आर्थिक 📈

उकालो लाग्यो सुन र चाँदीको भाउ

काठमाडौं, १५ कात्तिक । साताको दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउमा सामान्य बृद्धि भएको छ । छापावाला सुनमा रुपैयाँ १०० तथा चाँदीमा रुपैयाँ ५ ले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा रुपैयाँ १०० ले बृद्धि भई प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । यसअघि आईतबार छापावाला सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । यसअघि आईतबार तेजाबी सुन प्रतितोला… पुरा पढौ

एक अर्ब ६६ करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं, १५ कात्तिक । नेपाल राष्ट्र बैंकले १ अर्ब ६६ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । सरकारलाई आवश्यक अल्पकालिन ऋण उठाउन बोलकबोल प्रक्रिया मार्फत बैंकले आज ऋणपत्र बिक्री गर्न लागेको हो । बैंकले ९१ दिन अवधिको १० करोड बराबरको र ३६४ दिन अवधिको १ अर्ब ५६ करोडको गरी कूल रु एक अर्ब ६६ करोडको ट्रेजरी बिल सोमबार जारी गर्न लागेको हो । बैंकले आइतबार जारी गरेको सूचनाअनुसार ९१ दिने ट्रेजरी आगामी माघ १८ गते परिपक्व हुनेछ भने ३६४… पुरा पढौ

नयाँ मोदी र लाहाचोक सबस्टेशन निर्माण

पर्वत, १५ कात्तिक । देउपुरबाट कास्कीको लेखनाथसम्मको नयाँ मोदी–लेखनाथ प्रसारण लाइनमा पर्ने नयाँ मोदी र लाहाचोक सबस्टेशनको निर्माण सम्पन्न भएको छ । पर्वतको मोदी गाउँपालिका–२ देउपुरस्थित नयाँ मोदी र कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ लाहाचोकस्थित सबस्टेशन तयार भएको हो । लाहाचोक सबस्टेशनको भने डेढ महिनापछि चार्ज गर्ने तयारी रहेको आयोजना प्रमुख रोशन अग्रवालले जानकारी दिए। मोदी गाउँपालिकाको देउपुरमा ६३ रोपनी क्षेत्रफलमा निर्माण भएको नयाँ मोदी सबस्टेशन १३२ केभी क्षमताको हो । सबस्टेशनको सिभिल र इलेक्ट्रिकतर्फको सबै काम, कन्ट्रोल भवन, आवासगृह, पर्खाल, पहुँचमार्ग… पुरा पढौ

आर्थिक विकासका लागि राजनीतिक स्थिरता अपरिहार्यः सिएनआई

काठमाडौं, १४ कात्तिक । उद्योगी व्यवसायीहरुको छाता सङ्गठन नेपाल उद्योग परिसङ्घ (सिएनआई) ले देशको आर्थिक विकासका लागि राजनीतिक स्थिरता र नीतिगत सुधार अपरिहार्य भएको जनाएको छ। सिएनआईका अध्यक्ष विष्णुकुमार अग्रवालले मुलुकको अर्थतन्त्रको विकासका लागि औद्योगिकीकरण अपरिहार्य रहेको र सोका लागि समयसापेक्ष नीतिगत सुधार गरिनुपर्ने बताए । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को नवनिर्वाचित कार्यसमितिसँग आज समसामयिक विषयको छलफलका क्रममा अध्यक्ष अग्रवालले देशको अर्थतन्त्रको विकासका लागि राजनीतिक स्थिरता चाहिने बताए। उनले भने, “नीतिगत स्थिरता नहुँदा औद्योगिकीकरण र अर्थतन्त्रको प्रवद्र्धनका लागि समस्या… पुरा पढौ

नेप्सेमा छायो हरियाली, सूचकहरुसंगै कारोबार रकममा बृद्धि

काठमाडौं, १४ कात्तिक । साताको शेयर कारोबार हुने पहिलो दिन आईतबार शेयर बजारमा हरियाली छाएको छ । सूचकहरुकासाथै कारोबार रकममा पनि बृद्धि भएको छ । पछिल्लो सातादेखि शेयर बजारको यात्रा उकालोतिर लागेपछि लगानीकर्ताहरु उत्साहि भएका छन् । नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार नेप्से परिसूचक ५५.५० अंकले बढेर २८३७.६१ विन्दुमा उक्लेको छ । नेप्से १.९९ प्रतिशतले बृद्धि भएको छ । सेन्सेटिभ इण्डेक्स ९.४६ अंकले बढेर ५३०.४६ विन्दुमा पुगेकाे छ । कुल २३२ कम्पनीको शेयर कारोबार भएको छ । १ करोड ३८… पुरा पढौ

