आर्थिक 📈

पचास वर्षदेखि पौवामा दुग्धजन्य परिकार उत्पादन

काभ्रेपलाञ्चोक, १३ कात्तिक । दुग्ध विकास संस्थानले विगत ५० वर्षदेखि दूर्गम मानिने रोशी गाउँपालिका–११ जुगेपानीस्थित पौवामा दुग्धजन्य परिकार उत्पादन गर्दै आएको छ । संस्थानले पौवामा दुग्ध पदार्थ उत्पादन तथा बिक्री वितरण केन्द्र स्थापना गरी चिजलगायत दुग्धजन्य परिकार उत्पादन गरी सङ्कलन गर्दै आएको हो । विसं २०२७ मा काभ्रेपलाञ्चोकको साविक भिमखोरी गाविस–१ मा स्थापित उक्त केन्द्रले चीज, मखन, पनिर, नौनीलगायत दुग्धजन्य परिकार उत्पादन गरी मासिक रु १५ लाखको कारोबार गर्दै आएको जनाइएको छ । यसरी उत्पादित सामग्री काठमाडौँस्थित संस्थानको केन्द्रीय कार्यालय… पुरा पढौ

केराउ, मरिच र सुपारी आयातमा लागेकाे प्रतिबन्ध हट्याे

काठमाडौं, १३ कात्तिक । नेपाल राष्ट्र बैंकले मरिच, केराउ र सुपारी आयातमा लाग्दै आएको प्रतिबन्ध हटाएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत ती वस्तु आयातमा लाग्दै आएको प्रतिबन्ध हटेको जनाएको छ । ५० हजार अमेरिकी डलरभन्दा बढी मूल्यको सवारी साधनको पैठारीमा लगाइएको बन्देजसमेत हटेको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र–२०७६ मा संशोधन गर्दै त्यस्तो बन्देज तत्काललाई हटेको जनाएको हो । केन्द्रीय बैंकले केराउको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाई चालु आवका लागि लागि कूल ८० हजार मेट्रिक… पुरा पढौ

फेरि बढ्यो इन्धनको मूल्य

काठमाडौं, १३ कात्तिक । सरकारले गएरातिदेखि लागू हुनेगरी इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको हो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेकोले घाटा कम गर्न निगमले स्वचालित मूल्य कार्यान्वयन कार्यविधि, २०७१ ले तोकेअनुसार पेट्रोलको रु १३३ कायम गरेको छ । त्यसैगरी डिजेल, मट्टितेलको मूल्य प्रतिलिटर रु तीनले बढेर रु ११६ पुगेको छ । आन्तरिक तथा बाहृय हवाई इन्धनमा साविकको बिक्री मूल्यमा प्रतिलिटर रू १० ले वृद्धि… पुरा पढौ

नेपालगञ्ज भन्सारले गर्याे ५ अर्ब ४९ करोड राजस्व सङ्कलन

बाँके, १२ कात्तिक । बाँकेको नेपालगन्ज भन्सार कार्यालयले चालू आर्थिक वर्षको तीन महिनामै रु पाँच अर्ब ४९ करोड राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयको राजस्व सङ्कलन वृद्धि ११० प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्ष २०७७÷७८ मा कार्यालयले रु २१ अर्ब राजस्व सङ्कलन गरेको थियो । चालू आवमा रु २५ अर्ब राजस्व सङ्कलन गर्ने कार्यालयको लक्ष्य छ । चालू आवमा प्रेट्रोलियम पदार्थ, चामल, दालचिनी, गहुँ, मकै, उद्योग, कच्चापदार्थ, लत्ताकपडा, गेडागुडी, तरकारी र खसीबोकाको आयातमा वृद्धि भएको छ ।… पुरा पढौ

फेरि घट्यो सुन र चाँदीको भाउ,कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १२ कात्तिक । साताको कारोबार हुने छैटौं तथा अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ फेरि ओरालो लागेको छ । यसदिन छापावाला सुनमा रुपैयाँ ४०० तथा चाँदीमा रुपैयाँ ५ ले गिरावट भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा रुपैयाँ ४०० ले गिरावट भई प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन बिहिबार छापावाला सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ ।… पुरा पढौ

मध्य भोटेकाशीको शेयर बाँढफाँड सकियाे, कस्ले कति पाए ?

