आर्थिक 📈

सुनमा एकैदिन १५०० ले बृद्धि

काठमाडौं, २२ कात्तिक । साताको कारोबार हुने दोश्रो दिन सोमबार छपावाला सुनमा एकैदिन भारि मात्रामा बृद्धि भएको छ । छापावाला सुनमा १५०० रुपैयाँ तथा चाँदीमा २५ रुपैयाँले बृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा १५०० रुपैयाँले बृद्धि भएर प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । यसअघि कात्तिक १८ गते छापावाला सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन यसदिन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको छ । यसअघि तेजाबी सुन… पुरा पढौ

किन लाग्यो राष्ट्र बैंक मौद्रिक नीति समिक्षाको तयारीमा ?

काठमाडौं, २२ कात्तिक । के नेपाल राष्ट्र बैंकले अख्तियार गर्ने नीतिले शेयर लगानीकर्ताहरुमा खुसीको बहार ल्याउला त ? अहिले लगानीकर्ताहरुमा यहि विषयमा छलफल भईरहेकाे छ। छलफल नहुने कुरा पनि भएन किनभने नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासको समिक्षा गर्न लागेको छ । केन्द्रीय बैंकको ४-१२ को १२ कराेडको नीतिबाट सन्तुष्ट नभएका लगानीकर्ताहरु राष्ट्र बैंकले नीतिका बारेमा समिक्षा गर्ने तयारी थालेपछि आशावादी बनेका छन् । पक्कै केहि त सुधार हुनेछ भन्नेमा उनीहरू ढुक्क छन। गएको वर्ष मंसिरमा राष्ट्र बैंकले मौद्रिक… पुरा पढौ

अझै बनेन ३३ करोड लागतकाे राेल्पा अस्पताल भवन

रोल्पा, २२ कात्तिक  । जिल्ला अस्पताल भवन समयमै निर्माण सम्पन्न नहुँदा सेवाग्राही समस्यामा परेका छन् । आर्थिक वर्ष ०७६÷०७७ को असार मसान्तसम्म निर्माण गरिसक्नुपर्ने सो भवन सम्झौता सकिएको १५ महिना पूरा भइसकेको छ । निर्माण व्यवसायीको चरम लापर्बाहीले भवन समयमा नबनेको सरोकारवालाको आरोप छ । अस्पताल विकास समितिका अध्यक्ष फविन्द्र आचार्यले सम्झौता अवधि सकिएको लामो समय वितिसक्दासमेत समेत भवन कहिले सम्पन्न हुन्छ भन्ने अन्यौल रहेको बताए । उनले भने “स्तरवृद्धि भई अस्पतालले ५० शय्या स्वीकृत पाएको छ । आवश्यक मेसिनरी… पुरा पढौ

किसानलाई अलैंची भित्र्याउने चटारो

ताप्लेजुङ, २१ कात्तिक । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लेलेपका राजकुमार राईलाई तिहारका बेला पनि फुर्सद छैन । हिजोआज उनी अलैँची टिप्न र सुकाउनमै व्यस्त छन् । लगाइएको अलैँची पाकेपछि राईको व्यस्तता बढेको हो । उनले वार्षिक करिब नौ मन अलैँची उत्पादन गर्दै आएका छन् । फक्ताङलुङ गाउँपालिका–६ फेम्बुका ईन्द्र लिम्बूलाई राईकै जस्तो बगानमा लगाइएको अलैँची टिप्न र सुकाउन भ्याइनभ्याई छ । पाकेको अलैँची घरमा भित्रयाउन, छोडाउने र भट्टीमा हालेर सुकाउनु नै लिम्बू दिनचर्या बनेको छ । उनले वर्षमा करिब १३ मनसम्म… पुरा पढौ

काभ्रेका ५ हजारभन्दा बढी कोरोना प्रभावित बिपन्न परिवारलाई राहत वितरण गरिदै

काभ्रेपलाञ्चोक, २१ कात्तिक । सरकारले कोरोना महामारीबाट प्रभावित काभ्रेपलाञ्चोकका ५ हजार ३०३ अतिविपन्न परिवारलाई राहत वितरण गर्ने भएको छ । रु दश हजारका दरले उनीहरुलाई राहत वितरण गरिने भएको हो । यहाँका स्थानीय तहहरुले ज्यालादारी मजदुर र विपन्न वर्ग पहिचान गरेर राहत वितरण गरिने बताइएको छ । विशेषगरी कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दी र निषेधाज्ञाका कारण प्रभावित भएका अतिविपन्न, असाहय र ज्यालादारी मजदुर, दैनिक ज्यालादारी गरी जीवन निर्वाह गर्ने विपन्न तथा हातमुख जोर्न समस्या… पुरा पढौ

