आर्थिक 📈

लगातार नेप्सेमा गिरावट, महालक्ष्मी विकास बैंकले गर्यो ४७ करोड बढीको कारोबार

काठमाडौं, २५ कात्तिक । साताको कारोबार हुने पाँचौ दिन बिहिबार शेयर बजार राताम्मै भएको छ । योसहित लगातार साताको अन्तिम कारोबार हुने दिन आज पनि नेप्सेको यात्रा ओरालोतिरै गयो । बिदाको कारण यो साता नेप्सेमा तीनदिन मात्रै कारोबार भएको छ । यी तिनैवटै दिनमा नेप्से ओरालो लाग्यो । नेप्सेमा देखिएको नकारात्मक असरले लगानीकर्ताहरुको उत्साह घटाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेमा ५९.५७ अंकले गिरावट भई २६९०.२९ विन्दुमा झरेको छ । नेप्सेमा २.१७ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स १०.६३ अंकले… पुरा पढौ

चौधरीले गरे माछापालनबाट मनग्य आम्दानी

कञ्चनपुर, २५ कात्तिक । शुक्लाफाँटा नगरपालिका– ७ पिताम्बरका हिक्मत चौधरी माछापालन गरेर मनग्य आम्दानी गर्दै आएका छन् । चौधरीले माछा र भुरा बेचेर वार्षिक रु आठ लाखभन्दा बढी आम्दानी गर्दै आएका हुन् । दुई बिघा जग्गामध्ये एक बिघा जग्गामा निर्माण गरिएका चारवटा पोखरीमा उहाँले माछापालन गर्दै आएका छन । उनका अनुसार तीन वटा पोखरीमा भुरा र एउटा पोखरीमा माछा उत्पादन गरी बेच्ने गरेको छ । विगत तीन वर्षदेखि व्यावसायिक रुपमा माछापालनमा लाग्नुभएका चौधरीले पोखरी निर्माणमा रु तीन लाख खर्च गरेका… पुरा पढौ

किन रोकियो प्रभु बैंकको शेयर कारोबार ?

काठमाडौं, २५ कात्तिक । प्रभु बैंकको शेयर कारोबार रोक्का भएको छ । बैंकले कारोबार समयमा नै संचालक समितिको बैठक गरेर लाभांश घोषणा गरेपछि बैंकको शेयर कारोबार रोक्का गरिएको बताईएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार गएको मंगलबार कारोबार गर्ने समयमा बैंक संचालक समितिको बैठक बसेर लाभांश घोषणा गरेपछि स्पष्टिकरण माग गर्नका लागि दोश्रो बजारमा शेयर कारोबार रोक्का गरिएको हो । गएको मंगलबार दिउँसो १ बजे संचालक समितिको बैठकक बसेर १२ प्रतिशत बोनश शेयर तथा कर प्रयोजनका लागि नगद लाभांश वितरणको… पुरा पढौ

बैंकिङ क्षेत्रमा तरलता संकट कायमै, राष्ट्र बैंकले आज २० अर्ब बजारमा पठाउँदै

काठमाडौं, २५ कात्तिक । बैंकिङ क्षेत्रमा तरलता संकट कायम देखिएकाे छ । तरलता संकट टार्न नेपाल राष्ट्र बैंकले बिहीबार २० अर्बको १४ दिन अवधिको रिपो जारी गर्ने भएको छ । बैंकले आगामी मङ्सिर ९ गते परिपक्व हुने रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको हो । बजारमा लगानीयोग्य रकमको अभाव रहेकाले तरलता व्यवस्थापनका निम्ति केन्द्रीय बैंकले केही समयअघिदेखि निरन्तर रिपो जारी गर्दै आएको छ । बैंकले यसअघि यही महिनामा दुईपटक रिपो जारी गरिसकेको छ । बिहीबार जारी हुने रिपोसहित… पुरा पढौ

निस्कृय कर्जा कम हुनेमा सानिमा बैंक अगाडी, सबैभन्दा धेरै राष्ट्रिय वाणिज्य बैंकको

काठमाडौं, २५ कात्तिक । निस्कृय कर्जा धेरै हुनेमा राष्ट्रिय वाणिज्य बैंक देखिएको छ । लगानी भएको ऋण समयमा नउठ्दा यो बैंकको सबैभन्दा धेरै निस्कृय कर्जा देखिएको छ । सबैभन्दा कम निस्कृय कर्जा भने सानिमा बैंकको देखिएको छ । पहिलो त्रैमासमा सानिमाको निष्क्रिय कर्जा अनुपात ०.११ प्रतिशत देखिएको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा सानिमाको ०.४४ प्रतिशत थियो । निष्क्रिय कर्जा कम हुने दोस्रो नम्बरमा एभरेष्ट बैंक र तेस्रो नम्बरमा नेपाल एसबीआई बैंक देखिएको छ । हेर्नुस् कुन बैंकको कति :… पुरा पढौ

फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

काठमाडौं, २५ कात्तिक । सरकारले आजदेखि लागू हुनेगरी इन्धनको मूल्य बढाएको छ । पेट्रोल, डिजेल र मट्टितेलमा यसअघिको मूल्यमा प्रतिलिटर रु ३ ले बढाइएको छ । नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले राति १२ वजेदेखि लागू हुनेगरी खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको हो । खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर रु ७५ बढाएर १५ सय ७५ पुगेको छ । पेट्रोलको मूल्य प्रतिलिटर रु १३६ पुगेको छ भने डिजेल मट्टितेलको प्रतिलिटर मूल्य रु ११९ कायम… पुरा पढौ

फूल बेचेर एकै याममा दुई लाख बढी आम्दानी

वालिङ, २४ कात्तिक । यहाँका एक किसानले एकै याममा सात क्विन्टल सयपत्रीको फूल बेचेर दुई लाखभन्दा बढी आम्दानी गर्न सफल भएका छन् । स्याङ्जाको गल्याङ नगरपालिका–५ रुपखानीका चन्द्रबहादुर रानाले बाँझो रहेको जमिनको सदुपयोग गर्दै व्यावसायिकरुपमा गरेको फूल खेतीबाट उक्त आम्दानी लिन सफल भएका छन्। ‘मौलाकालिका कृषि तथा पशुपक्षी फर्म’ मार्फत उनले एक हजार ५०० बिरुवा अमेरिकन सन ओरेन्ज मेरिगोल्ड र एक हजार ५०० बिरुवा मेरिगोल्ड गरी छ हजार फूलका बिरुवा लगाएका थिए । “गाउँमा रहेको आफ्नै आठ रोपनी क्षेत्रफलको बारीमा… पुरा पढौ

आँधिखोला लघुवित्तको नाफामा ४१.४३ प्रतिशतले बृद्धि

काठमाडौं, २४ कात्तिक । आँधिखोला लघुवित्त वित्तीय संस्थाको नाफामा सुधार देखिएको छ । लघुवित्तको सार्वजनिक भएको यस आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरणले संस्थाको नाफामा सुधार भएको देखिएको हो । संस्थाले यस अवधिमा ९३ लाख ४४ हजार रुपैयाँ नाफा कमाउन सफल भएको छ । यो नाफा अघिल्लो वर्षको सोहि अवधिकोभन्दा ४१.४३ प्रतिशतले बढी हो । अघिल्लो पटक संस्थाको नाफा यहि अवधिमा ६६ लाख ६ हजार रुपैयाँ रहेको थियो । लघुवित्तको संचालन मुनाफा पनि बढेको छ । यो बढेर ९६ लाख… पुरा पढौ

बढ्यो सुनको भाउ, कतिमा हुदैंछ कारोबार ?

काठमाडौं, २४ कात्तिक । साताको कारोबार हुने चौथो दिन नेपालीमा बजारमा सुनको भाउ उकालो लागेको छ । छापावाला सुनमा रुपैयाँ ४०० ले बृद्धि भएको छ भने चाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा रुपैयाँ ४०० ले बृद्धि भएर प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । मंगलबार छापावाला सुनको भाउ प्रतितोला ९२ हजार ३०० रुपैयाँ तोकिएको थियो । तेजाबी सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भएको छ । मंगलबार तेजाबी सुन प्रतितोला… पुरा पढौ

कर्जा प्रवाह बढेकाले तरलता अभाव भयो : गभर्नर अधिकारी

काठमाडौं, २४ कात्तिक । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बढी कर्जा प्रवाह हुँदा तरलता अभाव भएको बताएका छन् । नेपाल बैंकर्स सङ्घको ३५औँ साधारणसभामा गभर्नर अधिकारीले आर्थिक वर्षको सुरुमै सोचेअनुरुप रेमिट्यान्स नआउनु, आयात बढेर बाह्य क्षेत्रमा दबाब परेको र सरकारी खर्च बेलैमा नहुँदा तरलतामा चाप परेको बताए। अर्थतन्त्रको पुनःरूत्थान चाँडो हुन ऋण विस्तार सहयोगी भएकाले पनि अभाव भएको उल्लेख गर्दै संयमित भएर ऋण विस्तार र ब्याज समायोजन गर्न आग्रह गरे। उनले नाफा मात्र खोज्ने प्रवृत्ति हुँदा ऋण विस्तार भएको… पुरा पढौ