक यता वद्धाश्रमै च्याउखेती गरिरहेको जानकारी दिइन । “वृद्धाश्रमलाई स्थानीयदेखि संघीय सरकारको कुनै नियमित सहयोग छैन् ।” उनले… पुरा पढौ

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको खुद नाफामा ३४.३७ ले बृद्धि

काठमाडौं, २८ कात्तिक । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको खुद नाफामा बृद्धि भएको छ । निफ्राले आर्थिक वर्षकोभन्दा यसपटक खुद नाफामा बृद्धि गरेको हाे। बैंकको सार्वजनिक भएको यस आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरणका अनुसार गत वर्षको सोहि अवधिकोभन्दा यस आर्थिक वर्षमा खुद नाफामा बृद्धि भएको देखिएको छ । असोज महिनाको अन्त्यसम्म बैंकले २४ करोड २० लाख २७ हजार खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षकोभन्दा ३४.३७ प्रतिशत बढी हो । गत वर्ष बैंकले १८ करोड १ लाख २२ हजार खुद… पुरा पढौ

चन्द्रागिरि रिसोर्टलाई ‘इन्टरनेशनल हस्पिटालिटी एण्ड ट्राभल अवार्ड’

काठमाडौं, २८ कात्तिक । चन्द्रागिरि हिल्स रिसोर्टलाई ‘इन्टरनेशनल हस्पिटालिटी एण्ड ट्राभल अवार्ड– २०२१’ प्रदान गरिएको छ । नयाँ दिल्लीमा आयोजना गरिएको एक कार्यक्रममा नेपालको एक उत्कृष्ट रिसोर्टका रुपमा उक्त अवार्ड प्रदान गरिएको हो । हस्पिटालिटी इन्डिया, भारतीय पर्यटन बोर्ड र एक्स्प्लोर द वल्र्डद्वारा नयाँ दिल्लीमा आयोजित कार्यक्रममा केही भारतीय होटल तथा ट्राभल एजेन्सीसहित नेपालको चन्द्रागिरि रिसोर्टलाई पनि उत्कृष्ट रिसोर्ट अवार्ड प्रदान गरिएको हो । सो कार्यक्रममा अतिथिका रुपमा आमन्त्रित संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र भारतीय पूर्वमन्त्री विजय… पुरा पढौ