महानगरपालिकामा कर ई-सेवामार्फत भुक्तानी गर्न सकिने

काठमाडाैं, १४ कात्तिक । काठमाडाैं महानगरपालिकाको सम्पत्ति तथा भूमि, व्यवसाय र बहाल कर ई–सेवामार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ । ई–सेवा एकाउन्ट भएका करदाताले मोबाइलबाटै भुक्तानी दिन सक्नेछन् । ई–सेवा एकाउन्ट नभएकाले भने ई–सेवाभएका क्षेत्र तथा पोइन्टमार्फत कर भुक्तानी गर्न सकिने ई–सेवाफोन प्रालिले बताएको छ । यसअघि विराटनगर महानगरपालिका, बुटवल धरान, हेटौँडा इटहरी उपमहानगरपालिका तथा बनेपा, बाँसगढी, बर्दघाट, बेलौरी, धुलिखेल, गोकर्णेश्वर, कावासोती धनगढीमाई, कीर्तिपुर, मध्यविन्दु, नमोबुद्ध, पुनर्वास, सुन्दरहरैचा, तिलोतमा र विष्णुपुर नगरपालिका तथा जोरपाटी केराबारी, थुलुङ गाउँपालिकाले पनि ई–सेवामार्फत… पुरा पढौ

आईतबार घट्यो सुन र चाँदीको भाउ

काठमाडौं, १४ कात्तिक । साताको पहिलो दिन आइतबार सुनचाँदीको भाउमा गिरावट आएको छ । छापावाला सुनमा रुपैयाँ ३०० तथा चाँदीमा रुपैयाँ ५ ले गिरावट भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले यसदिनका लागि तोकेको नयाँ दरअनुसार छपावाला सुन रुपैयाँ ३०० ले घटेर प्रतितोलामा ९१ हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो । तेजाबी सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला ९१ हजार… पुरा पढौ

सिद्धार्थ बैंकको नाफासंगै ईपिएसमा बृद्धि

काठमाडौं, १४ कात्तिक । सिद्धार्थ बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस वर्ष बैंकको खुद नाफामा बृद्धि भएको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म बैंकको खुद नाफा ९४ करोड ८७ लाख ३१ हजार रहेको छ । यो अघिल्लो वर्षको सोहि अवधिकोभन्दा ८९.५० प्रतिशत बढी हो । गएको वर्ष बैंकको खुद नाफा ५० करोड ६ लाख ४० हजार रहेको थियो । बैंकको खुद ब्याज आम्दानी ३०.२५ प्रतिशत बढेको छ । संचालन नाफा ८७.२७ प्रतिशत… पुरा पढौ

चौबीस घण्टा पनि नबित्दै खारेज भयाे राष्ट्र बैंकको निर्णय

काठमाडौं, १४ कात्तिक । नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन २४ घण्टा नबित्दै खारेज भएको छ । केन्द्रीय बैंकले शुक्रबार मात्रै एकीकृत निर्देशन जारी गर्दै केराउ, मरिच र सुपारी आयातमा लाग्दै आएको प्रतिबन्ध हटाएको थियो । केन्द्रीय बैंकका कार्यकारी निर्देशन रामु पौडेलले पुनः अर्को एक सूचना जारी गर्दै शुक्रबार जारी भएको निर्देशन खारेज भएको जानकारी दिए । बैंकका अनुसार ५० हजार अमेरिकी डलरभन्दा बढी मूल्यको सवारी साधनको पैठारीमा लगाइएको बन्देजसमेत हटेको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत… पुरा पढौ

पुष्प प्रदर्शनीमा एकैदिन २५ लाखको कारोबार

काठमाडौं, १४ कात्तिक । गोदावरी पुष्प प्रदर्शनीमा लक्ष्यभन्दा बढी कारोबार भएको छ । ललितपुरमा शुक्रबादेखि आयोजित १४औँ गोदावरी पुष्प प्रदर्शनीमा लक्ष्यभन्दा बढी आम्दानी भएको हो । गत वर्ष कोरोना महामारीका कारण उक्त प्रदर्शनी हुन सकेको थिएन । यस वर्षको प्रदर्शनीमा दुई दिनमा रु ३८ लाखको कारोबार भएको आयोजक संस्थाले जानकारी दिएको छ । फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष मिनबहादुर तामाङका अनुसार यस वर्ष कारोनाको महामारी पूर्ण रुपमा नहटेका कारण रु ५० लाखको मात्रै कारोबार हुने आशा गरिएपनि लक्ष्यभन्दा बढी आम्दानी हुने… पुरा पढौ