आर्थिक 📈

नेप्से ५.२२ अंकले बढ्दा ०.५२ अंकले घट्यो सेन्सेटिभ इण्डेक्स

काठमाडौं, १७ कात्तिक । साताको शेयर कारोबार हुने चौथो दिन बुधबार नेप्से ५.२२ अंकले बढेको छ । सेन्सेटिभ इण्डेक्स भने ०.५२ अंकले घटेर ५३०.८९ विन्दुमा रहेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार परिसूचक ५.२२ अंकले बढेर २८४८.८४ विन्दुमा उक्लेको छ । नेप्से ०.१८ प्रतिशतले बढ्दा सेन्सेटिभ इण्डेक्स ०.५२ अंकले घटेर ५३०.८९ विन्दुमा रहेको छ । कुल २२९ कम्पनीको शेयर कारोबार भएको छ । ९९ लाख ९५ हजार ५२२ कित्ता शेयरको खरिदबिक्रीबाट ६ अर्ब ५५ करोड ३० लाख ५९ हजार १५२… पुरा पढौ

ह्वात्तै घट्यो सुन र चाँदीको भाउ

काठमाडौं, १७ कात्तिक । साताको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ ह्वात्तै घटेको छ । छापावाला सुनमा प्रति तोला ५०० का दरले तथा चाँदीमा २५ रुपैयाँले गिरावट भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा ५०० रुपैयाँले गिरावट भई प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन मंगलबार छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको छ । मंगलबार तेजाबी सुन प्रतितोला… पुरा पढौ

नबिल बैंकले गर्यो सबैभन्दा बढी लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं, १७ कात्तिक । बैंकिङ क्षेत्रमा छुट्टै पहिचान बनाएको नबिल बैंकले आफ्ना शेयरधनीहरुको लागि आकर्षक लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७७/२०७८ को मुनाफाबाट शेयरधनीहरुलाई ३८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । बैंक संचालक समितिको मंगलबार बसेको बैठकले लाभांश वितरणको प्रस्ताव गरेको हो । बैंकले चुक्ता पूँजीको ३३.६ प्रतिशत बोनस शेयर तथा करको प्रयोजनार्थ ४.४ प्रतिशत नगदसहित ३८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । गत वर्षको मुनाफाबाट सबैभन्दा बढी लाभांश वितरण घोषणा गर्ने वाणिज्य… पुरा पढौ

पुष्प प्रदर्शनीमा लक्ष्यभन्दा बढीकाे कारोबार

काठमाडौं, १७ कात्तिक । गोदावरी पुष्प प्रदर्शनीमा लक्ष्यभन्दा २९ लाख बढीको कारोबार भएको छ । ललितपुरमा शुक्रबादेखि सुरु भएको १४ औँ गोदावरी पुष्प प्रदर्शनीमा लक्षित ५० लाखभन्दा बढी आर्थिक कारोबार भएको हो । गत वर्ष कोरोना महामारीका कारण उक्त प्रदर्शनी हुन सकेको थिएन । फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष मीनबहादुर तामाङका अनुसार यस वर्ष कारोनाको महामारी पूर्णरूपमा नहटेका कारण रु ५० लाखको मात्रै कारोबार हुने आशा गरिए पनि लक्ष्यभन्दा निकै बढी कारोबार भएको छ । गत शुक्रबादेखि चार दिनसम्म रहेको प्रदर्शनीमा… पुरा पढौ

सांग्रिला बैंकको सत्रौं वार्षिक साधारण सभा सम्पन्न, शेयरधनीलाई १०प्रतिशत बोनस शेयर दिने

काठमाडाैं, १६ कार्तिक । सांग्रिला डेभलपमेन्ट बैंकको आज सत्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकले लैनचौर ब्याङ्क्वेट, काठमाण्डौमा आफ्नो सत्रौं वार्षिक साधारण सभा भौतिक तथा जुम प्रविधि मार्फत सम्पन्न गरेको हाे । सो साधारण सभाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम डेभलपमेन्ट बैंकको चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर तथा कर भुक्तानी प्रयोजनका लागि चुक्ता पूँजीको ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नुका साथै आ.व. ०७७/७८ को वित्तीय विवरण पारित गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत सुयाेग ले… पुरा पढौ