कालीगण्डकी गाउँपालिकाद्वारा ५ लाखको फूल बिक्री

स्याङ्जा, १९ कत्तिक । कालीगण्डकी गाउँपालिकाले रु पाँच लाख बाराबरको फूल बिक्री गरेको छ । फूलखेतीका माध्यमबाट स्थानीयवासीलाई रोजगारी दिने योजनाअनुसार १९ रोपनी जमिनमा लगाएको सयपत्री फूल बिक्री गरेर गाउँपालिकाले रु पाँच लाख आम्दानी गरेको हो । गाउँपालिकाले वडा नं ७ को बारीचौरमा पाँच र वडा नं ४ बिर्घा पुछारमा १४ रोपनी गरी कुल १९ रोपनी जग्गा भडामा लिएर सयपत्री फूलखेती गरेको थियो । फूल बिक्रीका लागि कुनै पनि समस्या नभएको र मागअनुसारको फूल पुर्याउन नसकेको गाउँपालिकाले जनाएको छ ।… पुरा पढौ

आधा दर्जन कम्पनीको शेयर नेप्सेमा सूचीकृत, कस्को कति छ ?

काठमाडौं, १९ कात्तिक । तिहारको माहौल बढिरहेकै समयमा आधा दर्जन कम्पनीहरुको शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । नेप्सेका अनुसार यो साता ५ कम्पनीको बोनस शेयर तथा एकको ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो । नेको इन्स्योरेन्स नेको इन्स्योरेन्सको १५.५० प्रतिशत बोनस शेयर सूचीकृत भएको छ । उक्त शेयरकाे २० लाख ४२ हजार १९.३० कित्ता नेप्सेमा सूचीकृत भएको हो । संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६, ०७७ को मुनाफाबाट शेयरधनीहरुलाई १५.५ प्रतिशत बोनस तथा करको प्रयोजनार्थ ०.८२ प्रतिशत नगद… पुरा पढौ

घट्यो लक्ष्मीपूजाको दिनमै सुनको भाउ, चाँदीको स्थिर

काठमाडौं, १८ कात्तिक । यस वर्षको तिहारको आज धनधान्यकी देवी लक्ष्मीको पूजाआजा गर्ने दिन । साताको सुनकाे कारोबार हुने पाँचौ दिन बिहिबार छापावाला सुनको भाउमा गिरावट भएको छ । छापावाला सुनमा रुपैयाँ ५०० ले गिरावट भएको छ । चाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा रुपैयाँ ५०० ले घटेर प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाला सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन यसदिन प्रतितोला… पुरा पढौ

इन्धनको मूल्य बढेसँगै हवाई भाडा पनि बढ्यो

काठमाडौं, १८ कात्तिक । इन्धनको मूल्य वृद्धि भएसँगै हवाई सेवाप्रदायक कम्पनीले हवाई भाडा बढाएका छन् । वायुसेवा सञ्चालकहरुको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले विज्ञप्ति जारी गर्दै हवाई भाडामा जोड्ने इन्धनको शूल्कमा अधिकतममा रु ४४० वृद्धि गरिएको जनाएको छ । यसरी वृद्धि भएको भाडादरअनुरुप अब काठमाडौँबाट सबैभन्दा लामो दूरीको धनगढी गन्तव्यका लागि रु ४४० बढेको छ । यो गन्तव्यमा साविकमा तीन हजार ८०० रहेकोमा बढेको भाडादर रु चार हजार छोटो गन्तव्य २४० कायम भएको छ । काठमाडौँ–सिमरामा सबैभन्दा कम रु ९५… पुरा पढौ

२ अर्ब बढी राजस्व छलीका १७ मुद्दा दर्ता

काठमाडौं, १८ कात्तिक । राजस्व अनुसन्धान विभागले कर छली गरेको अभियोगसहित विभिन्न कम्पनी त्यसका सञ्चालक तथा अन्य व्यवसायीविरुद्ध १७ वटा मुद्दा दर्ता गरेको छ । विभागले एक सूचना जारी गरी ती कम्पनी र व्यवसायीविरुद्ध रु दुई अर्ब ३६ करोड बढी बिगो कायम गरी मुद्दा दर्ता गरेको जनाएको छ । विभिन्न मितिमा दायर मुद्दामा झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि करको विजक प्रयोग गरी तथा भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको कसुरमा ती फर्मका सञ्चालक, प्रोप्राइटर तथा मुख्य अभियुक्तबाट रु दुई… पुरा पढौ