काठमाडौं, १२ कात्तिक । मध्य भोटेकोशी जलविद्युत कम्पनीको ८१ लाख ९० हजार कित्ता शेयर सर्वसाधारणलाई आज बाँढफाँड गरिएको छ । शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार असोज २० गतेदेखि असोज २५ गतेसम्म बिक्रीमा ल्याईएको ९० लाख कित्ता शेयरमध्ये सर्वसाधारणका लागि ८१ लाख ९० हजार कित्ता बाँढफाँड गरिएको हो । कुल शेयरबाट ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याईएको थियो । ४ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि रहेको थियो । बाँकी रहेको… पुरा पढौ

आयो चन्द्रागिरी हिल्सको नोक्सानीमा कमि

काठमाडौं, १२ कात्तिक । चन्द्रागिरी हिल्स लिमिटेडको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको पहिलो त्रैमाससम्मको वित्तीय विवरणले गत वर्षकोभन्दा आर्थिक नोक्सानी कम भएको पाईएको छ । यस आर्थिक वर्षको असोज महिनाको अन्त्यसम्म कम्पनीकोे ३ करोड ८७ लाख २१ हजार रुपैयाँ नोक्सान भएको छ । गएको वर्ष सोहि अवधिमा कम्पनीको घाटा ८ करोड ७१ लाख रुपैयाँ रहेको थियो । पछिल्लो क्रममा कोरोना भाईरसको संक्रमणको कारण लागू गरिएको निषेधाज्ञालाई खुला गरेसंगै ३ करोड ७८ लाख… पुरा पढौ

साताको अन्तिम दिनको हरियालीले बढ्यो लगानीकर्ताको मनोबल

काठमाडौं, ११ कात्तिक । साताको कारोबार हुने अन्तिम दिन शेयर बजारमा दोहोरो अंकको बृद्धिले लगानीकर्ताहरुको मन केहि खुसी भएको छ । यसले उनीहरुको मनोबल बढेको छ । उसो त लगातार शेयर बजार उकालो लागिरहेकोमा यो हप्ताको अन्तिम दिनको हरियालीले शुभ संकेत दिएको आँकलन गरिएको छ । तर कारोबार रकम अघिल्लो दिनकोभन्दा केहि कम भएको छ । १३ उपसमूहहरुमध्येमा ६ वटाले रातो पाएका छन् भने बाँकीमा हरियो लागेको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार नेप्से परिसूचक १३.०४ अंकले बृद्धि भएको… पुरा पढौ

साहज उर्जा र तेह्रथुम पावर कम्पनीको शेयर सूचीकृत

काठमाडौं, ११ कात्तिक । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई कम्पनीको शेयर सूचीकृत भएको छ । शेयर सूचीकृत भएकाहरुमा साहज उर्जा कम्पनी तथा तेह्रथुम पावर कम्पनी रहेका छन् । बिहिबार साहस उर्जा कम्पनीको ३ करोड ५० लाख कित्ता सूचीकृत भएको छ । तेह्रथुम पावरको ४० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । साहज उर्जा कम्पनीले पहिलो शेयर कारोबारका लागि प्रतिकित्ता १३५ रुपैयाँ ११ पैसादेखि बढीमा ४०५ रुपैया ३३ पैसा ओपनिङ रेन्ज पाएको छ । आईतबारबाट एसएएचएएस संकेतमा कम्पनीको शेयर कारोबार… पुरा पढौ

लाभांश पारित गर्न गुराँस लाइफले बोलायो साधारण सभा

काठमाडौं, ११ कात्तिक । गुराँस लाइफ इन्स्योरेन्सले संचालक समितिले प्रस्ताव गरेको लाभांश पारित गर्न मंसिर १० गते ११ औं वार्षिक साधारण सभा आव्हान गरेको छ । पूर्वान्ह ११ वजे शुरु हुने साधारण सभा कम्पनीको प्रधान कार्यालय श्री राज भवन, तीनकुनेमा अनलाइन मार्फत हुनेछ । साधारण सभामा आर्थिक वर्ष २०७५, २०७६ मा आर्जन भएको मुनाफाबाट ५.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२९ प्रतिशत नगद लाभांश वितरणको प्रस्तावलाई पारित गरिने भएको छ । साधारण सभाको लागि कात्तिक २३ बाट मंसिर १०… पुरा पढौ