बीमा समितिकाे चेतावनी-गलत मनसाय राखेर बीमा भुक्तानी दाबी गर्नेलाई कारबाही

काठमाडौ‌, १६ कात्तिक । पछिल्ला दिनमा बीमा क्षेत्रमा विकृति तथा विसङ्गति बढेको भन्दै त्यस क्षेत्रको नियामक निकाय बीमा समितिले सम्वद्ध पक्षलाई कारबाहीको चेतावनी दिएको छ । गलत मनसायका साथ बीमा दाबी भुक्तानी परेको भन्ने व्यापक गुनासो आएपछि समितिले आज एक सूचनामार्फत गलत काम नरोकिए कारबाही गर्ने चेतावनी दिएको हो । ठगी गर्ने नियमतले बीमा दाबी भुक्तानी गर्ने प्रयास भएको पाइएकाले समितिले चेतावनी दिँदै भनेको छ, “बीमाको नाममा किर्ते र जालसाजीपूर्ण कागजात तथा बेहोरा पेश गरी ठगीलगायतका कसुर गर्ने गरेको पाइएको… पुरा पढौ

छायो तिहारको मुखैमा नेप्सेमा हरियाली, कारोबारमा महालक्ष्मी विकास बैंक अब्बल

कठमाडौं, १६ कात्तिक । साताको तेश्रो दिन मंगलबार शेयर बजारमा हरियाली फर्किएको छ । सांस्कृतिक पर्व तिहार आरम्भको दिनको रुपमा लिईने धनतेरसको दिन शेयर बजारमा हरियाली छाउँदा लगानीकर्तामा उत्साह थपिएको छ । अघिल्ला ६ दिन नेप्सेमा लगातार बृद्धि हुँदा हिजो भने दोहोरो अंकले घटेको थियो । यो अवधिमा विभिन्न कम्पनीहरुले लाभांश घोषणा गरिरहेका छन् । कतिपय कम्पनीहरुले यस आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् । यसले शेयर बजारलाई उकालोतिर लैजाने आँकलन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज… पुरा पढौ

निरन्तर उकालो लाग्दै सुनचाँदीको भाउ

काठमाडौं, १६ कात्तिक । नेपाली बजारमा सुनचाँदीको भाउ निरन्तर उकालो लागेको छ । साताको कारोबार हुने तेश्रो दिन मंगलबार छापावाला सुनमा रुपैयाँ २०० तथा चाँदीमा रुपैयाँ ५ ले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन २०० रुपैयाँले बढेर प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन सोमबार छापावाला सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । सोमबार तेजाबी सुन प्रतितोला ९१… पुरा पढौ

सांग्रिला डेभलपमेन्ट बैंकको १०१ औं शाखा सर्लाहीको बरहथवामा

काठमाडौं, १५ कार्तिक । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो १०१ औं शाखा सर्लाहीको बरहथवामा स्थापना गरेको छ । बैंकले ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रम सँगै बरहथवा शाखा आज सोमबार देखि संचालनमा ल्याएको हो । बरहथवा शाखा कार्यालय संचालनमा आए सँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ ।सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहक महानुभावहरुलाई अझ सरल र सहज तरिकाले… पुरा पढौ

शेयर बजार फेरि ओरालो लाग्यो, कारोबारमा महालक्ष्मी विकास बैंक अगाडी

काठमाडौं, १५ कात्तिक । साताको शेयर कारोबार हुने दोश्रो दिन शेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । यसअघि लगातार ६ दिन हरियाली छाएको शेयर बजार आज फेरि राताम्मै हुँदा लगानीकर्ताहरु सोचमग्न भएका छन् । नेप्से परिसूचक १७.७५ अंकले घटेको छ । यसरी घटेको नेप्से २८१९.८६ विन्दुमा झरेको छ । नेप्सेमा ०.६३ प्रतिशत गिरावट भएको छ भने सेन्सेटिभ इण्डेक्स १.८८ अंकले घटेर ५२८.५८ विन्दुमा रहेको छ । कुल २२६ कम्पनीको शेयर कारोबार भएको छ । १ करोड ३४ लाख ३… पुरा पढौ